0

तिम्रो स्मृतिमा (जनगायक खुसिराम पाख्रिनको स्मृतिमा समर्पित)

Share

एकदम चुपचाप छु
मौन

सिवाय
तिम्रो सङ्गीतको धुन
मसँग केही छैन आफ्नो भन्नु
यतिबेला

किन कर्कश छ
तिम्रा गीतहरुका विरुद्ध
यो हावा ?
कसले खोस्दैछ
तिम्रो हारमोनियको लय ?
र तिम्रो स्मृतिमा बज्दैछ
ज्याज सङ्गीत !

यो औडाहा हावा
किन यतिबिध्न बतास्सिएर खेल्छ
मेरो वरिपरि ?
र मेरा आँखाहरुबाट
खोस्न आइपुग्छ तिम्रो तस्बिर

तिम्रो अन्तिम श्रद्धाञ्जलीसभाबाट
किन एकाएक गायब गरिएका छन्
तिम्रा आँसुका भाका

र किन बजेनन्
तिम्रो सर्वहारा गीत ?

खुुसीराम दाइ,
म मौन छु
एकदम मौन ।

आलोक शृङ्खला
२०७५ बैशाख १२

%d bloggers like this: