चे–ग्वेभारा

WhatsApp Image 2026 08 17 at 7.35.21 AM

म पढिरहेको छु
एउटा रातो गाता भएको किताब
चे–ग्वेभाराको जीवनी

म लडिरहेको छु
एउटा कठिन युद्ध
बन्दुकहरुले म निशाना ताकिरहेको छु
आँखामा कोरिरहेको छु एउटा तस्बिर
चे–ग्वेभाराको

म चढिरहेको छु
एउटा अग्लो हिमवत् पहाड
मेरो छाती फुलिरहेको छ तीब्र श्वास गतिले
म गोडाहरुमा निरन्तर साहस भरिरहेको छु
हातहरुले झोलामा स्पर्श गरिरहेको छु
एउटा रातो किताब
चे–ग्वेभाराको

म फैलिन्छु
शान्त तलाउमाथि उठ्ने लहरहरुजस्तै
नदीभित्र अग्नि–गर्भ बोकेर
म बहन्छु अविराम
म प्वाँखहरुले आफ्नो रुमालमा
एउटा बुट्टा भरिरहेको छु
चे–ग्वेभाराको

म छातीभित्र
लुकाएर वर्षात
चम्कन्छु बिजुलीजस्तै
र बज्रन्छु चट्याङहरु भएर
बादलहरुबिच

हिमालका काखहरुमा
म कोरिरहेको छु चे–ग्वेभाराका
सुन्दर पदचापहरु
०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these