बधशालामा देश

WhatsApp Image 2026 08 15 at 5.10.24 PM 1

केही वातावरणविद्हरुले
सहरभित्र निर्माण गरे एक विशाल
चिडियाखाना

चिडियाखानाभित्र उनीहरुले निर्माण गरे
चराहरुका लागि उपयुक्त
चिडियाघरहरु

र, उनीहरुले सुरु गरे
चराहरुको देशव्यापी संरक्षण अभियान

जङ्गलबाट उनीहरुले
एक एक गरेर खोज्न सुरु गरे चराहरु
र, चराहरुलाई चिडियाघरहरुमा
कैद गर्न थाले

जङ्गलभित्र विस्तारै हराउन थाले
चराहरुको सङ्गीत

केही वर्षपछि
चिडियाघरहरुबाट
एकाएक लोप हुन सुरु भए चराहरु

र, सहरमा बढ्न थाले
मासु व्यापारी

यतिखेर
निकै प्रसन्न मुद्रामा देखिन्छन्
वातावरणविद्हरु

र, उनीहरुले
प्रयोगशालामा बनाउन थालेका छन्
चराहरुको क्लोन

जनमत

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these