पहिरोमा बा’को तस्बिर

गाउँमा
एकदिन उसले
दैलोअघि
सडक पु¥यायो
र, सडक पुगेको वर्ष
पहिरोमा एकदिन
घरसँगै
उसको बा बग्यो

सधैं
उसको आँखामा
खेलिरह्यो
पहिरोले
बगिरहेको
बा’को तस्बिर ।

शब्दाङ्कुर–२०७९,

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these