मेरो बारे

Anil Shrestha

मेरो यो ब्लगमा तपाईलाई हार्दिक स्वागत छ

अहिले अनिल श्रेष्ठका केही कविताहरुले पाठक एवं काव्यसमीक्षकहरुलाई निकै लामो समयसम्म असर पारिरहन्छ । अनिल श्रेष्ठका कविताहरुलाई मैले पण्डितराज जगन्नाथ (१७औ शताब्दी) को संस्कृत साहित्यिक सिद्धान्तका आधारमा हेर्नु पर्दा “रमणियतार्थ प्रतिपादक शब्द काव्याम्” को काव्य सिद्धान्त पूरा रुपमा लागु हुन्छ । जसको अर्थ हो, त्यस्तो कविता नै सवोत्तम कविता हो जसमा रमणियतार्थ प्रस्तुत गर्ने पदावली हुन्छ । फेरि रमणियतार्थ भनेको के हो त ? भन्ने सम्बन्धमा जुन रचनाले प्रत्येक क्षणमा नवीनता सिर्जना गर्नसक्दछ त्यस्तो रचना नै रमणीय हुन्छ । यस्तै रचनालाई कालजयी रचना पनि भन्न सकिन्छ । कतिपय रचनाहरु कालजयी हुनुको पछाडि यस्तै खालका रमणीयार्थ शब्दको प्रतिपादले गर्दा भएका हुन् । अनिल श्रेष्ठका कविताहरुलाई मैले यसै रुपमा बुझेको छु ।
–गोपीरमण उपाध्याय

नामः अनिलबाबु श्रेष्ठ
साहित्यिक नामः अनिल श्रेष्ठ
जन्म मितिः २०२८ भाद्र २४
आँबुखैरेनी गाउँपालिका–३, तनहुँ
बुबाः दिलकुमार श्रेष्ठ
आमाः स्व. दुर्गाकुमारी श्रेष्ठ
शिक्षाः आई ए
लेखन आरम्भः २०४४ सालदेखि

पहिलो प्रकाशित रचना ‘ऊ अझै जीवित छ’ कथा
२०४७ सालमा मातृभूमि साप्ताहिकमा प्रकाशित

साहित्यिक संलग्नताः
अध्यक्ष, आँबुखैरेनी स्रष्टा समाज
केन्द्रिय सदस्य, अखिल नेपाल जनसांस्कृतिक महासंघ
महासचिव, अखिल नेपाल लेखक संघ
सदस्य, जनमत वाङमय प्रतिष्ठान, नेपाल
प्राज्ञ सदस्य, इच्छुक सांस्कृतिक प्रतिष्ठान

सम्पादनः
शारदा देउराली (पाक्षिक)
पर्यटन गन्तव्यको खोजीमा छिम्केश्वरी (यात्रासाहित्य–२०६५)

प्रकाशित कृतिः
प्रजातन्त्र र पागल (कथासंग्रह–२०५०)
राष्ट्रले शोकधुन बजाएको छ (कवितासंग्रह–२०५१)
मृत्युपर्व होइन मेरो देश (कविता संग्रह–२०५५)
आरु फुलेको साँझ (कवितासंग्रह–२०६३)
फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरु (संस्मरणात्मक अनुभूति–२०६६)
मफलर युद्ध (कवितासंग्रह–२०६९)
टाइगर हिलकी पुनम (निबन्धसंग्रह–२०७१)
प्रतिनिधि कविता (कवितासंग्रह–२०७३)

पुरस्कार/सम्मान
एरोमा एसेन्स साहित्य सम्मान– २०६९
जनमत सहयात्री सम्मान– २०७०
इच्छुक स्मृति पुरस्कार– २०७४
देशभक्त गणतान्त्रिक सम्मान–२०७४
आँबुखैरेनी गाउँपालिका स्तरीय महिला सञ्जाल सम्मान–२०७४

सामाजिक संघसंस्थाहरुमा संलग्नताः
उपाध्यक्ष, आँबुखैरेनी क्याम्पस
सचिव, आँबुखैरेनी चक्रपथ
सचिव, आँबुखैरेनी नेवा गुठी खल
सचिव, मोफसल गणतान्त्रिक स्रष्टा मञ्च, तदर्थ समिति
सल्लाहकार, मिलनचोक जरेवर खानेपानी तथा सरसफाई उपभोक्ता समिति
सल्लाहकार, आँबुखैरेनी जरेवर छिम्केश्वरी मोटरमार्ग उपभोक्ता समिति
संस्थापक, आँबुखैरेनी सञ्चार समूह प्रा. लि.
अध्यक्ष, आँबुखैरेनी वचत तथा ऋण सहकारी संस्था लि.
सल्लाहकार, जागृति टोल सुधार समिति

शोध र समालोचना
१) प्रगतिवादी नेपाली कविताका अभियन्ता अनिल श्रेष्ठ – लेखकः खगेश्वर सापकोटा
२) साहित्यकार अनिल श्रेष्ठको जीवनी, व्यक्तित्व र कृतित्व – शोधकर्ताः खगेश्वर सापकोटा
३) सिर्जन वैशिष्ट्यमा अनिल श्रेष्ठ – सम्पादकः तेजविलास अधिकारी