दाउरा जोरिदेउ है नानी
अँगेनामा
आगो निभेपछि
फेरि बाल्न गाह्रो हुन्छ
यो रातबिसे
छिमेकीको गोठमा
कहाँ अगुल्टो खोज्न हिँड्नु ?
(प्रिय पाठक,
जाडो उम्रिरहेको छ
र, बाहिर हावा
एकनासले गोठका खाँबाहरू
हल्लाइरहेछ
गाउँको गोठमा
अँध्यारोले खाइरहेको
बूढो खोकीसँगै
सधैं मिसिएर उठिरहने
के यी कविताका
हरफहरू हुन् ?)
२०६८