0

साँझको सङ्घारबाट सीमा आभासलाई नियाल्दा

Share

जाडोको यो एउटा बिहान । भर्खरै कुरियरबाट सीमा आभासको कविता कृति ‘साँझको सङ्घारबाट’ हातमा परेको छ । साथैमा टेकेन्द्र अधिकारीज्यूूको ‘सय पाइला गेडीका’ छ । ‘साँझको सङ्घार’बाट लिएर पढ्न बसेपछि यो जाडोमा पनि मैले किन किन मभित्र एकप्रकारको गर्मी महसुस गरेको छु । धेरैबेरसम्म किताबको आवरणमै अल्झिएका मेरा आँखाले फेरि एकपल्ट डेढ दशकअघि मैले बिताएको विराटनगरको भूगोललाई छाम्न पुगेको छ ।

एकताका थियो, साँझको सङ्घार टेकेर म विराटनगरको सडकहरुमा थिएँ । डा. गोविन्दराज भट्टराईको ‘साँझको सङ्घारबाट’को भूमिकामा उल्लेख भएका केही शब्दहरुलाई सापटी लिएर भन्नुपर्दा मेरालागि पनि त्यो सङ्घार साँच्चै नै ‘‘द्विविधा, अनिश्चय, अनिर्णय, भयप्रद र अन्योलपूर्ण’ थिए । मेरो वरिपरि थुप्रै मेरा मित्रजनहरु थिए जसले त्यहाँ मलाई सधैं माया र सम्मान दिइरहे । नेशनल ईन्ष्टिच्युट अफ टेक्नोलजीको त्यो आँगन, विद्यार्थीहरु, गुरूजनहरु, त्यहाँका कर्मचारी सबै सधैं मेरालागि हितैषीहरु रहे । बरगाछीको डेरा थियो । कञ्चनबारी, एयरपोर्ट, बरगाछी र त्यहाँ नजिकैका नहरका छेउछाउ हाम्रा टहलिहिंड्ने ठाउँहरु थिए । ती पर परसम्म पैmलिरहेका देहातहरु, जहाँ हामी स्वास्थ्य शिक्षाका विभिन्न कार्यव्रmम लिएर पुगिरहेका हुन्थ्यौं, अहिले ती देहातका बस्तीहरु धुमिल भएर मेरा आँखाहरुमा खेलिरहन्छन् । एउटा भकुण्डोजत्रो ठूलो, गोलाकार सूर्य बेलुकी सधैँ हामीले डेरा बसेको घरपछाडिको आँपको गाछीबाट बिस्तारै ओर्लिएर जमिनमुनि हराउँथ्यो र सूर्यलाई एकटकले पछ्याइरहेका हाम्रा आँखाहरु आँपका हाँगाहरुमा अड्किरहन्थे ।

विराटनगरको त्यही साँझको सङ्घारबाट म पसेको थिएँ जनयुद्धको सुरूङमार्गभित्र । बाहिर राजाको निरङ्कुशताको अँध्यारो गाढा हुँदै थियो र म आशा र निराशा, अँध्यारो र उज्यालो, निश्चय र अनिश्चय, भय र उत्साह बोकेर जनयुद्वको लामो सुरूङमार्गको यात्रा तय गरिरहेको थिएँ । अहिले यहाँसम्म आइपुग्दा एउटा निरङ्कुश अँध्यारोलाई त हामीले जित्यौं र सुरूङमार्गलाई छिचल्यौं । तर अँध्यारोको एउटा भयावहबाट निस्केर हामी फेरि सङ्व्रmमणकालको अकर्मण्यताको अर्को भयावहभित्र पस्दैछौं ।

सीमाजी, तपाईंको ‘साँझको सङ्घारबाट’ वृmतिको आवरणमा अल्झिएका मेरा आँखाहरु आज डेढ दशक अघिको सम्झनाहरुमा फेरि अल्झन पुगेको छ ।

त्यो कोशी
त्यो ब्यारेज
त्यो सूर्यास्त
र बसको झ्यालबाट छिरेर
मेरो आँखाका परेलाहरुमा अड्किन आइपुग्ने त्यो घाम
र त्यो घामको उष्णता
०००

सीमा आभासलाई पढ्दा यसअघि मूल्याङ्कन मासिकमा पढेका उनका एक दुई कविताहरुलाई सम्झन्छु । अर्थात् मूल्याङ्कनमा पढेका उनका ती केही कविताले मलाई सीमा आभास चिनायो । यसअघि चिनेको थिइनँ । फेसबुकबाट उनका केही अरु कविताहरु पढें । ‘क्लाउडिया,’ ‘सीमा आभासको मृत्युको घोषणा भएको छ’, ‘आरुफूल र सपना’, ‘साहिली ब्युँझ न,’ ‘कहाँ छ र घर,’ ‘लखेटिँदा लखेटिँदै,’ ‘चराको घर,’ ‘म तिमीलाई प्रेम गर्छु,’ आदि कविताहरु पढिसकेपछि धेरैबेरसम्म म सीमा आभासको कवितासँग घोत्लिरहें ।

महिला लेखिकाहरुमा पारिजातका कविताहरुपछिका मैले पढेका यी शक्तिशाली कविताहरु थिए । यी कविताहरुले सीमा आभासलाई कविताको क्षेत्रमा दरो गरी उभ्याइदिएको छ ।

मेरो शयनकक्षमाथि तरबार झुण्डिएको छ
तरबार झरेर हाम्रो प्रेम चि¥यो भने
मेरो भित्तामा टाँसिएका
तिम्रा तस्वीर एक्लिनेछन्
तस्वीर एक्लिनु अगावै
झर्न नदेउ तरबारको धार
–क्लाउडिया

कतिखेर, कतिखेर मलाई झ्वाप्प छोप्न आइपुग्छन् सीमा आभासका कविताका यी र यस्तै हरफहरु । यो चिसो एकान्तमा मलाई आज एक्लै बस्नुछ सीमा आभासका कविताहरुसँग । यी शब्दहरु छोएर मलाई सीमा आभासका कविताहरुसँग बात मार्नुछ । मेरो यो एकान्तलाई बाधा हाल्न आज कुनै बिरामी नआइदिए हुन्थ्यो । ‘साँझको सङ्घारबाट’ हातमा लिएपछि आफ्नो कार्यकक्षभित्र पसेर मैले यस्तै कामना गरेको छु आज ।

मिर्मिरे च्यातेर
नरमाइलोसँग रोइरहेको बलेसीमुनि
यौटा प्वाँखको चिनो छोडेर
युगल छुट्टिएर
आफ्नो गुँड बिर्सिएर
कहाँ जान्छन् यी चराहरु ?
–कहाँ जान्छन् यी चराहरु ?

धेरै पर्दैन, थोरै शब्दहरुमा पनि धेरै कुराहरु भन्ने सामथ्र्य राख्छिन् सीमा आभास । त्यसैले त पाठकका आँखाहरु धेरैचोटि दोहो¥याएर पढ्ने चाहना राख्न सक्छन् उनका कविताहरु ।

कमजोर कविताहरुलाई पढ्न जो कोहीले कमै हिम्मत गर्छन् । कविता पढ्नु र त्यसलाई बुझ्नु धेरै गाह्रो काम हो । तर शक्तिशाली कविताले भने पाठकलाई आफूसँग बाँधेरै राख्छन् । जतिपटक पढे पनि त्यसबाट निस्कने नयाँपनहरुले पाठकलाई नौलो र आनन्दको अनुभूति दिन्छ । एउटा सुन्दर कविताले सुन्दर युगको जन्म दिएको हुन्छ । तर सुन्दर कविता र सुन्दर युगको जन्म धेरै प्रसवपूर्ण हुन्छ । यस अर्थमा पनि सीमा आभास शक्तिशाली छिन् । उनले कवितालाई शब्दमा अल्मल्याएर मर्न दिएकी छैनन् । उनले युगको प्रतिनिधित्व दिएकी छिन् ।

कुनैबेला कविता लेखेरै मारिनु पर्ने अवस्था थियो शासकहरुबाट । कृष्णसेन इच्छुक मारिए । डि. कौडिन्य मारिए । लेखकका कलमहरु भाँच्न जर्जर र बर्बर भएर शासकका आँखाहरु जताततै उम्रिरहेका बेला, यस्तो बेला सीमा आभासले कलम समातेर सडकमा उभिने साहस गरिन् र उनी बन्दी बनाइन् ।

कुनै पनि दिन र कुनै पनि समय बन्दी बनाइनु, बेपत्ता पारिनु र मारिनु, यस्तो थियो हामी नागरिकहरुको नियति । कहाँ थियो हाम्रो आफ्नो देश ? र हाम्रो आफ्नो स्वतन्त्रता ?

म त्यही उभिएको छु
जहाँ मलाई सुहाउने केही छैन

यो सुदूर बिरानोबाट
कसले गाइदिन्छ मेरो निम्ति गीत ?
कसले बजाइदिन्छ मेरो निम्ति बाँसुरी ?

मलाई यत्ति थाहा छ
म जहाँ भए पनि
जीवनको सङ्गीत बज्ने
सौन्दर्यको गीत गुन्जने त्यो ठाउँ मेरो हो
–सम्झनामा गाउँ

हामी सधैं यसै गरी आफ्नो देश खोजिरहेका थियौं । आफ्नो देशको लागि लडिरहेका थियौं तर एकाथरी शासक वर्गकाहरु भने देशलाई अघाउन्जेली लुट्दै थिए र उनीहरुका कलमहरु हाम्राविरूद्वमा काला मसीहरु वमन गरिरहेका थिए ।

यो एकान्तमा म एक्लै छु सीमा आभासका कवितासँग ।

भूमिका र कविताहरु पढिसकेपछि घरिघरि मलाई किन यस्तो लागिरहेछ– यति सुन्दर कविताहरुको कमजोर भूमिका लेखन हो ‘साँझको सङ्घारबाट’ कविताहरुमाथिको डा. गोविन्दराज भट्टराईको यो भूमिका । डा. गोविन्दराज भट्टराईको मुगलान उपन्यास मैले ०४७ सालमै काठमाडौमा विद्यार्थी छँदा पढेको थिएँ । मुगलान उपन्यासको प्रभाव अहिले पनि मेरो मानसपटलमा उस्तै छ । मुगलान उपन्यासले प्रतिस्थापन गरेको डा. गोविन्दराज भट्टराईको एउटा सग्लो र आकर्षक व्यक्तित्व मेरो सामु अझै उस्तै छ । मुगलान उपन्यासकै प्रभावका कारण पछिसम्म पनि म उहाँका साहित्यिक कृतिहरुको खोजी गर्ने पाठकहरुमध्ये एक थिएँ । तर सीमा आभासका कविताहरुमाथिको डा. भट्टराईको भूमिका पढेपछि भने एउटा विषादले मलाई लखेटिरह्यो । सुन्दर कवितामाथि असुन्दर लाग्ने डा. भट्टराईका कतिपय शब्दहरुले सीमा आभासका यी कवितामाथि न्याय गर्छ भन्ने मलाई लाग्दैन । साँच्चै नै सीमा आभासका कविताले बाँचेको युग सहज थिएन । युद्ध, द्वन्द र राज्य आतङ्कको चर्को चपेटा भोगेर आएको थियो सीमा आभासका कविताहरुले । त्यो शासकको चरम निरङ्कुशताको विरुद्धमा उठेको क्रान्तिको एउटा काल थियो । त्यो क्रान्तिको निरर्थकता थिएन । एउटा उन्मादमा चढेर मानिसहरु उम्लिएको व्यर्थ समय पनि थिएन । त्यो सचेत नागरिकहरुले निरङ्कुशताको विरूद्व लडेको न्याय र परिवर्तनको आन्दोलन थियो । फेरि त्यो कसरी अवाञ्छित युद्ध हुनसक्छ ?

जीवनको र मृत्युको अथाह पीडाबाट गुज्रिएर पनि एउटी नारी किन आमा बन्न चाहन्छे ? जीवनलाई सङ्घर्ष र बलिदानको कष्टकर आगोमा होमेर परिवर्तनको एउटा नयाँ मुलुक जन्माउनु पनि सायद यस्तै हुनुपर्छ । एउटी महिलाले सन्तान प्राप्तिपछि जसरी उसका आँखाहरुबाट सन्तुष्टि, सुख र आनन्द प्राप्त गर्छ, क्रान्तिपछिको मुलुकको प्राप्ति पनि यस्तै नहोला र ?

आखिर क्रान्ति त निरन्तर भइरहने प्रक्रिया हो । लेखक, स्रष्टा र साहित्यकार त सधैं क्रान्तिकै पक्षपाती हुन् । सधैं न्यायकै पक्षधर हुन् ।

म सीमा आभासका कविताहरुसँग सहमत छु ।

ए ! बर्सादी ओढेर निदाएकी स्वास्नीमान्छे
छापिनुपर्छ
तिमी निर्वाध आकाशमा उडेका तस्वीरहरु
तिमी युद्धमा होमिएका
साहसिक खबरहरु ।

जनमत– २०७०

%d bloggers like this: