समीक्षा / समालोचना – अनिल श्रेष्ठ

साहित्यमा सौन्दर्यको खोजी ‘यो मन कहाँ दुख्छ ?’
रमेश खतिवडा

१. प्रारम्भः
भुँडीपुराण प्रकाशनबाट वि.सं. २०८१ मा निबन्धकार अनिल श्रेष्ठ (२०२८) को यो ‘मन कहाँ दुख्छ ?’ निबन्धसङ्ग्रह प्रकाशित भएको छ । निबन्ध साहित्यको आख्यानेतर गद्य विधा हो । यसको क्षेत्र बृहत् रहेको छ । कुनै पनि विषय निबन्ध बन्न सक्छ । निबन्धलाई शैली–स्वरूप–संरचनाका आधारमा समष्टिमा आत्मपरक र वस्तुपरक गरी दुई भागमा वर्गीकरण गरिएको पाइन्छ । नेपाली निबन्ध लेखनपरम्परामा पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ (१८३१) प्राथमिककालीन निबन्ध हुँदै लक्ष्मीप्रसाद देवकोटाको ‘आषाढको पन्ध्र’ (२००२) बाट आधुनिक नेपाली निबन्धको सुरुवात भएको मानिन्छ । नेपाली निबन्ध लेखनपरम्पराको लामो शृङ्खलामा यसले विधागत एवं शैलीशिल्पगत विविधता, नवीनता र मौलिकतालाई अवलम्बन गरेको पाइन्छ ।

नेपाली निबन्ध लेखनको आधुनिक कालको उत्तरवर्ती चरणमा देखापरेका प्रतिभा हुन् ः निबन्धकार अनिल श्रेष्ठ (२०२८) । मूलतः नेपाली प्रगतिवादी कवितासाहित्यमा आफ्नो छुट्टै स्थान बनाइसकेका र वर्तमानमा पनि आफ्ना सिर्जनामार्फत् सशक्त उपस्थिति जनाइरहेका साहित्यकार अनिल श्रेष्ठका कविता विधाका ‘राष्ट्रले शोकधुन बजाएको छ’ (कवितासङ्ग्रह–२०५१), ‘मृत्युपर्व होइन मेरो देश’(कवितासङ्ग्रह–२०५५), ‘आरु फुलेको साँझ’ (कवितासङ्ग्रह–२०६३), ‘मफलर युद्ध’ (कवितासङ्ग्रह–२०६९), ‘अनिल श्रेष्ठका प्रतिनिधि कविता’ (कवितासङ्ग्रह–२०७३), ‘मध्यरातमा मुर्कट्टा’ (कवितासङ्ग्रह, –२०७८), आख्यान विधाका ‘प्रजातन्त्र र पागल’ (कथासङ्ग्रह–२०५०) र निबन्ध विधाका ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छ यी गीतहरू’ (ंस्मरणात्मक अनुभूति र कविता–२०६६), ‘टाइगर हिलकी पुनम’ (निबन्धसङ्ग्रह–२०७१) र ‘यो मन कहाँ दुख्छ ?’ (निबन्धसङ्ग्रह–२०८१) लगायतका पुस्तकाकार कृतिहरू प्रकाशित छन् । श्रेष्ठ चालिसका दशकदेखि निरन्तर लेखनयात्रामा रहेका छन् ।

निबन्धकार अनिल श्रेष्ठको निबन्धगत प्रवृत्ति र उनका निबन्धका बीजलाई पनि नियाल्नु वाञ्छनीय देखिन्छ । तेजविलास अधिकारीले “क्रान्तिप्रतिको आकर्षण र निरन्तरताले उनलाई एउटा गतिशील नेतृत्व र प्रगतिशील स्रष्टाका रूपमा स्थापित गरिदिएको” (अधिकारी, २०८२) बताउँदै उनको निबन्धको वैचारिकता र साहित्ययात्राको गतिशीलतालाई सङ्केत गरेका छन् । ‘परिचर्चा’ (खतिवडा, २०७९) मा सामाजिक सांस्कृतिक रूपान्तरणकै सेरोफेरोलाई अनिल श्रेष्ठले आफ्नो निबन्धको विषय बनाएको निष्कर्ष निकाल्छन् । समाजका सामाजिक विकृति, विसङ्गति, सामाजिक रूढि र अन्धविश्वास, राज्यसत्ता र राज्यव्यवस्थाले सुशासन, जवाफदेहिता, पारदर्शिता, कानुनीराज्य, लोकतन्त्र, विधिको शासन, राज्यको नीति आदिलाई कुल्ची देश र जनताप्रति दिएको धोका अर्थात् राजनीतिक बेइमानी, समाजको सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक, धार्मिक, सांस्कृतिक, पूर्वाधारलगायतका क्षेत्रमा व्याप्त असमानता, शोषण, दमन, अन्याय, अत्याचार, बेथिति, विकृतिविसङ्गति, भ्रष्टाचार तथा जातीय, लैङ्गिक, भाषिक, वर्गीय विभेद र असमानता आदिले ग्रसित समाजको सामाजिक सांस्कृतिक रूपान्तरणको उद्देश्यका साथ अनिल श्रेष्ठका निबन्धहरू आएका छन् । सो क्रममा समाज र साहित्यलाई अभिन्न रूपमा हेर्दै सौन्दर्यको खोजी गरेका छन् । स्पष्ट वैचारिकताका साथ विषयवस्तुको उठान गरेका छन् । योग, जीवन, अध्यात्म, मन, साहित्य, सौन्दर्यलगायतका विषयमा आफ्ना दर्शनपरक चिन्तनहरू अघि सारेका छन् । यी श्रेष्ठका निबन्धका बीज हुन् ।

२. ‘यो मन कहाँ दुख्छ ?’ निबन्धसङ्ग्रहको अन्तर्वस्तु
अनिल श्रेष्ठको ‘यो मन कहाँ दुख्छ ?’ निबन्धसङ्ग्रहमा ‘यो मन कहाँ दुख्छ ?’, ‘निर्मलाको सान्निध्य’, ‘आँसुको सौन्दर्यशास्त्र’, ‘अँध्यारोको जुनकिरी’, ‘सुमिनासँग संवाद’, ‘घनश्याम ढकाल जो सधैँ निष्ठाले बाँचिरह’े, ‘यारी, मेरा याराना’, ‘कविताको मैदानमा एक सानदार ब्याटिङ’, ‘झिमरुकमा बयलिन हिँडेको मन’, ‘योगः एक उन्मुक्त जीवनशैली’, ‘चितवनको तोरीको प्युरिटी र साहित्यको ओरिजिन’, ‘त्यो रमाइलो डाँडा’, ‘साहित्यमा समाजको सौन्दर्य निर्माण’, ‘प्रमोदित प्रमोद’, ‘बिम्बको प्रभाव’, ‘लहलहै जिन्दगी’, ‘बरेली बजार र तेजी सुरीको हराएको झुम्का’, ‘ग्वालियरमा छुटेको मन’, ‘सिराइचुलीलाई सिरानी हालेर’ शीर्षकका १९ ओटा निबन्धहरू सङ्गृहीत रहेका छन् । कालिक हिसाबले २०७८ असारदेखि २०८१ असारभित्र लेखिएका यी निबन्धहरू साहित्य, समाज, सौन्दर्य, जीवनदर्शन, यात्रासाहित्य, लेखकीय जीवनभोगाइ र अनुभूतिहरूमा केन्द्रित रहेका छन् । तल श्रेष्ठका निबन्धका अन्तर्वस्तुहरूका बारेमा सङ्क्षिप्त चर्चा गरिएको छ ।

(क) समीक्षात्मक निबन्ध
देशभित्रका र देशबाहिरका स्रष्टाका कृतिहरूको पठनबाट ती कृति र ती कृतिका स्रष्टासँग सम्बन्धित भएर लेखिएका निबन्धहरू यस सङ्ग्रहका समीक्षात्मक निबन्ध हुन् । विधागत स्वरूपका हिसाबले ती निसमालोचनासँग निकट रहेका छन्ः

‘निर्मलाको सान्निध्य’ शीर्षकको निबन्धमा मुंसी प्रेमचन्द्रद्वारा रचित निर्मला उपन्यासले निम्न मध्यम वर्गीय भारतीय समाजको महिलाले त्यहाँको सामाजिक, मनोवैज्ञानिक परिवेश, दाइजो प्रथा, अनमेल विवाहलगायतका कारण भोग्नुपरेको चरम उत्पीडनको उठान गरेको बताउँदै निबन्धकार श्रेष्ठले निर्मलाप्रति सहानुभूति एकातर्फ प्रकट गरेका छन् भने अर्कातर्र्फ निर्मला उपन्यासका स्रष्टा मुंसी प्रेमचन्द्रका सङ्क्षिप्त व्यक्तिवृत्त, उनका लेखनका पाटा र कृतिहरू, लेखनयात्राका क्रममा आएको ऊहापोह र जीवनदृष्टिलाई समेत उजागर गर्ने प्रयत्न गरेका छन् ।

कवि र कवितालाई विचार, चेतना, आन्दोलन, गतिका रूपमा हेर्दै साहित्य केवल सोखका लागि मात्र नभई जीवनका लागि हुनुपर्छ र कविता, क्लिष्ट, दुर्बोध्य, अश्लील, भद्दा गालीगलौजयुक्त नभई सरल, सहज, कलात्मक, सौन्दर्ययुक्त हुनुपर्छ भन्ने मान्यतालाई अघि सार्दै निबन्धकार श्रेष्ठले ‘आँसुको सौन्दर्यशास्त्र’ निबन्धमा कवि बिन्दु शर्मा र उनको ओकलदोकल पिपल पात’ कवितासङ्ग्रहको प्राप्तिलाई उठान गरेका छन् । श्रेष्ठले समाज र साहित्यलाई अभिन्न रूपमा हेरेका छन् ।

‘सुमिनासँग संवाद’ शीर्षकको निबन्धमा निबन्धकार श्रेष्ठले कवि सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’ कवितासङ्ग्रहले समाजमा प्रक्षेपण गरेका विचारहरू र कवि सुमिनाका काव्यगत चिन्तनलाई प्रस्तुत गरेका छन् । समाजका बेथिति, विसङ्गति, सत्ताका अराजकता, गतिहीन यात्रा र निर्लज्जपन, सबै प्रकारका उत्पीडन, शोषण र विभेद आदि नै बागी स्त्रीको आत्मकथाको उपजीव्य हो । निबन्धकार श्रेष्ठ वैचारिकता र विद्रोहलाई नै कवि सुमिनाको कविताहरूको सघन र केन्द्रीय विषय मान्छन् । श्रेष्ठले पारिजात र सुमिनालाई एकै ठाउँमा उभ्याउँदै वैचारिकताका हिसाबले तुलना गरेका छन् । पारिजातपछि खड्किरहेको वैचारिक कविताहरूको लेखनलाई मूर्तरूप दिने काम सुमिनाले गरेकी छन् भन्ने ठम्याइ निबन्धकार श्रेष्ठको रहेको छ । त्यसै गरी निबन्धमा पठनसंस्कृतिमा जोड दिँदै कविताका शक्ति र सामथ्र्यबारे चर्चा गरिएको छ । कविताको जग सौन्दर्य हो, सौन्दर्य सङ्घर्षबाट प्राप्त हुन्छ, श्रमको साध्य सौन्दर्य हो भन्ने विचार अघि सार्दै कवितालाई सुन्दर समाज निर्माणको आधारका रूपमा हेरिएको छ ।

‘यारी मेरा याराना’ शीर्षकको निबन्धमा निबन्धकार श्रेष्ठले संस्कृतिकर्मी मोदनाथ मरहट्टासँग जोडिएका विविध घटना सन्दर्भलाई एकातिर देखाएका छन् भने अर्कातिर लेख्ने विषयको खोजी निबन्धसङ्ग्रहका विषयवस्तु र तिनका चिन्तनलाई सुललित शैलीमा समीक्षा गरेका छन् । साथै श्रेष्ठले मरहट्टाको लेखकीय पक्षधरता र निबन्धगत वैशिष्ट्यलाई समेत उजागर गरेका छन् ।

‘प्रमोदित प्रमोद’ शीर्षकको निबन्धमा निबन्धकार श्रेष्ठले तिसका दशकदेखि नेपाली साहित्यमा देखापरेका प्रमोद प्रधानका साहित्यिक (सिर्जना, समालोचना, बालअनुसन्धान) वैशिष्ट्य र योगदानका चर्चा गरेका छन् । साथै प्रधानसँग जोडिएका जीवनका विविध घटनाहरूलाई उजारगर गरेका छन् ।

‘कविताको मैदानमा एक सानदार ब्याटिङ’ शीर्षकको निबन्धमा निबन्धकार श्रेष्ठले कवि राधा कल्पित र उनका बरफका कोइलाहरू कवितासङ्ग्रहलाई लिएर कल्पितका काव्य वैशिष्ट्य, काव्यिक चेतना र शक्तिलाई प्रस्तुत गरेका छन् । त्यसक्रममा समाज र समयप्रति सचेत रहेकी स्रष्टा कल्पितले आफ्ना सिर्जनामा नारीकेन्द्री विचार, समाजका सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक विकृतिविसङ्गति, जातीय, लैङ्गिक विभेद, अन्याय, शोषण, दमनको उजागर गर्दै सत्य र न्याय स्थापनामा सशक्त भूमिका खेलेको विचार निबन्धमा आएको छ । मूलतः श्रेष्ठले सो निबन्धमा कविताको सार्वजनिकीकरणमा सामाजिक सञ्जाल फेसबुक छिटो, छरितो र पहुँचयोग्य प्लेटफर्म भएको विचार अघि सारेका छन् । त्यसै गरी कारोना महामारीले हाम्रो जीवनशैली एवं जीवनपद्धतिमा पारेको प्रभाव र हाम्रो जस्तो विकासोन्मुख देशमा महामारीका घडीमा जनताले भोग्नुपर्ने दुःख, पीडाको वर्णन छ । त्यसप्रति उदासीन रहेको राज्यसंयन्त्र, सुशासन, जबाफदेहिता, कानुनी राज्यका सबालमा कमजोर रहेको पाइन्छ ।

(ख) साहित्यिक यात्रा एवं संस्मरणात्मक निबन्ध
साहित्यको सिर्जना र साहित्यिक गतिविधि (गोष्ठी, अन्तक्र्रिया, कवितावाचन, लेखन कार्यशाला, प्रशिक्षण आदि) मा देश तथा विदेशमा समेत सक्रिय रूपले सहभागिता जनाइरहेका निबन्धकार श्रेष्ठले साहित्यिक यात्राका भोगाइ, तहाँको परिवेश र समाजलाई टिपेर वैचारिकताका साथ निबन्धहरू लेखेका छन् । त्यस्ता निबन्धहरू विधागत स्वरूपका आधारमा यात्रासंस्मरण र नियात्रासँग निकट रहेका छन्ः

इच्छाकामना साहित्य प्रवाह चितवनको आयोजनामा चितवनको सबैभन्दा अग्लो भूभाग (डाँडा) सिराइचुलीमा भएको दुई दिवसीय सिराइचुली काव्ययात्राका अनुभूति र त्यससँग जोडिएका विविध भावहरूको उठान निबन्धकार श्रेष्ठले ‘सिराइचुलीलाई सिरानी हालेर’ शीर्षकको निबन्धमा गरेका छन् । मूलतः स्थानीय जात्रा, पर्व, मेलाका सन्दर्भमा देउराली, थुम्का, भन्ज्याङ र पहाडका सिराइमा पछिल्लो समय आन्तरिक पर्यटनको प्रवर्धन र त्यसमा होम स्टेको भूमिका, सडक सञ्जालले ग्रामीण यात्रामा ल्याएको सहजता, ग्रामीण पहाडीय प्राकृतिक सौन्दर्य, कला, संस्कृति र सङ्ग्रहालयप्रति स्थानीय सरकारको दृष्टि र उदासीनता, रित्ता घरहरू, हुग्दी–जयपुरी–हात्तीवाङ–शक्तिखोर–सौराह पर्यटकीय पदमार्ग र हिजोको ग्रामीण दैनिकीय पदमार्ग एवं त्यसको महत्ता, साहित्य लेखनका उद्देश्य, पाठक र साहित्यको दुरी, सामाजिक जागरण र रूपान्तरणमा साहित्यको भूमिका, साहित्य लेखनमा देखिएको पुनरावृत्ति र ह्रास, हात्तीवाङमा भएको काव्य साँझ र कवि भूपिनलाई जन्मोत्सवको सरप्राइज, चितवनकै सबैभन्दा अग्लो डाँडा सिराइचुलीको प्राकृतिक सौन्दर्य र पर्यटन प्रवर्धनमा त्यसको भूमिकालगायतका विषयवस्तु निबन्धमा आएका छन् । हुग्दी–सिराइचुली, सौराह पदमार्गमा हिजोको बाह्य पर्यटकको उपस्थिति र त्यसको निरन्तरताका लागि गर्नुपर्ने काम, चासो र चिन्ता, सिराइचुलीको पर्यावरणीय सौन्दर्य बचावटका लागि अपनाउनुपर्ने सावधानी, त्यहाँका सीमान्तकृत चेपाङ बस्ती र तिनका संस्कृति, परिवर्तनका लागि भएको सशस्त्र जनसङ्घर्षमा यस पदमार्ग र भूभागले खेलेको भूमिकाका विषयसमेत निबन्धमा अटाउन सकेको भए निबन्ध अझ उत्कृष्ट हुने देखिन्छ ।

‘झिमरुकमा बयलिन हिँडेको मन’ शीर्षकको निबन्धमा प्युठान साहित्य परिषद्ले आयोजना गरेको बृहत् साहित्य सम्मेलन महोत्सव प्युठान २०७९ मा जाँदाको यात्राजन्य अनुभूति रहेका छन् । जसक्रममा यातायात कुर्नुपर्दाको पीडा, नीति, विधि, काम, कर्तव्य र जबाफदेहिताविहीन हुँदा लामो दुरीको यात्रामा सेवाप्रदायकबाट यात्रुहरूले झेल्नुपर्ने समस्या र अप्ठ्याराहरू, निबन्धकारका प्युठानसँग जोडिएका राजनीतिक, सामाजिक, साहित्यिक स्मृतिहरू, स्रष्टाहरूको साहित्यिक जमघट, यात्राका क्रममा देखिएका विभिन्न रमणीय स्थान, माडी र झिमरुक नदीको ऐतिहासिकताका पाटाहरू निबन्धमा आएका छन् ।

‘लहलहै जिन्दगी’ शीर्षकको निबन्धमा ऐतिहासिक, सांस्कृतिक महत्त्व बोकेको भारतको ग्वालियर सहरमा हुने प्रथम अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सवमा नेपालका तर्फबाट आदिइत्यादि नाट्य समूहको संयोजनमा सो यात्रामा निबन्धकार जानुअघि र जाँदाका विषयवस्तु आएका छन् ।

ल्हैलहै जिन्दगीको परिपूरक निबन्ध हो– ‘बरेली बजार र तेजी सुरीको हराएको झुमका’ । यस निबन्धमा निबन्धकार श्रेष्ठले ग्वालियर साहित्य महोत्सवमा महेन्द्रनगर हुँदै बरेलीबजार पुग्दाका यात्राजन्य अनुभूतिलाई प्रस्तुत गरेका छन् । सोक्रममा तराईका विविध संस्कृति, नेपाली सीमा नाकाको फितलो व्यवस्था र भारतीय सीमा नाकाको उच्च परिबन्ध, राष्ट्रिय स्वाभिमान, स्वाधीनतालाई कुल्ची सत्ता र शक्तिको दुरुपयोगबाट हुने असमान सन्धि सम्झौता र त्यसले देशमा पारेको नकारात्मक प्रभाव, महाकालि सन्धिले दिएको पीडा, टनकपुर बाँधले पु¥याएको असर र बरेली बजारको ऐतिहासिकतालाई उजागर गरेका छन् ।

‘लहैलहै जिन्दगी’, ‘बरेली बजार र तेजी सुरीको हराएको झुमका’ शीर्षकको पूरक निबन्ध– ‘ग्वालियरमा छुटेको मन’ हो । यस निबन्धमा निबन्धकार श्रेष्ठले भारतको ग्वालियरमा २०७८ भाद्र १० गतेदेखि १४ सम्म ग्वालियर साहित्य उत्सवमा भोगेका विविध अनुभूतिहरूलाई प्रस्तुत गरेका छन् । त्यसक्रममा ग्वालियरको ऐतिहासिकता, नेपाली भाषा र नेपालीप्रति तहाँको नागरिक उड्डयन मन्त्री ज्योतिरादित्यले देखाएको सद्भाव, पुस्तकालयको महत्ता, विदेशी भूमिका नेपाली संस्कृति, भाषा, साहित्य, वेशभूषाको महत्ता, कार्यक्रमका विविध वस्तुसन्दर्भलाई उठान गरेका छन् ।

(ग) साहित्य, समाज एवं सौन्दर्य विषयक निबन्ध
निबन्धकार श्रेष्ठले समाज र साहित्यलाई अभिन्न रूपमा हेर्दै साहित्यमा अन्तर्निहित सौन्दर्यको खोजी गरेका छन् । मूल्याङ्कन गरेका छन् । यस सङ्ग्रहमा साहित्य, समाज र सौन्दर्यसँग सम्बन्धित निम्न निबन्धहरू रहेका छन्ः

‘बिम्बको प्रभाव’ शीर्षकको निबन्धमा कविता÷काव्यमा बिम्ब एवं प्रतीकको महत्तालाई उजागर गरिएको छ । सुन्दर बिम्ब एवं प्रतीकमार्फत पाठकको हृदयलाई कविताले आह्लादित गर्न सक्नुपर्छ । त्यसबाट पाठकमा सकारात्मक चिन्तन, दृष्टि र चेतना निर्माण गर्न सक्नुपर्छ । पाठकलाई गतिशील हुन अभिप्रेरित गर्नुपर्दछ । पाठकलाई सकारात्मक चिन्तन, चेतना निर्माण एवं गतिशील बनाउन कवितामा प्रयोग हुने बिम्बले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । निबन्धकार श्रेष्ठले साहित्यमा बिम्बको प्रयोग, सौन्दर्यको खोजी, पाठकको चेतना निर्माण र विषयवस्तु एवं भावबोधमा बिम्ब र प्रतीकको भूमिका, साहित्यमा मोफसल र केन्द्रको धङधङी, राज्यबाट पुरस्कारलगायतका गतिविधिमा मोफसलका स्रष्टा–साधकमाथि हुने अन्याय, कवितामा वर्गीय चिन्तन, चेतना निर्माण र जागरणलगायतका विषयवस्तुलाई प्रस्तुत गरेका छन् । कविताको सौन्दर्य, कविको कल्पनाशीलता, सामाजिक रूपान्तरण र जागरणमा कविताको भूमिका, कविताका बिम्ब एवं प्रतीकले पाठकमा पार्ने प्रभावलाई सशक्त ढङ्गबाट प्रस्ट्याउनका लागि निबन्धकार अनिल श्रेष्ठले ‘आरु फुलेको साँझ’ कवितासङ्ग्रह र त्यसमाथिको समालोचक गोपीरमण उपाध्यायको टिप्पणी, कृष्णसेन, इच्छुक, चुनु गुरुङ आदिका कविता र तिनले पाठकमा पारेको प्रभावलाई निबन्धमा अघि सारेका छन् ।

कला, संस्कृति, सभ्यता, साहित्यको जग समाज हो । समाजकै विषयवस्तु लिई कला, संस्कृति, सभ्यता, साहित्य मुखरित हुन्छ । कला, संस्कृति, सभ्यता, साहित्य र समाज एक अर्काका परिपूरक हुन् । तसर्थ समाजको समुन्नत विकास र रूपान्तरणमा साहित्यको अहम् भूमिका रहन्छ । त्यसै गरी समाजकै जगमा रही साहित्यमा सत्यम्, शिवम् र सुन्दरम्को प्रकटीकरण भएको हुनुपर्छ अर्थात् साहित्य समाजकल्याणकारक र सौन्दर्ययुक्त हुनुपर्छ । सौन्दर्य चेतना, श्रम र रूपपक्षसँग सम्बन्धित हुन्छ । यो सुख, गतिशीलता र नवीनतासँग पनि जोडिन्छ । समाजलाई समाजका रूपमा चिनाउने परिचायक तŒव नै कला, संस्कृति, सभ्यता हो । यो विना समाज अपुरो हुन्छ । साहित्यमा समाजको सौन्दर्य निर्माण शीर्षकको निबन्धमा साहित्य समाजमा आधारित हुन्छ । समाजलाई पृथक् गरेर साहित्य सिर्जना हुन सक्दैन । किनकि साहित्य समाजको प्रतिबिम्ब हो । समाज र जीवनको सौन्दर्य साहित्यमा प्रकटित हुन्छ । मानवजीवन पद्धति एवं श्रम सौन्दर्य साहित्यमा मुखरित हुन्छ । निबन्धकार श्रेष्ठले ‘साहित्यमा समाजको सौन्दर्य निर्माण’ शीर्षकको निबन्धमा तनहुँ आँबुखैरेनीको ऐतिहासिक सन्दर्भसहित नेपाली साहित्यमा भानुभक्त र गोकुल जोशीले पु¥याएको योगदानको समेत चर्चा गर्दै सामाजिक चेतना निर्माणमा आँबुखैरेनीको शिक्षा र साहित्यले खेलेको भूमिकाको चर्चा गरेका छन् । साथै उनले आँबुखैरनी स्रष्टा समाजको स्थापनाको उद्देश्य र देशको सामाजिक, सांस्कृतिक रूपान्तरणमा साहित्यका मार्फत यस संस्थाले निर्वाह गरेको भूमिकाको समेत उठान गरेका छन् । गतिशील समुन्नत, न्याययुक्त समृद्ध समाज निर्माणमा साहित्यको भूमिका अहं हुन्छ । किनकि साहित्यमा समाजको सौन्दर्य प्रकटित हुन्छ । सौन्दर्य श्रम, गतिशीलता एवं नवप्रवर्तन आदि हुन् ।

सीमान्तकृत चेपाङ समुदायदेखि आदिवासी थारुहरूको भूमि चितवन धेरैको रोजाइको क्षेत्र पनि हो । यहाँ सामाजिक, सांस्कृतिक र भौगोलिक विविधता पनि छ । निबन्धकार श्रेष्ठ ‘चितवनको तोरीको प्युरिटी र साहित्यको ओरिजिन’ शीर्षकको निबन्धमा हिजो तोरीले पहिचान दिएको चितवनको स्मरण गर्दैै आज चितवन साहित्यको केन्द्र रहेको विचार अघि सार्छन् । देशका सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक विविध क्षेत्रमा रहेका विकृति, विसङ्गति, असमानता, शोषण, दमन, अन्याय, विभेदको अन्त्यका लागि पहल र न्यूनीकरण गर्दैै कानुनी राज्य, लोकतन्त्र, जबाफदेहिता, भ्रष्टाचाररहित स्वस्थ, न्याययुक्त, सुशासनयुक्त समाज निर्माण र सामाजिक, सांस्कृतिक रूपान्तरणमा चितवनको साहित्यले खेलेको भूमिकाको चर्चा गरेका छन् । सङ्ख्यात्मक रूपमा मात्र नभई चितवनको साहित्य गुणात्मक रूपले पनि सबल र सशक्त रहेको विचार निबन्धमा आएको छ ।

(घ) दर्शनपरक निबन्ध
व्यास जन्मभूमि तनहुँका निबन्धकार श्रेष्ठले प्रकृति, जीवनदर्शन, दर्शन, जीवनभोगाइ, मुक्ति, योग लगायतका विषयवस्तुलाई समेटेर वैचारिक दार्शनिक तवरका निबन्धहरू पनि लेखेका छन् । स्रष्टाले आफ्ना पूर्ववर्ती कृतिहरूमा अवलम्बन गरेको वैचारिकता र यी निबन्धहरूबिच विरोधाभाष पनि देखिन्छ । मूलतः श्रेष्ठका यस प्रकारका निबन्धहरू वेदान्त दर्शनसँग निकट रहेका छन् ।

पौरत्स्य दर्शनमा क्रमशः दश इन्द्रिय, मन, बुद्धि र आत्मालाई श्रेष्ठतर रूपमा चिन्तन गरिएको पाइन्छ । मनको स्वभाव चञ्चल रहने हुनाले जसलाई निग्रह गर्न कठिन हुने बताइएको छ । मनलाई नै बन्धन र मोक्षको कारण मानिएको छ । मोक्ष अर्थात् दुःख निवृत्ति सुखको प्राप्ति, अज्ञान निवृत्ति । तर्कसङ्ग्रहमा सुखाद्युपलब्धिसाधनमिन्द्रियं मनः भनी परिभाषित गरिएको छ । मन जो अदृश्य छ । जसका विषयमा हाम्रा लिखित साहित्य तथा दार्शनिक ग्रन्थहरूमा समेत चर्चा एवं चिन्तन भएको पाइन्छ । निबन्धकार अनिल श्रेष्ठले पनि ‘यो मन कहाँ दुख्छ ?’ शीर्षकको निबन्धमा मनलाई विषयवस्तु बनाएका छन् । सो क्रममा उनले मनसँग जोडिएर आउने सुख, दुःख, प्रेम, बिछोड, रिस, राग, घृणा, शून्यता, भावना, सम्बन्ध, मनको स्वरूपविहीनता, मनका तरङ्गहरूको उत्पत्तिस्थल लगायतका विषयवस्तुको उठान गरेका छन् । साथै उनले देह र मन भिन्न वस्तु हुन् वा शरीरकै अङ्ग मन हो । यदि शरीरभन्दा भिन्न मन हो भने मान्छेलाई यसले दुःख दिनु नपर्ने विचार राखेका छन् । श्रेष्ठले जीवन र मृत्यु शाश्वत र मानिसले श्वास लिइरहँदा र फेरिरहँदाका बिचको समय नै जीवन हो । सुख, दुःख मानवीय जीवनका चक्र हुन् ।’ निबन्धकार श्रेष्ठ विचारहरूको तरङ्गले शरीरमा ल्याउने प्रभावलाई मनका रूपमा अथ्र्याउँछन् र देहाभिमानबाट मुक्त रहेर सोचिने असल विचारहरू नै सुख हुन् भन्ने विचार राख्छन् ।

योग ‘योगा’ भइरहेको छ । सामान्य हातखुट्टा चलाउनु अर्थात् शारीरिक व्यायाम गर्नु ‘योगा’ हुन सक्छ । जो आज व्यापार, व्यवसाय बनेको छ तर यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधिको समुच्चय योग हो । निबन्धकार श्रेष्ठ ‘योगः एक उन्मुक्त जीवनशैली’ शीर्षकको दार्शनिक निबन्धमा योग र अध्यात्मबारे आफ्नो विचार प्रस्तुत गर्छन् । उनी अध्यात्मलाई मान्छेको चेतना, शक्ति र ऊर्जाको ज्ञानका रूपमा लिन्छन् । आफ्नो खोजी र स्वतन्त्रतालाई अध्यात्मसँग जोड्छन् । अध्यात्मबाट सत्यको बोध गर्न सकिने विचार राख्छन् । योग हाम्रो जीवनशैली र जीवनपद्धति हो । यसले मान्छेलाई स्वतन्त्र, चेतनशील, ज्ञानयुक्त, बन्धनमुक्त बनाउँछ । योगयुक्त जीवन नै पूर्ण जीवन हो । योग एक कला हो । हिंसा र युद्ध अस्वस्थ विचारका विकार हुन् । जुन मनमा रहेका घृणा, द्वेष, लोभ, मोह, ईष्या, अहङ्कार आदिले प्रकटित हुन्छन् । त्यसैले स्वस्थ जीवनशैली र मनको निर्मलीकरणका लागि योगको आवश्यकता छ । जसबाट सत्यको बोध, आत्मजागृति र बन्धहरूबाट मुक्त हुन सकिन्छ । त्यस्तो पूर्वीय दार्शनिक चिन्तन योगलाई सङ्कुचित बनाउन नहुने विचार निबन्धमा प्रकट भएको छ ।

(ङ) जीवनीपरक निबन्ध
निबन्धकार श्रेष्ठले यस सङ्ग्रहमा जीवनीपरक निबन्धहरू पनि लेखेका छन् । सोक्रममा तिनका जीवनदर्शन र विचारहरूलाई समेत प्रस्तुत गरेका छन् । त्यस्ता निबन्धहरू निम्न रहेका छन्ः

‘अँध्यारोको जुनकिरी’ शीर्षकको निबन्धमा निबन्धकार श्रेष्ठले दार्शनिक सुकरातका सङ्क्षिप्त जीवनीका पाटाहरूका साथै सुकरातका दार्शनिक विचारहरूलाई प्रस्तुत गरेका छन् । समाजमा सत्य र न्यायका पक्षमा उभिने मानिसहरूलाई कसरी छद्मभेषीहरूले षड्यन्त्रपूर्वक विष खुवाएर मार्छन् । तीप्रति समाजमा भ्रमहरू कसरी छर्छन् । न्याय कसरी खुम्चन पुग्छ ? निबन्धमा सुकरातले पनि यिनै समस्याहरू भोगेका छन् तर उनी विचलित छैनन् । मृत्युलाई सहज रूपमा ग्रहण गरेका छन् । सुकरातले समाजमा नीतिको पालना, सत्य र आत्मशुद्धिका चिन्तनको प्रचार गरे । ज्ञान र सत्यको खोजी गरे । आत्मचिन्तनमा जोड दिए । शरीर र आत्मा भिन्न कुरा हो । आत्मा चेतनशील छ । ज्ञानका लागि अहङ्कारलाई फाल्नुपर्छ । आत्माको अमरत्वलाई स्वीकार गरे । सांसारिक वासना र मोहजालबाट मुक्त हुँदा ज्ञान मिल्छ र ज्ञानपछि मुक्त भइन्छ भन्ने विचारलाई सुकरातले अँगालेको कुरा निबन्धमा आएको छ । त्यस्तै निबन्धकार श्रेष्ठले सुकरातका शिष्य प्लेटोले ‘कविहरूलाई देश निकाला गर’ भन्ने अभिव्यक्ति दिएको प्रसङ्ग उठान गर्दै कविता र चिन्तनले समाजमा सकारात्मक प्रभाव छर्न नसकेको र समाजलाई निराशा र कुण्ठातिर धकलेकाले राज्यका संरक्षणमा हुर्किरहेका त्यस्ता विलासी कविहरूप्रति प्लेटोको विमति थियो भन्ने विचारको उठान गरेका छन् ।

‘घनश्याम ढकाल जो सधैँ निष्ठाले बाँचिरहे’ शीर्षकको निबन्धमा निबन्धकार श्रेष्ठले घनश्याम ढकालका स्मृतिहरूलाई प्रस्तुत गरेका छन् । भरिया र यात्री कथा सङ्ग्रहबाट घनश्याम ढकाल र उनका व्यक्तित्वलाई चिनेको र त्यसबाट आफू प्रभावित भएको बताउँदै निबन्धकार श्रेष्ठले ढकालको साहित्यिक, सांस्कृतिक सक्रियता, राजनीतिक विचार, वर्गसङ्घर्ष, साङ्गठनिक नेतृत्व, जीवनसङ्घर्ष, स्पष्ट विचार र कुटिलतारहित निष्ठायुक्त जीवनभोगाइको उठान गरेका छन् । साथै उनले ढकालका कृतिहरूको प्रकाशन गरी उनको योगदान र स्मृतिहरूलाई जीवन्त बनाउन आह्वान गरेका छन् । निबन्धमा माक्र्सवादलाई विद्रूपीकरण गर्ने र रूपान्तरण हुन नखोज्ने माक्र्सवादी भनाउँदाहरूप्रति खरो व्यङ्ग्य गरिएको छ ।

‘त्यो रमाइलो डाँडा’ शीर्षकको निबन्धमा सक्षम र सफल उद्यमी लक्ष्मणबाबु श्रेष्ठका मनकामना निर्माणसँग सम्बन्धित जीवनसङ्घर्षका विविध पक्षहरूको वर्णन गरिएको छ । साथै देशको अर्थनीतिका कारण नेपाली उद्यमीहरूले भोग्नुपरेका पीडा, देशको सांस्कृतिक एवं धार्मिक पर्यटनमा मनकामना केवलकारले खेलेको भूमिका, स्थानीय समुदायलाई उत्पादन र रोजगारसँग जोड्न लक्ष्मणबाबुले तयार पारेका प्रस्ताव योजना आदिको वर्णन गर्दै श्रम, इमान र नैतिकतालाई आत्मसाथ गरेका नेपाली उद्यमी लक्ष्मणबाबु श्रेष्ठप्रति श्रद्धाभावसमेत प्रकट गरिएको छ ।

निबन्धकार अनिल श्रेष्ठले यसरी विभिन्न विषयवस्तुहरूमा आधारित भएर आफ्ना १९ ओटा निबन्धमार्फत सरल र सहज ढङ्गबाट आत्मपरक शैलीमा स्वकीय नैबन्धिक वैचारिकतालाई पाठकमा सम्प्रेषण गरेका छन् । सामाजिक, सांस्कृतिक रूपान्तरणका अभावहरूको बोध गरी आफ्ना निबन्धका बीज तिनलाई बनाए तापनि सूक्ष्म मात्रामा मात्र त्यस्ता विषयलाई प्रत्यक्ष रूपमा राखी निबन्धगत सुललितता र मिठासलाई श्रेष्ठले जीवन्त तुल्याएका छन् । मूलतः कानुनी राज्यको अवधारणा, स्वतन्त्र, निष्पक्ष न्यायालय एवं समुन्नत, सुखी, समृद्ध समाजका लागि सामाजिक सांस्कृतिक रूपान्तरण आवश्यक छ र सामाजिक, सांस्कृतिक रूपान्तरणमा साहित्य र त्यसमा निहित सौन्दर्यको अहम् भूमिका हुन्छ भन्ने कुरालाई उनका निबन्धले पुष्टि गर्न खोजेका छन् ।

त्यसैगरी श्रेष्ठका दर्शनपरक निबन्धहरूले योग, अध्यात्म, सुख, शान्ति, समृद्धि, आत्मजागरण, स्वतन्त्रता आदिका बारेमा विमर्श गरेका छन् । निबन्धकार श्रेष्ठले हाम्रा भनाइ, गराइ र चिन्तनबिचका खाडल, पठन र लेखन संस्कृतिमा आएको ह्रास, सूचना प्रविधि र त्यसका सकारात्मक एवं नकारात्मक पाटाहरूलाई आफ्ना निबन्धमा समेटेका छन् ।

३. भाषाशैली
निबन्ध आख्यानेतर गद्य विधा भएकाले यो गद्यमा रहन्छ । निबन्धकार अनिल श्रेष्ठका निबन्ध सरल, सहज र सुबोध्य छन् । गहन दार्शनिक चिन्तनहरूलाई समेत सहज ढङ्गबाट प्रस्तुत गरेका छन् । निबन्धको मुटु रहेको वैचारिकतालाई पनि सुललित ढङ्गबाट पाठकका मस्तिष्कमा विनमय अर्थात् सम्प्रेषण गरेका छन् । पाठकलाई निबन्ध पठनका क्रममा उत्सुकता र जिज्ञासा पैदा गर्न निबन्धकार सफल भएका छन् । साहित्यकार अनिल श्रेष्ठको मुख्य साहित्यिक प्राप्ति कविता नै हो । तसर्थ उनका निबन्धहरू कवितात्मक पनि रहेका छन् । केही निबन्धहरूमा व्यङ्ग्य पनि पाइन्छ । त्यसै गरी यस सङ्ग्रहका निबन्धहरू स्वरूपका आधारमा केही निसमालोचनासँग निकट राख्छन्, केही नियात्रा र यात्रा संस्मरणसँग निकट राख्छन् । केही निबन्धहरूमा पत्रहरू पनि जस्ताको तस्तै राखिएको छ । यसबाट यो मन कहाँ दुख्छ ? निबन्धसङ्ग्रहमा विधा भञ्जन एवं मिश्रणको स्थिति पनि देखिएको छ तर मूलतः आत्मपरकताका साथ प्रस्तुत भएकाले, हार्दिकता वहन गरेकाले, वैचारिकता रहेकाले यी निबन्ध नै हुन् ।

भाषा सरल, सहज र सुबोध्य भए तापनि कतिपय ठाउँमा वर्णविन्यासगत त्रुटिहरू रहेका छन् । त्यसै गरी कतै कतै पद सङ्गति तथा वाक्य सङ्गतिमा पनि समस्या देखिन्छ तर यस्ता त्रुटिहरू नगण्य मात्रामा रहेका छन् । असावधानीवश कविताको विकासक्रमको तथ्यगत त्रुटि पनि एक ठाउँमा देखिएको छ । त्यस्ता तथ्यगत विवरण र अन्य समस्याहरूलाई आउँदा संस्करणहरूमा परिमार्जन गर्नु वाञ्छनीय हुन्छ ।

४. अन्त्यः
समाज र साहित्य एक–अर्काका परिपूरक हुन् । साहित्यमा सौन्दर्य मुखरित भएको हुन्छ । सौन्दर्य श्रममा निहित हुन्छ । त्यसको उजागर साहित्यले गर्दछ । निबन्धकार अनिल श्रेष्ठको ‘यो मन कहाँ दुख्छ ?’ निबन्धसङ्ग्रहका निबन्धहरूले पनि साहित्यमा अन्तर्निहित सौन्दर्यको खोजी गर्दै सामाजिक, सांस्कृतिक रूपान्तरणमा साहित्यको भूमिका अहम् हुने निष्कर्ष निकालेको पाइन्छ भने कतिपय निबन्धले योग, मानवजीवन, सुख, मन आदिको चर्चा गर्दै शान्ति, मुक्ति र स्वतन्त्रताको वकालत गरेका छन् ।

सन्दर्भसूची
अधिकारी, तेजविलास (२०८२). अनिल श्रेष्ठ केही रचना, केही विवेचना. काठमाडौँः भुँडीपुराण प्रकाशन ।
खतिवडा, रमेश ( २०७९). परिचर्चा. धादिङः गणेश खतिवडा, सीता पौडेल ।
श्रेष्ठ, अनिल (२०८१). यो मन कहाँ दुख्छ ?. काठमाडौँः भुँडीपुराण प्रकाशन ।

‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहले उठाएका कुरा
रमेश प्रभात
उपप्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर ।

समकालीन युवापुस्ताका हस्तक्षेपकारी कवि अनिल श्रेष्ठ (२०२८) नेपाली कविताका क्षेत्रमा मूलतः राजनीतिक विषयवस्तुका कविता लेखनमा रमाएका स्रष्टा हुन् । उनले कविताका अतिरिक्त निबन्धमा पनि उत्तिकै जमेर लेख्ने गरेका छन् । नेपाली साहित्यका पाठकलाई समसामयिक विषयका विविध भावलाई समेटेर सामान्यदेखि उच्च स्तरका पाठकले समेत पढ्नयोग्य आधा दर्जन कविताकृति दिन सक्नु नै उनको कविता लेखनको उच्चतम उपलब्धि हो ।

आरम्भ
तत्कालीन गण्डकी अञ्चलको तनहुँ जिल्लामा पर्ने आँबुखैरेनीमा वि.सं. २०२८ भदौ २४ गते जन्मिएका साहित्यकार अनिल श्रेष्ठ नेपाली साहित्यका विविध विधामा सफलतापूर्वक कलम चलाइरहेका स्रष्टा हुन् । उनको पहिलो प्रकाशित कृति ‘प्रजातन्त्र र पागल’ (कथासङ्ग्रह–२०५०) हो, तर उनी त्यसपछि कविता र निबन्धतर्फ बढी आकर्षित भएको देखिन्छ । उनका हालसम्म कविताका ‘राष्ट्रले शोकधुन बजाएको छ’ (कवितासङ्ग्रह –२०५१), ‘मृत्युपर्व होइन मेरो देश’ (कवितासङ्ग्रह –२०५५), ‘आरू फुलेको साँझ’ (कवितासङ्ग्रह –२०६३), ‘मफलर युद्ध’ (कवितासङ्ग्रह –२०६९), ‘प्रतिनिधि कविता’ (कवितासङ्ग्रह –२०७३) र ‘मध्यरातमा मुर्कट्टा’ (कवितासङ्ग्रह –२०७८) गरी आधा दर्जन कृति प्रकाशित भइसकेका छन् । त्यस्तै उनका निबन्धात्मक कृतिहरु ‘टाइगर हिलकी पुनम’ (निबन्धसङ्ग्रह–२०७१) र ‘फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरु’ (संस्मरणात्मक अनुभूति–२०६६) प्रकाशित भएका छन् । उल्लिखित कृतिका अतिरिक्त विभिन्न पत्रपत्रिकामा उनका विभिन्न विधाका फुटकर रचनाहरू छरिएर रहेका पाइन्छन् ।

‘मध्यरातमा मुर्कट्टा’ ः सामान्य चिनारी
‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रह विवेक सिर्जनशील प्रकाशन प्रा.लि., काठमाडौँले वि.सं. २०७८ मा प्रकाशित गरेको कवि अनिल श्रेष्ठको नवीनतम कविताकृति हो । हार्ड कभर भएको जम्मा ७२ पृष्ठको आयाममा फैलिएको यो कृतिमा समसामयिक विषयवस्तुका कूल ३५ थान फुटकर कविता समेटिएका छन् । जम्मा पाँच पङ्क्ति भएको एक खण्डको ‘एक निमेष’ शीर्षकको टुक्रे कवितादेखि लिएर ‘हल्लाहरु छन् र त हामी अझै जिउँदा छौँ’ शीर्षकको बढीमा चार पृष्ठको आयामसम्म यसभित्रका कविता फैलिएका छन् । यस कृतिमा समेटिएका अधिकांश कविता दुई पृष्ठको आयाम बोकेका छन् । कोभिड–१९ को कहरदेखि लिएर समकालीन जीवनका विविधतालाई पस्किएका यी कविता समग्रमा सरल, सरस र युगबोधी खालका छन् ।

‘मध्यरातमा मुर्कट्टा’का कवितामा प्रयुक्त भावको सर्वेक्षण
कविता जीवनका विविधतालाई मुखरित गर्ने साहित्यको सर्वप्रिय विधा हो । यही कुरालाई समकालीन नेपाली कविताले पनि बोकेको पाइन्छ । यसर्थ आजका कविताले विविध भावलाई मुखरित गर्ने गरेका छन् । त्यस्तै‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रह पनि विविध भाव समटेर तयार पारिएको कविता कृति हो । यस कृतिमा भेटिएका कविताका मूलभावहरुको सर्वेक्षण यहाँ निम्न साक्ष्यका आधारमा गरी निम्नानुसार समीक्षा गरिएको छ ः

देश गणतन्त्रमा गएको भएर पनि हिजोआज नेपाली राजनीतिले जनतालाई मुक्त बनाउनुको साटो उल्टो दास बनाउँदै लगेकोप्रति कविको तीव्र आक्रोश छ । वाचाल जनतालाई मौन बनाउँदै लगेको, आफ्ना कार्यकर्ताहरुलाई केही बोल्न नसक्ने बनाउँदै लगेकोमा कविले यसरी काव्यात्मक विद्रोह गरेका छन् ः
र, म आफूलाई
दास हुँ भन्ने स्वतन्त्रता
यो संविधानले मलाई
दिएको छैन ।
(इजलास, पृ. ४७)

हरेक देशमा सरकार नाम गरेको संरचना हुन्छ । त्यसको काम जनताबाट रकम असुल्नु मात्र नभई जनतालाई राहत दिनु पनि हो । यसर्थ जनताले त्यो संरचनासँग धेरै अपेक्षा राखेको हुन्छ । जब जनताका अपेक्षाहरु पूरा हुँदैनन्, तब विद्रोह सुरु हुन्छ । यही कुरालाई कविले कवितामार्फत् यसरी मुखरित गरेका छन् ः
सरकार
तिम्रो राज्यमा
म यो किसानको आँसुको
कुनै मूल्य हुन्न भने
अब म विद्रोहले
बहुलाउँछु ।
(छली देवता, पृ. ५०)

सिंहदरबार भनेको केवल भौतिक संरचना मात्र होइन, त्यो नेपाली जनताको आसा र भरोसाको केन्द्र पनि हो । तर अचेल त्यो सिंहदरबार विषाक्त बन्दै गएको छ । त्यसले देशको हित गर्ने काम बिर्संदै गएको छ । त्यो स्वार्थ र हिंसाको दलदलमा फसेको छ भन्ने कुरालाई कविले कवितामा यसरी चित्रण गरेका छन् ः
सिंहदरबारका पर्खालहरुमा
उम्रिरहेका छन् हिंसाका विषाक्त आँखाहरु ।
(आजकल सिंहदरबारमा फूलहरु फुल्दैनन्, पृ. १४)

कुनैपनि कवि जीवनबाट विमुख हुन सक्दैन । त्यस्तै कवि अनिल श्रेष्ठ पनि मूलतः आशावादी कवि हुन् । उनी मानवता हराउँदै गएको वर्तमान परिवेशबाट कत्ति निराश नभई एक दिन अवश्य मानवता उदाउने कुरा आफ्ना कवितामार्फत् यसरी अभिव्यक्त गर्छन् ः
र, एकदिन
पृथ्वीमा पुनः मानिसहरुको
नयाँ जातिको उदय हुनेछ
र यो धर्तीमा

फेरि सुरु हुनेछ
नयाँ मानिसहरुको गीत ।
(अन्तिम अर्थात् चौथो अनुच्छेद, पृ. ७१)

कविता सङ्ग्रहकै शीर्षक कविता ‘मध्यरातमा मुर्कट्टा’ कवितामार्फत् कविले कवि हुनु भनेको साहसी हुनु पनि हो भन्ने कुरालाई मुखरित गरेका छन् । हाम्रो नेपाली समाजमा भूत, प्रेत, मसान, किचन्नी, मुर्कट्टा आदिका बारेमा विभिन्न धारणाहरु पाइन्छन् । मुर्कट्टासँग आमनेसामने भएको खण्डमा रगत छादेर मान्छेको तत्काल मृत्यु हुन्छ भन्ने लोकविश्वास पाइन्छ । यस्तो विश्वासलाई चिर्न कविलाई अगाडि सार्दै कविले यस्तो प्रश्न गरेका छन् ः
कविजी,
अँध्यारोमा मुर्कट्टा लखेट्न जाने हो ?
(मध्यरातमा मुर्कट्टा, पृ. २२)

त्यसो त कविको खासमा लिङ्ग हुँदैन, तर पनि कवि आफू पुरुष भएको कुरालाई कवितामा पनि नलुकाई लेख्छन् । त्यत्ति मात्र होइन, कविकी पत्नीले आफ्नो पति कवि भएर बाँच्दा, उसले पाउने सम्मानमा रमाएर कसरी जीवन भोग्छन् भनी श्रीमतीहरुको जीवन भोगाइलाई पनि यसरी मार्मिक रुपमा शब्दमा उतार्छन् ः
बुढा
तिमी कवि भएरै
सम्मान थाप्छौ
र म तिमीले सम्मानमा पाएका
ती प्रमाणपत्र हेरेरै
खुसी हुन्छु ।
(श्रीमती भन्छिन्, पृ. ६८)

भनिन्छ, कवि हुनु भनेको समाजको जिम्मेवार नागरिक हुनु पनि हो । तर कविपय कविहरु केवल रक्सीको लतमा आफूलाई चुर्लुम्म डुबाएर समाजबाट बेखवर हुने गरेको पनि पाइन्छ । व्यक्तिको जीवन भोगाइ उसको आफ्नै हो, तर पनि कविले जिम्मेवार हुन नसकेको कुरालाई कविले आफ्नो कवितामार्फत् यसरी व्यङ्ग्य गरेका छन् ः
आज बिहानैदेखि
शहरका रक्सी भट्टीहरुमा
कविको निकै
चर्चा छ ।
(सेलिब्रिटी, पृ. ६७)

एउटा कविले अर्को कविलाई राम्रो तरिकाले नहेर्ने प्रचलन अचेलका नेपाली कविवृत्तमा विकास हुँदै गएको मुख्य कमजोरी हो । यसले कविलाई कालान्तरमा नाफा होइन, घाटा पु¥याउँछ । यसर्थ एउटा कविले अर्को कविको सम्मान गर्नु राम्रो कुरा हो । यही भावलाई कविले कवि विभल निभाको सन्दर्भ उठाउँदै यसरी काव्यात्मक बान्कीमा कुँदेका छन् ः
आजकल
म यतिबिघ्न प्रेमले
विमल निभाका कविताहरु पढ्न
किन थालिरहेको छु हँ ?
(विमल निभा, पृ. ५५)

मानव समाजमा ईश्वरको जन्म कसरी हुन्छ ? भन्ने बारेमा कविको फरक मत पाइन्छ । आफ्नो समयमा गौतम बुद्धले मूर्तिपूजाको विरोध गरेका थिए, अहिलेको संसारमा सबैभन्दा बढी मूर्ति उनकै बनेको भेटिन्छ । यो संसारमा जस–जसले ईश्वरको निन्दा गरे, उसलाई ईश्वर भनेर पुजिन थालेको कुरालाई कविले कवितामा यसरी सम्झना गरेका छन् ः
यसरी
कालान्तरदेखि
जस–जसले
ईश्वरको निन्दा गरे
उनीहरु नै ईश्वर भएर पुजिए ।
(ईश्वरको जन्म, पृ. ३७)

त्यसो त दशकौँ पहिले कवि भूपी शेरचनले ‘यो हल्लै हल्लाको देश हो’ भनेर घोषणा गरिसकेका थिए । त्यही आधारमा टेकेर कवि अनिल श्रेष्ठले पनि यो समाजमा हल्लाहरु जिउँदै रहेका कारण हामी सक्रिय रहेको प्रमाण पेस गर्ने गरेको कुरालाई कवितामार्फत् यसरी मुखरित गरेका छन् ः
हल्लाहरु अझै जिउँदा छन्
हल्लाहरुले नै ल्याउनेछन् यहाँ जोडदार हल्लाहरु
र हल्लाहरुले हामी हल्लिरहने छौँ ।
(हल्लाहरु छन् र त हामी अझै जिउँदा छौँ, पृ. ४१)

कवि अनिल श्रेष्ठ क्रान्तिका पक्षधर कवि हुन् । उनी समाजमा क्रान्ति आवश्यक छ भन्ने कुरामा विश्वस्त छन् । क्रान्तिले मात्र समाज परिवर्तन गर्न सक्छ भन्ने विचार राख्दै अबको क्रान्ति लरतरो नभएर सम्पूर्ण विश्व हल्लाउने खालको हुनुपर्छ भन्ने भावलाई यसरी अभिव्यक्त गरेका छन् ः
सम्पूर्ण पृथ्वीलाई
एकैचोटि दपेट्ने आगाका फिलिङ्गाहरुको
त्यो आँधी अब लरतरो हुने छैन ।
(मृत्यु उत्सव, पृ. २४)

यो समाजमा सदियौँदेखि पितृसत्ता कायम छ । समाजका महिलाहरु रातदिन श्रम गर्छन्, तर पुरुषहरु हल्लिएर खाने गर्छन् । यो प्रवृत्ति सत्तासँग पनि छ । जनताको श्रमको बेवास्ता गर्दै उनीहरु मोजमस्तीमा लीन छन् भन्ने कुरालाई कविले आफू र आफ्नो छोरोलाई बिम्ब बनाएर यसरी कवितामा उतारेका छन् ः
एउटा छोरो छ
मजस्तै
भात खान्छ
हात चुठ्छ
र गाउँ डुल्न निस्कन्छ ।
(सत्ता, पृ. १९)

माक्र्सवादी दार्शनिक चेतबाट प्रशिक्षित कवि अनिललाई भुइँमान्छे र दलितका बारेमा कविता कोर्न रुचि जागेको देखिन्छ । उनी साहिँली सुजिनीको सियो भाँचिएको कुरालाई उद्धृत गर्दै काव्यात्मक रुप दिन्छन् । अझ त्यसलाई कसैको फाटेको मनसँग यसरी तुलना गर्छन् ः
साहिँली सुजिनीको मन
एकोहोरिन्छ
यो फाटेको मन
र भाँचिएको सियो जोड्ने ओखती किन हुन्न हँ !
(भाँचिएको सियो, पृ. ९)

विश्व हल्लाउने सामथ्र्य राखेको कोभिड–१९ का कारण हाम्रो देशमा पनि पटक पटक लकडाउनको अवस्था सिर्जना भयो । जनजीवन तहसनहस भयो । त्यतिबेला घरभित्र थुनिएर बस्नुको कुनै विकल्प थिएन । त्यस्तो अवस्थालाई कविले कविताका माध्यमबाट यसरी उतारेका छन् ः
बाहिर सडकमा
कोभिड–१९ को सूचना फ्याँक्दै
नगरपालिकाको गाडी
कुदिरहेको छ ।
(आज पनि शहरमा लकडाउन छ, पृ. २८)

यस प्रकार कवि अनिल श्रेष्ठको नवीनतम कविताकृति ‘मध्यरातमा मुर्कट्टा’ विविध भाव समेटिएको कविता कृति हो । यसका कविता पाठकलाई उनीहरुको काव्यात्मक भोक मेटाउन सफल कृति बनेको छ भन्ने कुरामा सहमति जनाउन सकिन्छ ।

उपस्थापन
माक्र्सवादी दर्शन र चिन्तनबाट प्रशिक्षित कवि अनिल श्रेष्ठ मूलतः राजनीतिक विषयवस्तुका कवितामा रमाउने कवि हुन् । यसर्थ उनी विद्राही चेतका कवि पनि हुन् । उनका अधिकांश कविताले जनताका अभाव र पीडाको चित्रण गरेको पाइन्छ । उनी व्यङ्ग्यचेतका कवि समेत हुन् । आफू स्वयम् कवि भएर पनि उनी कविका विकृतिलाई समेत व्यङ्ग्य गर्न पछि पर्दैनन् । आफ्नो साहित्ययात्रा कथाबाट प्रारम्भ गरेका अनिलको आगामी साहित्ययात्रा आख्यानतर्फ नै मोडियोस् । उनको काव्यात्मक बान्की र विविध खालका जीवन भोगाइले औपन्यासिक रुप ग्रहण गरोस् भन्दै उनको साहित्यिक उन्नयनको कामना सहित लेखनीलाई विश्राम दिन्छु ।

शाल्मलि

‘टाइगर हिलकी पुनम’ को अन्तर्वस्तु
रमेश खतिवडा

वि.सं २०७८ असार महिनामा ‘टाइगर हिलकी पुनम’ निबन्धसङ्ग्रहको तेस्रो संस्करण बजारमा आएको छ । यसका रचयिता गण्डकी अञ्चलअन्तर्गत पर्ने तनहुँ जिल्लाको आँबुखैरनी निवासी स्रष्टा अनिल श्रेष्ठ हुन् । समकालीन प्रगतिशील नेपाली कथा तथा कवितासाहित्यमा अनिल श्रेष्ठ अपरिचित नाम होइन । कथा, कविता तथा निबन्ध विधाका उनका निम्न लिखित कृतिहरू प्रकाशित छन् । जसमा ‘प्रजातन्त्र र पागल’ (कथासङ्ग्रह,२०५०), ‘राष्ट्रले शोकधुन बजाएको छ’ (कवितासङ्ग्रह,२०५१), ‘मृत्युपर्व होइन मेरो देश’(कवितासङ्ग्रह, २०५५), ‘आरू फुलेको साँझ’ (कवितासङ्ग्रह, २०६३), ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छ यी गीतहरू’ (संस्मरणात्मकअनुभूति र कविता, २०६६), ‘मफलर युद्ध’(कवितासङ्ग्रह, २०६९), ‘टाइगर हिलकी पुनम’ (निबन्धसङ्ग्रह, २०७१), ‘अनिल श्रेष्ठका प्रतिनिधि कविता’ (कवितासङ्ग्रह, २०७३), ‘मध्यरातमा मुर्कट्टा’ (कवितासङ्ग्रह, २०७८) पुस्ताकाकार कृति प्रकाशित भएका छन् । साहित्यिक क्षेत्रमा सक्रिय भएर लागेका कवि अनिल श्रेष्ठ साहित्यसँगै विभिन्न सामाजिक, राजनीतिक, साँस्कृतिक सङ्घसंस्थामा आबद्ध छन् । उनी अखिल नेपाल जनसांस्कृतिक महासङ्घः केन्द्रीय सदस्य, अखिल नेपाल लेखक सङ्घः केन्द्रीय महासचिव, जनमत वाङ्मय प्रतिष्ठान नेपालः सदस्य, आँबुखैरनी स्रष्टा समाज अध्यक्ष, बालवाङ्मय तथा अनुसन्धान केन्द्रः आजीवन सदस्य भएर पनि साहित्यको सेवा गरिरहेका छन् । प्रगतिवादी साहित्यको निरन्तर साधक अनिल श्रेष्ठ ‘एरोमा एसेन्स साहित्य सम्मान’–२०५९, ‘जनमत सहयात्री सम्मान’–२०७१, ‘इच्छुक स्मृति पुरस्कार’–२०७४, देशभक्त गणतान्त्रिक सम्मान–२०७४, आँबुखैरेनी महिला सञ्जाल सम्मान– २०७४, शक्ति पुरस्कार–२०७८, शुक्ला प्रतिभा पुरस्कार–२०७८ आदिबाट सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।

निबन्ध साहित्यको आख्यानेतर गद्य विधाअन्तर्गत पर्दछ । यसमा सुललित शैलीमा विचारको प्रस्फुटन हुन्छ । वस्तुपरकता, आत्मपरकता, मौलिकता, सुललित बौद्धिकता, भाषागत सरलता तथा शैलीगत नवीनता लिएर आधुनिक नेपाली निबन्ध अघि बढिरहेको छ । यसै आधुनिक नेपाली निबन्धको उत्तरवर्ती चरणमा देखा परेका निबन्धकार हुन् अनिल श्रेष्ठ । उनको ‘टाइगर हिलकी पुनम’ निबन्धसङ्ग्रहको छोटो चर्चा गर्ने प्रयास तल गरिएको छ ।

‘टाइगर हिलकी पुनम’ निबन्धसङ्ग्रहलाई विवेक सिर्जनशील प्रकाशन प्रा.लि काठमाडौँले प्रकाशनमा ल्याएको छ । आवरणपृष्ठबाहेक २६४ पृष्ठमा फैलिएको यस निबन्धसङ्ग्रहको मूल भाग पृष्ठ ५ देखि २६४ सम्म रहेको छ । अग्र भागमा प्रभा बरालको प्रकाशकीय रहेको छ । निबन्धकार श्रेष्ठको चालिसको दशकको अन्त्यदेखिको २०७२ सालसम्मका फुटकर प्रकाशित तथा अप्रकाशित २१ ओटा रचनाहरू यस निबन्धसङ्ग्रहमा सङ्ग्रहीत छन् । यात्राजन्यानुभूति, स्मृतिजन्यानुभूति तथा पाठकीयअनुभूतिमा सामाजिक राजनीतिक विषयवस्तुका घटनासँग तादाम्य भएर सुललित कवितामय, कतै संस्मरणमय, कतै कथामय, कतै नियात्रामय भएर यस सङ्ग्रहका निबन्धहरू विकसित भएका छन् । मर्मस्पर्शी हृदय भएका पाठकलाई यसले द्रवीभूत बनाउँछ ।

निबन्धसङ्ग्रहभित्र रहेको सोह्रौँ ‘टाइगर हिलकी पुनम’ नामक निबन्धबाटै सिङ्गो निबन्धसङ्ग्रहको नामाकरण टाइगर हिलकी पुनम राखिएको छ । टाइगर हिलको उकालो चढेर बिहानै उदाउँदो सूर्यको किरणको रमणीय दृश्यले मानिसलाई आनन्दित बनाउँछ । हृदयमा प्रसन्नता छाउँछ । धर्तीमा उज्यालोको नवीन ऊर्जा फैलिन्छ । त्यस्तै निबन्धकार श्रेष्ठ पनि टाइगर हिलकी पुनम निबन्धसङ्ग्रहमार्फत उज्यालोको खोजीमा छन् । मानवीय उत्थानमा छन् । कुरूपप्रति असन्तुष्टि राख्दै सुन्दरको खोजीमा छन् । भित्री रूपमा इमान र नैतिकताको प्रश्न उठाएका छन् । मानव भएर बाँच्न घचघच्याएका छन् । सुख र दुःखका अनुभूतिहरू आत्मरागमा प्रस्फुरित गरेका छन् । घटना निजात्मक भए पनि मुद्धा समाजका हुन, देशका हुन् । तल टाइगर हिलकी पुनम निबन्धसङ्ग्रहको अन्तर्वस्तुबारे छोटो चर्चा गरिएको छ ।

‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छन् यी गीतहरू’ शीर्षकको निबन्ध जनादेशमा वि.सं. २०५५ मा प्रकाशित भएको पाइन्छ । यस निबन्धमा विचार तथा क्रान्ति कहिल्यै नमर्ने कुरा उल्लिखित भएको छ । विचार तथा क्रान्तिलाई सामन्ती तानाशाहहरू अपदस्थ गर्न खोज्छन् तर सशक्त विचार तथा क्रान्तिले तानाशाहहरूलाई नै अपदस्थ गरिदिन्छ । क्रान्तिको नाममा लुटिखाने केही सहरी माक्र्सवादी बुजु्रकहरूको बौद्धिक ट्रेडप्रति निबन्धकार श्रेष्ठ असन्तुष्टि पोख्छन् । तिनीहरूबाट क्रान्ति सफल नहुनेमा श्रेष्ठ विश्वस्त छन् । तनहुँको छिम्कालेक क्रान्तिको गाथा बोकेको एउटा गाउँ हो । जहाँ वर्गीय सङ्घर्षका कथाहरू छन् । सहिदका स्मृति गाथाहरू छन् । श्रम र श्रमजीवीप्रतिको श्रद्धाभाव विकसित भएको छ । तानाशाहहरू क्रान्तिका गीत, कविताहरू मन पराउँदैनन् तथापि छिम्कालेकमा तानाशाहका विरुद्धमा विचार, परिवर्तन र क्रान्तिका गीतहरू गुन्जिरहन्छन् । क्रान्तिचेतले सशक्त यस्तै यस्तै विचारहरू यस निबन्धमा प्रकटित भएका छन् ।

‘घान्द्रुकको घाम’ शीर्षकको निबन्ध गतिविधि साप्ताहिक पत्रिकामा विं. सं २०४८ मा प्रकाशित भएको देखिन्छ । यस निबन्धमा कास्कीको घान्द्रुकमा आँखा शिविरका लागि काठमाडौँबाट हिँडेका निबन्धकार श्रेष्ठको टिमको यात्राजन्य निजात्मक अनुभूति प्रस्तुत भएको छ । त्यस क्रममा विविध विषयवस्तुको उठान निबन्धकार श्रेष्ठले गरेका छन् । काठमाडौँको हुस्सुले ढाकिएको, चिसो पानी परिरहेको वातावरण केही समयको अन्तरालमै धादिङको नौबिसे पुग्दा–नपुग्दै सुरम्य रमणीय प्रकृति देखा पर्छ । निबन्धकार भन्छन्ः “पारि घाम पोखिएका पाटाहरू । झुलिरहेका फाँटहरू । गराहरूमा खेलिरहेको सूर्य । गाउँलाई हत्केलामा राखेर उभिइरहेका धादिङका पहाडहरू र उत्तरतिर फैलिएर मुुसुक्क मुस्कुराइरहेको हिमाल । एउटा बैँसालु प्रकृति ।” । काठमाडौँको चिसोले कठ्याङ्ग्रिएका निबन्धकार श्रेष्ठ धादिङमा सुरम्य बनाइरहेको त्यो पहारिलो घामसँगै आह्लादित तथा रोमाञ्चित हुन पुग्छन् । निबन्धकार श्रेष्ठले घान्द्रुकको यात्रा गर्दै गर्दा भर्खर जिर्णोद्धार भएको रहेछ नौबिसे सडकखण्ड । अर्थात् सुव्यवस्थित रहेछ । तर अव्यवस्थित मापदण्डका कारण जिर्णोद्धार गरिएको छोटो कालखण्डमा नै पुनः जीर्णोद्धार गर्नुपर्ने भएको छ हाम्रा सडकमार्गहरू । वर्तमान अवस्थामा पनि त्यस सडक खण्डको जिर्णोद्धार तथा सडक विस्तारको काम भइरहेको देख्न सकिन्छ । पृथ्वी राजमार्ग हुँदै काठमाडौँ छिर्ने र फर्कने प्रायः यात्रुहरू मलेखु र त्यहाँको खाना नास्तादेखि अपरिचत छैनन् । निबन्धकार श्रेष्ठसँगै यात्रामा रहेका पदम दाइले ४८ सालतिर भनेको जस्तै वाह होटल व्यवसायी भन्ने वातावरण अहिलेका होटल व्यवसायीले पनि निर्माण गरुन् । धादिङ जिल्लाकै बेनाम हुने काम धादिङका सडक मार्गका होटल तथा पसल सञ्चालन गरेका व्यवसायीहरूले नगरुन् । निबन्धका होटलमा श्रम गर्न बाध्य, बालबालिका तथा किशोरीहरूको वस्तु सत्यलाई पनि देखाइएको छ । मौसम परिवर्तनका कारण वर्षा नभएकाले आँबुखैरेनीका टारहरू उब्जनी शून्य भएको प्रसङ्ग निबन्धमा आएको छ । निबन्धमा पोखराको प्राकृतिक सौन्दर्यको चित्रण भएको छ । पर्यटनका दृष्टिले पोखराको महत्तागान गाइएको छ । रेडक्रसका केही भोलिन्टियर र काठमाडौँ लायन्स आँखा अस्पतालका स्वास्थ्यकर्मीहरू रेडक्रसको जिपमा पोखराबाट बागलुङ जाने सडक समातेर नयाँपुल पुगेर रोकिन्छन् । त्यहाँबाट घान्द्रुकको पैदल यात्रा प्रारम्भ हुन्छ । वीरे ठाँटी हुँदै यात्रा अघि बढ्छ र मोदीको किनारमा रहेको स्याउली बस्तीबाट तीन घण्टाको कठोर उकालो यात्रापछि घान्द्रुक आइपुग्छ । भोलिपल्ट देखि घान्द्रुकमा निशुल्क आँखा शिविर सञ्चालन हुन्छ । यस सन्दर्भमा मोतिया बिन्दुका बिरामीका लागि लायन्स आँखा अस्पतालले गाउँ गाउँमा चलाएको आँखा शिविरको महत्तालाई देखाइएको छ । त्यस्तै घान्द्रुकको गाउँमा सुव्यस्थित बस्ती र त्यहाँको उच्च हृदय भएका कर्मशील समाज, उनीहरूको आतिथ्य संस्कारको परम्परा तथा घान्द्रुकको सदा ऊर्जा भर्ने रमणीय हिमाली प्रकृतिको चित्रण निबन्धमा भएको छ । घान्द्रुकको घाम मूलतः यात्राजन्य अनुभूतिमा आधारित निबन्ध हो । त्यस क्रममा निबन्धमा विविध विचारहरू सशक्त रूपले छचल्किएका छन् ।

‘भुङलिचोक भुलिगए पाप लाग्ला’ शीर्षकको निबन्ध शब्दाङ्कुर पत्रिकामा वि. सं २०७० मा प्रकाशित भएको देखिन्छ । यस निबन्धमा स्रष्टा मोदनाथ मरहठ्ठाको निमन्त्रणामा तनहुँको आँबुखैरनीबाट गोरखाको भुङलिचोक आएका आँबुखैरेनीका स्रष्टा त्रयका यात्राजन्य अनुभूतिलाई प्रस्तुत गरिएको छ । त्यस सन्दर्भमा निबन्धमा मूलतः निर्धारित समयमा हिँड्न नजान्ने नेपाली प्रवृत्ति, छोटा दूरीका यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा भोग्नुपर्ने दुःख कष्टहरू, व्यापारका कारण फुत्त छोडेर यात्रामा निक्लन नपाउँदाको दुःखानुभूति, जिन्दगीलाई जोखिममा राखेर ग्रामीण भेगमा विना मापदण्ड इन्जिनियरिङ इस्टमेटविना खोलिएका कच्ची सडक मार्गमा यात्रा गर्ने यात्रु र चालकका दुःख पीडा र त्यसप्रति सरोकारवाला निकायको अन्धदृष्टि, ऐतिहासिक सामरिक महत्त्वका दृष्टिले भुङलिचोकको भैरवीटारको चित्रण, माओवादी जनयुद्धको समयमा भुङलिचोकको गतिविधि र सरकारी शाही सेनाद्वारा माओवादीका नाममा स्थानीय विद्यार्थी शङ्कर थापालाई रुखमा झुन्ड्याएर गोली हानी हत्या गरिएको बीभत्स घटनाको स्मरण गरिएको छ । साथै चितवनको फिस्लिङबाट पारि तरेपछि गोरखा आइपुग्छ । त्यहाँबाट कच्ची ग्रामीण उकालो सडक मार्गको यात्राबाट आइडाँडा, बिजौरे हुँदै भुङलिचोक र अझ पैदल उकालो चढ्दा विशेष पर्यटकीय क्षेत्र भैरवीटार आइपुग्छ । यस भूगोलको विचरण गर्दा तल फिस्लिङमा सलल बगेकी त्रिशुली र पृथ्वीराज मार्गमा गुडेका सवारी साधनलाई टाढाबाट अवलोकन गर्न सकिन्छ भने पारिपट्टि हालको इच्छाकामनाको रमणीय प्रकृतिलाई देख्न सकिन्छ । गुरुङ, मगर र नेवार समुदायको बाहुल्य रहेको यस क्षेत्रमा मानिसहरू कृषिमा आश्रित रहेका छन् । कृषिमा पनि सुन्तला, केराउ र कोदाका लागि यो क्षेत्र विशेष परिचित रहेको छ । गुरुङ, मगर र नेवार संस्कृति यस क्षेत्रमा विकसित भएको देखिन्छ । कृषि, पर्यटन र ऐतिहासिक राजनीतिक दृष्टिले भुङलिचोकको विशेष महत्त्व रहेको कुरा निबन्धकार श्रेष्ठले गरेका छन् ।

‘मैले डिलिट गर्न नसकेको फोन नम्बर’ शीर्षकको निबन्ध २०६९ सालमा शारदा देउरालीमा प्रकाशित भएको देखिन्छ । यो निबन्ध रुद्र खरेलको देहावसानको कारण निबन्धकारमा पर्न गएको दुःखजन्य स्मृतिमा आधारित रहेको छ । त्यस सन्दर्भमा निबन्धमा निरङ्कुशता विरुद्धको आन्दोलनमा जुटेको ‘प्रतिभा प्रवाह’को एउटा शृङ्खलामा कविताको भावगत गाम्भीर्य कस्तो हुनुपर्छ भनी समालोचक रुद्र खरेलले गरेको अभिव्यक्तिबाट निबन्धकार श्रेष्ठ प्रभावित हुन्छन् । निबन्धकार श्रेष्ठले रुद्र खरेलको निबन्धकार व्यक्तित्व, समालोचक व्यक्तित्व र कवि व्यक्तित्वको बारे पनि निबन्धमा स्मरण गरेका छन् । निबन्धकार श्रेष्ठको ‘मृत्युपर्व होइन मेरो देश’ कवितासङ्ग्रहका केही पङ्क्ति समकालीन प्रगतिवादी कवितासम्बन्धी समीक्षामा समीक्षक रुद्र खरेलले चर्चा गर्नुभएका कारण निबन्धकार श्रेष्ठ खुसी हुन पुगेका छन् । यहीँ क्रममा ‘आरु फुलेको साँझ’ कवितासङ्ग्रहको भूमिका लेखाउन निबन्धकार श्रेष्ठ रुद्र खरेलसँग जोडिन पुग्छन् । त्यस सन्दर्भमा निबन्धमा रुद्र खरेलको सरल व्यक्तित्वको चर्चा गरिएको छ । प्रलेसका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका रुद्र खरेल प्रलेसलाई केही व्यक्तिका गुटमा मात्र नअल्मलाई साझा सांस्कृतिक आन्दोलनलाई सुबद्ध गर्न जोड दिनुहुन्थ्यो भन्ने कुरा निबन्धमा आएको छ । पछिल्लो पटक नेपाल प्रज्ञा– प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय साहित्य सङ्गोष्ठीमा सँगै रहेका निबन्धकार र समालोचक रुद्र खरेल त्यसपछि भौतिक रूपमा कहिल्यै जोडिन सकेनन् । रुद्र खरेलको देहावसानको खबर फोनबाट एकाबिहानै प्राप्त गरेका निबन्धकारलाई सो खबरले दुखित बनाउँछ । निबन्धमा अनावश्यक फोन नम्बरहरू डिलिट गर्ने बानी बसालेका निबन्धकार मोबाइलमा रुद्र खरेलको नम्बर भने अतिशय प्रेमका कारण डिलिट गर्न सक्दैनन् । मूलतः ‘मैले डिलिट गर्न नसकेको फोन नम्बर’ शीर्षकको निबन्धमा निबन्धकार श्रेष्ठ रुद्र खरेलसँग जोडिएका स्मृतिलाई सम्झँदै श्रद्धाभाव व्यक्त गर्दछन् ।

‘साँझको सङ्घारबाट सीमा आभासलाई नियाल्दा’ शीर्षकको निबन्ध वि. स.ं २०७० मा जनमत पत्रिकामा प्रकाशित भएको देखिन्छ । यस निबन्धमा निबन्धकार श्रेष्ठले सीमा आभासको ‘साँझको सङ्घारबाट’ कवितासङ्ग्रहलाई केन्द्रमा राखेर सीमा आभासको व्यक्तित्व र उनका कविताले उठाएको आवाजको एकातिर चर्चा गरेका छन् भने अर्कातिर सँगसँगै आफूले एक दशकअघि बिताएको विराटनगरको त्यो भूूगोलमा सीमा आभासका कवितासँगै पूर्व स्मृतिमा रमाउन पुगेका छन् । ‘साँझको सङ्घारबाट’ कवितासङ्ग्रह माथिको डा. गोविन्दराज भट्टराईको भूमिकालाई निबन्धकार श्रेष्ठ सीमा आभास र उनको कृतिमाथिको अवमूल्यन ठान्छन् । मूलतः निबन्धकार श्रेष्ठ त्यस सिर्जना गर्दा शासकद्वारा मारिने युगमा सङ्घर्ष गरेकी क्रान्तिको स्वरलाई मुखरित गरेकी सीमा आभासप्रति आभार प्रकट गर्छन् र एउटा सुनौलो बिहानीको आशा ‘साँझको सङ्घारबाट’ सीमा आभासलाई नियाल्दा शीर्षकको निबन्धबाट राख्छन् ।

‘हामी यहाँ सन्चै छौँ कमरेड तपाईं कस्तो हुनुहुन्छ ?’ शीर्षकको निबन्ध जनआह्वान पत्रिकामा २०५५ सालमा प्रकाशित भएको पाइन्छ । यस निबन्धमा निबन्धकार श्रेष्ठले क्रान्ति चेतनालाई थुनेर थुन्न सकिँदैन भन्ने विचारलाई विविध सन्दर्भबाट देखाएका छन् । निबन्धमा निरङ्कुशताको विरुद्ध आन्दोलनमा होमिएकी शशी निरङ्कुश राज्यसत्ताको जेलमा थुनिन पुगेकी छन् । यस सन्दर्भमा राजेन्द्रसँग मोरङको चिस्याङ खोलाको किनारबाट उकालो पहाड चढेका विभूका मनमा निरङ्कुशता विरुद्ध लडेकी शशीले हामी यहाँ सन्चै छौँ कमरेड तपाईं कस्तो हुनुहुन्छ भनिरहेको आभास भएको छ । निबन्धमा मूलतः निरङ्कुशता विरुद्धको क्रान्ति गाउँ गाउँबाट जागेको र अब चाँडै नै क्रान्ति सफल हुने आशा गरिएको छ । बन्दुकले रुखको हाँगा भाँचेको बिम्बद्वारा चाँडै नै निरङ्कुश सत्ताको अन्त्य भई जनवर्गीय सत्ता कायम हुने आशा पनि निबन्धमा गरिएको छ । साथै निबन्धमा सुन्दर मनोरम प्रकृतिको पनि चित्रण गरिएको छ । अझ छिम्कालेकसँग जोड्दै गाउँलाई क्रान्तिको केन्द्रबिन्दु मानिएको छ ।

‘यी कर्मशीलहरू’ शीर्षकको निबन्ध वि.सं. २०७० मा सम्मोहन पत्रिकामा प्रकाशित भएको देखिन्छ । मुखभन्दा हात चलाउन रुचाउने रत्नबहादुर कुवँर र बाबा सुरेश गिरिले मस्र्याङ्दी तीरको उजाड मसानघाटलाई सुन्दर उपवन बनाउन गरेको योगदानलाई ‘यी कर्मशीलहरू’ शीर्षकको निबन्धमा प्रस्तुत गरिएको छ । त्यस सन्दर्भमा निबन्धमा राजनीतिक नेतृत्वको अनुत्तरदायी प्रवृत्तिका कारण कुरूप बन्दै गएको राजनीतिले जनतामा भरेको निराशा, मौसम परिवर्तनका कारण प्रकृतिमा देखिएको उजाडतालाई पनि देखाइएको छ । आँबुखैरनी अर्थात् मस्र्याङ्दी नदीको ऐतिहासिक सन्दर्भलाई जोड्दै निबन्धमा त्यस मस्र्याङ्दीको बगरमा पहिले प्राथमिक विद्यालय रहेको तर गर्मी मौसममा पौडी खेल्ने क्रममा दुई जना विद्यार्थीको निधन भएकाले आभिभावकको आग्रहअनुसार त्यस ठाउँबाट विद्यालय अन्यत्र सारियो । बिस्तारै त्यो क्षेत्र मसानघाटका रूपमा चिनियो तर श्रमका पारखी सौन्दर्यका उपासक समाजसेवी रत्नबहादुर कुवँर र बाबा सुरेश गिरिको आँखा त्यस क्षेत्रमा प¥यो । उनीहरूले त्यस मसानघाटलाई हराभरा बनाए । शिव मन्दिरको स्थापना गरे । चौतारोको निर्माण गरे । बिस्तारै त्यसै क्षेत्रमा अन्य सङ्घसंस्थाको भवन निर्माण हुन थाल्यो । अहिले मनकामना जाने यात्री त्यस ठाउँलाई विश्राम स्थलका रूपमा प्रयोग गर्छन् । आँबुखैरनी बजारको सहरी वातावरणको दिक्दारीबाट शान्तिको अनुभव लिन मानिसहरू त्यहाँ जान्छन् । तनहुँ आसपासका जिल्लाका नव वर वधू परम्परितभन्दा भिन्न शैलीको विवाहका लागि त्यहाँ आउँछन् । विवाह सम्पन्न गरेर जान्छन् । रत्नबहादुर कुवँर र बाबा सुरेश गिरीको कर्मशील हातद्वारा उजाड मसानघाट आज हराभरा भएको छ । निबन्धमा ती कर्मशील व्यक्तित्वहरूप्रति आभार प्रकट गरिएको छ । श्रम सौन्दर्यको महिमा गान गाइएको छ । साथै आँबुखैरनीको ऐतिहासिक पक्षलाई पनि सूक्ष्म सङ्केत गरिएको छ ।

‘पारिजात फेरि कहिल्यै ओइलाउँदैन’ शीर्षकको निबन्ध जनमत पत्रिकामा २०५० सालमा प्रकाशित भएको देखिन्छ । यस निबन्धमा साहित्यकार पारिजातको देहावसानप्रति दुःखानुभूति गर्दैै निबन्धकार श्रेष्ठले साहित्यकार पारिजातप्रति श्रद्धाभाव प्रकट गरेका छन् र नेपाली साहित्यकाशमा फुलेको पारिजातको फूल कहिल्यै नओइल्याउने विचार निबन्धमा प्रकट गरेका छन् । त्यस सन्दर्भमा पारिजातका कृतिहरूको पठनबाट प्रभावित रहेका निबन्धकार श्रेष्ठ प्रतिभा प्रवाहको कार्यक्रममा शारीरिक रूपले अशक्त भएकी पारिजातलाई देखेर एक किसिमको कौतूहलता उनको मनमा उत्पन्न हुन्छ । त्यसको केही समयपछि मित्र सुरेन्द्र देवकोटाको सहयोगमा निबन्धकार श्रेष्ठ आफूले लेखेको उपन्यासको पाण्डुलिपि लिएर पारिजात निवासमा पुग्छन् । पारिजातले निबन्धकार श्रेष्ठको पाण्डुलिपिको अध्ययनपछि छपाउन हतार नगर्नोस् भन्दै उपन्यासको लेखनका तथा विचारका बारे केही सल्लाह सुझाव दिन्छिन् । अझ निबन्धकार श्रेष्ठलाई लेखन शैली राम्रो छ भन्दै छोटा कथा लेख्न उत्प्रेरित गर्छिन् । यस सन्दर्भमा निबन्धमा सूक्ष्म रूपले सिर्जना जीवनका लागि हुनुपर्छ भन्ने विचार उठेको छ । नेपाली साहित्यकाशमा विसङ्गति र अस्तित्ववादको वकालत गरे पनि मूलतः पारिजातको अन्तिम लेखनको गन्तव्य भने प्रगतिवादमा गएर टुङ्गिएको कुरा निबन्धकार श्रेष्ठले गरेका छन् । त्यसको केही समयपछि निबन्धकार श्रेष्ठ पारिजातको हातबाट आफ्नो कथासङ्ग्रहका लागि भूमिका लेखाउन चाहन्थे तर पारिजातको अस्वस्थताको कारण भूमिका लेखाउन सकेनन् । अन्ततः निबन्धाकार श्रेष्ठले पारिजात लिखित भूमिका राख्ने ठाउँमा श्रद्धाञ्जलिका शब्दहरू राख्न समयले बाध्य गरायो । पारिजातको देहावसानले सिङ्गो नेपाली समाजलाई शोकमय बनायो । अझ निबन्धमा उठेको एउटा दुःखद पक्ष जसले जीवनभर नेपाली भाषा, साहित्यको सेवा गरिन् । उनै पारिजात अनागरिक भएर विदेश उपचार गर्न जान नमिलेर मृत्यु वरण गरिन् । पारिजातको भौतिक शरीर हामीमाझ नरहे पनि उनले नेपाली साहित्याकाशका छोडेर गएका कृतिहरूका कारण पारिजातको फूल कहिल्यै ओइल्याउने छैन र सुगन्ध छरेर हावामा फैलिरहने छ ।

‘घनश्याम ढकालसँग जोडिएका मेरा केही पलहरू’ शीर्षकको निबन्ध वि.सं. २०६८ मा गण्डकी सङ्गम पत्रिकामा प्रकाशित भएको देखिन्छ । यस निबन्धमा घनश्याम ढकालको निधनका कारण निबन्धकार श्रेष्ठ दुखित बनेका छन् र उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् । त्यस सन्दर्भमा निबन्धकार श्रेष्ठले घनश्याम ढकालसँग जोडिएका स्मृतिहरूलाई स्मरण गरेका छन् । उनको निश्चल व्यक्तित्वको चर्चा गरेका छन् । अखिल नेपाल लेखक सङ्घका केन्द्रीय अध्यक्ष घनश्याम ढकाल आदर्श र निष्ठावान् व्यक्ति थिए । उनी प्रगतिशील विचारलाई अँगालेर जीवनलाई तदनुरूप आचरण गर्दथे । विचारअनुसारको व्यवहारका जोड दिन्थे । कोरा विचारका अवसरवादीदेखि सजग र सचेत रहन्थे । स्वार्थइतर भएर सांस्कृतिक आन्दोलनलाई लक्ष्यममा पु¥याउन तल्लीन हुन्थे । यस्ता कर्तव्यनिष्ठ अभिभावक गुमाउनुपर्दा निबन्धकार श्रेष्ठ दुःखित भएका छन् र उनीप्रति श्रद्धाभाव व्यक्त गरेका छन् । साथै सहिद कृष्णसेन इच्छुक र रुद्र खरेलको पनि स्मरण निबन्धमा घनश्याम ढकालसँग जोडिएर गरिएकोे छ ।

‘टुक्रा टुक्रा छरिएका मनहरू’ लिएर शीर्षकको निबन्ध २०६५ सालमा लेखिएको पाइन्छ । मस्र्याङ्दी र दरौदीको प्राकृतिक सौन्दर्यको चित्रणबाट सुरु गरिएको यस निबन्धमा निबन्धकारका मनमा उठेका विविध तरेलीहरूलाई प्रस्तुत गरिएको छ । त्यस सन्दर्भमा तत्कालीन समयमा कथा लेख्नु, त्यसको प्रकाशन हुनु र समीक्षक तथा पाठकबाट टीका टिप्पणी हुने सहज वातावरण थिएन । मूलतः कविताकै वर्चस्व थियो भन्ने कुरा निबन्धमा उठाइएको छ । त्यस्तै नयाँ पुस्ता र पुराना पुस्ताबिचको मत भिन्नता र त्यसलाई समालोचक तथा सम्पादकले हेर्ने दृष्टिकोण समान थिएन । नयाँ पुस्तालाई स्थापित हुन जटिल थियो । पुराना र स्थापितहरुका सिर्जना मात्र पत्र–पत्रिकामा छापिन्थ्यो । यस वातावरणमा सङ्घर्ष गर्दै कवितालाई कविता र कथालाई कथा बनाउने चेष्टामा निबन्धकार श्रेष्ठ सचेत भएर लागेको देखिन्छ । त्यस्तै निबन्धमा आर्थिक विपन्नताले सृजना गर्ने दुःख कष्टलाई पनि देखाइएको छ अनि बाल्यकालमा मातृस्नेहबाट वञ्चित हुुनुपर्दाको पीडालाई निबन्धमा देखाइएको छ । निबन्धमा आमाको मातृत्वदेखि किन कुन कारणले विमुख भइन् भन्ने प्रश्नहरूसहित कर्तव्यबोधहीन आमाका कारण बालबालिकाले कसरी टुहुरो भएर मातृस्नेहबाट विमुख भएर अन्धकारमय दुःखमय जीवन बिताउन बाध्य हुन्छन् भन्ने कुरा वर्णित रहेको छ । मूलतः निबन्धकारको आत्मजीवनका घटनामा निबन्ध केन्द्रित रहेको छ ।

‘अप्रिलको घाम जुवैलको मरुभूमि’ शीर्षकको निबन्ध वि.सं २०६२ चैत्रमा शारदादेउराली पत्रिकामा प्रकाशित भएको देखिन्छ । यस निबन्धमा निबन्धकार श्रेष्ठले जन्मभूमि र परिवारलाई चटक्क छोडी श्रम तथा रोजगारीका लागि विदेशी भूमिमा जान बाध्य नेपालीहरूको दुःखदायी जीवनको चित्रण गरेका छन् । त्यस सन्दर्भमा निबन्धकार श्रेष्ठले स्वदेशमा नै श्रम गर्ने वातावरण नभएकोमा चिन्ता प्रस्तुत गरेका छन् । श्रम तथा रोजगार मन्त्रालयको वेपर्वाहले कसरी म्यानपावर कम्पनीहरूबाट नेपाली श्रमिकहरू ठगिन पुग्छन् भन्ने तथ्यलाई छर्लङ्ग पारिएको छ । निबन्धमा विदेशी भाषा, संस्कृति, कानुनको ज्ञानको अभावका कारण नेपाली श्रमिकहरू दुःखदायी, अपहेलित, उपेक्षित जीवन जिउन बाध्य छन् । निबन्धमा नेपाली श्रमिकहरूमाथि गरिएको श्रम शोषणलाई देखाइएको छ । विदेशी भूमिको तातो मरुभूमिमा कमभन्दा कम ज्यालामा कठिनभन्दा कठिन कार्य गर्न नेपाली श्रमिकहरू बाध्य छन् । साउदीको जुवैल मरुभूमिमा नेपाली श्रमिकका रूपमा भोगेका निजात्मक अनुभूतिहरूलाई निबन्धकार श्रेष्ठले ‘अप्रिलको घाम जुवैलको मरुभूमि’ शीर्षकको निबन्धमा प्रस्तुत गरेका छन् । यी श्रमिकका रेमिट्यान्सबाट आफ्ना परिवार पालिरहेका राज्यका नेतृत्व तहमा रहेकाहरू श्रमिकका यी दुःखहरूप्रति बेखबर रहनु र स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न तत्पर नरहने प्रवृत्ति तथा संस्कार भने दुःखदायी छ ।

‘पहाडपानीको उकालो’ शीर्षकको निबन्ध शब्दाङ्कुर पत्रिकामा वि.सं. २०६९ मा प्रकाशित भएको छ । यस निबन्धमा निबन्धकार अनिल श्रेष्ठको जागिरे जीवनसँग जोडिएको विषयवस्तु प्रस्तुत भएको छ । बन्दीपुर नै पुख्र्यौली घर भएका अनिल श्रेष्ठ राधा दिदीको सहयोगमा लायन्स आँखा अस्पतालको जागीरमा जोडिन पुग्छन् र त्यहाँबाट तालिम लिई बन्दीपुरमै लायन्स आँखा अस्पतालको शाखामा कार्यरत रहन पुग्छन् । तालिमका लागि तीन वर्षे काठमाडौँ बसाइमा उनको छुटिएको साहित्यिक यात्रा पुनः प्रारम्भ पनि भएको छ । मोतीबिन्दुका कारण दृष्टि गुमाएका व्यक्तिहरूलाई पुनः दृष्टि दिन लायन्स आँखा अस्पतालले ग्रामीण क्षेत्रहरुमा पु¥याएको स्वास्थ्य शिविरहरुमा सहभागी भई असहायहरुको सेवा गर्न पाउँदा उनको मन हर्षले पुलकित भएको छ । मूलतः यस निबन्धमा आफ्नो जागिरे जीवनको प्रारम्भ र सेवा गर्दाको हर्ष र केही एकाध दुःखका घटनालाई पनि निबन्धमा देखाइएको छ । कामका लागि सहयोगी भूमिका खेल्नेहरूप्रति कृतज्ञता प्रकट गरिएको पनि छ ।

‘त्यो फेब्रुवरी’ शीर्षकको निबन्ध वि.सं. २०६१ चैत्र महिनामा लेखिएको देखिन्छ । यस निबन्धमा राजा ज्ञानेन्द्रले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बर्खास्त गरी कु गरेर सङ्कटकाल घोषणा गरेको, सञ्चार सुविधालाई नियन्त्रणमा लिई निष्क्रिय गरेको, मानव अधिकारकर्मी, पत्रकार आदिलाई नियन्त्रणमा लिएको, माओवादी जनयुद्धलाई जबर्जस्ती दबाउन खोजेको राजनीतिक विषयवस्तु एकातिर प्रस्तुत भएको छ भने एर्कातिर श्रमका लागि बिदेसिएका नेपाली दाजुभाइहरू कसरी त्यहाँका कम्पनीहरूद्वारा ठगिन पुग्छन् । कसरी अपहेलित तथा तिरस्कृत हुन्छन् । श्रमिकलाई श्रम मूल्य दिँदैन् । मृत्यु भएको अवस्थामा सहज ढङ्गले स्वदेशमा लास पुग्ने अवस्था पनि छैन । यस्तो नेपाली श्रमिकका दर्दनाक पीडा, कष्टलाई पनि ‘त्यो फेब्रुवरी’ शीर्षकको निबन्धमा देखाइएको छ ।

‘मृत्युसँग जुझ्दै गर्दा’ शीर्षकको निबन्ध वि.सं. २०६६ सालमा लेखिएको देखिन्छ । यस निबन्धमा निरङ्कुशताका विरुद्ध माओवादी जनयुद्धमा सक्रिय हुँदा शाही सेनाले दिएको यातनालाई देखाइएको छ । सर्वसाधारणलाई समेत आतङ्कारी भन्दै मार्ने शाही सेनाले पार्टीका केही गद्दार अवसरवादी कार्यकर्ताको सूचना सूत्रद्वारा निरङ्कुशताको विरुद्ध लडेको माओवादी कार्यकर्तालाई निर्मम यातना दिएको विषयवस्तु यस ‘मृत्युसँग जुझ्दै गर्दा’ शीर्षकको निबन्धमा प्रस्तुत भएको छ ।

‘म त्यो परको आकाशजस्तै रित्तो थिए’ शीर्षकको निबन्ध २०६७ सालमा लेखिएको देखिन्छ । यस निबन्ध अभिभावकले अभिभावकत्व वहन नगर्दा केटाकेटीहरू कसरी विचलित भएर तिरस्कृत अपहेलित र नीरस जिन्दगी जिउन बाध्य हुन्छन् भन्ने सन्दर्भलाई देखाइएको छ । मातृत्व र वात्सल्यले नै आमालाई महान् बनाउँछ । मातृत्व र वात्सल्य धर्मले अविच्छिन्न नरहेकी आमाले आमा शब्दको गरिमा र महिमा बोक्न नसक्ने र जसका कारण आमाको वात्सल्यबाट बालबच्चाहरु विमुख हुन बाध्य भई अरूका सहारामा अपहेलित र तिरस्कृत जीवन जिउन बाध्य भएको यथार्थलाई प्रस्तुत गरेका छन् । त्यस्तै पिता आफ्नो कर्तव्यबाट विमुख हुँदा केटीकेटीहरूले कसरी दुःखित, अपहेलित, तिरस्कृत र पीडाको जिन्दगी जिउनुपर्छ भन्ने सन्दर्भलाई पनि देखाइएको छ । जन्म दिनु मात्र आमा र बुबाको काम होइन, उनीहरूलाई उचित हेरविचार, स्नेह, आचरण, संस्कार र शिक्षा दिनु पनि कर्तव्यनिष्ठ आमा बुबाको दायित्व रहन्छ । निबन्धमा आमा बुबाबाट टुहुरो भएर परिवारका अन्य सदस्यकहाँ आश्रित बनी जटिलभन्दा जटिल श्रम गरी तिरस्कृत र अपहेलित जीवन जिउन निबन्धको म पात्र बाध्य भएको छ । त्यसैले उनको हृदय आकाश जस्तै स्नेहरहित भएर खुला रहेको छ । रित्तो रहेको छ । मातृ स्नेह र बाबुको अभिभावकीय संरक्षणबाट बालबच्चाहरू विमुख भएका छन् । निबन्धकार घर कस्तो हुनुपर्छ निबन्धमा भन्छन्ः “त्यो घर अब घर रहेन । ढुङ्गामाटोको गारो र छानोले मात्र सायद घर नहुँदो रै’छ । घर हुन त बर्षौँदेखिको परिवारको एकात्मक नाता र भावनात्मक सम्बन्ध गाढा चाहिँदो रै’छ । जहाँ आमाको मातृत्व र वात्सल्यता होस्, केटाकेटीहरूको ओठको हाँसो र उनीहरूको स्वच्छन्दताले खेलोस् । जहाँ बाबुको संरक्षण होस् र साँझको बत्तीको उज्यालोमा छोराछोरीका आँखाहरू घरभित्र खुसीहरूले रमोस्” आमाको स्नेह र बाबुको संरक्षणविनाको घर रित्तो, निराश, अन्धकारमय खल्लो र अप्रियकर हुने निष्कर्ष निबन्धकार श्रेष्ठले निकालेका छन् ।

‘टाइगर हिलकी पुनम’ शीर्षकको निबन्ध वि.स.ं २०७० मा शब्दाङ्कुर पत्रिकामा प्रकाशित भएको पाइन्छ । यसै निबन्धबाट सिङ्गो निबन्धसङ्ग्रहको नामाकरण पनि गरिएको छ । यस निबन्धमा आँबुखैरेनी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजनामा पूर्वको केही जिल्लाको भ्रमणमा निक्लेका निबन्धकारलगायतका टोलीको संयोगले जुराएको दार्जलिङको यात्रा र टाइगर हिलको उकोलो चढी त्यहाँबाट हेरिएको सूर्योदयको विस्तृत वर्णन रहेको छ । त्यस सन्दर्भमा निबन्धमा भारतीय प्रहरी प्रशासनले सीमानामा दिने दुःख, नेपालीहरूप्रति उनीहरूले गर्ने दुव्र्यवहार, आप्रवासी नेपालीहरूले स्वकीय गौरव र पहिचान गुमाउनु पर्दाको पीडा, भारतीय विस्तारवादका कारण राष्ट्रवादी नेपालीको हृदयमा पर्न गएको पीडा, दार्जिलिङका शासकहरूले केन्द्र सरकारसँगको मिलेमतोमा गोरखाल्यान्ड आन्दोलनलाई असफल पार्न खेलेको गद्दारी भूमिका आदिलाई पनि देखाइएको छ । त्यस्तै दार्जलिङमा जन्मेर नेपाली भाषा साहित्यको सेवामा जीवन समर्पण गरेका व्यक्तिहरूको स्मरण निबन्धमा भएको छ । सूर्योदय हेर्न टाइगर हिलको उकालो चढ्दा कफी बेच्न आइपुगेकी निलम र पुनमको चर्चा निबन्धमा भएको छ । त्यसैबाट निबन्धको शीर्षक पनि राखिएको छ ‘टाइगर हिलकी पुनम’ । त्यस्तै निबन्धमा पर्यावरणीय सौन्दर्यको वर्णन भएको छ अनि फिक्कलको प्रेमिल वातावरणले निबन्धकारको जीवनमा पहिलो पटक प्रेमपत्र लेख्ने वातावरण सिर्जना गरेको प्रसङ्ग पनि आएको छ । प्रकृतिले मान्छेलाई तदनुरूप बनाउन प्रेरित गर्छ भन्ने निष्कर्ष पनि निकालिएको छ । मूलतः यो निबन्ध दार्जलिङको यात्राजन्य अनुभूतिमा केन्द्रित भए तापनि राष्ट्रप्रेमले उद्वेलित भएर राष्ट्रिय चिन्ताको विविध भावहरू निबन्धमा सशक्त मुखरित हुन पुगेको देखिन्छ ।

‘चण्डिभन्ज्याङको दैलोमा पोखिएका कविता’ शीर्षको निबन्ध २०७१ सालमा गण्डकी सङ्गम पत्रिकामा प्रकाशित भएको देखिन्छ । जनसांस्कृतिक महासङ्घ चितवनको आयोजनामा भएको शारदा घरदैलो प्रतिभा प्रवाहको ८३ औँ शृङ्खला चितवनको दारेचोकको चण्डिभन्ज्याङमा सम्पन्न भएको प्रसङ्ग निबन्धमा आएको छ । यस सन्दर्भमा निबन्धमा विविध विचारहरू उठेका छन् । उत्तर आधुनिक लेखनका कुरा, स्रष्टाका कुरा, पाठकका कुरा निबन्धमा आएको छ । त्यस्तै मोफसलका स्रष्टा र केन्द्रका स्रष्टा बिचको अन्तर्यलाई पनि निबन्धमा उठाइएको छ । लेखक तथा स्रष्टा गाउँमा छन् तर उनीहरू प्रचारबाजीदेखि टाढा छन् । मिडिया र केन्द्रका समालोचकदेखि टाढा छन् तर सिर्जनामा मस्त छन् । तथापि उनीहरूको उचित सम्बोधन हुन सकेको छैन । सिर्जना केका लागि भन्दै प्रश्न उठाइएको छ र सिर्जना जीवनमुखी, सौन्दर्यमय, युगबोधी, कालजयी हुनुपर्छ भन्ने निष्कर्ष निबन्धकार श्रेष्ठले उक्त निबन्धमा उठाएका छन् । साहित्य सत्ताको प्रतिपक्ष हुन्छ भन्दै कुरूप राजनीतिक सामाजिक संस्कृतिको उछित्तो काट्न र सुन्दर संस्कृतिको निर्माणका लागि कवि कलाकार जाग्नुपर्ने विचार पनि निबन्धमा उठेको छ । त्यस्तै सिर्जना गाउँमुखी, जनमुखी बन्नुपर्ने धारणा पनि निबन्धमा आएको छ । गाउँ जागृत भए परिवर्तन सम्भव हुन्छ भन्ने निष्कर्ष पनि निबन्धमा निकालिएको छ । कलमद्वारा सांस्कृतिक र नैतिक रूपले विचलित हुँदै गएको सत्तालाई सचेत गराउन आह्वान पनि गरिएको छ ।

‘अनुभूतिमा वैशाख १२’ शीर्षकको निबन्ध वि.सं. २०७२ मा जनमत पत्रिकामा प्रकाशित भएको देखिन्छ । यस निबन्धमा नेपालमा २०७२ साल वैशाख १२ र २९ गते गएको महाभूकम्पकलाई विषयवस्तु बनाइएको छ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, काठमाडौँ, लिलितपुर भक्तपुरलाई बढी नै प्रभावित ग¥यो । ठुलो भौतिक तथा मानवीय क्षति बेहोर्नुप¥यो । प्राकृतिक दोहनको कारण प्रकृति असह्य भएर रिसाएर पनि भूकम्प गएको हुन सक्ने आशङ्का निबन्धको सुरुवाती चरणमा गरिएको छ । त्यसपछि भूकम्पले आँबुखैरेनीमा सिर्जना गरेको त्रसित वातावरणको चर्चा निबन्धमा भएको छ । आँबुखैरेनी स्रष्टा समाजको सक्रिय सहभागितामा तनहुँका अन्य सङ्घसंस्थाको सहकार्यकमा राहत उद्धारका लागि स्वास्थ्य टोलीसहित गोरखाको विभिन्न विकटभन्दा विकट गाउँमा पुगी घाउमा मलम लगाउन तल्लीन भएका तनहुँका सक्रिय व्यक्तिहरूको चर्चा निबन्धमा आएको छ । निबन्धमा ९० सालको समेत भूकम्पको अनुभव गर्नुभएका आमाबुबाको अनुभवलाई पनि समेटिएको छ । राहत वितरण तथा उद्धारमा जनप्रतिनिधिले देखाएको अनुत्तरदायी चरित्र, राहत वितरणमा भएको अनियमितता, भूकम्पसँगै विकसित भएको मगन्ते प्रवृत्ति आदिप्रति पनि निबन्धमा चिन्ता व्यक्त गरिएको छ । त्यस्तै भूकम्पले हामीहरूलाई मजबुत भरपर्दो संरचना निर्माणका लागि पाठ पढाएर गएको निष्कर्ष पनि निकालिएको छ । ध्वंसपछि पुनः निर्माण प्रक्रिया प्रारम्भ हुन्छ । दुःखको बिचबाट पनि उज्यालो खुसी खोज्न लाग्नुपर्ने विचार निबन्धमा आएको छ । त्यस्तै शनिबार तथा दिउँसोको समयमा गएको भूकम्पका कारण ठुलो मानवीय क्षतिबाट जोगाएको कुरा पनि निबन्धमा आएको छ । मूलतः यस निबन्धमा वैशाख १२ र २९ को महाभूकम्पले दिएको पीडालाई चित्रित गर्दै मानवीय दुःखमा मानवता नभुली उद्धारमा खट्न र उचित स्वार्थरहित राहतवितरणमा लाग्न र दुःख तथा शोकलाई शक्तिमा बदली पुननिर्माणमा जुट्न आह्वान पनि गरिएको छ ।

‘कुस्माको निम्तो’ शीर्षकको निबन्ध सगुन पत्रिकामा २०७२ सालमा प्रकाशित भएको पाइन्छ । यस निबन्धमा बन्द, हडताल, जुलुसले अन्योल ग्रस्त बनाइरहेको तत्कालीन समयमा निबन्धकार श्रेष्ठ पर्वत कुस्माका अग्रज साहित्यकार शान्तिनारायण श्रेष्ठको निमन्त्रणामा आँबुखैरेनी तनहुँबाट पर्वतको कुस्माको यात्रामा हिँडेका छन् । बन्द, हड्ताल र जुलुसका कारण देशको वातावरण अराजकमय भएको छ । यस परिस्थितिमा निबन्धकार श्रेष्ठ शान्तिनारायण श्रेष्ठको नागरिक अभिनन्दन तथा साहित्यकार शान्तिनारायण श्रेष्ठः स्रष्टा र सिर्जना’ समीक्षात्मक कृतिको विमोचन कार्यक्रममा पर्वतको कुस्मा गएका छन् । त्यस सन्दर्भमा निबन्धमा पोखराको प्राकृतिक सौन्दर्य तथा कुस्माको धार्मिक सांस्कृतिक पर्यटनको महत्त्व आदिलाई पनि उठाएका छन् तर विशेषतः निबन्धमा मोफसलमा बसेर २०१२ सालदेखि निरन्तर नेपाली साहित्यको सेवामा लागेर १६ ओटाभन्दा बढी सिर्जना नेपाली साहित्यमा अर्पण गरेका कुस्मा पर्वतका अग्रज स्रष्टा शान्तिनारायण श्रेष्ठको व्यक्तित्व, कृतित्व र उनीसँग जोडिएको त्यस क्षेत्रको नेपाली साहित्यको सूक्ष्म चर्चा गर्ने काम कुस्माको निम्तो शीर्षकको निबन्धमा भएको छ ।

‘स्वर्गीय अनिलबाबु श्रेष्ठ ट्रस्ट’ शीर्षकको निबन्ध वि.सं २०७१ मा जनमत पत्रिकामा प्रकाशित भएको देखिन्छ । यस निबन्धको सुरुवाती चरणमा मानव शरीरलाई रोगमन्दिरको रूपमा हेरिएको छ । सेयर बजारको भाउजस्तै रोगहरू घटबढ भइरहने कुरा निबन्धमा आएको छ । त्यसपछि परिवारमा महिलाले खेलेको भूमिकाप्रति अवमूल्यन गर्ने हैकम रवाफयुक्त पुरुष सोचलाई रोचक ढङ्गमा राखिएको छ र लैङ्गिक विभेदजनित मनोधारणालाई उदाङ्गो पार्ने काम निबन्धमा भएको छ । साहित्यले बाँच्ने शक्ति दिने विचार पनि निबन्धमा आएको छ । त्यसपछि निबन्धमा एउटा नवीन शैलीको प्रयोग भएको छ । कथामा जस्तो निबन्धमा पनि निद्रामा घटित घटना वर्णित छ तर त्यहाँ उठेको विचार भने सशक्त छ । सामाजिक असुहाउँदो विवाहका कारण जीवित छोरालाई बाबुले मृत घोषणा गरी काजक्रिया गरेका छन् । भित्तामा रहेको उनको फोटोमाथि माला लगाइएको छ । यस सन्दर्भमा भित्ताका व्यक्ति र जीवित व्यक्ति बिच कुराकानी हुँदा जीवित व्यक्तिको अंश ऊ मरिसकेको हुँदा सामाजिक सेवामा लगाइदिन अनुरोध गरिएको सपना निबन्धमा वर्णित भएको छ । यस निबन्धमा समाजमा रहेको विभेदलाई उदाङ्गो पार्ने काम गरिएको छ भने अभिजात्य वर्गीय अहङ्कारलाई चिर्ने प्रयत्न पनि गरिएको छ ।

‘टाइगर हिलकी पुनम’ निबन्धसङ्ग्रहको अन्तिम अर्थात् एक्काइसौँ निबन्ध ‘सेदोकाले छोएर गएको मन’ रहेको छ । यो निबन्ध सचेत प्रयास साप्ताहिकमा प्रकाशित भएको पाइन्छ । यस निबन्धमा सरल सुललित शैलीमा निबन्धकार अनिल श्रेष्ठले निरन्तर सोह्रओटा कृतिहरू प्रकाशित गरिसक्नुभएका पर्वत कुस्माका स्रष्टा शान्तिनारायण श्रेष्ठको साहित्यिक व्यक्तित्व, कृतित्व र योगदानलाई सङ्क्षिप्त रूपमा शान्तिनारायण श्रेष्ठका सेदोकाहरूलाई केन्द्रमा राखेर चर्चा गरेका छन् । त्यस सन्दर्भमा निबन्धकार श्रेष्ठले लेखनको कुरा उठाएका छन् । शान्तिनारयण श्रेष्ठको व्यक्तित्व र कृतित्वको बारे थोरै शब्दमा धेरै चर्चा गरेका छन् ।

यी २१ ओटा विविध भावका निबन्धमा निबन्धकार अनिल श्रेष्ठले सुललित शैलीमा आफ्नो विचार प्रस्तुत गरेका छन् । निबन्धकार अनिल श्रेष्ठका यी निबन्धहरू सुललित भाषामा निजात्मकता, संस्मरणात्मकता, गतिशीलता, चित्रात्मकता, भावुकता, तथ्यपरकता, स्थानीयता, कवितात्मकता, आख्यानात्मकताको मिश्रित शैलीमा नवीन रूपले प्रस्तुत भएको छ । श्रेष्ठको निबन्धमा निबन्धभित्र समालोचना पाइन्छ, निबन्धभित्र संस्मरण पाइन्छ । निबन्धभित्र आख्यानात्मकता पाइन्छ । निबन्धभित्र सुललित कवितात्मकताको स्वाद लिन सकिन्छ । निबन्धभित्र नियात्राको स्वाद चाख्न पाइन्छ तर कविताबाहेक अरू विधा गद्यात्मक नै हुन्छन् । कृष्णसेन इच्छुकसँग जोडिएको प्रसङ्गमा निबन्धको बिचबिचमा कविताको स्वाद चाख्न पाइन्छ । आयमका हिसाबलो मध्यम तथा लामा आयमका निबन्धहरू भए तापनि श्रेष्ठका निबन्ध पढ्दा पाठकलाई पट्यार लाग्दैन बरु त्यसपछि के भयो होला भन्ने उत्सुकताले तानिरहन्छ । त्यसो हुँदा कुनै कुनै ठाउँमा निबन्धकार अनिल श्रेष्ठ हावी नभएर कथाकार अनिल श्रेष्ठ हावी भएका पो हुन् कि भन्ने अनुभूति पाठकलाई लाग्न सक्छ । कतै उनले निबन्धमा उठाएको विचार प्रबल भइदिन्छ र पाठकलाई त्यसको भानबाट मुक्ति दिलाउने कोसिस गर्छन् । प्राकृतिक सौन्दर्यको सुन्दर चित्रण हरेक निबन्धमा निबन्धकारले गरेका छन् । राजनीतिक विषयवस्तुका निबन्धमा समेत सुन्दर ढङ्गबाट प्रकृतिको चित्रण गरेका छन् । मूलतः तत्सम, तद्भव र केही आगन्तुक शब्दहरुबाट सुगठित श्रेष्ठको भाषाशैली लालित्यमय रहेको छ । मिठासपूर्ण रहेको छ । निबन्धहरु सरल छन्, सहज छन्, बोधगम्य छन् । छोटा छोटा वाक्यहरूद्वारा गठित रहेका छन् ।

नेपाली आधुनिक निबन्ध परम्पराको उत्तरवर्ती चरणमा देखा परेका निबन्धकार अनिल श्रेष्ठले राष्ट्रप्रेम, प्रकृतिप्रेम, मानवताको वकालत, सामाजिक राजनीतिक विसङ्गतिप्रति क्रान्तिकारी विद्रोह चेत प्रकट गर्दै सुन्दर समाज निर्माणका लागि निरङ्कुशताका विरुद्ध तिखो बाण हानेका छन् । समाजको कुरूप संस्कृतिलाई उदाङ्गो पार्दै सुध्रिनका लागि सचेत गराएका छन् । अप्रत्यक्षतः मान्छेमा नैतिक आचरण अर्थात् मानवीय दायित्व र कर्तव्यमा जोड दिएका छन् । स्खलित हुँदै गएका, इमान र नैतिकता बेच्दै हिँडेका राज्यसत्ताका नेतृत्वप्रति, अवसरवादी स्वार्थी प्रवृत्ति बोकेकाहरूलाई सच्चिनका लागि आग्रह गरेका छन् नत्र क्रान्तिको ज्वालाले, कलमको शक्तिले, सारङ्गीको धुनले चाँडै नै विनाश गर्ने चेतावनी पनि दिएका छन् । अन्त्यमा, ‘टाइगर हिलकी पुनम’ निबन्ध सङग्रहभित्र रहेको यो एक सान्दर्भिक अंशः

वैरीहरू छेक्न खोजुन् चाहे त्यो सूर्यलाई
कहिल्यै हत्केलाले छेकिएको छ र हामी छेकिन्छौँ ?
(पृ.११)।
०००

‘आरू फुलेको साँझ’ कवि अनिल श्रेष्ठको सुन्दर कविता कृति
गोपीरमण उपाध्याय

चीनका ठूला साहित्य समीक्षक ल्यू चाए फू ले अलेक्सन्द्र फेदेयवद्वारा लिखित ‘पराजय’ नामक उपन्यासको चर्चा र समीक्षा गर्दै एक ठाउँमा भन्नुभएको थियो “कुनै पनि क्रान्तिले खालि रगत र जिन्दगीलाई मात्र सिर्जना गर्दैन बरु त्यहाँ त एउटा नवजात कोमल शिशुको पनि जन्म हुन्छ ।” ठीक त्यस्तै गरी दशवर्षे जनयुद्ध बीचमा भीषण रक्तपात, खर्बौ खर्बको भौतिक संरचनाहरुको ध्वंश मात्र होइन यसले भविष्यका लागि सुन्दर संसार रचना गर्ने सङ्कल्पलाई पनि जन्म दिएको छ । यसले सुन्दर कलात्मक साहित्यिक विचार, चेतना र काव्यलाई पनि जन्म दिएको छ । विगत दश वर्षमा खालि रक्तपातपूर्ण युद्ध मात्र भएन त्यहाँ सुन्दर साहित्य पनि सिर्जना भएको थियो भन्ने कुराको जब्बर प्रमाण हो अनिल श्रेष्ठको कविता सङ्ग्रह ‘आरू फुलेको साँझ’ ।

पहिला त यो ‘आरू फुलेको साँझ’ नामक कविता सङ्ग्रहलाई मैले कुनै ध्यानै दिइनँ । रचना अध्ययन नगरी त्यसमा के कस्ता विशेषता छन् भन्ने कुरा बुझिँदैन । यस रचनाप्रति मेरो पनि त्यस्तै परिघटना भयो र बुटवलको एउटा पुस्तक पसलमा पुग्दा दोकानमा सजाएको यो कविताको पुस्तकलाई हेरेर र त्यहाँबाट प्राप्त साहित्यिक रचनाहरुको समीक्षा लेख्नुभन्दा पहिले त्यहाँ प्राप्त सबै रचनाहरुलाई क्रमशः पढ्ने सन्दर्भमा ‘आरू फुलेको साँझ’ नामक कविता सङ्ग्रहले मलाई निकै प्रभावित पा¥यो । कयौं दिनसम्म ती कविताहरुले मलाई प्रभावित पारिरह्यो । कविताको प्रभावकारिता कति बेजोड हुन्छ भन्ने कुराको घटना मैले जीवनमा भोगिरहेको छु । २०३० सालतिरको कुरा हो, हामी त्यसबेला बनारसमा पढ्थ्यौ । पढाइको खर्च जुटाउन रातिराति बनारसका गल्लीहरुमा पहरेदारी गथ्यौं । त्यतिबेला धादिङ्गका मेरा एकजना साथी हरि पाण्डेले बनारसको चौखम्बा गल्लीमा पहरेदारी गर्नुहुन्थ्यो । सोही वर्ष मोदनाथ प्रश्रितको ‘बहादुर’ नामक हिन्दी कविता इलाहावादबाट प्रकाशित हुने ‘पक्षधर’ पत्रिकामा छापिएको थियो । उहाँको त्यो कविता हामी साथीहरुले बारम्बार पढ्थ्यौँ । हरि पाण्डेमा सो कविताको असर सबैलाई भन्दा बढी परेछ । एउटा साँझ उहाँ आफ्नो ड्युटी गर्ने ठाउँमा जानुहुँदा दोकान मालिकले उहाँलाई ‘ओ ! बहादुर’ भनेर पुकारेपछि उहाँमा बहादुर कविताको असरले गर्दा उक्त दोकान मालिकलाई पिटिदिनु भएछ र भोलिपल्ट त्यसैको असरले उहाँको जागीरै गयो । यस्तो संवेदना कविता लेख्नेलाई भन्दा सचेत कविताका पाठकलाई झन् ठूलो हुन्छ ।

अनिल श्रेष्ठका कवितामध्ये मलाई सबभन्दा बढी असर पारेका उत्कृष्ट कविता भनेका ‘पहाडहरु’र ‘बादशाहको सिंहासन’नै हुन् । श्रद्धेय कविवर युद्धप्रसाद मिश्रको रचनासँग अत्यन्तै निकटवर्ती भएको हुँदा मलाई जहिल्यै पनि क्रान्तिकारी कविताहरुले आकर्षित गर्दै रहे । कविताहरु पढिन्छन् । कुनै कविताहरु सुन्न पनि त्यति मन लाग्दैन । कुनै कविताहरु सुनेर केहीछिन त्यसको असर रहन्छ तर केही कविताहरुको असर लामो समयसम्म रहिरहन्छ । अहिले अनिल श्रेष्ठका केही कविताहरुले पाठक एवं काव्यसमीक्षकहरुलाई निकै लामो समयसम्म असर पारिरहन्छ । अनिल श्रेष्ठका कविताहरुलाई मैले पण्डितराज जगन्नाथ (१७औ शताब्दी) को संस्कृत साहित्यिक सिद्धान्तका आधारमा हेर्नु पर्दा “रमणियतार्थ प्रतिपादक शब्द काव्याम्” को काव्य सिद्धान्त पूरा रुपमा लागु हुन्छ । जसको अर्थ हो, त्यस्तो कविता नै सवोत्तम कविता हो जसमा रमणियतार्थ प्रस्तुत गर्ने पदावली हुन्छ । फेरि रमणियतार्थ भनेको के हो त ? भन्ने सम्बन्धमा जुन रचनाले प्रत्येक क्षणमा नवीनता सिर्जना गर्नसक्दछ त्यस्तो रचना नै रमणीय हुन्छ । यस्तै रचनालाई कालजयी रचना पनि भन्न सकिन्छ । कतिपय रचनाहरु कालजयी हुनुको पछाडि यस्तै खालका रमणीयार्थ शब्दको प्रतिपादले गर्दा भएका हुन् । अनिल श्रेष्ठका कविताहरुलाई मैले यसै रुपमा बुझेको छु ।

हरेक उज्यालो चन्द्रमामा दाग हुन्छ भनेझैं अनिल श्रेष्ठले जुन विषयलाई कविताको विषय नबनाए पनि हुने थियो त्यस्तो कुरालाई पनि कविताको विषय बनाउनुभएको छ । इतिहासले अझै फैसला गर्न बाँकी छ, खगेन्द्र सङ्ग्रौलाहरु ठिक कि अनिल श्रेष्ठहरु ठिक । खगेन्द्र सङ्ग्रौला नेपाली प्रगतिवादी वाङ्मयका ठूला खम्बा हुन् । उनको रचना कर्म र अनुवाद कर्मले नेपाली वाङ्मयको भण्डारलाई समृद्ध पार्ने काम गरेको छ । लामो साधना र सङ्घर्षको जीवन बाँचेका खगेन्द्र सङ्ग्रौलाहरुको छाला काढ्न तम्सिएका कविले कविता नै लेख्नुपर्ने आवश्यकता थिएन । जब राजाले निरङ्कुशता लादेर सङ्कटकाल थोपरेका थिए त्यतिबेलाको खगेन्द्र सङ्ग्रौलाको लेखकीय योगदानलाई कसैले पनि बिर्सन सक्दैन । आफ्ना विचारको पक्षपोषण गरेन भनेर खगेन्द्र सङ्ग्रौलालाई कविताको विषय बनाउँनु एउटा बालसुलभ चेतना मात्र हो । जिन्दगी कति लामो छ त्यसको फैसला अहिल्यै भइसकेको छैन । अनिल श्रेष्ठ आफ्नो कविता यात्रामा कति टिकिरहलान् त्यसको पनि कुनै ठेगान छैन । क्रान्तिकारी भूमिहरुको पनि पतन भएकै हो । कविहरुले कविताको विषय चयन गर्दा यस्ता कुरामा अवश्य पनि विचार पु¥याउनुपर्छ । लेखकीय चेतनालाई साँघुरो प्वालबाट मात्र छिराउने कोसिस गर्नु हुँदैन ।

साहित्य प्रभा

वर्तमान विश्वसंवेदनामा उभिएका कविताहरुको सङ्ग्रह ‘आरू फुलेको साँझ’
राजेन्द्र सुवेदी

ताज्जुब छ सत्ता,
र त्यसका शासकहरू
कुशलभन्दा कुशल गुप्तचरहरूको
भर्ना छनौट गरिरहेका छन्
कविताका विरूद्ध,

युद्ध संस्कृतिले गाँजेको नेपाली समाजको संवेदनाका कार्यपीठिका उपस्थिति भएको प्रस्तुत कवितांशबाटै यो लेखन मैले किन सुरू गरेँ ? त्यो कुरा यस लेखनको अन्तसम्म पुग्दा अवश्य स्पष्ट होला । कवि अनिल श्रेष्ठका कविताहरु नेपाली समाजको पछिल्लो दशकमा मौलाएको युद्ध संस्कृतिको कुरूप यथार्थको कलात्मक प्रस्तुती बनेको छ– प्रस्तुत सङ्ग्रह ।

एउटा पाण्डुलिपी छ मेरा अघिल्तिर–कविता सङ्ग्रह । कविता छन् गद्य लयात्मक संरचनाका जम्मा तेत्तीसवटा । सबैजसो कविता वर्तमानको विसङ्गतिमा उभिएका छन् । मान्छेलाई आजको पर्यावरण र जीवन क्षितिजमा समेट्न साहित्य एउटा बृहत् आयतनको मैदानको रूप लिएर देखा परेको हुन्छ । मान्छेलाई संवेदना र सौन्दर्यमा समेट्दा साहित्यको एउटा संयोजन तयार भएको हुन्छ । मान्छेलाई समाज र पर्यावरणमा समेट्दा साहित्य एउटा नयाँ यथार्थको नयाँ आयतन बनेर तयार भएको छ । यो तयारी र यस्ता तयारीहरु नवीन मूल्यका पर्यावरणहरु हुन् । नवीन अथवा नवीनता परम्पराबाट मुक्त रहनसक्ने रूप हो । नूतनताको तात्पर्य परम्पराबाट विचलन र अर्वाचीनताबाट समावेशन पनि हो । सिर्जनामा भाषाले रङ घोल्न सक्नुपर्छ । शब्दले वास्ना छर्न सक्नुपर्दछ । पदावलीले आयतन र आकृति नाप्न सक्नु पर्दछ । अभिव्यक्तिले गहिराइसम्मको यात्रा तय गर्न सक्नुपर्दछ । अनुभूतिले बहुल चिन्तन समेट्न सक्नुपर्दछ । यी सबै पक्षको समायोजन भएमा शाश्वत रूपमा एउटा नवसन्देश सुसेल्न सक्दछ । यहाँ सृजनाले सन्देशका स्वरूप बोकेर उभिएको हुन्छ–अनिल श्रेष्ठको पाण्डुलिपि ।

मेरो विचारमा साहित्य समाजलाई नयाँ स्वर दिने ऊर्जा हो । मानवीय संवेदनाको विकास हो । समाज र संस्कृतिको कालखण्डीय रेखा र ऊर्जाको अभिरेखाङ्कन हो । यस कुरालाई आत्मसात् गरिरहेको वर्तमान समयमा उपस्थित पाण्डुलिपिका स्रष्टाको आग्रह–मबाट एउटा भूमिका लेखियोस् भन्ने रह्यो । मेरो आफ्नै मत जान्न चाहनुहुन्छ भने आजसम्म पनि भूमिका लेखनप्रति सकारात्मक बन्न सकेको छैन । यो लेखन, अत्यन्त नकारात्मक पक्षका विपरीत सकारात्मक पक्ष पनि केही छन्– समीक्षात्मक चेतना निर्माण गर्न । समाज, इतिहास र विश्वसन्दर्भका ज्ञान आर्जन गर्न पनि काम लाग्ने सशक्त ऊर्जाजस्ता तङ्खव पनि कवितामा स्थापित गराउन सक्दछ । यसैले लेखनको यस तथ्यका बोधले मलाई पाण्डुलिपि पढ्ने जाँगर बढाइदिन्छ । म पढ्न आरम्भ गर्छु अनिलको पाण्डुलिपि । दुई तीन आवृत्तिको परम्परापछि एउटा निष्कर्षमा पुग्छु– म ।

त्यसको परिणति हो–यो भूमिका ।

२०५० सालपछिको नेपाललाई कविताले राम्ररी बोकेको छ । संसद, संविधान, प्रतिनिधिसभा, समग्र मुलुकको मानवअधिकार थला पर्दै गएको स्थिति अनिलका कविताले प्रस्तुत गरेको छ । नेपाल, दक्षिण कोरिया, अफगानिस्तान, रूआण्डा, पेरू, इराक र लेबनानको जस्तै–जस्तै रूग्ण सत्तापिण्डहरूको अदूरदृष्टिको सिकार बनिरहेको छ । शान्ति र सौन्दर्यको प्रतीक कविकी प्रियसी, नयाँ शक्ति र समृद्धिको नवसूर्य जन्माउन तयार रहेको स्थितिको (के यी कविताहरू तिम्रा आँखाहरु जस्तै……?) घोषणा गर्दछन् । कफ्र्यूको आदेशले त्रस्त बनेको हावामा फारू गरेर सास फेर्नुपर्ने आजको विवशता, एम्बुस र गोली–बारूद र बिस्फोटनबाट तछारिएको उद्यान र शून्य चुलाचौकाहरु, मातृशवको लाम्टोमा रमाई–रमाई अल्झिइरहेका अबोध शिशुहरुमा मुलुक रूपान्तरित बन्दै गएको स्थितिको वर्तमानको युद्धोन्माद (त्यो साँझ–१) अनिलका कविताले प्रस्तुत गरेको छ । प्रकृतिले आफ्नो गति क्रियाशील राखेको छ । बमको प्रहारबाट तछारिएका आरूको बोटले आफ्नो फुल्ने क्रम जारी राखेको देखेर पनि उन्मादी बनेको युद्धले विश्राम लिन पाएन समाजका ठालुहरु र सत्ताका भरौटेहरुले दुःख दिने,शोषण अत्याचार जस्ता कामहरु(आरूफुलेको साँझ) मा कमी नआएकाले ।

केन्द्रका स्थापित बनेका सामन्त संस्कृतिका मूल्यहरु भत्किनु र वर्गीय दृष्टिले निम्न तहका वर्गको हितमा कार्य हुनु माक्र्सवादी चिन्तनको कार्यान्वयन हो । यहींनिर उपेक्षित र छेउ लागेका मूल्यहरुको केन्द्रमा उपस्थिति स्वीकार्य बन्न पुग्नु, उत्तरआधुनिक चिन्तनको पुरातन केन्द्र ध्वस्त बनेर नवकेन्द्र निर्माणको प्रयत्न हुनु, नवचिन्तन र उत्तरसंस्कृतिको सुभारम्भ पनि हो । एउटा उपेक्षित विषयवस्तु कविताको केन्द्रीय वस्तु बनेर आउन सक्ने कुराको (गुन्द्रीकोतान हिर्काइरहेकी ……) उद्घाटन यहाँ समाविष्ट कविताले सहजतापूर्वक गरेका छन् । गाउँ विस्तारै विस्थापित बन्दै गएको छ । सहर प्लाष्टिक, फोहोर र सहरिया दुसंस्कृति बोकेर गाउँतिर पसेको छ । गाउँका भागहरु टोलतिर साँगुरिदै गएका छन् र टोलहरु स्नुकरका बोर्ड र गोट्टीहरुमा सङ्कुचन हुन लागेका छन् । गाउँका पवित्र मन्दिरहरु खातेहरुको समाजलाई आश्रय प्रदान गर्ने स्थल बन्न लागेको देखिन्छ । ( गाउँलाई सोध्या‘छ भन्दिनु है….) । यस प्रकारका स्थितिलाई उत्तरसंस्कृतिले प्रस्तुत गरेका मूल्यमा मान्छेका सहज स्थिति देखिएका छन् । टोल, समाज, राष्ट्र र अन्तर्राष्ट्रसम्मकातोक–आदेश र टिप्पणीहरु, उपग्रहदेखि अन्तरिक्ष वेभसम्मले छोडेका क्षेप्यास्त्रहरु, मोबाइलका सञ्चारसेटका कार्यहरु, पत्रिकाका समाचारहरु, रिभल्बरका गोलीहरु आजको संस्कृतिमा प्रक्षेपण र सङ्क्रमण एवं सञ्चरण गर्न सहजै सकिने र तिनलाई पनि समेटेर समग्र विश्वलाई नै सूचनाग्राम बनाएर आफ्नो कब्जामा राख्न चाहनेका विरूद्ध विद्रोहको शङ्खघोष पनि (दैनिक अखबारमा कविता पढिरहेको पाठक) कविताले प्रस्तुत गरेका छन् । सिर्जनाको मूल्य उत्तरसंस्कृतिका सिमानामा पर्दै गएर मुक्त चिन्तनको उपज बन्न पुगेको (राष्ट्रले शोकधुन बजाइरह्यो) कुरा पनि कवितामा प्रकट भएका छन् ।

कला र संस्कृति पनि अब विकेन्द्रित बन्दै गएको छ । निर्धारित अर्थ दिन नसकेर शब्दहरु धर्मराउन थालेका छन् । बनेका र स्थापित भएका मूल्यहरु विचलित बन्न लागेका छन् । कम्प्युटर, इन्टरनेट र वेभमा अल्झेका केन्द्रहरू क्षण–क्षण ध्वस्त र नवनिर्माण बनेका अनि समाजवादका दर्शनमा मस्त भएर समाज, जीवन र चर्यालाई शब्दमा अनुवाद गर्ने संस्कृति र अर्थलाई रोयल्टीमा अनुवादन गर्ने वर्तमानका चिन्तकहरुले (खगेन्द्र सङ्ग्रौलाहरु) आजको मूल्यहीनतालाई प्रस्तुत गर्दै गएको देखा पर्दछ । युद्धसंस्कृतिको विडम्बनामा मुछिएका साइबर संस्कृतिका कणहरु पनि कवितामा छरिएर बसेका छन् (कोटगार) । अझ कवितामा अन्तर्विधा सम्मिश्रणका सन्दर्भमा नाटकीयताको उपयोग गरेका प्रस्तुत सामाजिकता प्राप्त गर्न प्रयत्न गरिएको छ (अदृश्य/दृश्य) । मुलुक अब एकल पद्धतिमा टिकेको छैन । राजधानीबाट राष्ट्र टुक्रिएर विदेसिन्छ र विदेश पनि यहींबाट भित्रिन्छ । युद्धले धकेलेर पाठकका आँखा र मस्तिष्कसम्म पु¥याइएका वेभबाट मुद्रित समाचारमा अल्मलिन पुगेका आजका मान्छेका वर्तमानमा (डिसेम्बरका यी अन्तिम दिनहरु) टिठलाग्दो पाराले सामयिकता अल्झेको छ ।

नेपाल एकातिर सांस्कृतिक प्राक्केन्द्रमा अल्झिन चाहन्छ । अर्कातिर नवकेन्द्रमा बल्झिन चाहन्छ । सीमान्तीय वर्ग, संस्कृति, जाति, धर्म, लिङ्ग र अर्थव्यवस्थाहरु केन्द्रतिर अभिकर्षित हुन खोजिरहेका छन् । हिजो पहरो बनेर उपस्थित बनेका मूल्यहरुका च्यापमा माथि भनेका स्रोत र परम्पराहरु एउटा विपुल वा तेलबाबियो बनेर उपस्थित भएका छन् । पहरोले आफ्नो ठाउँमा जति अटल बनेर बसे पनि च्यापबाट पलाएको बोटविरूवा आवश्यक माटोको निर्माण गरेर वा जरा माटोको तहसम्म धसाएर आफैं अस्तित्व निर्माण गर्न प्रयत्न गरिरहेको हुन्छ । अस्तिसम्म सेता पहिरनमा हिड्ने विधवा आज रातो लुगा लगाएर एकल महिला बन्दै सीमान्तबाट केन्द्रतिर प्रवृत्त हुदँै छन् । हिजो मन्दिर पस्न निषेधित मानिएका सीमान्तरीय वर्गहरु आज मन्दिर पसेर पूजा गर्नुलाई प्राप्ति ठान्न थालेका छन् । अस्ति हलो जोत्न निषेधित महिला र ब्राह्मणहरु आज जीवनलाई नै केन्द्रमा पाउन लागेका छन् । अस्ति कसैले सुन्नै नहुने मन्त्रहरू आज सङ्गीत र लयबद्ध भएरमाइकबाट गाइन्छन् । अस्ति स्वर्णकारको, चर्मकारको र सूचिकारको सीमामा बसेकाहरु आज निषेधित सीमा क्षेत्रभित्र प्रवृत्त भएका छन् । निषेधित कामहरू आज अनिषेधित सीमाक्षेत्रभित्र प्रवृत्त भएका छन् तर वस्तुवादिता त्यतिमा अर्थिदैन । माक्र्सले हिजोको निषेधित मूल्यलाई सीमान्तीकृत र परिभाषित तत्त्व अमूर्त विरोधमा उत्रिऊन् भनेको होइन, वर्तमान सधै स्थिर रहोस् भनेको पनि होइन । वर्तमान सधै चर हुन्छ र विगत सधैँ स्थिर भएर जान्छ । यो होइन माक्र्सको आशय । यसलाई त मान्छेको वस्तुतामा होइन भावगत सत्यमा मान्छेको अस्तित्व प्रक्षेपित बनेको देखिन्छ । वस्तुको जडता संवेदनामा प्रवर्तित हुनु रूपान्तरण हो । रूपान्तरित वस्तु जड नबनेको अवस्थासम्म वस्तु हो र गतिवान् र चर हो । जब इतिहासको जगमा पुगेर त्यही तङ्खव थन्किन्छ, वस्तु र यथार्थ तब त्यो जड हो । त्यसलाई अपेक्षित अर्थमा प्रयोग गरिएकालाई इतिहासबाट झिकेर पनि गतिवान् भन्न खोजिएला परन्तु त्यो सत्य होइन त्यो तथ्य हो र त्यसले गतिवान् सत्यको उद्बोधन गर्न मद्दत गर्दछ ।

यिनै सत्यका परिधिमा वर्तमानलाई समेटेका प्रस्तुत सङ्ग्रहमा नेपाली समाजको बहुल यथार्थलाई सहज ढङ्गले प्रस्तुत गरेको देखिन्छ । नेपाली समाजमा विश्वराजनीतिले अनपेक्षित ढङ्गले आत्मसात् गरेका पक्षलाई सृजनाको वस्तु बनाएका छन् अनिलले । यस सङग्रहका कविताले वर्तमान शताब्दीमा रूग्ण बनेर बसेका ‘लाइ’ परेका कीराहरु पहिल्याउन र टक्टक्याउन प्रयत्न गरेका छन् । यस सङ्ग्रहका कविताले जाति, धर्म, संस्कृति, वर्ग, सत्ता र सामन्त वर्गले जोगाइराखेका, सहज रूपमा पालेका ऐजेरूहरू विस्तारै धर्मराउन र खुस्काउन लागेका तथ्यहरु पनिे आत्मसात् गरेका छन् । नौलो वैशिष्ट्य के हो भने माक्र्सीय यथार्थ चिन्तनको धनात्मक पक्षलाई जोगाएर आजको बहुल संस्कार, बहुल सृजनाचेत र बहुलजीवनको यथार्थलाई बचाई राख्नसक्ने, कलात्मक संवेदनामा विचार बचाउने यस सङ्ग्रहका कविताले नेपाली समाजको पछिल्लो दशकका प्राप्तिलाई उल्लेख्य रूपमा उपस्थापना गरेको छ । यिनै विशेषतामा उभिएका श्रेष्ठको प्रस्तुत सङ्ग्रह नेपाली कविताको समकालीन सन्दर्भलाई विशेष ढङ्गले व्यहोर्न सफल बनेको छ ।

अन्तमा स्रष्टा श्रेष्ठलाई भाषिक कला र सौन्दर्यपूर्ण अभिव्यक्ति क्षमतामा सफलताको चुली उठ्न सकोस्ः यही कामना ।

आरू फुलेको साँझको भूमिकाबाट

सुन्दर कविता : विशिष्ट अनुभूति
डा. रमेश भट्टराई

भूमिका लेखन एउटा जटिल तर सुन्दर कर्म । म अनिल श्रेष्ठको ‘मफलर युद्ध’ को भूमिका लेख्न बसेको छु । मेरा मित्र अनिल श्रेष्ठ कवि र कर्मशील तथा श्रमशील व्यक्तित्व । उनको भूमिका लेखिरहँदा कहाँबाट सुरु गरुँ भन्ने समस्याले केही छिन् बाँधिए र थालेँ यो अनौपचारिक लेखन । अनौपचारिक यस अर्थमा यहाँ म स्वतन्त्र छु र कुनै पनि बन्धनबाट मुक्त छु । यो कुनै पत्रिकाको लेख, अनुसन्धान पनि होइन र यो कुनै कविताका डाक्टरको झारा टराइ पनि होइन । इतिहासलाई बङ्ग्याएर आफ्ना वर्गकाहरुको स्तुति गान पनि होइन । त्यसैले म यहाँ पङ्खफुका छु । मेरा वर्गीय मित्र अनिल श्रेष्ठ र उनको ‘कविताको अनुभूति, म उनको यस अनुभूतिमा आफ्ना अनुभूति प्रस्तुत गरिरहेछु । त्यसैले म अनौपचारिक अनुभूतिमा ओर्लिएको छु । यो भूमिका हुन्छ वा हुन्न आफैं भन्न सक्तिन तर कवि अनिलमाथि न्याय गर्नु मेरो कर्तव्य हो । उनको आग्रह स्वीकार गरिरहँदा म आफैं पनि खुसी थिएँ किनभने राम्रा कविको भूमिका लेख्ने कुरा आफैंमा सुन्दर विषय हो ।

अनिल श्रेष्ठ पछिल्लो समयका सुन्दर लेखन क्षमता र राम्रो सम्भावनाले युक्त कवि हुन् । उनका ‘समालोचक’ कवितामा प्रस्तुत भए झैं काठमाडौंका महान र सुकिला भनिने समालोचकका आँखामा नपरेका कवि हुन् उनी । त्यसैले उनी इतिहासमा नपर्लान्, चर्चामा नआउलान् । काठमाडौंमा बस्नु र बाहिर बस्नुको अन्तर पनि यही हो सायद । अनिल काठमाडौं बाहिर बस्छन् । त्यसैले उनलाई काठमाण्डौले चिन्दैन । काठमाण्डौका कवि डाक्टरले चिन्दैनन् र चिनिहाले पनि मान गर्दैनन्, सम्मान गर्दैनन् । गाउँमा बसेको कवितामा सायद ग्रामीण गन्ध आउँदो हो, कतिपयलाई त राजनीतिको गन्ध । अझ कतिपयलाई निम्न वर्गीय र उत्पीडितको गन्ध पनि आउँदो हो । अझ अनिलसँग त समूह छैन, गुट छैन, प्रचारको मोह र स्पर्धा छैन र त्यस दुनियाँसँग सम्पर्क र सम्बन्ध पनि छैन । त्यसैले अनिलको कविता चर्चाको विषय बन्दैन, पाठ्यक्रमको विषय बन्दैन, कविताको दुनियाँभित्र छिर्न ठूलै फलामे बार तोड्नु पर्ने । तैपनि अनिलका कविता जनताका विषय हुन्, जीवनका विषय हुन् र नयाँ युग र चेतनाका विषय हुन् । केही समय विचार थुनिए झैं, केही समय समयको प्रवाह रोकिए झैं भए जस्तै अनिलका कविता कुनै दिन फलामे बार तोडेर आउने छन् । प्रगतिशील कविता यात्राको अविरलतामा नयाँ पदयात्राको निर्माण गर्ने छन् ।

अनिलमा विचारशीलता छ, प्रतिबद्धता छ र जीवनलाई बोध गर्ने क्षमता छ । उनी कर्ममा विश्वास गर्छन्, श्रममा विश्वास गर्छन् र लेखकीय निरन्तरतामा विश्वास गर्छन् । सङ्गठन र सङ्घर्षले जन्माएका कवि हुन् अनिल । तनहुँको आँबुखैरेनी उनको कर्मस्थल हो । मस्याङ्ग्दी नदी, वनपाखा तथा उकाली ओराली र त्यसकै सेरोफेरोमा अनिल सङ्घर्षरत छन् । त्यहीँको श्रमशील र कर्मशील जीवन तथा बाँच्नका लागि समेत गरिने सङ्घर्षबाट बचेको सानो क्षणबाट उनको कलम अघि बढेको छ । उनका लागि अवसर र पर्व भनेकै सङ्घर्ष हो र त्यही बीचको सानो क्षणलाई उनले लेखनमा उपयोग गरेका छन् । उनको पहिलो कवितासङ्ग्रह ‘मृत्युपर्व होइन मेरो देश’ बाट उनको कविता यात्राको निरन्तरता र जीवन्तता देखा परेको हो । पहिलो सङ्ग्रह उनको सङ्घर्ष र त्यसको अनुभव पुञ्जको प्रस्तुति हो, नेपाली जनयुद्धको कलात्मक अभिव्यक्ति हो । कुरुपता र विद्रूपताको विरूद्धको सुन्दरको प्रस्फुटन हो, उनको सङ्घर्षमय सिर्जना यात्राप्रतिको निष्ठाको प्रस्तुति हो । यस सङ्ग्रहका कवितामा केही भिन्न विषयवस्तु छन् । महान् जनयुद्ध र जनआन्दोलनपछिको नेपाली राजनीति र समाजको बोध छ । अनिलमा युगलाई बुझ्न र चिन्न सक्ने सामथ्र्य छ, नेपाली समाजलाई चिन्न सक्ने र जीवनलाई कवितामा व्यक्त गर्न सक्ने खुबी छ । जे होस्, कवि अनिल नयाँ पुस्ताका राम्रो सम्भावना सहित उभिएका कवि हुन् ।

‘मफलर युद्ध’ शीर्षकको यस कविता सङ्ग्रहमा तेत्तिसवटा कविताहरु छन् । कवितामा पाठकलाई समर्पित कवितामा पाठकीय प्रभाव सामथ्र्य छ र कवितात्मक ओज पनि छ । आड्रियान मिचेलले भनेझैँ धेरै मानिसहरु प्रायः कविताको अपेक्षा गर्छन् किनभने प्रायः कविताहरुले प्रायः मानिसलाई उपेक्षा गर्छन्, भन्ने अवस्था कवितामा छैन । कविता जनताका पक्षमा छन् र तिनले श्रमजीवी र उत्पीडित जनताका पीडा र समस्यालाई संबोधन गरेका छन् । त्यसैले कविता पाठकले उपेक्षा गर्ने, जनतालाई उपेक्षा गर्ने नभई जनतालाई संबोधन गरिएका छन् । कवि अनिल श्रेष्ठको कवितात्मक सामथ्र्य पनि यही हो ।

कविताका सन्दर्भमा चर्चा गरिरहँदा कविता के हो भन्ने कुरा पनि महत्त्वपूर्ण छ । आजका समालोचकले कवितालाई भाषामा बाँध्ने गर्छन् र त्यसकै सेरोफेरोबाट हेर्छन् पनि । कविता भाषा कविता होइन भाषा त कविताको झ्याल मात्र हो । किनभने कवितामा उज्यालो ल्याउने काम भाषाले गर्छ । त्यसै गरी यसले कविताको बाह्य संसारलाई चियाउन पनि मद्दत गर्छ । कविताको मूल त यसको कथ्य हो र कथ्य नै कविताको विश्व हो र विश्व प्रकृति पनि । कविले एउटा नवीन विश्व बनाउँछ तर त्यो विश्व हाम्रो जीवन, अनुभव र सङ्घर्षको प्रस्तुति हो । अनिल श्रेष्ठका प्रायः कवितामा यही मानवीय विश्वको कल्पना छ र जीवनको वर्णन छ । उनको विश्वदृष्टि स्पष्ट छ र त्यहाँ प्रगतिशील र प्रगतिवादी स्वर मुखरित छ । उनका कवितामा जीवन र समाजलाई टिप्न सक्ने क्षमता छ र त्यही कारण उनी सफल पनि छन् ।

कविता इतिहास हो र त्यो विगत, वर्तमान र भविष्यको रेखाङ्कन पनि हो । प्रगतिवादी कवि भविष्य द्रष्टा हो र उसको भविष्य क्रान्तिकारी आशावादबाट ओतप्रोत हुन्छ । कवि अनिलले पनि वर्तमानबाट भविष्यलाई हेर्ने दृष्टि प्रस्तुत गरेका छन् । त्यसैले उनका कवितामा वर्गको कथा छ र वर्ग परिवर्तनको कथा पनि छ । सिंहदरबार, संविधान सभा, संसद् र संसद्का विषय कवितामा उठेका छन् । नेपाली राजनीतिमा संविधान सभा जनताको विषय हो र थियो पनि । जनताले संविधान बनोेस् भनेर संविधान सभाको चयन गरे तर गिद्धरुपी सिंहदरबार जस्ताको तस्तै छ, संविधान सभा संविधान निर्माण बेखबर र संविधान सभा आशाको केन्द्र भए पनि त्यसले केही गर्न नसकेको यथार्थ कवितामा ध्वनित छन् । ‘जुत्ताको दाम’, ‘सिंहदरबार’, ‘एक पोट्रेटःसंविधान सभा’, ‘विसर्जन’, ‘झुसिल्किरा’, ‘लुतो’, ‘सभासद् सपना मल्लको हाँसो’, ‘अग्निसेचनका यामहरु’, ‘सांसदको रुघा’, ‘संसद् ठिकठाक चलिरहेछ महोदय’, जस्ता कविता नेपाली राजनीतिमा देखिएका विसङ्गतिको उद्घाटन गर्न सक्षम छन् । यी कविताले गणतन्त्रको प्राप्तिपछिको नेपाली राजनीतिको सूक्ष्म विश्लेषण गरेका छन् । ‘जुत्ताको दाम’ राजनीति र वर्गीय विषमताको चित्रणका दृष्टिले सुन्दर कविता हो । जनताको करले चलेका नेता सगरमाथाको फेदीमा करोडौको भोज गरिरहँदा श्रमिकहरु र निम्नवर्गको पीडासम्म पनि बोध नगर्ने अवस्थाको चित्रण कवितामा छ । यस कवितामा कविको कलम प्रतिरोधी चेतनाबाट डोरिएको छ । कवि भन्छन्ः–

किनकि
तपाईंको जुत्ताका पालिसको लागि
अब कुनै तिरो बुझाउन
हामी तयार छैनौं
(पृष्ठ, ४)

यसरी प्रारम्भ भएको कविको राजनीतिक र वैचारिक चिन्तन अझ कवितामा पनि तिख्खर रुपमा प्रकट भएको छ । सिंहदरबारको कवितामा कविले नेपाली प्रशासनलाई गिद्धको नङ्ग्राका रुपमा चिनाएका छन् र मन्त्री परिषद्लाई गिद्धको आत्मा र ती गिद्धको शोषणमा परेका नेपाली जनतालाई उनले निरीह र शोषित नागरिकका रुपमा चित्रण गरेका छन् । ‘एक पोट्रेट संविधान सभा’मा उनले संविधान सभालाई धुँवाको रुपमा चिनाएका छन् भने उनको यो कल्पना सत्य पनि सावित भएको छ । ‘विर्सजन’ कविताले चाहिँ नेपाली प्रगतिवादी राजनीतिमा देखा पर्दै गरेको विसर्जनवादी प्रवृत्ति माथि व्यङ्ग्य गर्दै सत्तामा पुगेपछि पार्टी नेताहरुमा पाइने गलत र जनता, क्रान्तिलाई बिर्सने प्रवृत्तिप्रति रोष प्रकट गरिएको छ । ‘झुसिल्किरा’मा पुराना राजनीतिक शक्ति र प्रतिक्रियावादीहरुको यथार्थ स्वरुपको चित्रण छ भने ‘लुतो’ मा नेतृत्वमाथि व्यङ्ग्य छ भने ‘सभासद् सपना मल्लको हाँसो’, ‘संसद्को रुघा’, ‘संसद् ठिकठाक चलिरहेछ’ कवितामा वर्तमान संसद् र तिनका काम तथा क्रियाकलापप्रति कटाक्ष गरिएको छ ।

कवि अनिलका कवितामा विषयवस्तुको विविधता छ र व्यापकता पनि छ । उनले नेपाली समाजको वर्गीय जातीय, लिङ्गीय उत्पीडनको चित्रण आफ्ना कवितामा सशक्त रुपमा गरेका छन् । ‘छायाचित्र’, ‘म कुँडुलेटार’, ‘किनकि ऊ हलियाको छोरो थियो’, ‘मफलर युद्ध’, ‘तमसुकहरुका विरुद्ध’, ‘हँसियाहरु खिएपछि’, ‘साइँली कमिनीको देश’, ‘सियावती सदा’, जस्ता कवितामा यो स्वर तिब्र रुपमा प्रस्तुत भएको छ । ‘छायाचित्र’ आमाहरुको कथा हो र उनीहरुको सङ्घर्ष र उत्पीडनको कथा पनि हो । पित्तृसत्ताका आमाहरु सधैँ चुलोचौकोमा हराउने प्रसङ्ग कवितामा छ । ‘कुँडुलेटार’ मा प्रकृतिका माध्यमबाट दलित शोषणको सन्दर्भ प्रस्तुत गरिएको छ भने प्रकृतिको उदात्तता र उदारताका माध्यमबाट श्रम गरे प्रकृतिले सम्पूर्णता दिन्छ भन्ने सन्देश पनि छ । ‘किनकि, ऊ हलियाको छोरो थियो’ कवितामा सामन्तवादी नेपाली समाजको निम्न वर्गको जीवनावस्थालाई प्रस्तुत गरिएको छ । सङ्ग्रहको शीर्षकका रुपमा रहेको ‘मफलर युद्ध’ कविता नेपाली वर्ग विषमताको चित्रण गरिएको कविता हो । वर्ग विषम नेपाली समाजमा मफलर लाउनु उच्च वर्गको विशेषता हो भने मफलर पनि वर्ग अनुसार फरक हुने सन्देश यस कवितामा छ । मफलर जस्तो सामान्य विषयलाई वर्ग विषमता र वर्ग भेदको चित्रणको विषय बनाइनु यस कविताको विशेषता हो । ‘तमसुकहरुको विरूद्ध कविताले सामन्तवादी नेपाली समाजमा सामन्तहरुले गर्ने शोषणको कथा प्रस्तुत गरेको छ । यस कथामा जनयुद्धका समयमा सामन्तवाद विरूद्धको आन्दोलन तिव्र भए पनि सामन्तहरु पुनः जुर्मुराउन थालेकाले अब पुन तिनका विरूद्ध जाइ लाग्नु पर्ने र आरन जुटाउनु पर्ने सन्देश दिइएको छ । ‘हँसियाहरु खिएपछि’ कवितामा क्रान्तिकारी धार भुत्ते भएपछि पार्टीको प्रभाव पनि हराउने कुरा प्रस्तुत गरिएको छ । सामन्ती दमन र उत्पीडन पुनः बढेपछि हँसिया पुनः साँध लाएर मात्र देशको राष्ट्रियता बचाउन र उत्पीडनबाट मुक्ति प्राप्त गर्न सकिने अप्रत्यक्ष सन्देश प्रस्तुत कविताले दिएको छ । ‘एउटी बादी आइमाईको पेटीकोटका टुक्राहरु च्यातिएर’ कवितामा वर्ग र लिङ्गभेद युक्त नेपाली समाजमा सत्तामाथि व्यङ्ग्य गर्दै वादी महिलाको जीवनावस्था र त्यसमा राज्यको उदासीनताको चित्र प्रस्तुत गरिएको छ । ‘साइँली कमिनीको देश’ निम्न वर्गीय चित्रणको सुन्दर नमुना हो । शीर्षकले नेपाली जातिय उत्पीडनको सङ्केत गर्छ भने जातीय उत्पीडनको केन्द्रमा रहेको वर्ग उत्पीडनको विषय कविताको मूल कथ्यका रुपमा रहेको छ । लोकतन्त्र, सहिदी मृत्युवरण जस्ता विषय पनि उपेक्षित बनेको अवस्थाको चित्रण यस कवितामा शक्तिशाली रुपमा आएको छ । ‘सियावती सदा’ कोसी पीडित नेपालीको कथा हो भने राज्यको जनता प्रतिको उदासीनताको अवस्थाको चित्रण पनि हो । राज्यको सत्ता वर्गीय विमर्श र वर्चस्वकै कारण नेपाली जनताले सबै प्रकारका उत्पीडन भोग्नु परेको हो भन्ने विषय कविताको मूल कथ्य हो । ‘र यी लखन थापाहरु’ र ‘आदिम पोशाक’ इतिहासका दुई भिन्न अवस्थाको चित्रण गरिएका कविता हुन् । लखन थापा विद्रोहका प्रतीक हुन् र जनजाति सहिद पनि हुन् । गोरखामा जन्मिएका यी थापा (मगर) सहिदका सन्दर्भबाट कविले निम्न वर्गीय जाति र जनजातिको श्रम सन्दर्भको चर्चा गरेका छन् । जनजातिको श्रम र मेहनतले चर्चेको भूमिका भएको सन्दर्भ पनि कवितामा छ । ‘आदिम पोशाक’ कवितामा राजतन्त्र र गणतन्त्रका बिचको द्वन्द्व र गणतन्त्रको प्राप्तिपछिको राजतन्त्रको अवस्थाको चित्रण गरिएको छ ।

अनिलका केही कवितामा बाल सन्दर्भ पनि छन् । ‘बाँसझ्याङ र त्यो फुच्चे दादा केटो’, ‘त्यो के आकाश नि डैडी’ जस्ता कवितामा बालकका सन्दर्भ प्रस्तुत भएका छन् । ‘अँगेना छेउको घाम’, ‘म उभिएको जमीन’, ‘बेसोमति झिँगाहरु’, ‘गाउँको गोठ’, ‘कृपया मलाई ब्युँझाऊ’, भालेमुङ्ग्राको रङ र ‘विस्मृति’ जस्ता कवितामा कविका अनुभूतिका विविध सन्दर्भ प्रस्तुत भएका छन् । ‘समालोचक’ कविता चाहिँ परम्परागत नेपाली समालोचकमाथि व्यङ्ग्य गरेर लेखिएको कविता हो । नेपाली साहित्यको मूल्याङ्कन गर्ने भन्ने समालोचकले आफैँ सत्ता बनाएर बस्ने र स्रष्टालाई उपेक्षा गर्ने वास्तविकतालाई कवितामा प्रस्तुत गरिएको छ । काठमाडौंमा बस्ने समालोचकको धाक, रवाफ तथा आडम्बर, उनीहरुको वर्ग दृष्टिलाई तिनले कविहरुमाथि गर्ने काखापाखा र अन्यायको चित्रण यस कवितामा स्पष्ट रुपमा उत्रिएको छ ।

अनिल श्रेष्ठको कविताहरुको सर्सर्ती चर्चापछि उनको कवित्वको विश्लेषण गर्न सकिन्छ । अनिलका कवितामा मूलत समयको स्पन्दन छ, युगको आवाज छ, नेपाली समाजका दुःख, दर्द, सङ्घर्ष र प्रतिरोधको कथा छ । सुविधाविहीन ग्रामीण समाजमा पढ्ने, छलफल गर्ने र चिन्तन गर्ने अवसर आफैंमा कम हुन्छ । काठमाडौंसम्मको यात्रा पनि असहज हुने अवस्थामा अनिलको कलम तिख्खर छ । साहित्य सिर्जना भन्दा परको व्यावसायिक कर्ममा सक्रिय रहेर पनि उनले रोजेको कविताको विषय र प्रस्तुति निकै शक्तिशाली छ । विषयवस्तुका अतिरिक्त अनिलको कविता सिर्जना कौशलको चर्चा पनि आवश्यक हुन्छ । भनिन्छ कविताले अन्तर्वस्तुको रुप पनि लिएर आएको हुन्छ । यथार्थमा अन्तरवस्तु हुनासाथ कविताको शिल्प तयार हुने होइन । अन्तर्वस्तुलाई शिल्प र संरचनामा ढाल्ने कौशलमा नै कविको विशिष्टता जाँचिन्छ । अनिलका लघुतम र लघु कविता बान्कीका कविताहरुमा कवितात्मक कौशल छ र भन्ने र व्यक्त गर्ने तरिकामा विशिष्टता र मौलिकता छ । उनले परम्परागत प्राकृतिक र सामाजिक विम्ब र प्रतीक टिपेर कवितात्मक स्वरुप दिएका छन् भने कतिपय अवस्थामा ती शक्तिशाली पनि छन् । प्रतीक र अलङ्कारहरुको आयोजना प्रस्तुति बिना पनि कविता शक्तिशाली हुन सक्छन् भन्ने सूचना पनि अनिलका कविताले दिएका छन् । तीमध्ये पनि शीर्षकमा पाइने स्थानीयता, प्राकृतिक तथा सामाजिकता उनको विशिष्टता हो । उनले प्रकृतिको मानवीकरणमा पनि छुट्टै विशेषता बनाएका छन् । बत्तीको धमिलो उज्यालो, थालमा खसेपछि, साँझको दैलो टेकेर जस्ता प्रयोगले उनले कवितालाई विशिष्टता प्रदान गरेका छन् ।

अनिल श्रेष्ठको अघिल्लो कविता सङ्ग्रह ‘आरू फुलेको साँझ’ (२०६३) पढ्दा नै मलाई उनको कवित्व क्षमताले प्रभावित पारेको हो । उनको त्यस सङ्ग्रहका बारेमा जति चर्चा र बहस हुनु पर्ने हो र त्यसले जति महत्व पाउनु पर्ने हो त्यसो भएन भन्ने मलाई लागेको छ । उनका कविताले प्रस्तुत गरेको विषयवस्तु, उनका कविताको शैली शिल्प र भाषाका कारण नवीन पुस्ताका राम्रा कविका रुपमा अनिल श्रेष्ठ उदाएका छन् । कविताको मृत्यु भयो भन्ने र कवितालाई शब्दको खेल मात्र ठान्नेहरुका विचारलाई चुनौति दिने गरी प्रस्तुत सङ्ग्रह आएको छ र अनिलका तिनवटा सङ्ग्रहका आधारमा उनको कवित्वको शक्तिशाली क्षमतालाई बोध गर्न सकिन्छ । अनिलका समग्र कविताको अध्ययन र मूल्याङ्कन भएपछि मात्र उनका कविताको वास्तविक मूल्य निरुपण हुन सक्ने देखिन्छ ।

भूमिका लेखनको आग्रहकै बीचमा पनि मैले आफ्नो कमजोरीलाई पनि राख्नै पर्ने हुन्छ । अनिलजीले भूमिका लेख्न आग्रह गरेपछि कविता त पढें तर आज लेख्छु, भोलि लेख्छु भन्दाभन्दै समय त्यसै गएछ । अन्त्यमा ‘छाप्ने बेला भयो नि’ भन्दै अनिलजी तनहुँबाट आएपछि झसङ्ग मात्रै भइन आफ्नो कमजोरीप्रति आफैं आलोचित पनि भएँ । लेख्छु भन्न सजिलो हुने समय नपुग्ने समस्याले मलाई सधैँ सताउने गर्छ । जीवनको अर्को नाम व्यस्तता र बेफुर्सदी रहेछ । फुर्सदमा लेख्छु भन्नु हामी जस्ताका लागि सायद कुरा मात्र हो । अनिलजीले लेख्नु भएका समालोचक र हामीमा फरक भनेकै समय र त्यसको व्यवस्थापन रहेछ । हामी राजनीति पनि गर्छौँ, व्यवसाय पनि गर्छौँ, सामाजिक काम पनि । हाम्रा लागि पूर्णकालीन लेखक हुने अवसर नै कहाँ छ र ? त्यसैले भूमिका पनि हडबडी र हतारकै उपज हुँदो रहेछ । जेहोस्, अनिलजीका सबै कविता पढेर मूल्याङ्कन गर्ने वाचाका साथ उहाँको भावी लेखनको कामना गर्दछु । आगामी सङ्कलनमा यस सङ्कलनमा परेका जस्ता २/४ कमजोर कविताले समेत स्थान नपाऊन् भन्दै अनिलजीको लेखनको उत्तरोत्तर प्रगतिको अपेक्षा समेत गर्दछु ।

मफलर युद्धको भूमिकाबाट

वर्तमानको कलात्मक अभिलेख
डा. अमर गिरी

अनिल श्रेष्ठको तेस्रो कविता सङ्ग्रह ‘मफलर युद्ध’ भर्खरै बजारमा आएको छ । यस अघि उनको ‘मृत्युपर्व होइन मेरो देश’ (२०५५) र ‘आरू फुलेको साँझ’ (२०६३) गरेर दुईवटा कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् । यसैगरी उनको ‘प्रजातन्त्र र पागल’ (कथा सङ्ग्रह,२०५०) र ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छन् यी गीतहरु’ (संस्मरणात्मक अनुभूतिहरु, २०६६) कृतिहरु पनि प्रकाशित छन् । कथा र निबन्धहरुमा कलम चलाए पनि अनिल श्रेष्ठ मूलत कवि हुन् र कविकै रुपमा पाठकहरुका माझमा सुपरिचित छन् । श्रेष्ठ समकालीन नेपाली कवितामा स्थापित प्रगतिवादी स्रष्टा हुन् । ‘मृत्युपर्व होइन मेरो देश’ कविता सङ्ग्रहदेखि तेस्रो कविता सङ्ग्रहसम्म आइपुग्दा उनको काव्यसिर्जना निकै प्रौढ बनेको देखिन्छ । राजनीतिक रुपमा पनि नेपाली समाजको आमूल रुपान्तरणमा सक्रिय यी स्रष्टाले आफ्ना शक्तिशाली रचनाहरुमार्फत पनि परिवर्तनका सशक्त धुनहरु सुसेलेको पाइन्छ ।

यस कविता सङ्ग्रहभित्र ३३ वटा कविता छन् । आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक एवम् वैयक्तिक जीवनका विविध पक्षहरुलाई कविताको विषयवस्तु बनाइएको छ । कविले नेपाली समाजमा विद्यमान विभिन्न किसिमका विकृति र विसङ्गतिहरुमाथि तीखो प्रहार मात्र गरेका छैनन्, सुन्दर समाज निर्माणको स्वप्न पनि देखेका छन् । आफू बाँचेको समयको सजीव बिम्बाङ्कन उनका कविताहरुको विशेषता हो । यस अर्थमा उनको यो कविता सङ्ग्रह वर्तमान समयको कलात्मक अभिलेख हो । यस सङ्ग्रहभित्रका कविताहरुमा वर्तमान समयसँग सफल काव्यात्मक संवाद गरिएको छ र भग्न वर्तमानका बीचबाटै अघिल्तिरको यात्रा पनि तय गरिएको छ । वर्तमान समय सम्भवतः नेपाली इतिहासको सबैभन्दा कठिन समय हो । नेपाली समाजले वर्तमानमा खप्नुपरेको पीडा डरलाग्दो छ र उसको सङ्घर्ष र स्वप्नमाथि तुषारापात भएको छ । यस त्रासद स्थितिका बिच पनि मानिस भोलिको आशा मनभित्र सँगालेर सङ्घर्षरत छ । यस यथार्थलाई कविले आफ्ना कविताहरुमा सवल र सार्थक काव्यात्मक अभिव्यक्ति दिएका छन् ।  आजको राजनीतिक विसङ्गतिलाई कविले आफ्ना कविताहरुमा सफल काव्यात्मक प्रस्तुति दिएको पाइन्छन् ‘सभासद् सपना मल्लको हाँसो’ कवितामा । कवि लेख्छन्–

र मलाई याद आउँछ
सातदलको
बैठक स्थगनपछि
बाहिर निस्किरहेका अध्यक्ष प्रचण्डका
थकित आँखाहरु
लोडसेडिङ्गले थला परेको सहर
र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र
संविधानसभाको
बैठकहलबाट उठिरहेको
सभासद् सपना मल्लको हाँसो

यसैगरी, आफ्नो सिंहदरबार कवितामा कवि लेख्छन्–

सिंहदरबारको अग्लो छानामाथि
एउटा कालो गिध्द छ
त्यसको नाक,
कान
र आँखा
यो मुलुकको
राष्ट्रिय निशाना छाप हो

सिंहदरबारको छानामुनि
एउटा प्रशासन छ
त्यो गिध्दको
नङग्रा हो

अनिल श्रेष्ठले साना साना अनुभूत हुने तर महत्त्वपूर्ण विषयहरुलाई आफ्ना कविताहरुमा अरुले भन्दा विशेष महत्त्व दिएर उठाएका छन् । फलतः उनका कविताहरुमा मफलर, गाउँको गोठ , झुसिल्कीराहरु, झिँगाहरु, कुँडुलेटार, आदि जस्ता विषयहरुले सार्थक काव्यात्मक अभिव्यक्ति पाउँछन् र कविताको एक भिन्न रुप निर्माण गर्छन् । उनका कवितामा सदियौंदेखि उत्पीडित पात्रहरु जर्मुराउँदै उठ्छन् र सशक्त सङ्घर्ष गर्छन् । ‘एउटी बादी आइमाईका पेटिकोटका टुक्राहरु च्यातिएर’, ‘साइँली कमिनीको देश, ‘सियावती सदा’, यस कोटीका कविताहरु हुन् । कविले स्थानविशेषलाई विषय बनाएर पनि सफल कविताहरु लेखेका छन् । ‘ताकुकोट’ यसको उदाहरण हो । वैयक्तिक जीवनका अनुभूतिहरुलाई सार्वजनीन रुप प्रदान गर्नु पनि कवि श्रेष्ठको  महत्त्वपूर्ण विशेषता हो । यस सङ्ग्रहको एक उत्कृष्ट कविता ‘छायाँचित्र’ मा कवि लेख्छन्–

बत्तीको धमिलो उज्यालो
थालमा खसेपछि
साँझको दैलो टेकेर
आमाका संझनाहरु घरभित्र चिहाउँछन्
र सोध्छन्–“भात खाइस् छोरा ?
भाइबहिनीहरुले खाइसके ?”

अँध्यारोमा,
आँखाबाट बररर खस्छन् आँसु

कविले उत्पीडनका विविध रुप, तिनले उत्पन्न गरेका पीडा र आक्रोशहरुलाई कवितामा राम्रोसँग उनेका छन् । स्वतन्त्रता, समानता र सामाजिक न्यायको आकाङ्क्षा यस सङ्ग्रहका कविताहरुको मुख्य स्वर हो । आशा, स्वप्न र सङ्घर्ष उनका कविताका प्राण हुन् । उनका कवितामा अन्यायको प्रतिवाद र आत्मसजगता पाइन्छ । संवेदनात्मक गहिराइ, अनुभूतिको तिक्ष्णता र आशावाद उनका कविताहरुमा बिर्सनै नसकिने पक्षहरु हुन् । बिम्ब, प्रतीक र अलङ्कारहरुको समुचित प्रयोग कविताहरुमा गरिएको पाइन्छ । केही कवितामा केही कमजोरीहरु देखिए पनि यस सङ्ग्रहका अधिकांश कविताहरु स्तरीय छन् । प्रगतिवादी कविहरु कविता होइन अरु नै लेख्छन् भन्नेहरुका लागि यो सङ्ग्रह एउटा जवाफ हो । यो पठनीय कविता सङ्ग्रह हो । आउँदा दिनहरुमा अनिलबाट अझ सुन्दर कविताहरु लेखिनेछन् । कविता सङ्ग्रहको साजसज्जालाई नराम्रो भन्न मिल्दैन भने मूल्य पनि ठीकै छ ।

साप्ताहिक बुधबार,२०६९

हो, अनिलजी, छिम्कालेकमा गुञ्जिरहेकै छन् गीतहरु
हिरामणि दुःखी

विषयप्रवेश
त्यो वर्गसङ्घर्ष यस्तो थियो कि जसले समाजमा विद्यमान आर्थिक, सामाजिक विषमताको अन्त्य गर्न चाहेको थियो । त्यो वर्गसङ्घर्षले समाजमा थिचिएर, मिचिएर, हेपिएर, चेपिएर अनेकौं प्रकारका दासताको सामना गरिरहेका उत्पीडित, दमित वर्ग जाति, क्षेत्र र लिङ्गका मानिसहरुलाई उत्पीडनका नारकीय जीवनबाट उन्मुक्ति दिलाएर छुट्टै संसारको आनन्द दिने समाज व्यवस्था निर्माण गर्ने महाअभियानको सङ्कल्प बोकेको थियो । त्यसैले त्यो वर्गसङ्घर्षमा मानिसले हाँसीहाँसी फाँसीको फन्दामा चढ्न, अत्याचारी कसाईहरुको बन्दुकका गोली छातीमा थाप्न र कठोरभन्दा कठोर यातनाशालाहरुको सामना गर्न तयार भएका थिए । ती राता मानिसहरु जो अदम्य साहस र अनुपम सौर्यशक्तिले भरिएका थिए । उनीहरुले जीवन ढलोस् तर मृत्यु नबाँचोस् भन्ने अठोट लिएर मुक्ति या मृत्युको सपथ खाएर आ–आफ्नो टाउकोमा कात्रो बाँधेर दुश्मनका किल्ला, बङ्कर र अड्डाहरुमा धावा बोलेका थिए । उनीहरु सदियौंदेखिको अँध्यारो रात्रिलाई चिर्दै सुनौला बिहानीका घाम पस्कने महाभियानमा लामबद्ध भएका थिए । उनीहरुले उल्टो समाजलाई सुल्टो बनाउने सपना लिएर शिखरतर्फको यात्रामा पाइला चालेका थिए । ती राता पदयात्रीहरुको कदममा कदम जोड्दै लाखौं र करोडौं जनताले साथ दिएका थिए । त्यो यात्रा वर्गसङ्घर्षको पेचिलो यात्रा थियो । जसलाई हामी महान् जनयुद्धको नामले सम्बोधन गर्छौ । हो,त्यही जनयुद्धका सहयात्रीहरु थिए यो देशका सच्चा कवि, कलाकार, पत्रकार, साहित्यकार र संस्कृतिकर्मीहरु । उनीहरुले एक हातमा कलम र कापी समाएका थिए भने अर्को हातमा मादल, गितार र सारङ्गी उचालेका थिए ।

ती कलमजीवीहरु, जसले क्रान्तिको बेलामा जनतालाई ब्यँुझाउने र नयाँ चेतना दिने गीत, सङ्गीत, कविता, कथा र थुप्रैथुप्रै साहित्य सिर्जना गर्थे भने शान्तिको बेला जनतासँग नयाँ सभ्यता, समाज र संस्कृति निर्माण गर्न शारीरिक र मानसिक श्रममा सहभागी हुन्थे । ती वर्गसङ्घर्षका बेलामा देखेका, भोगेका र सँगालेका हाँसो–आँसु, उत्साह–रोदन, दुख–सुख, पीडा–आनन्द, मिलन–बिछोडका अनुभूतिहरु आफ्ना डायरीहरुमा उतार्थे, शब्दचित्र कोर्थे, कविता, गीत र गजलहरु लेखेर सुसेल्थे, कथा लेख्थे र स्वयम् कथा, कविता र एकाङ्की बन्न पुग्थे । यिनै विषयहरुलाई आफ्ना डायरीमा समेटेर एउटा कृति तयार गरेका छन् प्रगतिशील साहित्यकार अनिल श्रेष्ठले । उनले आफ्नो कृतिको नाम दिएका छन् ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छन् यी गीतहरु’ । मेरो हातमा फेला परेको प्रस्तुत कृतिलाई खोतल्ने र त्यसभित्र भएका परिकारहरु के कति मीठा वा नमीठा छन् भन्ने बारेमा चर्चा गर्ने जमर्को गर्दैछु ।

स्रष्टा र सिर्जना
तनहुँको आँबुखैरेनीमा २४ भदौ २०२८ सालमा जन्मिएका अनिल श्रेष्ठ नेपालका प्रगतिवादी कित्ताका उदीयमान साहित्यकार हुन् । चारवटा साहित्यिक कृतिहरु जन्माएका अनिल श्रेष्ठको पहिलो कृति ‘प्रजातन्त्र र पागलः २०५०’ कथासङ्ग्रह हो भने दोस्रो कृति ‘मृत्युपर्व होइन मेरो देशः २०५५’ कवितासङ्ग्रह हो । तेस्रो ‘आरू फुलेको साँझः २०६३’ कवितासङ्ग्रह र चौथो कृतिको रुपमा ‘फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरुः २०६६’ संस्मरणात्मक अनुभूति र कविताहरुको संयुक्तसङ्ग्रह रहेको छ । उनका यी सबै कृतिहरु मालेमावादी वर्गीय पक्षधरतामा आधारित छन् । अनिल श्रेष्ठ वर्गबोधी साहित्यकार हुन् । तसर्थ उनी साहित्यमा वर्गीय पक्षधरतालाई राम्रोसँग उजागर गर्दछन् । पहिलो कृति बाहेक बाँकी तीनवटा कृति जनयुद्ध केन्द्रीत रहेका छन् । साहित्यकार श्रेष्ठ स्वयम् जनयुद्धका एकजना सिपाही हुन् । उनी आफै पनि जनयुद्धमा सामेल भएर वर्गसङ्घर्षका सुरुवाती दिनका विभिन्न मोर्चाहरुमा प्रत्यक्ष परोक्ष सामेल भए । तिनै मोर्चाहरुमा प्राप्त गरेका अनुभव, अनुभूति, वर्गसङ्घर्षले उजागर गरेका विविध विषयवस्तुहरुलाई श्रेष्ठले आफ्ना विविध विधाका सिर्जनामा सङ्कलित गरे । त्यसै क्रममा उनको चौथो कृति ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छन् यी गीतहरु’ जन्मन पुगेको छ ।

प्रस्तुत कृतिमा दुईवटा भाग छन् । एउटा संस्मरणात्मक अनुभूतिको पाटो र अर्को कविताको पाटो । यद्यपि उनले दुवै विधालाई छ्यासमिस पारेर कृति तयार पारेका छन् तापनि यसमा दुईवटा फरक पक्ष समेटिएर यसलाई संयुक्तसङ्ग्रहको रुपमा पाठक सामु पस्किएका छन् । कविता र संस्मरणलाई एकै ठाउँमा नराखेर अलगअलग कृति प्रकाशित गरेको भए समीक्षकहरुलाई सजिलो पर्दो हो तथापि पाठकहरुलाई भने यो कृति रुचिकर नै लाग्ने छ भन्ने मैले ठानेको छु किनकि उनका कविताहरु स्वयम्ले अनुभूतिका विषयलाई नै प्रतिबिम्बित गरेका छन् । जेहोस्, अनिलले यो कृति हाम्रा सामु पस्केर जनयुद्धको एउटा पक्षलाई ताजा बनाइराख्न महङ्खवपूर्ण योगदान पु¥याएका छन् । प्रस्तुत कृतिले जनयुद्धलाई कालान्तरसम्म जीवित सन्देश दिन सफल हुनेछ ।

संस्मरणमा अभिव्यक्त स्वर
संस्मरण र कविताका रुपमा रहेको प्रस्तुत कृतिमा २० वटा कविता र ९ वटा संस्मरण समेटिएको छ । कृतिको पहिलो पाठमा संस्मरण रहेको छ जो यस कृतिको रचना हो । त्यही रचनाको शीर्षकबाट नै कृतिको नामकरण गरिएको छ । ९ वटा संस्मरणहरुमा ‘फेरि पनि छिम्कालेकमा …’, ‘धेरैबेर आँखाहरु बाँधिइरहे’, ‘पारिजात फेरि कहिल्यै ओइलाउँदैन’, ‘हामी यहाँ सञ्चै छौं कमरेड, तपाईं कस्तो हुनुहुन्छ ?,’ ‘अप्रिलको घाम र जुबैलको मरुभूमि’, ‘टुक्रा टुक्रा छरिएका मनहरु लिएर’, ‘त्यो फेब्रुअरी’’, ‘त्यो पहाडपानीको उकालो’, र ‘त्यो साँझ अब बाँच्छु भन्ने लागेन’ रहेका छन् । यी मध्ये पहिलो संस्मरण छिम्कालेक र राता सिपाहीहरुको यात्रा सम्बन्धी रहेको छ । यसले जनयुद्धमा लामबद्ध कवि, कलाकार र सम्पूर्ण योद्धाहरुप्रति लक्षित गरिएको प्रतीकात्मक अनुभूति हो । यहाँ उनले गीत गुञ्जिरहने कुरालाई प्रतीकात्मक रुपमा अभिव्यक्त गर्दै जनयद्धको बिगुल बजिरहनेछ र यसले राता सिपाहीहरुको पदचाप पछ्याउँदै महान् सहिदहरुको अधुरो सपना पूरा गर्ने यात्रा जारी रहनेछ भन्ने सन्देशवाहक विचारलाई संस्मरणमा उतारेका छन् ।

प्रस्तुत संस्मरण लेखकको प्रत्यक्ष भोगाइ हो । लेखक स्वयम् जनयुद्धमा प्रत्यक्ष संलग्न सिपाही भएकाले छिम्कालेकको यात्रामा थुप्रै सहयोद्धाहरुका साथ लामबन्दी भए । त्यतिबेला उनमा सहरिया बसाइबाट प्राप्त भौतिक र मानसिक परिवेश उनीसँग थियो । आफ्ना व्यक्तिगत इच्छा, आकाङ्क्षा र स्वार्थ आदिलाई त्यागेर सामूहिक जीवनको कठोर र कठिन यात्रामा प्रवेश गर्दा प्राप्त गरेका अनुभूति र जनयुद्धको यात्रामा सहयोद्धाहरुसँग साटासाट गरेको अनुभूतिलाई यस संस्मरणमा शब्दचित्रका रुपमा उतारेका छन् । साथीसङ्गीहरुसँगको सहयात्रामा बिताएका रमाइला र दुखान्त क्षणहरु, आनन्दमय परिवेशहरुमा गरेका भलाकुसारी, ठट्टा मजाक आदिलाई स्मरण गर्दै सहयोद्धाहरुलाई छिम्कालेकको प्रतिबद्धता, त्यो सपना, ती अनुभूतिहरु सदैव ताजा रहने कुरा बताउँछन् उनी ।

यस्तै अर्को संस्मरण ‘हामी यहाँ सन्चै छौ कमरेड, तपाइँ कस्तो हुनुहुन्छ ?’ पनि जनयुद्धभित्रैको अनुभूति हो । यो संस्मरणमा श्रेष्ठले आफ्ना सहयोद्धाहरुलाई सम्झेका छन् । ती सहयोद्धा युद्धको भीषणतासँगै कोही जेल परे, कोही सहिद भए र कोही युद्धका अग्रभागमा आफ्ना जिम्मेवारीलाई अझ उच्च रुपले बहन गरिरहेका छन् । यो प्रसङ्गमा उनले कहिले छिम्कालेकलाई सम्झेर युद्धयात्रालाई ताजा बनाउन कोसिस गर्छन् भने कतै झापा आन्दोलनको कडीलाई जनयुद्धसँग गाँस्न पुग्छन् । यसरी वर्गसङ्घर्षको उदात्त भावलाई शब्दचित्रमा उतारेर त्यसलाई जीवन्त बनाउन आफ्नो कलमलाई निकै कुशलतापर्वक जोतिरहेका छन् । ताकि कतै पनि जमिनमा बाँझोको रुपमा राँटो नरहोस् । यसमा उनी निकै सतर्कतापूर्वक कलम चलाइरहेका छन् ।

यस्तै जनयुद्ध र वर्गसङ्घर्षलाई विषय बनाएका उनका अन्य संस्मरणहरुमा ‘त्यो साँझ अब बाँच्छु भन्ने लागेन’ शीर्षकको संस्मरण हो । यो संस्मरण लेखक जनयुद्धका क्रममा सेनाको गिरफ्तारीमा परेको घट्नासँग सम्बन्धित छ । वास्तवमा सेनाको गिरफ्तारीमा परेका मानिस बाँचेर फर्केको बीरलै घट्ना मात्र छन् । जनयुद्धका क्रममा सबैभन्दा बढी मानिस मार्ने र बेपत्ता पारेर गायब गर्ने काम तत्कालीन शाहीसेनाबाट भएको थियो । सेनाको गिरफ्तारीमा परेर बाँच्नु संयोग नै मान्नपर्छ । क्याम्प कमाण्डको मुडको आधारमा भर पर्ने कुरा हुन्थ्यो । त्यसैले पनि श्रेष्ठले गिरफ्तारी परेपछि बयानका क्रममा गरिएका शारिरीक र मानसिक यातना शिविरहरुको अत्यन्त पाशविक घट्नाहरु देखेर र भोगेर आफू पनि बाँच्ने आशा मारेको अत्यन्त हृदयविदारक घट्नालाई प्रस्तुत संस्मरणमा समेटेका छन् । उनले भोगेका शिविरका वर्णनले नै समग्र सैन्य हिरासतको प्रवृत्ति बुझ्न सकिन्छ । त्यसैगरी ‘त्यो फेब्रुअरी’ शीर्षकको संस्मरण अरबी भूमिमा बिताएको क्षणको सम्झनामा कोरिएको भएतापनि नेपालको जनयुद्धको विषयमै परोक्ष रुपमा केन्द्रित भएको छ । अन्य संस्मरणहरु वर्गयुद्धको भावभूमिभन्दा पृथक रहेर आफ्नो व्यक्तिगत जीवनका क्रममा गरिएका कार्य, जागिर आदि विषयसँग जोडिएका छन् । तथापि ती संस्मरणहरुले पनि नेपाली समाजको चरित्र चित्रण गर्ने काम गरेका छन् । यसरी अनिल श्रेष्ठले संस्मरण विधाका माध्यमबाट प्रगतिशील र प्रगतिवादी धाराको साहित्यिक आन्दोलनलाई समृद्ध गर्नमा महत्वपर्ण भूमिका निभाएका छन् ।

कवितामा प्रतिबिम्वित स्वरहरु
प्रस्तुत कृतिको दोस्रो खण्ड कविताको खण्ड हो । उनले कविता र संस्मरणहरुलाई छ्यासमिस पारेर राखेका छन् । यसलाई लेखन मितिका आधारमा क्रम मिलाएर राखेको भए पाठकलाई कालक्रम बुझ्न सजिलो पर्ने थियो । अझ यसो भनौं कविता र संस्मरणहरुलाई अलगअलग खण्डमा क्रमबद्ध राखेको भए राम्रो हुने थियो । तर पनि कविताहरुलाई सर्सर्ती हेर्दा ०५५/०५६ सम्मका अवधिमा रचिएका छन् । यो अवधि भनेको जनयुद्धको उत्कर्षदेखि शान्तिप्रक्रियासम्मको अवधि हो । उनका कविताले वर्गबोधी चेतनालाई उठाएका छन् । तापनि प्रत्यक्ष युद्धमोर्चाका विषयलाई भने कमै छोएका छन् । यसले उनका कवितामा समकालीन सत्ताको चरित्र, त्यससँग विभिन्न जाति, वर्ग र लिङ्गका जनताले गरेका वैधानिक आन्दोलन, विद्रोह, आक्रोश र प्रतिरोधका झिल्काहरु पाउन सकिन्छ । जस्तो कि उनको पहिलो कविता ‘एउटी बादी आइमाईको पेटिकोटका टुक्राहरु च्यातिएर’ मा बादी महिलाहरुले सिंहदरबार अगाडि अर्धनग्न अवस्थामा भेला भएर गरेको आन्दोलनलाई प्रतिबिम्ब बनाएको छ ।

प्रस्तुत कविताले नेपालको राज्यसत्ताको चरित्रलाई उदाङ्गो पारेको छ । २१औं शताब्दीमा पनि दास र सामन्तकालीन जगमा जसरी बादी जातिले नारकीय जीवन भोग्नुपर्ने र उनीहरुले बाँच्नका लागि अन्य पेसा गर्ने वातावरण निर्माण गर्न राज्यले नसक्नु आदि जस्ता विषयको अन्तर्य कवितामा व्यक्त भएको छ । राज्यले बाँच्ने अधिकार देओस् भनेर गरिएको आन्दोलन दबाउन बल प्रयोग गर्नु भनेको कवितामा भने जस्तै ईंजारहरु खुस्किएर स्खलित भएको सिंहदरबार झन् बढी नाङ्गो हुनु हो ।

जब सिंहदरवारको गेटअघि
बाहिर पहरा दिइरहेका सिपाहीका आँखाहरु
पर्खालहरुमाथि झुण्डिरहेका झण्डाहरुलाई हेर्दै
कामुकता प्रदर्शनी गर्छन्
र त्यसका ईंजारहरु खुस्किएर
सिंहदरवार स्खलित हुन्छ

दोस्रो कविता ‘र यी लखन थापाहरु’ मा राणाकालीन शहीद लखन थापाको विरासत पछ्याएर हजारौं लखन थापाहरु जन्मेको भाव व्यक्त गरेका छन् । जहाँ अझै पनि लखन थापाहरुको सपना साकार नभएको बरु अझै चर्को मूल्यसहितको वर्गसंङ्घर्षको आवश्यकता रहेको विषयलाई कवितामा प्रस्तुत गरिएको छ । लखन थापाहरु जस्तै धेरैले बलिदान दिँदा पनि लखनहरुको सत्ता स्थापना हुन नसकेको कुरालाई प्रस्तुत कवितामा अनिलले आफ्नो भाव व्यक्त गर्छन् ः

यी लखन थापाहरुले शहादत गरेको भूमि
जयासी चुमीमगर
र कालु लम्सालहरु मेरा आँखा
अघि आउँछन्
र मेरो कानैनिर सुटुक्क
भन्छन्–‘खै,अब यो ठाउँ
लखन थापाहरुकै भएन’

प्रस्तुत सङ्ग्रहको अर्को महत्वपूर्ण कविता ‘साइँली कमिनीको देश’ हो । साइँली कमिनी नेपाली वर्गसमाजको प्रतिनिधि पात्र हो । नेपाली समाजमा दलित, उत्पीडित वर्ग र जातिका मानिसहरुले दोस्रो दर्जाका नागरिकको रुपमा नारकीय जीवन बिताउन परेको छ । सधैंभरि अभाव, गरिबी, बेरोजगारी, अशिक्षा, भोको, नाङ्गो जीवन बिताउनु परेको साइँली कमिनीहरु जस्ता जनतालाई अहिलेको लोकतन्त्र वा गणतन्त्रले पनि केही गर्न नसकेको प्रति कटाक्ष गर्दै उनी कविता मार्फत् भन्छन् ः

ओखतीले बाँच्न पाए
अरु बाँच्ने थिएँ कि जीवन
अरु देख्न सक्थें कि दुनियाँ
कस्तो हुन्छ लोकतन्त्र ?
कस्तो हुन्छ गणतन्त्र ?
देख्न सक्ने थिएँ हुँला

अवश्य पनि साइँली कमिनीहरु गाउँमा सिटामोल पनि खान नपाएर मरिरहेका छन् । शासक वर्ग भने तिनीहरुको रगत र पसिनाले निर्माण भएको ढुकुटी रित्याएर विदेश सयर गर्छन् । यस्तो नियति छ हाम्रो मुलुकको । यस्तै ‘अगेना छेउको घाम’, ‘झुसिल्कीराहरु’, ‘रुघा लागेपछि’, ‘सिंहदरबार’, ‘मुर्दाहरुको गीत’, ‘सुनकोशीले घरखेत सबै बग्या’े, ‘किथिर्काले काटेको दिन…..’, आदि कविताहरुले वर्गीय उत्पीडनका बिषयलाई उठान गरेका छन् । उनका यस्ता कविताहरुले वर्तमानको यथार्थबोध गर्दछन् र तिनका विरुद्ध सचेतना जगाउने उद्घोष गरेका छन् । यसरी समग्रमा भन्नुपर्दा अनिलको प्रस्तुत कृति ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छन् यी गीतहरु’ ले जनयुद्धको इतिहासलाई बोकेका छन् र तिनले अहिले पनि जनयुद्धका राता सिपाहीहरुको यात्रा स्मरण गराउँछन् । युद्धका खाटा बस्न थालेका घाउहरुलाई कोट्याइदिएर निकै गहिरो गरी चिमोट्ने काम गरेका छन् अनिलले ।

अन्तमा, प्रिय अनिलजी, तपाईंको यो कृति पढ्दा मलाई अहिले पनि जनयुद्धका अत्यन्तै पेचिला घट्नाहरु ताजा भएर उभिएको अनुभूति हुन्छ । जनयुद्धका लक्ष्य, उद्देश्य अझै पुरा भएका छैनन् । वर्गसङ्घर्ष समाप्त भएको छैन । यो अर्को रुपले जारी नै छ । बिडम्बनाको कुरा त के छ भने कतै माओवादी पार्टीले पनि अबको कठोर सङ्घर्षको मुकाविला गर्ने अभियानलाई छाडेर सुधारवादी बाटोमा गएर समाप्त हुने त होइन ? भन्ने आशङ्का पैदा भएको छ । क्रान्ति निकै जोखिमपूर्ण मोडमा उभिएको छ । युद्धका केही सारथीहरुले व्यक्तिवादी एवम् सुविधाभोगी बाटो समातेर दक्षिणतिर ओरालो झरिरहेका छन् । यस्तो परिस्थितिमा अझै पनि छिम्कालेकमा गुञ्जिरहेका गीतहरुको सम्झनाहरु भइरहेको छ । त्यसैले म भन्छु अनिलजी, अझै पनि छिम्कालेकमा जनयुद्धका गीतहरु गुञ्जिरहेकै छन् । ती निरन्तर गुञ्जिरहनेछन् तबसम्म जबसम्म छिम्कालेकमा कुँदिएका युद्धयात्रीहरुका पाइलाका डोबहरु सिंहदरबार र भद्रकालीमा गएर आफ्नो अधिकार स्थापना गर्ने छैनन् । तसर्थ अबका सारथीहरुले ती गुञ्जिएका गीतहरुलाई आत्मसात् गर्दै स्वरलाई अझ उच्च बनाउन जरुरी छ ।

ज्योति, पूर्णाङ्क ११

‘मृत्युपर्व होइन मेरो देशमा’ प्रगतिवादी चेतना
नारायण मरासिनी

अनिल श्रेष्ठ प्रगतिवादी कवि हुन् । २०४६ सालपछिको विषम परिवेशबाट यिनको लेखन आरम्भ भएको हो । २०५२ सालबाट सुरु भएको जनयुद्धमा सशरीर सहभागी भएर नै यिनले काव्यलेखनको यात्रालाई गति दिएका हुन् । निरन्तर साधनामा लागेर यिनले समकालीन कविहरूका बिच आफ्नो छुट्टै एउटा पहिचान स्थापित गरेका छन् । यिनको ‘मृत्युपर्व होइन मेरो देश’ कवितासङ्ग्रह अध्ययन गर्दा यसभित्रका कविताहरू नारा नभएर प्रगतिवादी कविताका वास्तविक नमुना बनेका छन् ।

सार
प्रगतिवाद जीवन र जगतलाई द्वन्द्वात्मक भौतिकवादी कोणबाट हेरेर मूल्याङ्कन एवं विश्लेषण गर्ने सिद्धान्त हो । समाजकेन्द्रित विश्वदृष्टिकोणमा आधारित माक्र्सवादको साहित्यसम्बन्धी अवधारणा नै प्रगतिवाद हो । प्रगतिवादले शोषण–अन्याय र अत्याचारको विरोध गर्दै सभ्य समाजको निर्माणतर्फ मानवीय चेतनालाई उन्मुख गराउँछ । समाजलाई अँध्याराबाट उज्यालातर्फ, कुदिनबाट सुदिनतर्फ, कुरूपताबट सुरूपतातर्फ रूपान्तरित गराउँदै युगानुकूल परिवर्तनका लागि प्रेरणा दिने हुनाले प्रगतिवाद परिवर्तनको सिद्धान्त हो । प्रगतिवाद अन्धकारमय जीवनलाई उज्यालो दिने अर्थात समृद्ध बनाउने सिद्धान्त हो । समतामूलक समाजको निर्माण यसको अभीष्ट हो । अनिल श्रेष्ठ यही सिद्धान्तलाई अङ्गीकार गर्ने प्रगतिवादी सोच भएका कवि हुन् । यिनको ‘मृत्युपर्व होइन मेरो देश’ (२०५५,/दो.सं २०५७) प्रगतिवादी कविताहरूको सङ्ग्रह हो । यस सङ्ग्रहका कवितामार्फत कविले अन्धकारमय वर्तमानमा रहेर सुन्दर जीवनको खोजी गरेका छन् । प्रस्तुत लेखमा वर्गीय मुक्तिको चाहना अभिव्यक्त यस सङ्ग्रहका कवितालाई नेपाली धरतीमा विकसित जनयुद्ध (२०५२) को सापेक्षतामा व्याख्या–विश्लेषणको विषय बनाइएको छ । आफ्ना कवितामार्फत क्रान्तिलाई निमन्त्रण गर्ने अनिल क्रान्तिकारी कवि हुन् । यिनका कविताहरू प्रगतिवादी चेतनाले ओतप्रोत छन् । राजनीतिक रूपमा सचेत कवि अनिलले आफ्ना कवितामार्फत सर्वहारा वर्गको मुक्तिको चाहना व्यक्त गरेका छन् । जनयुद्धकालमा भएको राज्यआतङ्कको यिनले विरोध गरेका छन् । यिनी जीवनवादी कोणबाट कविता सिर्जना गर्ने कवि हुन् । यिनको वैचारिक चेतनाको खोजी गर्ने क्रममा प्रस्तुत लेखका लागि पूर्वप्रकाशित समीक्षाहरूको सहयोग लिइएको छ । सङ्ग्रहभित्रका ४० वटा कवितामध्ये क्रान्तिकारी विचार अभिव्यक्त ९ वटा कविताका आधारमा प्रगतिवादी चेतनाको खोजी गर्ने काम यस लेखमा गरिएको छ । अध्ययनका क्रममा साक्ष्यहरूसहित यस सङ्ग्रहलाई जीवनको सुन्दरताका लागि क्रान्तिको खोजी गर्ने प्रगतिवादी कविताहरूको सङ्ग्रह हो भनेर निष्कर्ष निकालिएको छ ।

मुख्य पद
प्रगतिवाद, उत्पीडन, स्वाधीनता, क्रान्तिचेतना, तानाशाही प्रवृत्ति, जनयुद्ध, राज्यआतङ्क, सर्वहारा वर्ग, वर्गीय मुक्ति, नयाँ यथार्थ ।

१) विषयप्रवेश
‘मृत्युपर्व होइन मेरो देश’ (२०५५/दो.सं. २०५७) कवि अनिल श्रेष्ठद्वारा रचित कवितासङ्ग्रह हो । यिनको जन्म तनहुँ जिल्लाको अदुवाखर्कमा वि.संं. २०२८ मा भएको हो । यिनले नेपाली साहित्यका विभिन्न विधामा कलम चलाएका छन् । आजसम्म यिनी कविता, कथाका साथै निबन्ध विधाका सिर्जनामा साधनारत छन् । यिनका हालसम्म ८ वटा कृति प्रकाशित छन् । ‘प्रजातन्त्र र पागल’ (२०५०) यिनको कथासङ्ग्रह हो भने ‘राष्ट्रले शोकधुन बजाएको छ’ (२०५१), ‘मृत्युपर्व होइन मेरो देश’ (२०५५/दो.सं. २०५७), ‘आरु फुलेको साँझ’ (२०६३), ‘मफलर युद्ध’ (२०६९/दो.सं. २०७१), ‘अनिल श्रेष्ठका प्रतिनिधि कविता’ (२०७३) कवितासङ्ग्रह हुन् । ‘फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरू’ (२०६६/दो.सं. २०६७) र ‘टाइगरहिलकी पुनम’ (२०७४) यिनका निबन्धसङ्ग्रह हुन् । यसै गरी समीक्षक तेजविलास अधिकारीद्वारा सम्पादित यिनका काव्यकृतिसँग सम्बन्धित विभिन्न स्रष्टा–द्रष्टाहरूका लेख–समीक्षाहरूको सङ्कलन ‘सिर्जन वैशिष्ट्यमा अनिल श्रेष्ठ’ (२०७४/दो.सं. २०७६) पनि प्रकाशित छ ।

२०४६ सालमा स्थापित बहुदलीय व्यवस्थाले थुप्रै जनवादी स्रष्टाहरू जन्माउने काम ग¥यो । उक्त व्यवस्था केही सीमित व्यक्तिहरूलाई मात्र आएको थियो, आम नेपाली सर्वसाधारण जनताका लागि आएको थिएन । उक्त व्यवस्थामा जनतालाई सर्वोच्च शक्ति मानिएको थिएन । केही सीमित अधिकार मात्रै तत्कालीन महाराजबाट जनताले प्राप्त गरेका थिए । आन्दोलनलाई सम्झौतामा टुङ्ग्याएर त्यस समयमा सयौँ वर्षदेखि पूरा हुन नसकेका जनताका इच्छाआकाङ्क्षामाथि कुठाराघात गरिएको थियो । सम्झौतामा टुङ्गिने आन्दोलन तथा युद्धहरू सच्चा क्रान्तिकारीहरूका निमित्त अभिशाप हुन्छन् । जनचाहनाविपरीत गरिने सम्झौताबाट सर्वहारा वर्गको मुक्ति सम्भव हुँदैन । यस यथार्थलाई इतिहासले पनि प्रमाणित गरिसकेको छ । बहुदलीय शासन व्यवस्थाका शासकहरूको स्वेच्छाचारी शासनका कारण नै २०५२ सालमा नेपाली सर्वहारा वर्गले सशस्त्र क्रान्ति अर्थात जनयुद्धको सुरुवात गर्नुपरेको हो । बहुदलीय निरङ्कुशताका गर्भबाट जन्मेका जीवनवादी स्रष्टाहरूलाई २०५२ सालबाट सुरु भएको जनयुद्धले हुर्काउने तथा मलजल पुर्याउने काम ग¥यो । अनिल श्रेष्ठ यही जनयुद्धको खुराक पाएर हुर्केबढेका कवि हुन् ।

सर्वहारा वर्गका नेपाली जनताले चाहना गरेको मुक्तिको उज्यालो २०४६ सालमा प्राप्त नभएकाले नै कवि अनिलले ‘मृत्युपर्व होइन मेरो देश’ (२०५५) प्रकाशन गर्न पुगेका हुन् । यस सङ्ग्रहमा सङ्कलित सम्पूर्ण कविता गद्य शैलीमा संरचित छन् । आकारका दृष्टिमा फुटकर कविताको औसत आकारमै सिर्जिएका छन् । ‘प्रसव’ शीर्षकको ११ पङ्क्तिको कवितादेखि लिएर ‘लिनोस् महोदय, बिक्रीमा छ यो देश’ शीर्षकमा ७८ पङ्क्तिसम्मको कविता गरी जम्मा ४० वटा कविता यस सङग्रहमा सङ्गृहीत छन् । यिनका ‘आरु फुलेको साँझ’ र ‘मफलर युद्ध’ प्रगतिवादी
कविताक्षेत्रका महत्वपूर्ण कवितासङ्ग्रह हुन् । यिनका कवितामा पाइने वैचारिक पक्षलाई विशेष महत्व दिँदै समीक्षक गोपीरमण उपाध्यायले लेखेका छन्ः

‘आरु फुलेको साँझ’ले दसवर्षे सशस्त्र युद्धका बिचमा भीषण रक्तपात, खर्बौअर्बको भौतिक संरचनाहरूको ध्वंस मात्र होइन, भविष्यका लागि सुन्दर रचना गर्ने सङ्कल्पलाई पनि जन्म दिएको छ । विगत दस वर्षमा रक्तपातपूर्ण युद्ध मात्र भएन, त्यहाँ सुन्दर साहित्य पनि सिर्जना भएको थियो भन्ने कुराको जब्बर प्रमाण हो अनिलको कवितासङ्ग्रह ‘आरु फुलेको साँझ’ । (उपाध्याय, २०६४, पृ. ४९)

अनिल सुन्दर कविताहरू सिर्जना गर्ने कवि हुन्, सुन्दर भविष्यको चाहना गर्ने आशावादी कवि हुन् । यिनका कवितालाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । यद्यपि यस लेखमा मूलतः ‘मृत्युपर्व होइन मेरो देश’मा सङ्गृहीत ४० वटा कवितामध्ये ९ वटा कविताका अंशलाई साक्ष्यका रूपमा प्रस्तुत गरी प्रगतिवादी चेतनाका कोणबाट ‘मृत्युपर्व होइन मेरो देश’को पर्यावलोकन गरिएको छ ।

२०४६ सालको परिवर्तनपछि नेपाली जनताले भोग्नुपरेका पीडालाई विषयवस्तु बनाइएका यस सङ्ग्रहका कविताहरू बहुदलीय अराजकता, सांसद खरिद–बिक्रीका प्रकरण, राष्ट्रियता तथा स्वाधीनताको वास्ता नगर्ने संसदीय नेतृत्व, भ्रष्ट प्रशासन र दलका स्वार्थी नेताहरूप्रति तीव्र घृणा एवं आक्रोशित भावको अभिव्यञ्जनाका साक्षी बनेका छन् । साहित्य परिवर्तनकामी जनताका लागि अदम्य साहस र शक्तिको स्रोत बन्छ भन्ने उद्देश्यबाट प्रेरित अनिलले आफ्ना कवितामार्फत नयाँ आलोकको खोजीमा हिँडेका यात्रीहरूलाई ऊर्जा दिएका छन् । जनमुक्तिको महासमरमा होमिएका अनिल सङ्घर्षलाई उचाइमा पु¥याएर सर्वसाधारण जनताका लागि सुकिला दिन ल्याउन चाहने कवि हुन् । सर्वसाधारण जनताका दुश्मनहरूप्रति घृणाभाव व्यक्त गर्दै यिनले आफ्ना कवितामार्फत क्रान्तिको बिगुल फुकेका छन् । ‘समीक्षा सन्दर्भ’ (२०६५) मा समीक्षक तेजविलास अधिकारीले अनिलको कवितात्मक प्रवृत्तिका सन्दर्भमा लेखेका छन्, “नेपाली धर्तीमा भएका र हुने हरेक परिवर्तनलाई अत्यन्त सजग भएर विचारधारात्मक मोडबाट सफलताको श्रेणीमा पु¥याउन तल्लीन स्रष्टा अनिल दस वर्षे जनयुद्धकालमा समेत जोखिम मोलेर नेपालीलाई परिवर्तनको दिशामा लैजान क्रियाशील सर्जक हुन्” (अधिकारी, २०६५, पृ. ९३) ।

अनिल क्रान्तिचेतनाले युक्त कलात्मक कविता सिर्जना गर्ने कवि हुन् । यिनै सर्जकको कवितासङ्ग्रह ‘मृत्युपर्व होइन मेरो देश’मा अभिव्यक्त प्रगतिवादी चेतनालाई नै यस लेखमा मुख्य विषय बनाइएको छ ।

२) समस्याकथन र उद्देश्य
अनिल श्रेष्ठ सबै किसिमका विभेदको अन्त्यको चाहना राख्ने कवि हुन् । सर्वहारा वर्गको मुक्ति नै यिनको कविता सिर्जनाको मुख्य वैशिष्ट्य हो । यिनी प्रगतिवादी विचारका आधारमा जीवनलाई समृद्ध बनाउन चाहने कवि हुन् । यिनका कवितामा वर्गद्वन्द्वको प्रस्तुति कुन रूपमा भएको छ र यिनले कुरूप यथार्थका बिचबाट सुरूपको खोजी कसरी गरेका छन् ? कवितामा आशावादी चिन्तन र क्रान्तिप्रतिको निष्ठा कुन रूपमा अभिव्यक्त छ भनेर अध्ययन गर्नु यस लेखको समस्या हो । जनयुद्ध (२०५२) मा लामबद्ध यात्रीहरूलाई यिनका कविताले कस्तो ऊर्जा प्रदान गरेका छन् भनेर अध्ययन गर्नुलाई पनि यस लेखमा समस्याका रूपमा प्रस्तुत गरिएको छ । ‘मृत्युपर्व होइन मेरो देश’ भित्रका कवितामा अभिव्यक्त क्रान्तिचेतलाई नेपाली भूमिमा विकसित जनयुद्ध (२०५२)बाट स्थापित नयाँ यथार्थको सापेक्षतामा अध्ययन एवं विश्लेषण गर्नु नै यस अध्ययनको उद्देश्य हो । कवितामा व्यक्त वर्गद्वन्द्वको प्रस्तुति, वर्गीय मुक्ति र कवितामा व्यक्त भएको आशावादी चिन्तनलाई प्रगतिवादी कोणबाट अध्ययन–विश्लेषण गर्नु यस लेखको उद्देश्य हो ।

३) अध्ययनविधि/सैद्धान्तिक पर्याधार
यस लेखका लागि अनिल श्रेष्ठद्वारा सिर्जित कवितासङ्ग्रह ‘मृत्युपर्व होइन मेरो देश’ का साथै द्वितीयक सामग्रीहरूको सहयोग लिइएको छ । पुस्तकालयमा गई विभिन्न विद्वान् समीक्षक÷समालोचकहरूले लेखेका सन्दर्भसामग्रीहरूको अध्ययन गरेर प्राप्त तथ्यसूचनाका आधारमा वर्णन र विश्लेषण गरिएको छ । द्वितीयक सामग्रीका रूपमा कवि अनिलका अन्य कृति तथा कवितासङ्ग्रहहरू एवं विभिन्न पत्रपत्रिकामा विभिन्न समयमा प्रकाशित अनिल श्रेष्ठका रचनासँग सम्बन्धित सान्दर्भिक लेख–समालोचनाको उपयोग गरिएको छ ।

प्रस्तुत लेखमा कवि अनिल श्रेष्ठको परिचयका साथमा प्रगतिवादी कोणबाट उनको ‘मृत्युपर्व होइन मेरो देश’ कवितासङ्ग्रहको विश्लेषण गरिएको छ । सैद्धान्तिक पर्याधारमा प्रगतिवादी मान्यताअनुरूप यस सङ्ग्रहभित्रका कवितामा अभिव्यक्त क्रान्तिचेतनाको अध्ययन गरिएको छ । कविले जीवन र जगत्लाई हेर्ने द्वन्द्वात्मक भौतिकवादी कोणबाट कविताको विश्लेषण गरिएको छ । समाजकेन्द्रित विश्वदृष्टिकोणमा आधारित माक्र्सवादको साहित्यसम्बन्धी अवधारणाअनुरूप यस सङ्ग्रहमा सङ्मलित कविताहरूको अध्ययन गरिएको छ । कवितालाई कविताका सम्पूर्ण तत्वका आधारमा नभई वैचारिक दृष्टिलाई आधार मानेर अध्ययन गरिएको छ । २०५२ सालबाट नेपाली धर्तीमा विकसित जनयुद्धको सापेक्षतामा कविताहरूको विश्लेषण गरिएको छ । कवितामा शोषण–अन्याय र अत्याचारको विरोध गर्दै सभ्य समाजको निर्माणतर्फ मानवीय चेतनालाई उन्मुख गराइएको छ कि छैन भनेर प्रगतिवादी वैचारिक कोणबाट अध्ययन गरिएको छ । वर्गीय मुक्तिको चाहना एवं समाजलाई अँध्याराबाट उज्यालातर्फ र कुरूपताबाट सुरूपतातर्फ रूपान्तरण गर्नका लागि अपनाइएको विचारलाई माक्र्सवादी सौन्दर्यका आधारमा अध्ययन गरिएको छ । कवितामा अभिव्यक्त क्रान्तिकारी आशावाद र युगानुकूल परिवर्तनको भावलाई अध्ययन गर्न माक्र्सवादी सौन्दर्यको आधार लिइएको छ ।

प्रस्तुत लेखमा सङ्कलित तथ्यहरूका आधारमा कविता ‘मृत्युपर्व होइन मेरो देश’ कविता सङ्ग्रहभित्रका कविताहरूको विश्लेषण गरिएको छ । सङ्कलित तथ्य एवं विषयवस्तुको विश्लेषण वर्णनात्मक शैलीमा गरिएको छ, नेपाली भूमिमा सञ्चालित जनयुद्ध (२०५२)का सापेक्षतामा यस सङ्ग्रहका कविताहरूको विश्लेषण गरिएको छ । व्याख्या–विश्लेषणका क्रममा विभिन्न उपशीर्षकहरूको योजना गरिएको छ । विश्लेषण खण्डको अन्त्यतिर गएर कवितामा प्रयुक्त विम्ब र प्रतीक संयोजनको सङ्क्षिप्त चर्चा गरिएको छ । प्रसङ्बस अन्य कृतिका केही सन्दर्भसङ्केत आए पनि कवि अनिलका सबै कवितासङ्ग्रह र यसै सङ्ग्रहभित्रका पनि सबै कविताको अध्ययन यहाँ गरिएको छैन ।

४) सीमाङ्कन
प्रस्तुत लेखमा कवितामा हुनुपर्ने सम्पूर्ण तत्वका आधारमा नभई विचार पक्षलाई आधार मानेर कविताहरूको अध्ययन गरिएको छ । ‘मृत्युपर्व होइन मेरो देश’ कविता सङ्ग्रहभित्रका सबै कविताको अध्ययन–विश्लेषण यसमा गरिएको छैन, सङ्गृहीत ४० वटा कवितामध्ये ‘आजभोलि स्यालहरूको दरबारभित्र’, ‘भोलिको मेरो बिहान र युगको एउटा कथा’, ‘रोल्पाली आमा’, ‘शब्दयुद्ध’, ‘भुइँकुहिरो र समर गीतहरू’, मृत्युपर्व होइन मेरो देश’, ‘सपनाहरूको अर्थ’, ‘प्रेयसीसँग’ र ‘म तिम्रो नाम पढिरहेको छु’ गरी ९ वटा कवितामा अभिव्यक्त प्रगतिवादी चेतनाको विश्लेषणमा यस अध्ययनलाई सीमित गरिएको छ ।

५) ‘मृत्युपर्व होइन मेरो देश’मा अभिव्यक्त प्रगतिवादी चेतना
अनिल श्रेष्ठ अग्रगामी चेतनाका कवि हुन् । यिनी पुरानो सत्ताको ध्वंस गरेपछि मात्रै सुनौलो संसार अर्थात सुन्दर समाज निर्माण हुने कुरामा विश्वस्त छन् । यिनको ‘मृत्युपर्व होइन मेरो देश’ कवितासङ्ग्रहका कवितामा नेपालमा तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित सशस्त्र द्वन्द्वको समयमा नेपाली जनताले भोग्नुपरेको त्रासदी पाइन्छ । तत्कालीन कुरूपताका विरूद्धमा सिर्जित कविताका आधारमा यिनको प्रगतिवादी चेतनालाई निम्न उपशीर्षकमा राखेर अध्ययन–विश्लेषण गरिएको छः

५.१ नयाँ यथार्थको प्रतिविम्बन र आशावादी चिन्तनको अभिव्यक्ति
नेपाली साहित्यमा नेकपा माओवादीले जनयुद्ध सुरु गरेपछि अर्थात २०५२ सालदेखि विकसित यथार्थ नयाँ यथार्थ हो र ‘मृत्युपर्व होइन मेरो देश’ भित्रका अधिकांश कवितामा सशस्त्र युद्धबाट विकसित यही नयाँ यथार्थको प्रतिविम्बन छ । यस सङ्ग्रहका कवितामा कविले पुरानो सत्ताप्रति निर्मम प्रहार गर्दै सामन्ती अभिजात्यवादका विरुद्धमा आप्mनो लेखनीलाई सशक्त बनाएका छन् । जीवनप्रति आशावादी हुँदै यिनले सुन्दर जीवनका लागि सुनौलो बिहानीको खोजी गरेका छन् । निरन्तरको सङ्घर्षपछि नयाँ जीवनको सुरुवात हुने कुरामा कवि आशावादी देखिन्छन् । ‘भोलिको मेरो बिहान र युगको एउटा कथा’ शीर्षकको कवितामा कविको आशावादी चिन्तन यस रूपमा प्रस्तुत भएको छः

सदियौंदेखि
कमलपित्तले ग्रस्त शरीरभित्र
नयाँ उज्यालोले दिनेछ एउटा नयाँ रक्तसञ्चार
आँखाहरूमा मिल्नेछ एउटा नयाँ दृष्टि
फेरि एकपटक हामी इतिहासमा
वयस्क देखिनेछौँ
र नयाँ स्फुर्तिमा एउटा नयाँ जीवन
रमाउनेछौं । (पृ.२०)

यहाँ कवि आशावादी देखिएका छन् । उनी वर्तमान अन्धकार हट्छ भन्नेमा विश्वस्त छन् र भोलिका सुदिनहरूका लागि प्रतिक्षारत छन् ।

५.२ कुरूप वर्तमानको यथार्थ चित्रण
देशको सुन्दर मानचित्र कोर्ने अभियानका कुशल अभियन्ता हुन् अनिल । किसान, मजदुर, उत्पीडित, दलित, जनजाति, महिला लगायत गरिबनिमुखाहरूको हकअधिकारका पक्षपोषणमा अनिलका कविताहरू बेजोड देखिन्छन् । समीक्षक घनश्याम ढकालले ‘यथार्थवादी नेपाली समालोचना’(२०६२)मा यिनका काव्यप्रवृत्तिमाथि प्रकाश पार्दै यिनलाई क्रूर र कुरूप यथार्थको चित्रण मात्रै नगरी त्यसलाई परिवर्तन गरी सुरूपमा फेर्ने आकाङ्क्षाका कवि हुन् भन्दै लेखेका छनः

‘अनिल समकालीन यथार्थको नयाँ पक्षलाई प्रभावकारी ढङ्गले उद्घोष गर्ने कवि हुन् । यिनका कवितामा जनसमरका कारण सिर्जित राज्यआतङ्क र प्रतिरोध प्रतिध्वनित भएका छन् । यिनका कविताले वर्तमानको क्रूर र कुरूप यथार्थको चित्रण मात्रै गर्दैनन्, त्यसलाई परिवर्तन गरी सुरूपमा फेर्ने आकाङ्क्षाका साथ नयाँ सौन्दर्यको उपासना पनि गर्दछज् । मृत्युको खेल, रगतको होली, पीडा, भय, दर्द, उत्साह, प्रेरणा र भविष्यको आशाले जटिल बनेको वर्तमानमा अनिलका कविताहरू उभिएका छज् । (ढकाल, २०६२, पृ. १४६–१४७)

यसबाट स्पष्ट हुन्छ, अनिल सर्वहारा वर्गको मुक्तिका लागि कलम चलाउने कवि हुन् र यिनका कवितामा मुक्तिको चेतना प्रबल पाइन्छ । जनयुद्धकालमा तत्कालीन राज्यसत्ताको क्रूरतालाई यिनले यथार्थ रूपमा प्रस्तुत गरेका छन् ।

अनिल वर्तमानमा छाएको अन्धकारलाई चिरेर उज्यालो दिन ल्याउन चाहने कवि हुन् । गरिबनिमुखा जनताका लागि सुदिन भिœयाउन चाहने कवि हुन् । यसै सन्दर्भमा ‘मृत्युपर्व होइन मेरो देश’ को भूमिकामा ऋषिराज बरालले लेखेका छन्ः
‘२०४६ सालपछि आम जनमानसले जेजस्तो स्थिति र परिवेशको चाहना गरेको थियो त्यसको बदलामा सत्तामा पुगेकाहरूले जनतालाई हत्या, आतङ्क, असुरक्षा, महङ्गी र भ्रष्टाचार सिवाय केही दिन सकेनन् । पञ्चायती निरङ्कुशताका विरुद्ध आन्दोलनमा सरिक भएका नेपाली जनताको थाप्लामा बहुदलीय निरङ्कुशता बज्रियो । सत्तामा पुगेकाहरूले कालालाई रातो र रातालाई कालो भनेर जनतामा दिग्भ्रमित पार्ने काम गर्दै रहे । देश राज्यआतङ्क र जनहत्याको अटुट शृङ्खलामा डुबिरह्यो । आमाहरूले आफ्ना सन्तान गुमाए, साना नानीहरूको कोमल छातीमा समेत सरकारी आतङ्कका बुटहरू बज्रिरहे । लालीगुराँस फुलेका राता पहाडहरू लगायत तराईका फाँटहरूमा सत्ताआतङ्कको ताण्डवनृत्य चलिरह्यो, चलिरहेकै छ । कविको आँखाले बलात्कृत आमा, दिदी र बहिनीको पीडालाई नजिकैबाट देखेको छ र रगतपच्छे भएर लडिरहेका वीरहरूको आँखाको भाषालाई अनुभूत गरेको छ । कविले अँध्यारो बुझेको छ, विकृति र विसङ्गति सबै देखेको छ र यसका विरुद्ध उठिरहेका मुट्ठीहरू पनि देखेको छ र देखेको छ सङ्गीतको धुनसँग परेड खेलिरहेका राता मान्छेहरूको जुलुस । त्यसैले अनिलका कविताहरू वर्तमान कुरूपताका विरुद्ध सौन्दर्यको खोजीतर्फ प्रयासरत छन् । अँध्यारालाई चिर्ने उज्यालो प्राप्तिका लागि सङ्घर्षको उद्घोष बनेका छन् (बराल, २०५७, भूमिका) ।

यसबाट स्पष्ट हुन्छ कि २०४६ सालमा आएको प्रजातन्त्र गरिबनिमुखाहरूका लागि थिएन, केही सुकिलामुकिलाहरूका लागि मात्र थियो । बहुदलीय शासनकालमा केही दलका शासकहरूले आफ्नो स्वार्थलाई मात्र केन्द्रमा राखे, तिनीहरूले जनताको चाहनाअनुरूपको समाजवादको स्थापनामा चासो दिएनन् । तत्कालीन राज्यव्यवस्थाले गरिबनिमुखाहरूको हितमा काम गर्न सकेन उल्टै जनवादी शासन प्रणालीका पक्षधरहरूलाई सरकारले दमन गर्न थाल्यो । तत्कालीन राज्यसंयन्त्रले समाजवादको स्थापनामा कुनै चासो देखाएन । कविले गरिबनिमुखाहरूको शासन व्यवस्था ल्याउन चाहेका छन् र यही चाहनालाई उनले आफ्ना कवितामार्फत व्यक्त गरेका छन् ।

५.३ क्रान्तिप्रतिको प्रतिबद्धता
अनिल क्रान्तिप्रति प्रतिबद्ध र समर्पित कवि हुन् । यिनले आमालाई सृष्टिकर्ताका रूपमा सम्मान गर्दै विद्रोही चेत बोकेको तत्कालीन नेपाली क्रान्तिलाई ‘रोल्पाली आमा’ मार्फत सम्बोधन गरेका छन् । रोल्पा तत्कालीन क्रान्तिको उद्गम थलो पनि हो । रोल्पाबाट नै क्रान्तिको विकास भएको हो, विस्तार भएको हो । आमाहरू आफूले दुश्मनका प्रहार खेप्दाखेप्दै पनि क्रान्तिको बिउ जोगाइरहेका हुन्छन् अर्थात आफूभित्रको भ्रुणलाई सुनौलो बिहानका निमित्त जोगाउनुलाई आमाहरूले आफ्नो कर्तव्य ठानेका हुन्छन् । सुनौलो भविष्यका लागि भु्रणहरूले जन्म लिनु पर्छ । क्रान्तिका फिलिङ्गा हुन् भु्रणहरू जसलाई क्रूर, आततायी राज्यसत्ताले गर्भभित्रै रोकिराख्न सक्दैन भन्दै कवि लेख्छन्ः

शत्रुका अपशकुन आँखाहरूबाट
कसरी सुरक्षित राख्नुपर्छ आफ्ना शिशुहरूलई
त्यो मलाई थाहा छ
तिमी सङ्गीनले भरिएका रातहरू खडा गर
सयौं कुकृत्य गर
या बन्द गर
चेतना कुँज्याउने तिम्रा कालकोठरीहरूका
सम्पूर्ण काला पर्खालहरू
र मृत्युका कठिन घण्टाहरू सुनाऊ
तर तिम्रो क्रूर सत्ता
मेरो भु्रणहत्या गर्न सक्दैन । (पृ.३५)

वैचारिक कोणबाट जीवनको मूल्यबोध गराउँदै अनिलका कविताले सामाजिक रूपान्तरणका लागि क्रियाशील हुन आह्वान गरेका छन् । यिनका कविताको मुख्य स्वर मानवमुक्तिका लागि सङ्घर्ष हो । वर्गसङ्घर्षलाई आत्मसात गर्दै त्यसलाई गति दिने काम यिनका कवितामा भएको छ । साहित्य राजनीतिको शक्तिशाली हतियार हो र कविता पनि सङ्घर्षकै एउटा रूप हो भन्ने यथार्थलाई कविले स्वीकार गरेका छन् । क्रान्तिप्रतिको प्रतिबद्धताबाट कवि विचलित भएका छैनन् ।

५.४ स्वतन्त्रताको चाहना, विद्रोही चेतना र संशोधनवादको विरोध
कवि अनिल राष्ट्र र जनतालाई अन्याय–अत्याचार, शोषण, उत्पीडनबाट मुक्त पार्न चाहन्छन् । यिनले आफ्ना कवितामा स्वतन्त्रताको पारिलो घाम छेक्नेहरूको दोहोलो काढेका छन् । घाम सबैका लागि साझा हुनुपर्छ । घाममा सबैको अधिकार बराबर हुन्छ । घामका किरणमाथि सीमित व्यक्तिले आधिपत्य जमाएकामा कवि आक्रोशित बनेका छन् । यिनी सुन्दर बिहानीको आशामा उदाउँदै गरेको घामको गीत गाउन चाहन्छन् । घामलाई स्वतन्त्रताको प्रतीक बनाउँदै ‘भुइँकुहिरो र समर गीतहरू’ कवितामा यिनी लेख्छन्ः

यो समर ऋतुमा
मलाई अति प्रिय लाग्छ घामका नयाँ किरणहरू
घामले नै मलाई न्यानो दिन्छ
र रातहरूबाट कठ्याङ्ग्रिएका हातहरूलाई प्रेरणा दिन्छ
म पक्षपाती हुँ घामको
यो सुन्दर बिहान बोकेर उदाइरहेको घामको
म एउटा गीत गुनगुनाइरहेको छु । (पृ. ४४)

केही व्यक्तिहरू भुइँबाट टिपिरहेछन्
र झोलाभित्र कैद गरिरहेछन् धामका राता किरणहरू
म भन्छु– छाड, घामलाई खेल्न देऊ
घामलाई अझै फुल्न देऊ
खोचहरूसम्म पुग्न सकेको छैन घाम
घामलाई खोचहरूसम्म पुग्न देऊ । (पृ. ४५)

विद्रोहको आगो ओकल्दै कवि निरन्तर सङ्घर्षमा लाग्न सबैलाई आग्रह गर्दछन् । समयको मागअनुसार व्यक्तिवादको सङ्कीर्णताभन्दा माथि उठेर शोषित, उत्पीडित, दलित तथा सङ्घर्षको मैदानमा ओर्लेका जनतालाई अनिलका कविताले सहयोग पु¥याएका छन् । कविले आफ्ना सबैजसो कवितामा साम्यवादी समाजको सपनालाई प्रस्तुत गरेका छन् । सौन्दर्यशास्त्री चैतन्य लेख्छन्, ‘२०४६ मा केही शक्तिले सामन्तवादी सत्तासँग सम्झौता गरी युद्ध टुङ्ग्याएकामा अनिल आक्रोशित भई निर्णायक युद्ध लड्नुपर्छ भन्दै वर्गसङ्घर्ष र युद्धका पक्षमा जोडदार आवाज व्यक्त गर्दछन्’ (चैतन्य, २०६४, पृ. ११४) । संशोधनवादी एवं प्रतिक्रियावादीहरूप्रतिको घृणाभाव अनिलका कवितामा अभिव्यक्त छ । दिनमा दुई छाक खान नपुगेर बैँसमै चाउरी परेका ग्रामीण अनुहारमा देखिने पीडालाई उनले राम्ररी बुझेका छ्रन् । शासकहरूले यही गरिबीलाई मागेर खाने भाँडो बनाएकामा उनको चित्त दुःखेको छ । गरिबीको मार खेपेका सर्वसाधारणलाई साम्राज्यवाद, विस्तारवाद र पुँजीवादका मतियारहरूले निर्ममतापूर्वक गोली बर्साएकामा कवि क्रूद्ध बनेका छन्, यिनमा विद्रोही चेत प्रबल छ । सर्वहारा वर्गमाथिको यस किसिमको प्रहारको प्रतिकारमा उत्रेपछि अन्तिममा जित न्यायप्रेमीकै हुनेछ र अवश्य पनि सुकिलो दिन आउनेछ, क्रान्ति सफल हुनेछ भन्ने दृढ विश्वास यस सङ्ग्रहका कवितामा अभिव्यक्त छ ।

५।५ सामन्तवादप्रति घृणा र राष्ट्रियताप्रतिको मोह
अनिलका कवितामा सामन्तवादप्रति चरम घृणाको अभिव्यक्ति पाइन्छ । नेपालमा सर्वहारा वर्गद्वारा साङ्गठनिक रूपमा सुरु गरेर उत्कर्षमा चुल्याइँदै गरेको मुक्तिको अभियानलाई क्षतविक्षत पारेर निरन्तर कालरात्री जगाउने उद्देश्यले यही देशभित्रको सामन्ती शक्तिले विस्तारवादी एवं साम्राज्यवादी शक्तिसँग गुहार मागिरहेको अवस्थामा तिनीहरूका विरुद्धमा पनि अनिलका कविता लक्षित छन् भन्दै नारायण मरासिनी लेख्छन्ः ‘आफ्नो राष्ट्रियतालाई सर्वोपरि मान्दै राष्ट्र र जनहितका विरुद्धमा लाग्नेहरूप्रति कडा विषवमन गर्ने काम अनिलका कवितामा भएको छ । यी कवितामा क्रान्तिकारीहरूमाथि राज्यले गरेको बर्बर यातना तथा दमनको विरोध पाइन्छ’ (मरासिनी, २०६७, पृ. २९२) । क्रान्तिकारीहरूका नाउँमा दलित र जनजातिका बस्तीहरूमा गोली बर्साएर निम्न वर्गलाई माथि उठ्नै नदिने सत्तासीन दमनकारी शासकीय प्रवृत्तिमाथि कविले प्रहार गरेका छन् । विकृत दिन हटाएर गरिबनिमुखाका लागि सुखका दिन भिœयाउने चाहनामा सिर्जित अनिलका कवितामा निरङ्कुश तानाशाही प्रवृत्तिको पतन अवश्यम्भावी छ भन्ने विश्वास अभिव्यक्त छ । जबसम्म देशमा सामन्तवाद रहन्छ तबसम्म समतामूलक समाजको निर्माण हुन सक्दैन । सामन्तवादको अन्त्यपछि मात्रै गरिबनिमुखाहरूका दिन फिर्छन् भन्दै कवि लेख्छन्ः

एक–एक चोटहरूको प्रहारले
जब एउटा बुढो गिद्धसँगै जर्जराउँदै
ढल्नेछ एउटा आदिमता
र मसानघाटमा बेपर्वाह सडिरहेको हुनेछ बुढो गिद्ध
त्यसबेला हामी गाउने छैनौँ
कुनै मृत्युञ्जयी गीतहरू
बदलामा हर्षोल्लासपूर्वक उठिरहनेछन् विजयी जुलुसहरू (पृ. ५१)

सामन्तवाद, विस्तारवाद र साम्राज्यवादप्रति घृणा व्यक्त गर्दै कवि अनिलले राष्ट्रियताका पक्षमा निर्भीकताका साथ कलम चलाएका छन् । सामन्तवादको जरा नउखेलेसम्म राष्ट्रियता बलियो हुन सक्दैन भन्दै यिनले राष्ट्रियता जोगाउनका निमित्त पराधीनताको विरोध गर्दै स्वाधीनताको गीत गाएका छन् ।

५.६ आमूल परिवर्तनको सपना
क्रान्तिकारीहरूले सपना देख्नुपर्छ भन्ने यथार्थलाई कवि अनिलले आत्मसात गरेका छन् । यिनी सपना देख्ने कवि हुन् । सपना देख्नुको अर्थ भोलिका लागि समृद्ध समाजको परिकल्पना गर्नु हो । समाजका विविध प्रवृत्तिका बिचमा रहेर यिनले सुनौलो भविष्यनिर्माणको सपना देखेका छन् । अनिल परिवर्तनका पक्षधर कवि हुन् र यिनका कवितामा विषयवस्तुको विविधता एवं व्यापकता पनि छ भन्दै समीक्षक रमेश भट्टराईले लेखेका छन् ‘उनले नेपाली समाजको वर्गीय, जातीय, लिङ्गीय उत्पीडनको चित्रण आफ्ना कवितामा सशक्त रूपमा गरेका छन्’ (भट्टराई, २०६९, भूमिका) । कवि अनिलले नेपालमा जातीय, लिङ्गीय, क्षेत्रीय लगायत सबै खालका विभेद र उत्पीडनको अन्त्यको सपना देखेका छन् । भोलिको उज्यालो बिहानको सपना देखेका छन् । समग्रमा यिनले साम्यवादको सपना देखेका छन् । वर्तमान विषम परिवेशमा उभिएर यिनले ‘सपनाहरूको अर्थ’ कविता’ मा सपनाको अर्थ खोजेका छन्ः

म मेरा सपनाहरूको अर्थको
खोजीमा छु । (पृ. ५२)

प्रगतिवादी कविहरू सपना मात्रै देख्दैनन्, त्यस सपनालाई विपनामा परिणत गर्न क्रियाशील रहन्छन् । क्रान्तिको सपना, सुनौलो बिहान ल्याउने सपना अर्थात शोषण र विभेदरहित समाजको परिकल्पना यहाँ कवि अनिलले देखेको सपना हो । कविले आमूल परिवर्तनको सपना देखेका छन्, वर्गीय मुक्तिको सपना देखेका छन्, समाजनिर्माणको सपना देखेका छन् ।

५.७ राज्यआतङ्कको विरोध र क्रान्तिप्रतिको निष्ठा
राज्यआतङ्कको विरोध गर्दै कवि अनिलले तत्कालीन दमनकारी शासकहरूका विरुद्धमा अभिव्यक्ति दिएका छन् । २०५२ सालबाट सुरु भएको जनयुद्धको समयमा राज्यआतङ्कले चरम रूप लिई ताण्डवनृत्य गरेकामा यिनका कवितामा तीव्र रोष प्रकट गरिएको छ । सिर्जनशीलहरूमाथिको धरपकड, दिनदहाडै अबला तथा ग्रामीण महिला एवं स्कुले नानीहरूमाथि तत्कालीन शाही सैनिकले गरेको बलात्कार, बिनाकसुर निहत्था किसान, दलित अर्थात सम्पूर्ण न्यायका पक्षधर सर्वसाधारणहरूलाई निरङ्कुशताको गोली प्रहार जस्ता कुकृत्य गरी मृत्यपर्व मनाउनेहरूका विरुद्ध अनिलका कविता दह्रो र खरो रूपमा उत्रेका छन् । यिनका कवितामा यस किसिमका प्रवृत्तिका विरुद्ध एकजुट भई महासमरमा ओर्लन सर्वहारा सबैलाई आग्रह गरिएको छ । जनयुद्धबाट नै यस कटु यथार्थको अन्त्य हुने विश्वास यिनका कवितामा अभिव्यञ्जित छ । जनयुद्धले क्रान्ति चेतना गर्भाधान गराएको यथार्थलाई कविले ‘प्रेयसीसँग’ शीर्षकको कवितामा यसरी प्रतिविम्बन गरेका छन्ः

भर्खरै सूर्य गर्भाधान भएको यस धर्तीबाट
टिपेर बिहानीका कलरव ध्वनिहरू
म तिमीलाई दिन्छु चराहरूको एउटा मिठो गीत (पृ. ६८)

यहाँ सूर्य गर्भाधान हुनुको अर्थ उज्यालो आउँछ अर्थात क्रान्ति सम्पन्न हुन्छ भन्ने हो । भोलि सुनौलो बिहानको उदय हुन्छ भन्नु कविको क्रान्तिप्रतिको निष्ठाभाव हो ।

५.८ सहिदहरूप्रति सम्मान
उत्पीडित जनताको सङ्गठित सङ्घर्षका क्रममा नेपाल आमाका होनहार छोराछोरीहरूले बलिदान गर्नु प¥यो । क्रूर यथास्थितिका विरुद्धमा लडाइँ लड्ने क्रममा देशले हजारौँको सङ्ख्यामा सहादत बेहोर्नु प¥यो । कतिपय निहत्था मानिसहरू राज्यआतङ्कको सिकार बन्न पुगे । कवि अनिलका कवितामा वर्ग सङ्घर्षको मैदानमा सहादत प्राप्त गर्ने नेपाली सन्ततिहरूप्रति सम्मानभाव व्यक्त गरिएको छ । ‘म तिम्रो नाम पढिरहेको छु’ सहिदप्रति समर्पित कविता हो । यस कवितामा अभिव्यक्त सहिदप्रतिको सम्मानभाव हेरौँः

दरौँदीका किनारहरुमा
निरन्तर फुलिरहेका छन् अजम्बरी कमलाहरू
र अत्यन्तै सुन्दर फूलको बिजारोपण भइरहेछ यस धर्तीमा
पानीको बेगवान् प्रवाहसँगै
तिम्रो नाम प्रज्वलित छ पानीभित्र
मानौँ आकाशमा देखिने
ती रातका प्रकाशपुञ्जहरू हुन् । (पृ. ४२)

नेपाल आमाका सपूतहरूको बलिदानले नै नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । कमला भट्ट छापामार योद्धा थिइन् । जनयुद्धको मैदानमा उनको सहादत भएको थियो । तिनै सहिद कमला भट्टको सम्मानमा कवि अनिलले यस कविताको सिर्जना गरेका हुन् । एउटा क्रान्तिकारी कविले सहिदहरूप्रति जुन किसिमको सम्मानभाव दर्साउनुपर्दछ त्यस किसिमको भाव कविले आफ्नो काव्यात्मक अभिव्यक्ति मार्फत व्यक्त गरेका छन् ।

५.९ विम्ब र प्रतीक योजना
बहुदलीय शासनकालमा तत्कालीन शासकहरूको निर्देशनमा सामूहिक रूपमा क्रान्तिकारीहरूलाई हत्या गरिएका स्थान विशेषका विम्बहरूको संयोजनका साथै कला, गला एवं लेखनका माध्यमबाट क्रान्तिचेतनाको विगुल फुक्ने क्रममा सहादत प्राप्त गर्न पुगेका जनवादी गायक, कलाकार तथा सर्जकहरूको योगदानको कदरस्वरूप पनि अनिलका केही कविताहरू सिर्जित छन् । सशस्त्र युद्धमा लामबद्ध हुन नचाहने तर आफूलाई प्रगतिवादी÷प्रगतिशील भनाउन रुचाउने जो हजारौँको बलिदान हुँदा पनि टुलुटुलु हेरेर बसेका छन् तिनीहरूप्रति अनिलले आफ्ना केही कवितामा आक्रोश पोखेका छन् ।

विम्ब र प्रतीक प्रयोगका दृष्टिले अनिलका केही कविताहरू अलिक अमूर्त पनि देखिन्छन् । अधिकांश कविता सरल हुँदाहुँदै पनि केही कवितामा यस्तो स्थिति देखिन्छ । ‘शब्दयुद्ध’ शीर्षकको कविताका सन्दर्भमा ताराकान्त पाण्डेय लेख्छन्, ‘अनिलले आफ्ना कवितामा देशमा चारैतिर हिंस्रक जङ्गल उम्रेको र ऐँजेरु समय व्याप्त रहेको विम्ब प्रस्तुत गर्छन् । ऐँजेरु पलाएकैले र देश त्यसको हिंस्रक जङ्गलमा परिणत भएकैले त जनताको जीवन असुरक्षित भएको छ’ (पाण्डेय, २०५९, पृ. १९०) ।

अनिलका कविताहरू सर्वसाधारण पाठकका लागि अलि सहज छैनन् भन्ने कुराको सङ्केत गर्दै घनश्याम ढकालले लेखेका छन्, ‘अमूर्त विचार र जटिल विम्बको प्रयोगले अनिलका कविताहरू केही दुरुह पनि बनेका छन्’ (ढकाल, २०६२, पृ. १४७) । ‘मृत्युपर्व होइन मेरो देश’ को भूमिकामा ऋषिराज बरालले लेखेका छन्ः ‘अनिल प्रतीक मन पराउने कवि हुन् । यिनी कतिपय कविताका सन्दर्भमा केही भावुक, केही अमूर्त र बढी बौद्धिकतायुक्त पनि देखिन्छन् । कतिपय सन्दर्भमा यिनका कविता प्रयोगात्मकतातिर लहसिएका पनि अनुभूत हुन्छन् । शिल्पसचेतता विचारको मूर्तिकरणको बाधक बनेको छ । यसले कविताको सरलता, सहजता र सम्प्रेषणीयतालाई बोझिलो बनाएको छ । (बराल, २०५७, भूमिका)

अनिलका कविताहरू सबै गद्य भाषामा संरचित छन् । कुनै कुनै कवितामा शिल्प पक्ष अलि जटिल किसिमको देखिन्छ । लयसंयोजनका दृष्टिमा अधिकांश कवितामा कविले सचेत रूपमै अन्तर्लयको आयोजना गरेका छन् । कविताहरू प्रतीकात्मक छन् । ग्रामीण समाज, राजनीतिक द्वन्द्व, प्राकृतिक परिवेश आदिसँग सम्बन्धित विम्ब र प्रतीकहरूको प्रयोग अनिलका कवितामा पाइन्छन् । कवितामा नयाँ किसिमका विम्बहरूको संयोजन पाइन्छ ।

५. उपसंहार
अनिल श्रेष्ठ प्रगतिवादी कवि हुन् । २०४६ सालपछिको विषम परिवेशबाट यिनको लेखन आरम्भ भएको हो । २०५२ सालबाट सुरु भएको जनयुद्धमा सशरीर सहभागी भएर नै यिनले काव्यलेखनको यात्रालाई गति दिएका हुन् । निरन्तर साधनामा लागेर यिनले समकालीन कविहरूका बिच आफ्नो छुट्टै एउटा पहिचान स्थापित गरेका छन् । यिनको ‘मृत्युपर्व होइन मेरो देश’ कवितासङ्ग्रह अध्ययन गर्दा यसभित्रका कविताहरू नारा नभएर प्रगतिवादी कविताका वास्तविक नमुना बनेका छन् । यिनी वर्तमान यथार्थलाई द्वन्द्वात्मक एवं भौतिकवादी चेतनाले हेर्ने कवि हुन् । यस सङ्ग्रहभित्रका कवितामा जनयुद्धकालीन यथार्थको अभिव्यक्ति पाइन्छ । ‘मृत्युपर्व होइन मेरो देश’ युद्धकालको कठिन घडीमा सिर्जित र प्रकाशित कवितासङ्ग्रह हो । यसमा मरणशील चिन्तन होइन, जीवनवादी चिन्तन छ । कविले जनताका दुश्मनहरूप्रति व्यक्त गरेको घृणाभाव तथा आक्रोश नाराका रूपमा आएका छैनन् । प्रगतिवादी कोणबाट अध्ययन गर्दा कविता कमजोर छैनन् सुन्दर छन् । सङ्ग्रहभित्रका कवितामा कला र विचारको सन्तुलन कायम भएको छ । विकृत वर्तमानलाई कविले दह्रो गरी प्रहार गरेका छन् । सर्वहारा वर्गको मुक्ति अभियानमा सिर्जित यी कवितामार्फत कविले सुन्दर भविष्यको खोजी गरेका छन् । कविताहरू कुरूपताका विरुद्धमा लक्षित छन् । क्रान्तिबाट नै गरिबनिमुखा नेपालीहरूको जीवनलाई सुन्दर बनाउन सकिन्छ भन्ने क्रान्तिकारी आशावादको भाव अनिलका यी कवितामा पाइन्छ । कविताहरू क्रान्तिचेतनाले ओतप्रोत छन् र यी कवितामा वर्गीय मुक्तिको चाहना व्यञ्जित भएको पाइन्छ ।

सौन्दर्यको खोजी तर्फ उद्दत कविताहरु
डा. ऋषिराज बराल

साहित्यको माध्यमबाट यथार्थको उद्वोधन गर्ने अभियानमा कविता विधा सबभन्दा सशक्त माध्यम बनेको छ वर्तमानमा । अनिल श्रेष्ठ यस्तै कवितामार्फत समकालीन यथार्थको सशक्त उद्वोधन गर्ने कविको नाम हो । समकालीन यथार्थको उध्र्वगामी पक्षलाई संश्लेषण गर्दै कवितालाई सङ्घर्ष अभियानको रुपमा अघि बढाउन उद्यत् रहेका कवि अनिल श्रेष्ठ २०४६ सालको जनआन्दोलन पश्चात् नेपाली कविताको क्षेत्रमा देखा परेका युवा पुस्ताका प्रतिनिधि कवि हुन् । निरन्तर साधना र आत्मसङ्घर्षको भावना उनको लेखनमा अनुभूत गर्न सकिन्छ । यसै अर्थमा समकालीन कविहरु बीच आफ्नो छुट्टै परिचय र पहिचान स्थापनार्थ सङ्घर्षरत् कवि हुन्–अनिल श्रेष्ठ । यथार्थको उदात्त र अग्रगामी पक्षको महागाथात्मक वर्तमानलाई समवेत स्वर दिन उद्यत छन् उनी । उनी वर्तमान सत्ताको उर्दीलाई चुनौती दिएर सहीदहरुको गीत गाउने कवि हुन् । उनी कविता मार्फत जनसमरको संगीतमा समाहित हुने कवि हुुन् ।

अनुभूत यथार्थको तात्क्षणिक अभिव्यक्तिका लागि कविता सबभन्दा प्रभावशाली र अनुकुल विधा हो । अझ जब क्रान्तिकारी दृष्टिकोणयुक्त कुनै कविले यथार्थको अग्रगामी पक्षलाई उदात्तीकरण गर्दछ, कविता साँच्चिकै सुन्दर बन्दछ । यतिखेर नेपाली साहित्यको समग्र पक्षमै कविता विधा सबभन्दा अगाडि रहेको छ र यस कार्यमा प्रगतिवादी नेपाली कविहरुको भूमिका महङ्खवपूर्ण बनेको छ । २०४६ सालपछि रुपवादी क्षेत्र एकदमै जड बनेको देखिन्छ भने प्रगतिवादी आन्दोलनभित्र पनि एउटा तप्का पलायनवादको दिशातिर तीव्र रुपमा अघि बढेर जाने क्रममा अग्रजहरुले अगाडि बढाएका समवेत स्वरमा स्वर थप्न केही युवा कविहरु प्रतिस्पर्धात्मक रुपमा प्रगतिवादी कविता आन्दोलनको क्षेत्रमा देखा पर्दछन् । यिनै युवा कविहरुको बीचमा चिनिएको एउटा नाम हो–अनिल श्रेष्ठ । वास्तवमा जब हामी प्रगतिवादी कविता लेखन र आन्दोलनको कुरा गर्दछौं र ०४६ सालपछिको युवा प्रतिभाहरुको नाम लिन्छौं हाम्रा सामु अनिल श्रेष्ठ, पुण्य कार्की, गंगा श्रेष्ठ, चेतकान्त चापागाईं, मोदनाथ मरहट्टा, नव गाउँले, ऋषि बस्ताकोटी, पूर्ण इन्फादा, लोकेन्द्र बिष्ट, के.एल.पीडित, अन्जान विरही, मुकेशचन्द्र राजभण्डारी, आदि युवा कविको नाम आउँछ । अनिल श्रेष्ठका आफ्नै केही निजी विशेषताहरु पनि छन् । कविता सिर्जना आफैमा एउटा सङ्घर्षको रुप हो र स्रष्टा निष्क्रिय भोक्ता बन्न सक्दैन । सिर्जनाको प्रमुख स्रोत उत्पादनकार्य र श्रमचेतना हो भन्ने कुरामा उनको कवित्वचेत प्रष्ट रहेको छ ।

यस सङ्ग्रहमा जम्मा ३० वटा कविता समाविष्ट छन् र कविले उल्लेख गरेझैं २०५० सालदेखि यताका कविताहरु यसमा सङ्ग्रहित छन् । त्यसैले यस सङ्ग्रहका कविताहरु २०४६ सालपछिको सामाजिक जीवनप्रतिको कविको सोच र समझका उपज हुन् । २०४६ सालपछि आम जनमानसले जेजस्तो स्थिति र परिवेशको चाहना गरेको थियो त्यसको बदलामा सत्तामा पुगेकाहरुले जनतालाई हत्या, आतङ्क, असुरक्षा, महङ्गी र भ्रष्टाचार सिवाय केही दिन सकेनन् । पञ्चायती निरङ्कुशताको विरुद्ध आन्दोलनमा सरिक भएका नेपाली जनताको थाप्लोमा बहुदलीय निरङ्कुशता बज्रियो । सत्तामा पुगेकाहरुले कालोलाई रातो र रातोलाई कालो भनेर जनतालाई दिग्भ्रमित पार्ने काम गर्दै रहे । देश राज्यआतङ्क र जनहत्याको अटुट श्रृङ्खलामा डुबिरह्यो । आमाहरुले छोराछोरी गुमाए, साना नानीहरुको कोमल छातीमा समेत सरकारी आतङ्कका बुटहरु बज्रिरहे । लालीगुराँस फुलेका राता पहाडहरु लगायत तराईका फाँटहरुमा सत्ता आतङ्कको ताण्डव नृत्य चलिरह्यो र चलिरहेकै छ । कविको आँखाले बलात्कृत आमा, दिदी र बहिनीको पीडालाई नजिकैबाट देखेको छ र रगतपच्छे भएर लडिरहेका वीरहरुको आँखाको भाषालाई अनुभूत गरेको छ । कविले अँध्यारो बुझेको छ, विकृति र विसङ्गति सबै देखेको छ र यसका विरुद्ध उठिरहेका मुठ्ठीहरु पनि देखेको छ र देखेको छ सङ्गीतको धुनसँग परेड खेलिरहेका राता मान्छेहरुको जुलुस । त्यसैले यसमा समाविष्ट कविताहरु वर्तमानको कुरुपताको विरुद्ध सौन्दर्यको खोजीतर्फ प्रयासरत् छन् । अँध्यारोलाई चिर्ने उज्यालो प्राप्तिका लागि संघर्षको उद्घोष बन्न पुगेका छन् । यसै अर्थमा यस सङ्ग्रहका कविता जनसमरको महान् यात्रामा हिँडेका यात्रीहरुका गीतहरु बनेका छन् । कवि सङ्घर्षको सगौरव घोषणा गर्दछन् । सिर्जनाका सम्पूर्ण फूलहरुलाई निरङ्कुशताका बुटले कुल्चेर मृत्युपर्व मनाउनेहरुका विरुद्धको आह्वान हुन् अनिलका कविताहरु । यिनले वर्तमानको सिङ्गो यथार्थ र यसले निर्दिष्ट गरेको दिशातर्फ पाइलालाई औंल्याएका छन् ः

अब म निर्वाध बोकेर हिँडिरहेको छु
केही आगोका शब्दहरु
र शब्दहरुबाटै
म निरन्तर प्रहार गरिरहेको छु युद्धअस्त्र
(शब्दयुद्ध)

कवि अनिल श्रेष्ठ शुरुमा कविता मार्फत मूलतः वर्तमानको चिरफार गर्दछन् । वर्तमानलाई देखाउँछन् र गाउँका मुखियाहरुको काला घोडाका टापहरुले गाउँलाई कुल्चेको यथार्थ प्रस्तुत गर्दछन् र काला कागहरुबाट हुने संयमित आक्रमणप्रति चिन्तित देखिन्छन् । क्रुर र कुरुप यथार्थलाई वर्तमानको सबभन्दा अकाट्य सत्य मानेर पैरवी गर्न तयार छैनन् उनी । उनी आफ्नो कवितालाई यसै क्रुरताको विरुद्ध उभ्याउन चाहन्छन् ।

सत्तामा रहेकाहरुले जेलाई सत्य र सुन्दर भनेका छन् त्यसभित्र घिनलाग्दो कुरुपता कविले देखेका छन् । राष्ट्रघातका विरुद्ध उठेका हातहरुलाई आततायी हातहरुले कसरी दिनदहाडै गोलीको शिकार बनाइरहेका छन् भन्ने कुरा कवि यसरी व्यक्त गर्दछन् ः

नागरिकता हराएर अनागरिक बनिरहेको छ देश
सीमा हराएर अतिक्रमण भोगिरहेछ देश
सुरक्षा हराएर असुरक्षित बनिरहेछ देश
भर्खरै आफ्नो हराएको सीमा खोज्दा
पिपलको बोटनेर हत्या भएको छ एउटा नेपाली ठिटो
(देश, कवि र कविता)

रातो झण्डा बोकेर रातो झण्डाकै विरोध गर्नेहरुसित होस् या रातो झण्डा देख्नेवित्तिकै आफ्नो मानसिक सन्तुलन गुमाउने तङ्खव होस् कवि उनीहरुको चिनारी आम जनतालाई गराइरहेका छन् । कवि निर्भिक भएर उनीहरुलाई चिनाउने र स्यालहरुको दरबारभित्रको नाटकको पर्दाफास गर्दै उनी भन्छन् ः

सूर्य माथिमाथि चढिरहेछ
र स्यालहरुको दरबारभित्र एउटा
महाभूकम्प उठिरहेछ
सूर्यलाई खसाल्ने प्रयत्नमा
असफलसिद्ध भएका छन् तिनीहरुका
कम्प्युटर जडानयुक्त हतियारहरु
र सम्बन्धविच्छेद भएका छन् टेलिफोन सर्किटका तारहरु
(आजभोलि स्यालहरुको दरबारभित्र)

‘रोल्पाली आमा’देखि कविको चिन्ता अब सोझै जनसमरसित गाँसिन्छ । कवि वर्तमानको विदु्रपता विरुद्ध अब सौन्दर्यको सम्बहनतिर उन्मुख हुन्छन् र जनसमरको गीततर्फ पाठकलाई प्रवृत्त गराउँछन् । ०५२ सालपछि महान् जनयुद्धको शुरुवातसँगै प्रतिक्रियावादी वर्गमा मात्र होइन आपूmलाई वामपन्थी भन्न चाहने कतिपय पार्टीहरुमा समेत एक किसिमको भूकम्प नै आएको यथार्थ हाम्रा सामु छन् । जनसमरले राजनीतिक क्षेत्रमा मात्र होइन सिङ्गो नेपाली समाजको संवेदनालाई हल्लाइदियो । यसले जमेर बसेको अनुभूति र संवेदनालाई पगाल्ने काम ग¥यो । जनसमरका गर्भबाट निस्केको यथार्थको नवीन पक्षले सिङ्गै नेपाली साहित्यलाई प्रभावित पा¥यो । अब एउटा सीमारेखा कोरियो –कतापट्टी ?

लेखक, कविका सामु त्याग, बलिदान र सौन्दर्यका अथाह उपमा र उदाहरण देखापरे । नयाँ नयाँ आदर्श नायक र सौन्दर्य बिम्बहरु निर्माण भए । ठाउँ अब केवल भूगोल र परिवेश रहेनन् । ती इतिहास बने । बेथान, धरमपानी, हापरे, त्रिवेणी, सिरुवानी, झिम्पे यी अब ठाउँको नाम मात्र रहेनन्, यी सौन्दर्यका नयाँ आयाम बने । अब छनौट प्रष्ट भयो । नवीन यथार्थको यो द्वन्द्वरत् स्थितिमा स्रष्टा उभिएको ठाउँ र विन्दुको खोजी हुनु असान्दर्भिक थिएन । महासमरको यो दृश्यलाई अगाडि राखेर हेर्दा समकालीन कविता लेखनको क्षेत्रमा कवि अनिल श्रेष्ठ हातमा शस्त्र लिएर निरन्तर दुश्मनको किल्लामा धावा बोलिरहेका कविको रुपमा देखिन्छन् । त्यसैले उनी घोषणा गर्छन् ः

यो युद्धस्तरबाट
म आफ्नो हृदयलाई सकुशल जोगाएर राख्ने छु
मेरो प्रिय मानिस
सुरक्षित राख्न आफ्नो हृदयलाई
मैले आफ्नो युद्धकवच भिरिसकेको छु
(युद्धोस्तरबाट)

यो देशमा चलिरहेको मुक्तिअभियानलाई तहसनहस पार्न साम्राज्यवादी शक्तिहरु को कसरी क्रियाशील छन् त्यो पनि कविलाई थाहा छ र संसारका तानाशाह र निरङ्कुश शासकका अनुहार सोहोरिएर कसरी नेपाली तानाशाहहरुको अनुहारमा अनुहार थुप्रिएको छ त्यो पनि कविलाई थाहा छ । सुन्दर बिहानीको घाममा मुस्कराएका लालीगुराँसका ओँठहरुलाई, जब आफ्नै मुक्त धरतीको निर्माणमा जुटेका जनसमरकर्मीहरुलाई बुट र सङ्गीनले क्षतविक्षत पारिन्छ, जब गोलीको पर्राले रक्तरञ्जित पारिन्छ, कविभित्रको मुक्ति चेतना घोषणा गर्दछ– ‘मृत्युपर्व होइन मेरो देश’ । कुनै पनि नादिरशाही प्रवृतिले मुक्ति धुनको गुन्गुनाहटलाई छेक्न सक्ने छैनन्,शहीद हुन लामबद्ध छन् मान्छेहरु भन्दै कवि भन्दछन् ः

एकएक चोटहरुको प्रहारले
जब एउटा बूढो गिद्धसँगै जर्जराउँदै
ढल्नेछ एउटा आदिमता
र मसानघाटमा बेपर्वाह सडिरहेको हुनेछ बूढो गिद्ध
त्यसबेला हामी गाउने छैनौं
कुनै मृत्युन्जयी गीतहरु
बदलामा हर्षोल्लासपर्वक उठिरहनेछन् विजयी जुलुसहरु
(मृत्युपर्व होइन मेरो देश)

जब हामी प्रगतिवादी नेपाली कविताको कुरा गर्दछौं, हाम्रो सामु प्रष्ट रुपमा एउटा इतिहास देखापर्दछ । कृष्णचन्द्र प्रधान, भूपी शेरचन, केवलपुरे किसान, गोकुल जोशी, युद्धप्रसाद मिश्र, पारिजात, नरेश शाक्य, वम देवान, यज्ञराज प्रसाई, विक्रम सुब्बा, कृष्ण पाख्रिन, वेणु आचार्य, विमल निभा, कुन्ता शर्मा, मञ्जुल आदिको एउटा इतिहास हाम्रा सामु देखा पर्दछ । आज यी कविहरु कहाँ छन् ? के गर्दैछन् ? कति जीवित छन्, कति क्रियाशील छन् ? कुन बाटोमा छन् ? अध्ययन र मूल्याङ्कनको बिषय बनेको छ तर इतिहासको निश्चित कालखण्डमा यी कविहरुले निर्माण गरेको बाटोलाई इच्छुक, पूर्णविराम, दिल साहनी, यज्ञबहादुर डाँगी, ईश्वरचन्द्र ज्ञवाली, आहुती, मणि थापा, बलभद्र भारती, राजकुमार केसी प्रभृति कविहरुले वर्तमानमा गति दिइरहेका छन् र यसै यात्रामा एउटा सशक्त हस्ताक्षर थपिएको छ–अनिल श्रेष्ठ । अनिलका कविता पढिसकेपछि सहजै अब यो कुरा घोषणा गर्न सकिन्छ ।

अनिल श्रेष्ठ प्रतीक मन पराउँछन् । कतिपय ठाउँमा केही भावुक, केही अमूर्त र बढी बौद्धिकतायुक्त पनि देखिन्छन् । कतिपय सन्दर्भमा उनका कविता प्रयोगात्मकतातिर लहसिएका पनि अनुभूत हुन्छन् । यथार्थतः बौद्धिकता, प्रयोगात्मकता आफैमा खराब कुरा होइनन् । तर बौद्धिकता र प्रयोगात्मकताको नाममा कविताको संरचना र विचारको प्रवाहतर्फ अमूर्तता र जटिलतातिर लाग्नु भने खतरनाक पनि हुनसक्छ । पहिलेको तुलनामा यस पक्षमा कवि सचेत देखिन्छन् । तापनि यस पक्षमा कविले अझै ध्यान दिनपर्ने आवश्यक देखिन्छन् । यसैगरी कवि अनिल श्रेष्ठ शिल्पप्रति एकदमै सजग देखिन्छन् । उनी शिल्प सचेतता भएका कवि हुन् । यसमा उनी प्रशंसायोग्य रहेका छन् तर शिल्प सचेतता विचारको मूर्तीकरणको बाधक बनेको छ । यसले कविताको सरलता, सहजता र संप्रेषणीयतालाई बोझिलो बनाएको छ । यस पक्षमा पनि कवि सचेत हुनु आवश्यक देखिन्छ । यस्ता केही कमी कमजोरीहरुलाई छाडिदिने हो भने कवि अनिल श्रेष्ठ निरन्तर साधना र आत्मसङ्घर्षप्रति प्रतिबद्ध कवि हुन् । उनमा रहेको यसै कवित्व प्रतिभा र क्षमताले उनलाई आफ्ना समकालीनहरुको बीच छुट्टैै चिनारी स्थापित गर्न सघाउन पु¥याएको छ भने उनमा रहेको स्पष्ट र सुसङ्गत दृष्टिकोणले गर्दा उनलाई वर्तमानको यथार्थको एउटा कुशल गायकको रुपमा परिचित गराएको छ ।

वर्तमान सत्ता असन्तुलित बन्दै गएको छ र पछिका दिनहरु यस्ता कविहरुका लागि अझ कष्टकर हुनेछन् । तर मलाई लाग्छ यस्तै कष्टकर दिन र समयहरुबाट नै अझ सुन्दर कविताहरु कविबाट जन्मनेछन् ।

‘मृत्युपर्व होइन मेरो देश’को भूमिकाबाट