
यो ब्लगमा तपाईलाई हार्दिक स्वागत छ
अहिले अनिल श्रेष्ठका केही कविताहरुले पाठक एवं काव्यसमीक्षकहरुलाई निकै लामो समयसम्म असर पारिरहन्छ । अनिल श्रेष्ठका कविताहरुलाई मैले पण्डितराज जगन्नाथ (१७औ शताब्दी) को संस्कृत साहित्यिक सिद्धान्तका आधारमा हेर्नु पर्दा “रमणियतार्थ प्रतिपादक शब्द काव्याम्” को काव्य सिद्धान्त पूरा रुपमा लागु हुन्छ । जसको अर्थ हो, त्यस्तो कविता नै सवोत्तम कविता हो जसमा रमणियतार्थ प्रस्तुत गर्ने पदावली हुन्छ । फेरि रमणियतार्थ भनेको के हो त ? भन्ने सम्बन्धमा जुन रचनाले प्रत्येक क्षणमा नवीनता सिर्जना गर्नसक्दछ त्यस्तो रचना नै रमणीय हुन्छ । यस्तै रचनालाई कालजयी रचना पनि भन्न सकिन्छ । कतिपय रचनाहरु कालजयी हुनुको पछाडि यस्तै खालका रमणीयार्थ शब्दको प्रतिपादले गर्दा भएका हुन् । अनिल श्रेष्ठका कविताहरुलाई मैले यसै रुपमा बुझेको छु ।
–गोपीरमण उपाध्याय
स्रष्टा परिचय
१) नामः अनिल श्रेष्ठ
जन्मः २०२८ भाद्र २४
आँबुखैरेनी–३, तनहुँ
२) प्रकाशित पहिलो रचनाः ‘लुरी खोइ तिम्रो अस्मिता ?’
मातृभूमि साप्ताहिक, २०४७
३) प्रकाशित कृतिः
कथासङ्ग्रह
प्रजातन्त्र र पागल –२०५०
निबन्धसङ्ग्रह
टाइगर हिलकी पुनम –२०७१
यो मन कहाँ दुख्छ – २०८१
कवितासङ्ग्रह
राष्ट्रले शोकधुन बजाएको छ – २०५१
मृत्युपर्व होइन मेरो देश – २०५५
आरु फुलेको साँझ – २०६३
मफलर युद्ध – २०६९
प्रतिनिधि कविता – २०७३
मध्यरातमा मुर्कट्टा – २०७८
यो देशको सबैभन्दा ठूलो
मुर्दाघर हो सिंहदबार – २०८४
संस्मरणात्मक अनुभूति
फेरि पनि छिम्कालेकमा
गुञ्जिरहन्छन् यी गीतहरु – २०६६
४) पुरस्कार/सम्मान
अरोमा एसेन्स साहित्य सम्मान – २०६६
जनमत सहयात्री सम्मान – २०७१
इच्छुक स्मृति पुरस्कार – २०७४
देशभक्त गणतान्त्रिक सम्मान – २०७४
आँबुखैरेनी महिला सञ्जाल सम्मान – २०७४
शक्ति पुरस्कार – २०७८
शुक्ला प्रतिभा पुरस्कार – २०७९
प्रज्ञा प्रादेशिक पुरस्कार– २०८३
५) साहित्यिक संलग्नताः
केन्द्रिय सदस्यः अखिल नेपाल जनसांस्कृतिक महासंघ
केन्द्रिय महासचिवः अखिल नेपाल लेखक संघ
सदस्यः जनमत वाङमय प्रतिष्ठान, नेपाल
अध्यक्षः आँबुखैरेनी स्रष्टा समाज
आजीवन सदस्यः बालवाङ्मय तथा अनुसन्धान केन्द्र
प्राज्ञः इच्छुक साँस्कृतिक प्रतिष्ठान
अध्यक्षः आँबुखैरेनी वाङ्मय परिषद
६) सम्पादनः
१) शारदादेउराली पाक्षिक
२) पर्यटन गन्तव्यको खोजीमा छिम्केश्वरी
३) आँबुखैरेनी सन्देश साप्ताहिक
४) आँबुखैरेनी खानेपानी एक परिचय
सामाजिक संघसंस्थाहरुमा संलग्नताः
उपाध्यक्ष, आँबुखैरेनी क्याम्पस
सचिव, आँबुखैरेनी चक्रपथ
सचिव, आँबुखैरेनी नेवा गुठी खल
सचिव, मोफसल गणतान्त्रिक स्रष्टा मञ्च, तदर्थ समिति
सल्लाहकार, मिलनचोक जरेवर खानेपानी तथा सरसफाई उपभोक्ता समिति
सल्लाहकार, आँबुखैरेनी जरेवर छिम्केश्वरी मोटरमार्ग उपभोक्ता समिति
संस्थापक, आँबुखैरेनी सञ्चार समूह प्रा. लि.
अध्यक्ष, आँबुखैरेनी वचत तथा ऋण सहकारी संस्था लि.
सल्लाहकार, जागृति टोल सुधार समिति
अनिल श्रेष्ठमाथि शोध
१) शोधकर्ता खगेश्वर सापकोटा, एम ए नेपालीः अनिल श्रेष्ठको साहित्यिक व्यक्तित्व र कृतित्वको अध्ययन
२) खगेश्वर सापकोटाः प्रगतिवादी नेपाली कविताका अभियन्ता अनिल श्रेष्ठ
३) तेजविलास अधिकारीः सिर्जन वैशिष्ट्यमा अनिल श्रेष्ठ
४) तेजविलास अधिकारीः अनिल श्रेष्ठ केही रचना, केही विवेचना
हालको ठेगानाः आँबुखैरेनी–३, तनहुँ
सम्पर्कः
मोबाइल नम्बरः ९८४६०६२५२४
इमेलः astha_anil71@ yahoo.com