0

मलाई जराहरु भएर फैलन देऊ

Share

म फैलन्छु
विशाल माटोमुनि
र रुखहरुलाई
म बलियो आड दिन्छु

म जरा हुँ
मलाई बलियो गरी
जमिनमुनि हुर्कन देऊ

म कडा छु
र अत्यन्तै कडा चट्टानहरुलाई
म फुटाल्न सक्छु
माटोमुनिका कीराहरुले
मेरा नशाहरुलाई काट्न सक्दैनन्

म सजग छु
रुखहरुलाई लड्नुबाट जोगाउनु
मेरो धर्म हो
माटोहरुबाट सोसेर खाद्यान्न
म पातहरुसम्म पु¥याउँछु
हजारौं हतियारका चोटहरुले पनि
रुखहरुको अस्तित्वलाई
विनाश गर्न सक्दैनन्
जबसम्म
म मजबुत छु
र कमजोर रहने छैन
रुखहरुको अस्तित्व पल्हाइरहनेछन्

कठिन पहराहरुसँग पनि
म सजिलै लड्न सक्छु
र सुन्दर फूलहरु फुलाउन सक्छु
के लेकहरुमा फुलिरहेका ती राता फूलहरुलाई
तिमीले छोएका छौ ?
ती कति जीवन्त छन् ?

किन अति असह्य छन् ती कुरुप हातहरु ?
मलाई च्यात्न
र ती सौन्दर्यको अर्थहीन
ब्याख्याहरु फलाकिरहेका छन ?
ती निष्ठुर डढेलो सल्काइरहेका
हातहरुबाट सुरक्षित रहन
बोटहरुलाई
म सशस्त्र बनाउँछु

म जरा हुँ
मलाई जराहरु भएर फैलन देऊ ।

००००

%d bloggers like this: