‘ऊ त्यो के ड्याडी ?’
भुइँमा खेल्दै गरेको
उसको मसिनो औंला माथि आकाशतिर उठ्यो
र, अखबार पढ्दै गरेको मेरो आँखा
उसको प्रश्नले
अनायासै ऊतिर तानियो
ऊ घरी आकाश हेथ्र्यो
र, मलाई हेथ्र्यो
घरी मलाई हेथ्र्यो
र, आकाश हेथ्र्यो
त्यहाँ,
उत्सुकतापूर्वक खेलिरहेको
उसको आँखालाई मैले नजिकैबाट
नियालिरहें
र, मैले उसलाई भनें, ‘आकाश’
उसले मलाई
फेरि सोध्यो, ‘के आकाश नि ?’
‘नीलो आकाश’– मैले भनें
‘कसको आकाश नि ?’
‘सानो अनिशको’
र, उसले कौतुहलपूर्वक
एकपल्ट माथि आकाशतिर हे¥यो
मलाई हे¥यो
र, फिस्स हाँस्यो
हिउँदको घाम थियो
उसको बालशुलभ कोमल हाँसो बोकेर
घामसँगै बिहानको हावा कुद्यो
०००
‘ड्याडी ऊ पुतली’
नजिकै खेलिरहेको उसले
मलाई पुनः ध्यानाकर्षित ग¥यो
एउटा पुतली उड्दैउड्दै
नजिकै, हामीनिरै आइपुग्यो
र, पर भाग्यो
पुतलीलाई देखेर
उसको आँखा पुलकित थियो
उसले मलाई हे¥यो
र, सोध्यो– ‘यो के पुतली नि ड्याडी ?’
‘रातो पुतली’
मैले उसलाई भनें
धेरैबेर
उसले नजिकै उडिरहेको
त्यो पुतलीलाई हे¥यो
‘म समातेर ल्याउँछु’
उसले भन्यो
ऊ पुतली समात्न दौडियो
०००
ऊ पुतलीलाई पछ्याउँथ्यो
पुतली भाग्थ्यो
ऊ थाक्थ्यो
र, पुतली बस्थ्यो
ऊ दौडन्थ्यो
पुतली उड्थ्यो
ऊ फेरि थाक्थ्यो
र, पुतली उड्न छाड्थ्यो
र, ऊ
दङ्ग परेर पुतलीलाई हेथ्र्यो
हिउँदको घाम
उसको कोमल आँखामा
खेलिरहेको थियो ।
०००