बाँस

WhatsApp Image 2026 08 15 at 5.10.29 PM 1

बाँस,
जसलाई
तिमी बाँसुरी बनाऊ
र एउटा मिठो
धुनले बजाऊ
दुनियाँ
तिम्रो अघिल्तिर
आनन्दले
लीन भएर झुल्छ
र मग्न हाँसो
हाँस्छ

बाँस,
जसलाई
तिमी लौरो बनाऊ
र बर्साऊ दुनियाँमाथि
र, तिम्रो लौरोबाट
भागिरहेको
दुनियाँलाई हेरेर
तिमी
मस्तले हाँस
एक्लै

बाँस,
जसलाई
तिमी अँगेनाको
दाउरा बनाऊ
कि बनाऊ मान्छेको
लाश बोक्ने
अर्थी

बाँस,
उही हो
प्रयोग गर्ने अलगअलग
विधिहरु छन्
तिमी
जसरी पनि
बाँसलाई
प्रयोग गर्न सक्छौ ।

२०७१ पौष २९

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these