बगिरहेको
नदीको म एक
किनारा हुँ
कहिले
बर्खाको बाढीले
बेस्सरी लतारिन्छु
र, कहिले
हिउँदमा शान्त
बगिरहेको
पानीको स्पर्शले
आनन्दित
हुन्छु
जब पानीमा
आफ्नो छाया बनाएर
चुल्बुलिँदै खेल्छ
बिहानीको कलिलो घाम
घामजस्तै
म उनको आँखामा
पोखिइरहन्छु
र, म उनको
यादको एकान्तमा
हराइरहन्छु ।
०००