पक्षी प्रेम

WhatsApp Image 2026 08 07 at 8.07.06 PM

जङ्गलमा
एक जोडी पक्षी थियो

निकै प्रेमिल
दुवैले एकअर्कालाई
अगाध माया गर्थे
दुवै रनबन घुम्थे
चारा खोज्थे
गीत गाउँथे
रमाउँथे

कावा खेल्थे
जङ्गल विचरण गर्थे
र, एकअर्कालाई हेरेर मुस्कुराउँथे

एकदिन
भाले पक्षीले पोथी पक्षीलाई
मायालु स्वरमा भन्यो–
’लाटी, अब तिमीले
जङ्गल विचरण गर्नु पर्दैन
चारो खोज्नलाई
हिँड्नु पर्दैन
तिमी यही गुँडमा बस्नू
म चारा खोजेर ल्याउँछु
र दुवै सँगै बसेर
चारा खाऔँला’

पोथी पक्षी मख्ख थिई
आफ्नो भाले पक्षीको पखेटामा
लिप्त रही

चारो खोज्न
गुँड छाडेर पोथी पक्षीले
कतै हिँड्नु परेन

यसरी नै
दिनहरू बिते

र, एकदिन
पोथी पक्षीले उड्न बिर्सिइन् ।
०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these