ब्राण्ड एम्बेसेडर सत्ता

WhatsApp Image 2026 08 15 at 5.10.33 PM

यतिबेला
केही कण्डमका व्यापारीहरू
सडकमा निःशुल्क वितरण गर्दैछन्
कण्डमका प्याकेटहरू

कसरी
चटकीले झैं
खल्तीबाट निकालेर प्लेजरेबल कण्डम
ती व्यापारीहरूले हामीलाई
हात–हातमा बाँडिरहेका छन्
सुनौला सपनाहरू

अहिले बजारमा
निकै सक्रिय छन् कण्डम उत्पादन कम्पनीहरू
र प्रदर्शनीमा छन् ती कम्पनीहरुबाट
उत्पादित अनेक रङका कण्डम

कण्डम व्यापारीहरूको
अहिले बजारमा निकै होहल्ला छ

उनीहरु नियोजित छन्
र, गर्दैछन् हाम्रा मस्तिष्कहरूको नियोजन
र बिस्तारै हाम्रा सपनाहरूको
गर्दैछन् भ्रूण हत्या

हाम्रा मौन मुद्राहरूलाई हेरेर
चटकीले झैं
ती कण्डम व्यापारीहरू
कसरी कुशलतापूर्वक आफूलाई
प्रदर्शन गरिरहेछ
सडकमा !

हाम्रा छायाँहरूलाई कुल्चिएर
कसरी मुस्कुराइरहेछ
त्यो कण्डम व्यापारी ?
निर्लज्ज

र, कसरी कण्डमको
ब्राण्ड एम्बेसडर बनेको छ यो सत्ता ?

सडकको
एक छेउमा उभिएर
म अहिले
ती कण्डम व्यापारीहरूको
रोमाञ्चक खेलहरू हेरिरहेको छु ।
०००

कला सौजन्यः

कालीगण्डकी खबर, २०७८

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these