भाँचिएको सियो

WhatsApp Image 2026 08 15 at 5.10.28 PM

अचानक
साइँली सुजिनी हातको सियो
भाँचिएको छ

सियो भाँचिएदेखि
निकै चिन्तित छिन् उनी

उनीसँग छैन
अर्को जगेडा सियो

नयाँ सियो किन्न
बजार जान पनि सक्दिनन् उनी
यतिखेर
लकडाउनले
बन्द छ बजार
र बन्द छन् दोकान

चिन्तामा छिन् साइँली सुजिनी

टाँक हाल्नुपर्ने छ
ब्लाउजमा
यत्ति टाँक हाल्ने ठाउँ
खिप्न पाएदेखि
आउने ठाउँ थ्यो
गोडा दुईचारेक रुपैया
चामलको पैंचो
त्यै पैसो दिनुहुन्थ्यो
छिमेकीलाई

पैंचो नतिरे
फेरि पैंचो पाइन्न

हातको ब्लाउज
अधुरै राखेर
साइँली सुजिनी
पिँढीलाई एकतमासले
नियाल्छिन्

उसै त दलित भनेर
गाउँमा अछूत छिन्
त्यसमाथि कोरोनाले सास्ती
थपिदिएको छ

‘म अछुत
यसै त अछूत भइहालें
छूतलाई पनि अछूत बनाउने
र, मान्छेलाई घरबाहिर
निस्कन समेत नदिने
यो कोरोना भन्ने के जातीको
रोग हो कुन्नि !

साइँली सुजिनीको मन
एकोहोरिन्छ

‘यो फाटेको मन
र भाँचिएको सियो जोड्ने ओखती किन हुन्न हँ !

नेपाली साहित्य घर अनलाइन
२०७७ भाद्र १६

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these