ईश्वरको जन्म

ऊ ईश्वरको
निकै कडा निन्दक थियो

र, उसले
आफ्नो जीवनभरि
सधैं मानिसहरुलाई ईश्वरको विरुद्ध प्रवचन दिइरह्यो
र, मूर्ति पूजाको विरोध ग¥यो

ऊ मूर्ति भञ्जक थियो

एकदिन
जब उसले समाधि लियो
समाधि स्थल नजिकै
मानिसहरुले उसको एउटा अग्लो मूर्ति स्थापना गरे

र, मान्छेहरुले
उसको मूर्तिलाई पुजे

यसरी
कालान्तरदेखि
जस–जसले
ईश्वरको निन्दा गरे

उनीहरु नै ईश्वर भएर पुजिए ।

२०७७ असोज २

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these