निबन्ध – अनिल श्रेष्ठ

मैले कसरी श्रद्धाञ्जली लेखुँ ?
साँझ चकमन्न छ ।  हिजोअस्ति झैं फेरि ज्वरो बढेको छ । ज्वरोसँगै बढ्छ एउटा अत्यास । र, बढ्छ एउटा नीरवता । ज्वरोले शरीर शिथिल छ ।

घरको छतको एउटा भित्तोलाई अडेस हालेर बसेको छु । तातो हावाले साँझलाई अझै उच्चाटलाग्दो बनाउँछ । उँभो आकाशमा ताराहरु छन् । मन ताराहरुसँग एकतमास छ । आकाशको गहिराइलाई नियाल्छु । छतमा किरिङमिरिङ अँध्यारो खेलिरहन्छ । र, आँखामा एउटा शून्यता आएर बस्छ ।

‘ऊ फेरि एउटा अर्को तारा खस्यो । आज आकाशबाट कति ताराहरु खसिरहेका छन् हँ !’ बर्बराउँछु ।

‘के भो ?’ नजिकै टाँसिएर पानीपट्टी लगाइरहेकी जमुना मलाई झक्झक्याउँछिन् । थर्मामिटर झिकेर मेरो काखीमा राख्छिन् ।

१०४ डिग्री ।

ज्वरो उस्तै छ ।

‘ज्वरो कस्तो नघटेको अझै ।’ उनको स्वरमा एउटा अवरोह छ । उनले भाँडामा चिसो पानी फेरिन् । र, मेरो निधार र हातगोडामा चिसो पानीले पानीपट्टी लगाइरहिन् ।

‘कहिल्यै बिरामी नहुनेलाई डेङ्गुले थल्यायो ।’ जमुनाले मलाई ढाडस दिइन् ।

टोलका छिमेकीहरु पनि उस्तै थिए । कोही तङ्ग्रिदै थिए, कोही सुत्दै थिए । यसपटक आँबुखैरेनीका धेरै घरपरिवारलाई डेङ्गुको प्रकोपले लडायो । महामारीको रुपमा आँबुखैरेनी बजार र यसको वरपरका क्षेत्रहरुमा डेङ्गुको सङ्क्रमण फैलियो । बच्चा, केटाकेटी, बुढाबुढी, विद्यालय, व्यापारी, कार्यालय, स्वास्थ्य संस्था, लगभग सबै क्षेत्र डङ्गुले प्रभावित बन्यो ।

डेङ्गुले सङ्क्रमित नभएको कुनै घरपरिवार रहेन ।
०००

‘हैन, तारा सरको स्मृतिग्रन्थको लागि लेख नपठा’ ? साथीहरुले ढिलो गर्नु भएन क्या ।’ काठमाण्डौबाट मोदनाथ मरहट्टाको गुनासो मोबाइलमा बज्यो ।  भदौको गर्मी उस्तै छ । बेलुकी पनि हावा फिटिक्कै छैन । आँखाअघिल्तिरै ताराकान्त पाण्डेय सरको सपाट चित्र आएर बस्यो । एक सालअघि यही छतमै एकाध घण्टा हामी एकअर्काको आमनेसामने बसेर गफ गरिरहेका थियौं ।

चितवनमा रविकिरण निर्जीवको ‘शब्दविम्बमा रविकिरण निर्जीव’ किताबमाथिको परिचर्चा कार्यक्रम सकेर ताराकान्त सर र म दुवै जना सँगै स्कुटरमा आँबुखैरेनी आएका थियौं । साथमा मोटरसाइकलमा गोरखाका कवि गोपाल मरहट्टा र उहाँको मेडम हुनुहुन्थ्यो । आँबुखैरेनीकै होटल एक्ल् मा चारैजनाले सँगै कफी पिएर गोपाल सर र मेडम गोरखा फर्कनु भयो । ताराकान्त सरलाई लिएर म आफ्नो घर आएँ । भोलिपल्ट बिहान उहाँ काठमाडौं फर्कनु भयो ।

मोदनाथ मरहट्टाको मोबाइल फोनले अहिले मलाई फेरि झस्काएको छ । जमुना मलाई एकटकले नियाल्छिन् । यो छतमा ताराकान्त सरको विस्मृति फेरि बल्झिएको छ ।

‘एकदिन काठमाडौं शिला मेमलाई भेट्न जानु पर्ने ।’ जमुना भन्छिन् । उनको स्वर व्यथित छ । र, आँखामा ताराकान्त सरको झमmल्को छ ।
०००

बग्रेल्ती छन् यादहरु । २०५१ सालमा प्रकाशित मेरो पहिलो कविता सङ्ग्रह ‘राष्ट्रले शोकधुन बजाएको छ’ मा ताराकान्त पाण्डेयको भूमिका रहेको छ । स्मृतिमा खेल्छ काठमाडौं नरदेवी रक्तकालीमा रहेको ऐश्वर्य छापाखाना । त्यहाँ सधैजसो भइरहने एउटा साहित्यिक भेटघाट । डा. ताराकान्त पाण्डेय, कृष्ण सेन इच्छुक, ईश्वरचन्द्र ज्ञवाली, डा. ऋषिराज बराल, गोपिन्द्र पौडेल, बन्धुदेव पाण्डे लगायतको एउटा साहित्यिक जमात । ती राजनीतिक विचारमा माक्र्सवादी थिए र माक्र्सवादी सौन्दर्यशास्त्रका चिन्तक । साहित्यको लिप्साले तानिएर त्यही जमातमा साथीहरुसँग कहिलेकाहीं पुगिरहन्थें म । पञ्चायती व्यवस्थाको क्रूर जेल बसाइबाट भर्खरै छुटेर आउनु भएको थियो कृष्ण सेन इच्छुक । सधैं केही न केही लेखिरहन उत्साहित गरिरहनु हुन्थ्यो मलाई । त्रिचन्द्र क्याम्पसको चौर र प्रतिभा प्रवाहका कार्यक्रमहरुले मलाई ती अग्रजहरुसँग सामीप्य रहने अवसर जुराइरहन्थ्यो । एकदिन मैले पत्रपत्रिकाहरुमा प्रकाशित रहेका आफ्ना केही कविताहरुको पाण्डुलिपि लिएर ऐश्वर्य छापाखाना पुगें र चिन्तन प्रकाशनका प्रकाशक बन्धुदेव पाण्डेलाई त्यो पाण्डुलिपि बुझाएँ । बन्धु पाण्डे ऐश्वर्य छापाखानाका प्रोपाइटर पनि हुनुहुन्थ्यो । उहाँले पाण्डुलिपिलाई सहर्ष स्वीकार्नु भयो र प्रकाशनको अभिभारा लिनुभयो । भोलिपल्ट डा. ताराकान्त पाण्डेयको हातमा कविताको पाण्डुलिपि पुग्यो । केही दिनपछि उहाँको भूमिकासहित ‘राष्ट्रले शोकधुन बजाएको छ’ कविता सङ्ग्रह छापिएर बजारमा आयो । यसले मलाई थप उत्साह र आफ्नो लेखनप्रति अझै जिम्मेवार बनायो । विश्वविद्यालयको कक्षा कोठामा साहित्यको औपचारिक अध्ययन पाउन नसकेको मलाई डा. ताराकान्त पाण्डेयको सामीप्यता एउटा अनौपचारिक विश्वविद्यालय बन्यो । एउटा सुन्दर कविता सिर्जनाका लागि माक्र्सवादी सौन्दर्य दृष्टिकोण अनिवार्य हुने र यसले नै कविताको कला र विचारलाई सही ढङ्गले संयोजन गर्ने उहाँको वैचारिक प्रशिक्षणले मलाई सधैं सही मार्ग निर्देशन गरिह्यो । त्यसैले पनि मैले आफ्नो कवितालाई शैली र शिल्पका हिसाबले सधैं नयाँ बनाउने प्रयास गरिरहें । उहाँबाट मैले सधैं आफूलाई प्रशिक्षित हुने अवसर पाइरहें ।

आफ्ना पछिल्ला केही कविता सङ्ग्रहहरुको भूमिका लेखिदिनका लागि उहाँसँग कुरा गर्दा उहाँले मलाई भन्नुभएको थियो, ‘अब पनि भूमिका लेखेर तपाईंका कविताहरुलाई चिनाइरहनु पर्छ ? तपाईंका कविता आफै चिनिएका छन् । भूमिका आवश्यक होइन, तपाईंका कविताहरुमाथि समीक्षा हुनु चाहिँ जरुरी हो ।’

पहिलो कविता सङ्ग्रह बाहेक अरु कुनै सङ्ग्रहमा उहाँले भूमिका लेख्न मान्नु भएन । ‘भूमिकाले नयाँ लेखकहरुलाई प्रोत्साहित गर्छ र परिस्कृत हुन सहयोग पुग्छ, यत्ति हो ।’ उहाँ भन्नुहुन्थ्यो । उहाँले यति भनिदिँदा ‘साँच्चै म आफू पनि परिपक्क लेखक भएछु कि ! भन्नेझैं लाग्थ्यो ।

ताराकान्त सरले जहिल्यै एउटा सामान्य जीवन बाँच्नु भयो । त्रिभुवन विश्वविद्यालयको एउटा  प्रोफेसरले राज्यका सबै सुविधाहरु र पदीय मोहलाई त्यागेर सरल र इमानको जीवन बाँच्न खोज्नु पनि निकै कठिनको काम थियो जब कि उहाँका कनिष्ठहरु अनेक हत्कण्ठाले राज्यको उच्च तहमा पुग्न अवसरको राजनीति गर्थे र सत्ता चाकडीमा चुर्लुम्म डुब्थे । ताराकान्त सर यस्तो अवसरको राजनीतिबाट सधैं अलग रहेर इमानको जीवन बाँचिरहनु भयो । उहाँका हजारौं विद्यार्थीहरुले उहाँबाट सिक्नुपर्ने यो एउटा नैतिक पाठ पनि हो ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानको सदस्य–सचिव रहनु हुँदा र प्रतिष्ठानले कार्यक्रमहरु गरिरहँदा उहाँ मलाई फोन गर्नुहुन्थ्यो र बोलाउनु हुन्थ्यो । काठमाडौं र काठमाडौंबाहिरका धेरै कार्यक्रमहरुमा मैले उहाँहरुसँगै रहेर साहित्यिक यात्रामा सहभागी हुने अवसर पाएको छु । देशाटनमा रहेको छु । कला र साहित्यको विषयमा उहाँसँग विमर्श गरेको छु । माक्र्सवादी सौन्दर्यशास्त्रमा उहाँको अध्ययन निकै गहिरो थियो । प्रगतिवादी नेपाली कवितामा पहिलो विद्यावारिधि गर्नुभएको उहाँको ‘प्रगतिवाद र कविता’ (२०५६) कृति नेपाली साहित्यमा प्रगतिवादी कविताका शोधार्थीहरुका लागि पहिलो अध्ययन सामग्रीको रुपमा रहेको छ । विश्वविद्यालयका नेपाली साहित्यका शोधअनुसन्धानका विद्यार्थीहरुको लागि उहाँ पहिलो रोजाइ हुनुहुन्थ्यो । गहन अध्येता र सरल, शालीन व्यक्तिगत स्वभावका कारण पनि उहाँ विद्यार्थीहरुका लागि प्रिय  हुनुहुन्थ्यो ।

वैचारिक, साङ्गठनिक रुपमा पनि एउटै सांस्कृतिक सङ्गठनभित्र रहेकोले अभिभावकत्व मात्र नभइ सहकार्यले पनि मैले ताराकान्त पाण्डेयसँग सँगै रहने प्रसस्त समय पाएको छु । र, यसले मलाई वैचारिक ऊर्जा र सिर्जनात्मक लेखनमा सचेततापूर्वक अघि बढ्न बल दिएको छ । साहित्य सोद्देश्य हुन्छ । र, उद्देश्यमूलक साहित्यले नै अग्रगामी पाठक र समाज निर्माण गर्छ । साहित्यले लेखक, पाठक र समाजको एउटा त्रिकोण आयाम बनाउँछ । एउटा आयाम नहुँदा अर्को आयाम बलियो हुनै सक्दैन । यही त्रिकोण सम्बन्ध मेरो सोद्देश्य लेखन बनिरह्यो । ताराकान्त पाण्डेय सधैं मेरो प्रशिक्षक बनेर उभिइरहनु भयो ।
०००

फेरि छतको तातो हावाले बिथोलिदिन्छ मलाई । निरन्तरको पानीपट्टीले ज्वरोलाई झारिदिन्छ र जिउलाई अलिकति हलुका बनाइदिन्छ । जमुनाले अलिकति खानेकुरा अघिल्तिर ल्याएर राखिदिएकी छ । हेर्नु मन छैन । तितोले मुख बेस्वाद बनाइदिएको छ । मुखमा खानेकुरा हाल्यो, तितै छ । थालको भात तिहुन पनि गन्ध आउँछ । मान्छेलाई सिकिस्तै पार्ने यस्तो रोग त कसैलाई पनि नलागोस् है भन्छु मनमनै ।

‘प्रिय कवि, म पनि केही महिनाअघि डेङ्गुले सङ्क्रमित बिरामी हुँ । अहिले त ठिक भएकी छु । यो डेङ्गुले साह्रै गारो बनाउँछ । लामो समयसम्म पनि यसको असरले कमजोर बनाइरहन्छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला । सिघ्र स्वास्थ्यलाभको कामना छ ।’

मोबाइलको फेसबुक म्यासेञ्जर बक्समा हेटौडाबाट कवि शान्ति प्रियवन्दनाको म्यासेज आउँछ । साथीहरुको यस्तै सद्भावका शब्दहरुले पनि मनलाई दरो बनाउँछ ।

‘यहीँनिर ताराकान्त सर र म बसेर गफ गरेका थियौं ।’ जमुनालाई भन्छु ।

यस्तै गर्मी महिनाको एउटा साँझ थियो त्यो । घरको छतमा बसेर बत्तीको उज्यालोले झलमल्ल देखिएको आँबुखैरेनी बजार र मनकामनाका डाँडाहरुलाई नियालिरहेका थियौं । जुनकिरीजस्तै टिल्पिराइरहेका ताराहरु थिए आकाशमा । साहित्य र समसामयिक राजनीतिका विषयमा उहाँसँग भएका कुराकानीहरुले मलाई साहित्यको सौन्दर्यचिन्तनसँग सम्बन्धित धेरै कुराहरुमा आफूलाई प्रशिक्षित भइरहेझै लाग्यो । बारपाक–सुलिकोटको साहित्यिक यात्रामा ताराकान्त सर र शिला योगी मेडमसँग जमुनाको सँगैको यात्राले पनि घरमा ताराकान्त सरको आतिथ्यमा उसलाई सहज बनाएको थियो ।

‘कस्तो अकल्पनीय दुर्घटनाबाट बित्नु भयो !’ जमुनाको स्वरमा आद्रता छ ।

‘मलाई त अझै विश्वासै लाग्दैन । कार्यक्रममा उहाँसँगै हिँडिरहेको छु झैं लाग्छ ।’ भन्छु ।

मलिन छ बत्ती । वरिपरि बत्तीको आफ्नै उदास छाया खस्छ । आफ्नै सृष्टिचक्र छ प्रकृतिको । मान्छेले एकदिन आफ्नो सबै कर्महरु छाडेर जानुपर्छ । केबल बाँकी रहन्छन् उसका यादहरु । लेख्नेहरुले लेखिदिन्छन् एकदिन उसको उज्यालो कथा ।
०००

बिहानै मेरो मोबाइलमा आकाश अधिकारीको फोन बज्यो, ‘तपाईं काँ ?’

‘पसलमा ।’ उसलाई भनें

‘के गर्दै हुनुहुन्छ ?’

प्रायः फोनमा ठट्टा गरिरहने उसको बानीसँग जिस्किएर मैले भनें ‘आकाश अधिकारीसँग कुरा गर्दैछु ।’

‘ठट्टा होइन के । सिरियस्ली कुरा गर्दैछु । फेसबुक हेर्नु भो ?’

‘छैन ।’

‘ल, अमर गिरीको फेसबुक स्टाटस हेर्नुस र स्टाटसको कुरो के हो, मलाई खबर गर्नुस त । अहिले छुट्छु । पछि कुरा गरौंला ।’

मोबाइलको संवाद टुट्यो ।

यी अधिकारीले पनि के दोधारको कुरा गरेर छाडेको हो । मन अलमलियो ।

फेसबुक खोलें र अमर गिरी सरको स्टाटस खोजें । र, पढें । पसल बढार्दै गरेको मेरो हातको कुचो भुइँमा खस्यो । भाउन्न बनायो । थचक्क नजिकैको कुर्चीमा बसें । एकैछिन मन चकमन्न भो । मित्रलाल पंज्ञानीलाई फोन गरें । फोन उठेन । फेरि मोदनाथ मरहट्टालाई फोन गरें । काठमाडौंमै हुनुहुँदो रैछ ।

‘के हो के हो त नि । केही निक्र्योल भएन । हिरामणीलाई फोन गरेको, उठेन । जगदीशचन्द्र पनि अलमलमा हुनुहुन्छ, बोल्न सक्नु भा’छैन । पर्खनुस्, फेरि एकपल्ट हिरामणीलाई फोन गर्छु र तपाईलाई खबर गर्छु ।’ बुढाको ओसिलो आवाज सुनियो ।

बेला बेलामा बजिरहने मोबाइल फोनको घण्टीले पनि झस्काइरह्यो । अनेक दुविधाहरु मनमा खेलिरहे । कतैबाट कुनै खबर आइहाल्छ कि भन्ने लागिरह्यो । मोबाइलमा केहीछिन अघिको गोपाल मरहट्टाको मिसकल थियो । फोन गरें । उनी पनि मजस्तै अलमलमा थिए ।

निकैबेरपछि फेरि मोदनाथ मरहट्टालाई फोन गरें, ‘ए बुढा सर, के भो ? के खबर आयो ?’

‘हिरामणीसँग सम्पर्क भयो । हाम्रै तारा सर .....  ।’ त्यसपछि उनी बोल्न सकेनन् । फोन राखिदिएँ । दमौलीमा आकाश अधिकारीलाई ताराकान्त सर दुर्घट्नामा परेको र अमर गिरीको फेसबुक स्टाटस यथार्थ रहेको कुरा सुनाइदिएँ । उनी अरु केही बोलेनन् ।

‘ल अहिले राखिदिएँ ।’ उनलाई भनें ।

यथार्थ पनि कति अपत्यारिलो भइदिन्छ कहिलेकाहीँ । अप्रत्यासित रुपमा भोग्नुपर्ने घटनाहरुले मान्छेलाई कति साह्रो विचलित र विघटित बनाउँछ । क्षणभरलाई बिजुलीजस्तै चम्केर हराउँछ एउटा उज्यालो र त्यही उज्यालोमा हामी परको वस्तुको आकृतिलाई नियालेर अघि बढछौं र अँध्यारोको यात्रा तय गर्छौ । सायद धेरैले यसलाई जीवनको नोस्ताल्जिक मान्छन् ।

‘सर काठमाडौं आऊँ ?’ फेरि फोन गरें मोदनाथलाई ।

‘आज नआउनुस् । हिरामणी सर उतै हस्पीटलमा हुनुहुन्छ । दाङबाट तारा सरलाई लिएर बेलुकी हिँड्ने कुरा छ । अमेरिकाबाट छोरी भोलि आउँछिन् । तपाईं पर्सि बिहानै काठमाडौं हिँड्नु होला ।’ उहाँले भन्नुभयो ।

छिन छिनमा फेसबुक खोलिरहें र दाङको भालुवाङ बस दुर्घटनाको समाचारको अपडेट लिइरहें । बिहानैदेखि फेसबुकमा ताराकान्त पाण्डेयको फोटो र समवेदनाका पोष्टहरु आइरहेका थिए । अत्यासलाग्दो भएर दिन बित्यो ।

आज एकाबिहानै मात्र मेरो फेसबुक म्यासेन्जर बक्समा हिरामणी दुःखी सरको म्यासेज टुप्लुक्क देखा परेको थियो । शीला योगीको सपनाका मेघमाला कवितासङ्ग्रहमाथि मेरो समीक्षात्मक लेख मुलबाटो अनलाइनमा छापिएको लिङ्क थियो त्यो । ओहो ! यो समीक्षात्मक लेखको लिङ्क ताराकान्त सरले पाउनु भएपछि शीला योगी मेडमको कवितामाथिको यो लेखले मलाई पक्कै केही सुझावसहितको प्रतिक्रिया दिनुहुनेछ । मेरो मनले सोचेको थियो । तर संयोगले एकैचोटि मुलबाटोमा आएको यो लेख र ताराकान्त सरको दुर्घटनाको खबरले क्षणभर पनि मेरो मनमा त्यो अघिको खुसी रहेन । दिनभरि नै मन स्तब्ध थियो ।

‘ताराकान्त सर दुर्घट्नामा बित्नुभएछ ।’ बेलुकी घर पुगेर जमुनालाई भनें ।

‘बिहानै, तपाईं घरबाट निस्कनुअघि फेसबुकमा देखिसकेको थिएँ । तपाईंलाई झट्ट केही भन्न सकिनँ । फेसबुक हेर्नुहोला र आफै देख्नु होला भनेर केही भनिनँ ।’ जमुनाले भनिन् । सायद यतिबेला ऊ मेरा खालि आँखालाई पढिरहेकी थिइन् ।
०००

‘हैन, ताराकान्त सरको स्मृतिग्रन्थको लागि लेख नपठा ?’

केहीबेर अघि मोबाइलमा बजेको मोदनाथ मरहट्टाको स्वर अझै मेरो कानमा ब्युँझिरहन्छ । तर कसरी म ताराकान्त सरलाई स्मृतिमा राखेर उहाँप्रति श्रद्धाञ्जलीका हार्दिक शब्दहरु लेख्न सक्छु ? आँबुखैरेनी वाङ्मय परिषद्ले २०८० साल बैशाख २८ गतेदेखि ३० गतेसम्म आँबुखैरेनी क्याम्पसमा आयोजना गरेको कविता लेखन प्रशिक्षण कार्यक्रममा भिजुअल गरिएका भिडियोहरु मेरो मोबाइलमा अझै सुरक्षित छन् । मोबाइल खोलेर हेर्छु । उहाँ अझै पनि कक्षा कोठामा हामीलाई प्रशिक्षण दिइरहनु भएझैं लाग्छ । साथमा अर्का प्रशिक्षक रामप्रसाद ज्ञवाली पनि हामीसँगै हुनुहुन्छ । ज्ञवाली सर, भन्नुस न । के ताराकान्त सर यतिबेला पनि हामीसँगै जीवन्त हुनुहुन्न र ?

भो मोदनाथ सर, मैले ताराकान्त पाण्डेयप्रति श्रद्धाञ्जलीका कुनै शब्दहरु लेखिनँ ।

०००

ताराकान्त स्मृति ग्रन्थ

आँखामा मधुपर्क, हृदयमा बन्दीपुर
आँखामा थुप्रै दृश्यहरू आउँछन्
र हराउँदै जान्छन्
सपनाजस्तै

उकालोसँग थाकेर
टुँडिखेल छेउको
एउटा रूखको सियाँलमुनि
थकाइ बिसाइरहेकी
थकित–थकित
सुस्केरा काढिरहेकी
जिन्दगीदेखि हारेर
मौनतामा बाँचिरहेकी
आँखामा असङ्ख्य
आफन्तजनहरूको चित्रहरू बोकेर
पराजित समय भोगिरहेकी

निकै वर्षअघि अर्थात २०४९ सालमा प्रकाशित कविताको एक अंश हो यो । कविताको शीर्षक थियो ‘बन्दीपुरः एक अभिव्यक्ति’ । तिनताका लायन्स आँखा अस्पताल, काठमाडौले बन्दीपुर अस्पतालमा सञ्चालन गरेको आँखाको क्लिनिकमा आँखाको बिरामी हेर्ने काम गर्थें म । बन्दीपुर निकै उच्चाटलाग्दो थियो । निर्जन देखिन्थ्यो बन्दीपुर बजार र यहाँका घरहरु । जीवनको आशा हराएको थकित र गन्तव्यहीनजस्ता देखिन्थे यहाँका मान्छेहरु । बजारमा मान्छेको चहलपहल उस्तो देखिन्नथ्यो । साँझ परेपछि झ्याउँकिरीको आवाजले मनलाई अरु उदास बनाउँथ्यो । तिनताका आफूले देखेको, भोगेको बन्दीपुरको एउटा उदास चित्र र कविताको प्रसङ्ग अहिलेलाई यत्ति नै ।

०००

निकै व्यस्तमा बित्यो फागुनको महिना । सामाजिक कामहरुको व्यस्तता त छँदै थियो, साहित्यिक कार्यक्रमहरुको निम्ताको चटारो पनि उस्तै थियो । कतिपय पुग्नुपर्ने, जानुपर्ने ठाउँहरु र कार्यक्रमहरु पनि छुटिदिन्छन् । दौडधुपले हुने शारिरीक थकाइ छँदै छ तर यस्ता कर्मले मनमा हुने आनन्द भने बेग्लै छ । यसले मानिसलाई एक किसिमको ऊर्जा पनि दिन्छ र गतिशील बनाइरहन्छ ।

झण्डै हप्तादिनअघि बन्दीपुरबाट आएको सुदर्शन प्रधानको फोन र बन्दीपुरमा हुने राष्ट्रिय साहित्य महोत्सवको कार्यक्रमको निम्तोले मलाई मनमा उत्सुकता र असामञ्जस्यता दुवै पैदा ग¥यो । बन्दीपुरको कार्यक्रम रहेको थियो फागुन १२ गतेदेखि १४ गतेसम्म । १४ गते महाशिवरात्री पर्वको सार्वजनिक बिदाको दिन । १४ गते माओवादी जनयुद्धको क्रममा गोरखाको ताकुकोटमा राज्यबाट दिल बहादुर रम्तेलको हत्या भएको पनि दिन थियो । सहिद सप्ताह अन्तर्गत गोरखाको बारपाक–सुलिकोट गाउँपालिका र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त सहकार्यमा ताकुकोटमा सहिद स्मारक सङ्ग्रहालयको उद्घाटन र साहित्यिक कार्यक्रमको तय भएको थियो । काठमाडौबाट लेखनाथ न्यौपानेले कार्यक्रमका लागि ताकुकोट जाने खबर दिइसक्नु भएको थियो । ताकुकोट जानको लागि १३ गते दिउँसो आँबुखैरेनीबाट हिँड्नुपर्ने ।

सुदर्शन प्रधानको फोनले यहीँनिर मन एकछिन अलमलियो । आउँदिन भनिहाल्न सकिनँ । सुदर्शन प्रधान आफै कवि । र, व्यवसायी पनि हुनुहुन्छ । बन्दीपुरकै स्थानीय बासिन्दा । राजनैतिक क्रियाशीलताले लामो समय बन्दीपुरबाट बाहिर रहेपनि केही समयदेखि उहाँ बन्दीपुरमै सामाजिक अभियन्ताको रुपमा सक्रिय रहँदै आइरहनुभएको छ । धेरै वर्षअघि मैले उहाँको देउचुली कवितासङ्ग्रह पढेको हुँ । कहिलेकाहीँ बन्दीपुर जाँदा बजारमा उहाँलाई भेट्ने गर्छु । बन्दीपुर बजारको बीचमा एउटा पुरानो पुस्तकालय छ, पद्म पुस्तकालय । पाल्पाको धवल पुस्तकालयपछिको बन्दीपुरको यो पुस्तकालयसँग समयको एउटा लामो कालखण्ड जोडिएको छ । अहिले सुदर्शन प्रधान यही पद्म पुस्तकालयको अध्यक्ष हुनुहुँदो रैछ । गोरखापत्र संस्थान, मधुपर्क साहित्यिक मासिक पत्रिका र पद्म पुस्तकालयको संयुक्त आयोजनामा बन्दीपुरमा राष्ट्रिय साहित्य महोत्सवको आयोजना गरिएको कुराले मन फुर्कियो ।

साँच्चै ! आयोजकलाई कार्यक्रमको तारतम्य मिलाउनु पनि कहाँ सजिलो छ र ! कार्यक्रमको तयारी र व्यवस्थापकीय जिम्मेवारी लिएर आयोजकले गर्नुपर्ने दौडधुपको दुःख पनि सानो हुन्न । अतिथिहरुको सम्मान राख्न नसके आलोच्य भइन्छ । अतिथिहरुको बेथितिहरुले पनि कहिलेकाहीँ आयोजकहरुले भोग्नुपर्ने अप्ठ्याराहरुलाई देखेको छु । कुनै ठाउँहरु पुग्दा घगडान भनिएका साहित्यकारका नामहरु र उनीहरुले गरेका व्यवहारहरु पनि त्यहाँका स्थानीयहरुको किस्सा बनेर बसिरहेको सुनेको छु । अतिथिहरुकै कारण आयोजकहरुले असामन्जस्यताको स्थिति बेहोर्नु परेको घटनाहरु पनि छन् ।

म यतिबेला आँबुखैरेनीबाट प्रकाशित हुने शारदादेउराली पाक्षिक पत्रिका र पद्म पुस्तकालयले २०६४ साल कार्तिक १६ र १७ गते बन्दीपुरमा आयोजना गरेको गणतान्त्रिक कविता महोत्सवको दुःख सम्झन्छु । मलाई ईश्वर गोपाल प्रधानको सम्झना आउँछ । बन्दीपुरको हरेक सामाजिक क्षेत्रमा ईश्वर गोपाल प्रधानको उपस्थिति अनिवार्य हुन्थ्यो । बन्दिपुरको अभिभावक थिए उनी । आज उनको भौतिक शरीर छैन । बन्दीपुरको सामाजिक क्षेत्रको विकासमा उनले छाडेर गएका कार्यहरुलाई बन्दीपुरका बासिन्दाहरुले कुन रुपमा स्मरण गर्छन् ? बन्दीपुरले ईश्वर गोपाल प्रधानलाई सम्झन्छ कि सम्झदैन ? कहिलेकाहीँ बन्दीपुर पुग्दा मलाई उनको अनुपस्थिति बोध हुन्छ । बन्दीपुरमा रहँदा उनीसँग भएका उठबस र कुराकानीहरु सम्झनामा आउँछ । बन्दीपुरमा कुनै कार्यक्रम गर्नुपर्दा पहिलो सम्पर्क उनीसँग हुन्थ्यो । बन्दीपुरमा गणतान्त्रिक कविता महोत्सव गर्ने कार्यक्रम उनीसँगै बसेर तय गरेका थियौं । नेपालभरिका झण्डै १५० जना कवि, लेखक र पत्रकारहरुको त्यो कार्यक्रममा उत्साहपूर्ण उपस्थिति रहेको थियो ।

बन्दीपुरसँग जोडिएका थुप्रै सम्बन्धहरु छन् मेरा । बन्दीपुर मेरो आफ्नै पुख्र्यौली थलो पनि हो । मेरा नातागोताका सम्बन्धहरु अझै पनि बन्दीपुरमा छन् । त्यसैले कहिलेकाहीँ म आफू पनि बन्दीपुरे हुँ भन्न हिचकिचाउँदिन । कुनै कालखण्ड पश्चिम नेपालको व्यापारिक नाकाको रुपमा प्रसिद्ध रहेको बन्दीपुर २०२५ सालपछि झण्डै ध्वस्त नै बन्यो । पृथ्वी राजमार्गको रुपमा काठमाण्डौ पोखराको सडक आवागमन खुलेपछि बन्दीपुरका घरहरु शून्य प्रायः देखिए । बन्दीपुरको मुकाम दमौली स¥यो । मुकाम गुमेपछि बन्दीपुरको साख गुम्यो । २००७ सालको जनक्रान्तिमा राणाविरुद्ध ऐतिहासिक लडाइँ लडेको बन्दीपुरले खण्डहरको अवस्था भोग्नु प¥यो । ठूलो सङ्ख्यामा बन्दीपुरका व्यापारीहरु बन्दीपुर छाडेर अन्यत्र हिँडे । बन्दीपुर सुनसान रह्यो । यो कोमाको स्थितिबाट उठ्न बन्दीपुरलाई झण्डै २५ वर्ष लाग्यो । बन्दीपुर इको टुरिजम प्रोजेक्ट र नोट्र्डम स्कुलले बन्दीपुरलाई पुनर्जीवित गर्ने काम ग¥यो । व्यक्तिगत रुपमा सन्त कुमार श्रेष्ठ र बन्दीपुर सामाजिक विकास समितिका प्रयत्नहरुले बन्दीपुरलाई पुनर्जल दियो । आज थुप्रै व्यक्तिहरुको लगानी र जनसहभागितामुलक सामुहिक कार्यहरुले बन्दीपुरलाई पुनर्जीवन दिएको छ । बन्दीपुरलाई पहाडकी रानीको रुपमा चिनाएको छ । बन्दीपुर पर्यटनको गन्तव्य बनेको छ ।

सुदर्शन प्रधानसँगको फोन संवादपछि पहिलो दिनको कार्यक्रममा मैले अवश्य पनि पुग्नुपर्छ भन्ने मनले सोच्यो । यसैपनि यो साहित्यिक कार्यक्रमसँग म निकै उत्सुक थिएँ । बन्दीपुरमा भएका साहित्य महोत्सवका यस्ता कार्यक्रमहरुमा यसअघि पनि म धेरैपटक सहभागी भएको छु । बन्दीपुर पुग्दा रमाइलो र आनन्द लाग्छ । यहाँको प्राकृतिक छटा र यसको सौन्दर्य अमिट छ । बन्दीपुरको पृष्ठभूमिमा यी साहित्यिक कार्यक्रमहरु र महोत्सवहरुले एउटा अलग्गै महत्त्व बोकिरहेको हुन्छ ।

‘केबुलकारबाट बन्दीपुर जाने हो ।’ अघिल्लो फोन संवादमा सुदर्शन प्रधानले भन्नुभएको थियो ।

०००

‘अनिलजी तपाईं डुम्रे बजारमा नै आउनु होला । केबुलकारको केही मर्मत कार्य भइरहेकोले हामी बसबाट नै बन्दीपुर जाने भयौं ।’ १२ गते बिहानै मेरो मोबाइलमा सुदर्शन प्रधानको फोन बज्यो ।

‘म स्कुटर लिएरै आउँछु । मलाई नपर्खिनुस ।’ मैले उहाँलाई भनें ।

‘ए, ए । ल तपाईं आफ्नो किसिमले आउनुस् । बन्दीपुरमै भेट्ने छौं हामी ।’

यति कुरा भइसकेपछि मलाई पनि अब हतार गरेर हिँडिहाल्नु पर्ने भएन । आयोजकलाई साथीहरु छुट्ला कि भन्ने छटपटी पनि रहेन । सबैतिरबाट निम्तालुहरु आइपुग्ने समयको हिसाबलाई लेखाजोखा गरेर ११ बजे स्कुटर लिएर आँबुखैरेनीबाट बन्दीपुर हिँडे । निर्माणाधिन सडकको कालोपत्रे भइसकेकोले बाटोको कुनै असहजता थिएन । खुरुरुरु बन्दीपुर पुगि त हालियो । स्कुटरलाई बन्दीपुर गेष्ट हाउसमा थान्को लाएर बजारतिर निस्कँदा बाटोमै भेटिए चितवनबाट आउनुभएको रविकिरण निर्जीव । र उहाँसँगै हुनुहुन्थ्यो चितवनका अर्का साहित्यकार बाबुराम पाढडे । दुवैजना सँगै भर्खरै बन्दीपुर ओर्लिनुभएको रैछ । पद्म पुस्तकालको सम्पर्कमा कोही पनि आयोजक साथीहरु नभेटिएपछि अल्मलिदै टँुडिखेलतिर हिँड्नुभएको थियो । बाटोमा उभिएरै उहाँहरुसँग भलाकुसारी भयो । सामुन्ने रहेको एउटा घरबाट बाहिर झुलुक्क देखा परे बन्दीपुर क्याम्पसका प्रमुख विक्रम पिया । हामी उहाँकै घरअघिल्तिर रहेछौं । उहाँसँग कुराकानी सुरु भयो ।

‘मेरो घर यही हो ।’ विक्रम पियाले भन्नुभयो । चिनापर्ची भयो विक्रम पिया र रविकिरण निर्जीवको । केही छिन कुराकानी भएपछि म उहाँहरुसँग छुट्टिएर बजारतिर लागें । आफूसँग ल्याएको केही किताबहरु पद्म पुस्तकालयलाई दिनु थियो ।

पद्म पुस्तकालयबाट बाहिर निस्केर सुदर्शन प्रधानलाई फोन गरें । केही सामान र बाहिरबाट आएका साथीहरुलाई रिसिभ गर्न उहाँ डुम्रे ओर्लिनु भएको रहेछ । बजारमै भेटिनु भयो नमस्तेलाल भूमि । कार्यक्रमको उहाँ पनि आयोजक । कार्यक्रमको तयारीको दौडधुपमा देखिनुहुन्थ्यो ।

बजारमा केही चिनारु र आफन्तहरुसँग गफिदै गर्दा दिउँसो ३ बजे टुँडिखेलको होटल दरबार हिमालयमा साँझको कार्यक्रम हुने अनौपचारिक जानकारी पाएँ । टुँडिखेल पुग्दा त्यहाँको केही होटलहरुमा आगन्तुकहरुको लागि बासको व्यवस्था मिलाइएको रहेछ । दमौलीबाट आइपुग्नुभएका गीतकार सागर उदास र पत्रकार अमरराज नहर्की त्यहीँ भेटिए । सागर उदाससँग दरबार हिमालय होटलमा चिया पिउँदै थिएँ भागिरथी श्रेष्ठ, द्धारिका श्रेष्ठ, जलेश्वरी श्रेष्ठ, पद्मावती सिंह लगायतका केही साहित्यकारहरु होटलको ढोकामा देखिए । स्कुल पढ्दादेखि नै भागिरथी श्रेष्ठका कथाहरु पढिरहेको थिएँ । द्धारिका श्रेष्ठ स्वयं बन्दीपुरे हुनुहुन्छ । विसङ्गतीवादी कविताका प्रयोक्ता पनि हुनुहुन्छ । उहाँको द्धारिका श्रेष्ठका कविताहरु २०५० सालमा पद्म पुस्तकालयमा बसेरै पढेको छु । उहाँहरुलाई होटलमा देखेपछि मन एक किसिमले प्रफुल्ल थियो ।

उतिखेरै हावासँगै बतास्सिएर पानी प¥यो ।

एकैछिन परेको पानीले बन्दीपुरलाई स्निग्ध बनायो । कुहिरो र साँझको बत्तीले बन्दीपुरलाई अरु लावण्य बनायो । टुँडिखेलको सडकमा बतासको चिसो स्पर्श चलिरह्यो । होटल दरबार हिमालयबाट बाहिर निस्कँदै गर्दा साँझको बत्तीको उज्यालोमा केही पर रहेका होटलहरुको अघिल्तिर एक गाडी मान्छेहरु ओर्लिए । अहो ! गाडीबाट ओर्लिएका मान्छेहरुलाई नियालिरहेका यी आँखाअघिल्तिर त थिए प्रमोद प्रधान, किशोर पहाडी, रमेशचन्द्र अधिकारी, त्रिभुवनचन्द्र वाग्ले, दुर्गाकिरण तिवारी, निरुपा प्रसुन, डा. ज्ञानु पाण्डे, सुमन थापा सङ्गम, लीलाराज दाहाल, मिसन अधिकारी, वैरागी जेठा, विमल भौकाजी, भुवनहरि सिग्देल, दिव्य गिरी, मुकेश मल्ल, ज्ञानुवाकर पौडेल, डिल्लीराम मिश्र, दीपक लोहनी, वसन्त महर्जन, शरद प्रधान, त्रिचन्द्र श्रेष्ठ । चिनेका कति हुन् कति । कति नचिने पनि नाम सुनिएका र पढिएका ।

‘गाडीमा तपाईंकै गफ गर्दै आइयो ।’ नजिकै पुगेपछि डा. रमेशचन्द्र अधिकारी मलाई अङ्गालो हाल्दै भनिरहनु भएको थियो । त्यहाँ लामो समयपछि भेटिएका कति साथीहरुका आँखामा त खुसीहरु छचल्किरहेकै थियो । एकपछि अर्को साथीहरुसँग आत्मीयता र हार्दिकताले हातहरु कस्सिरहेका थिए । सायद यस्तो बेला मनमा उठ्ने आल्हादक स्थितिले मनलाई झनै भावुक बनाउँदो रैछ । यसअघि पनि पोखराको गीतकार प्रतिष्ठान, नेपालको कार्यक्रममा भेटिनुभएकी दुर्गाकिरण तिवारी मलाई हेरेर अलि परबाट मुसुक्क हाँस्दै हुनुहुन्थ्यो । नजिकै गएर उहाँसँग बोल्न भ्याएको थिइनँ ।

सबैसँग गफ गर्दागर्दै हामी होटल दरबार हिमालयको सभाहलभित्र प्रवेश गरिसकेका थियौं । त्यहाँ साँझको कार्यक्रमको आयोजना गरिएको थियो । अगाडि मञ्चमा निकै सुन्दर र आकर्षक शैलीको ब्यानर थियो । निकै काव्यात्मक थियो ब्यानरका अक्षरहरु– ‘आँखामा मधुपर्क, हृदयमा बन्दीपुर’ ।

‘बन्दीपुर भ्रमण वर्ष – २०२५’ को ब्यानरमा गोरखापत्र संस्थान र पद्म पुस्तकालयले संयुक्त रुपमा आयोजना गरिरहेको यो राष्ट्रिय साहित्य महोत्सवले बन्दीपुरलाई काव्यमय बनाउँदै थियो । साहित्य महोत्सवको पहिलो दिनको यो काव्य साँझ परिचयात्मक कार्यक्रम रहेको थियो ।

साँझको कार्यक्रम सकेर हामीलाई फेरि आफू बस्ने होटलतिर जानुपर्ने थियो ।

‘तपाईसँग बसेर चिया पिउने हो दाजै ।’ भ¥याङ ओर्लदादेखि दुर्गाकिरण मेरो हात समातेर मसँगै हुनुहुन्थ्यो । उहाँको त्यो स्वभाव निकै हार्दिक थियो । मान्छेसँग छिट्टै खुल्न सक्ने, बोलिरहनुपर्ने । यसै त हामी लामो समयदेखि फेसबुकमा पनि साथी थियौं । यसले पनि हाम्रो परिचय र सम्बन्धलाई अझ नजिक बनाएको थियो ।

‘दरर रर र’

बाहिर सडकमा निस्केपछि आकाशले एक्कासि झरी हाल्यो । नजिकैका घरहरुमा ओत लिन सबैको दौडादौड चल्यो । पछाडि हामी प्रमोद प्रधान, दुर्गाकिरण तिवारी, शरद प्रधान, मुकेश मल्ल र उहाँकी सङ्गिनी ललिता मल्ल, म र अरु केही साथीहरु थियौं । अलमलिएर ओत लिने ठाउँ खोज्यौं ।

‘बहिनी चिया पाइन्छ ?’ पानीमा रुझ्दै एउटा पसलअघिल्तिर उभिएर दुर्गाकिरणले दलिनमा उभिएकी पसल्नी बहिनीलाई सोध्नु भयो ।

‘सिया खाने बेला के को चिया ?’ प्रमोद प्रधान जिस्किनु भयो ।

‘सिया तपाईं पछि खानुहोला । पहिले सँगै चिया पिऊँ, आउनुस् ।’ दुर्गाकिरण हाँस्नुभयो ।

चुल्होमा चिया पाक्दै थियो । बाहिर पानीले रोकिने छाँट थिएन । भित्र होटलको टेबलमा चिया पर्खिरहेका हामी प्रमोद प्रधान, मुकेश मल्ल, शरद प्रधान, ललिता मल्ल, दुर्गाकिरण र म थियौं । कहिलेकाही संयोगले मिल्ने यस्ता क्षणहरु पनि कस्तो अविस्मरणीय रहने । त्यो छोटो समय कला र साहित्यको विषयमा भएको बहसको निकै महत्वपूर्ण समय थियो । मुकेश मल्ल कलाको प्राध्यापक हुनुहुन्छ । उहाँको कला निबन्धहरु निकै सशक्त छन् । कलामा उहाँका नयाँ प्रयोगहरु पाइन्छ । प्रमोद प्रधान बालसाहित्य र निबन्धका अध्येता हुनुहुन्छ । निकै अध्ययनशील व्यक्तित्व । यी दुई विराट व्यक्तित्वहरुको साँझको त्यो सानिध्यले मलाई साँच्चै नै कृतज्ञ बनायो ।

दुर्गाकिरणको चिया पिउने त्यो जिद्दीले पनि त्यो साँझलाई उपलब्धिमूलक बनायो ।

०००

१३ गते
अर्थात महोत्सवको दोस्रो दिन ।

बिहानको पहिलो–सत्र कविताको सत्र थियो । भानु हाइस्कुलको सभाहलमा सबै कविहरुले उत्साहपूर्वक कविता वाचन गरिरहेका थिए । कार्यक्रमलाई मधुपर्कका निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्लेले सञ्चालन गरिरहनु भएको थियो । गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीका साथै मधुपर्क, शारदा, मुना, युवामञ्च लगायतका साहित्यिक पत्रिकाका सम्पादकहरु र देशभरिका झण्डै असीभन्दा बढी साहित्यकारहरुको उल्लेख्य सहभागिता स्थानीयहरुको उपस्थितिले कार्यक्रमलाई भव्य र उत्सवमय बनाएको थियो ।

मलाई भने अब यो उत्सवमय कार्यक्रमलाई छाडेर हिँड्नुपर्ने थियो । घडी हेरें । ११ बजिसकेको थियो । काठमाण्डौबाट ताकुकोटको कार्यक्रमको लागि हिँडेका नेपाल प्रज्ञा प्रतिष्ठानका साथीहरुले मलेखु कटिसकेको खबर दिइरहेका थिए ।

‘म अब निस्कन्छु । गोरखाको कार्यक्रममा जानुपर्नेछ ।’ प्रमोद प्रधान र बिमल भौकाजीको कानमा खुसुक्क भनें । एकछिन अलमलिएर उहाँहरुले मलाई हेरिरहनु भयो । त्यो कानेखुसीमा कवि सुमन थापा ‘सङ्गम’ र दुर्गाकिरण तिवारी पुलुक्क मलाई हेर्दै हुनुहुन्थ्यो । मैले अलिकति मुस्कुराएरै उहाँहरुसँग मौन बिदाइ लिएँ । सुदर्शन प्रधानलाई पनि हिजो साँझ ‘भोलि म छिट्टै निस्कनुपर्छ’ भनिसकेको थिएँ ।े

‘खाना खाएर जानू । मेसमा खाना तयार भइसकेको छ ।’ सुदर्शन प्रधान भन्दै हुनुहुन्थ्यो ।

कार्यक्रमबाट सुटुक्क बाहिर निस्कें । र, भानु हाइस्कुलको गेटबाट बाहिरिएँ । त्यो भव्य काव्यगोष्ठी र साथीहरुसँग छुटिएर हिँड्दाको विषाद मनमा छँदै थियो । आँखामा त अझै ब्यानरका ती आकर्षक अक्षरहरु खेलिरहेका थिए– ‘आँखामा मधुपर्क, हृदयमा बन्दीपुर’ ।

फेरि पनि बाटोभरि मनले बन्दीपुरका गीतकार रेशमलाल श्रेष्ठको गीत गुन्गुनाइरहेको थियो–

आँखाभरि मनैभरि छाया बन्दीपुरको
म मरे नि मर्ने छैन माया बन्दीपुरको

सपनीमा पनि देख्छु तिम्लाई झलझली
सयपत्री, लालुपाते, फूल मखमली
मिर्मिरेमा खुल्ने हिमाल बायाँ बन्दीपुरको
०००

मधुपर्क, २०८२ जेठ

अँध्यारोको जुनकिरी
Who is he ?

He’s Socrates !

Sittin’ in his seat,

and sippin’ on his hemlock tea.
Dishing out his wisdom

to the wisest men in all of Greece.

–Socrates,  Nathan Maupin

अमेरिकी कवि नाथनमोपिनको ‘सुकरात’ कविताको यो एउटा सुन्दर कवितांश हो र गुगलबाट मैले यो कवितांशलाई यहाँ उल्लेख गरेको छु । धेरैदिनदेखि सुकरात र उनको दार्शनिक व्यक्तित्वका बारेमा मनमा अनेकौं विचार र जिज्ञासाहरु उठिरहेको थियो । सुकरात र उनका विचारहरुलाई बुझ्न सुकरात स्वयंले लेखेका किताबहरु बजारमा थिएन । किताबको गातोमा सम्पादकको नाम जोडेर प्लेटोको ‘सुकरातको आत्मकथा’ लेखिएका नेपाली अनुवादका किताबहरु बजारमा छ्यासछ्यास्ती थिए । सधैं नक्कली वस्तुहरुको व्यापार गर्न सिपालु व्यापारीहरुबाट उपभोक्ता ठगिनु बजारमा नौलो होइन । यो कस्मेटिकको जमाना हो र यस्ता कस्मेटिक व्यापारहरुबाट साहित्यका पाठकहरु ठगिनु पनि स्वाभाविक हो । यस्ता ठगहरुले पाठकको सेन्टिमेन्टसँग सधैं खेलिरहन्छन् ।

मैले कम्प्युटरको अगाडि बसेर धेरैचोटि गुगल र विकिपिडियामा सुकरातका कविताहरुलाई खोजी गरिरहें ।

Socrates did not write any poem himself.

गुगलले पटकपटक कम्प्युटरको भित्तोमा यही जवाफ देखाइरह्यो । उनका त्रगयतभ हरुमा सुन्दर कवितात्मक शैलीमा एउटा त्रगयतभ देखें –

The poets are

only the interpeters

of the gods.

–Socrates
(कविहरु ईश्वरका दोभासे मात्र हुन् । –सुकरात )

कविहरुका लागि सुकरातका यी शब्दहरु सायद निर्मम लाग्नसक्छ । अझ ती कविहरु जो ईश्वरको अस्तित्वलाई कहिल्यै स्वीकार्दैनन् र आफूलाई नास्तिक भनिरहन्छन्, उनीहरुका लागि त सुकरात सन्काहा मनोवृत्तिका कुरुप र भद्दा मानिस लाग्नसक्छ । सोफिस्टहरु यही कुराले सुकरातसँग मुर्मुरिरहन्थे । ती युनानी कविहरु आफूलाई राज्यको सबैभन्दा ज्ञानी, विद्धान र समाज सुधारक सम्झन्थे । तर समाजको परम्परागत मान्यता, विचार, रुढीवादी संस्कार र अन्धविश्वासहरुबाट उनीहरु मुक्त हुन सकेका थिएनन् । सुकरात कविहरुको त्यो विद्धताप्रति कटाक्ष गर्थे ।

‘मेरो प्रिय मित्र, तपाईं यो एथेन्स नगरको एकजना महान, शक्तिशाली र असल नागरिक हुनुहुन्छ । के तपाईंलाई आफ्नो अथाह सम्पत्ति र मानसम्मान मात्र जोड्न लाज लागिरहने छैन ? तपाईं नीति, सत्य र आत्माको शुद्धीतिर किन ध्यान दिनुहुन्न ?’ प्राचीन युनान राज्यको एथेन्स नगरका सडकहरुमा आफ्ना विचारहरुलाई मानिसहरुबीच सुकरात सधैं यसै गरी प्रचार गरी हिँड्थे ।

सुकरातको त्यो आलोचनालाई युनानी कविहरुले सहन सक्दैनथे । र, उनीहरु सुकरातबाट सार्वजनिक रुपमा आफू अपमान भएको सम्झन्थे । उनीहरु सहरमा सुकरातप्रति बदलाको भावना बोकेर हिँडिरहन्थे । उनीहरु सुकरातका यस्ता कार्यहरुलाई पागलपनको संज्ञा दिँदै सुकरातलाई खिस्याउँथे । तर सुकरात आफ्ना तर्कहरुले समाजमा आफूलाई बुद्धिमान हुँ भन्नेहरुको उछित्तो काट्थे । आफ्नो पाखण्ड लुकाउन ती कथित बुद्धिजीवीहरु सुकरातलाई अनेकथरी फत्तुर लगाउँथे । एरिस्टोफेनिज नामको एकजना नाटककारले त सुकरातमाथि व्यङ्ग्य गर्दै ‘दि क्लाउड’ नाटक नै लेखेर मञ्चन गरे । तर आफ्ना विचारको प्रवाह गर्नबाट यस्ता आलोचना र टिप्पणीहरुले सुकरातलाई रोक्न सकेन । एथेन्सका अधिकांश युवाहरु सुकरातको विचारबाट प्रभावित थिए र उनीहरु तर्क विधा सिक्न सुकरातकहाँ आउने गर्थे ।

युनानभरि सुकरातका विचारको लोकप्रियता बढिरहेको बेला उनका केही विरोधीहरु भने उनी विरुद्ध सक्रिय रहे । मिल्टस, लिकन र एनिट्सले सुकरातमाथि सहरका तरुणहरुलाई बिगारेको, ईश्वरनिन्दा गरेको र नास्तिकता फैलाएको आरोप लगाउँदै युनानी अदालतको समक्ष अभियोगको मुद्धा चलाए । केही युनानी कविहरुले मिल्टसको यो अभियानलाई साथ दिइरहे । उनीहरु अदालतले सुकरातलाई डण्ड दिएको हेर्न चाहन्थे । सुकरातले यी सबै अभियोगहरुलाई अस्वीकार गर्दै आफूले कुनै पनि गल्ती वा अपराध नगरेको आफ्नो मन्तव्य अदालत समक्ष दिए । उनले आफूमाथि लगाइएका यी आरोपहरु केही व्यक्तिहरुले आफूमाथि आग्रहपूर्वक लगाइएका झुठा आरोप मात्र हुन् भन्ने तर्क पेश गरिरहे । तर उनको सफाइमाथि कुनै सुनुवाइ भएन । र अन्ततः उनलाई मृत्युदण्डको सजाय सुनाइयो । सुकरातलाई मृत्युडण्ड दिने अदालतको निर्णयले सोफिस्ट कविहरु निकै खुसी देखिन्थे ।

आफ्नो गुरुप्रतिको सोफिस्टहरुको त्यो दुव्र्यवहार र एथेन्सको अदालतको कठोर निर्णयका कारण प्लेटोले आफूलाई तथाकथित विद्धान हुँ भन्ने ती एकथरी युनानी कविहरुप्रति लक्षित गर्दै ‘कविहरुलाई देश निकाला गर’ भन्ने अभिव्यक्ति दिए । आफ्नो गुरुको मृत्युडण्डले विक्षिप्त भएका बेला सायद प्लेटोको त्यो एउटा आक्रोशको अभिव्यक्ति थियो तर धेरै कवि, लेखक र साहित्यकारहरुले प्लेटोको त्यो अभिव्यक्तिलाई कविहरुप्रतिको असहिष्णुता र निरङ्कुश अभिव्यक्ति मान्छन् ।

कयौं कविहरुले प्लेटोका विरुद्ध कविता लेखे । आज पनि लेखिरहेका छन् ।

प्लेटो ! तिमी त अस्ताउँदो समयको
एउटा उदाउँदो न्यानो घाम
कर्पोरेट क्षितिजले छेलिएको
इतिहासको एउटा पारिलो याम
कहिले कुदिहिँड्छौं कलमसँगै
‘रिपब्लिक’ का क्रूर शासकीय पन्नाहरुमा
कहिले यस्सै गफिइरहन्छौ कविताको नैतिकतामाथि
बकवास बकवास बोल्दै
‘इयन’ का हुकुमी अक्षरहरुमा
कहिले उतर्सिंदै फरमान जारी गर्छौ …
‘कविलाई निष्कासन गर
मेरो आदर्श गणराज्यबाट !’
–प्लेटोलाई प्रश्न, बिन्दु शर्मा, इ–कान्तिपुर

तिनताका सत्ताको शक्तिलाई दुरुपयोग गरेर युनानी बुद्धिजीवीहरुले समाजलाई पथभ्रष्ट बनाउँदै थिए । सामाजिक न्याय, कानुन, मूल्य र मान्यताहरु हराउँदै गएका थिए । कविहरु भोग विलासमा लिप्त थिए र उनीहरु केवल मनोरञ्जनका लागि मात्र लेख्थे । उनीहरुको साहित्यले पाठकको वासनालाई उत्तेजित गथ्र्यो र आवेगपूर्ण बनाउँथ्यो । पाठकहरु त्यस्ता साहित्यबाट दिग्भ्रमित थिए । युवाहरुमा बढ्दै गइरहेको कुण्ठा र निराशा र समाज पतनको दिशातिर बढ्दै गइरहेको यो भयावह दृश्यले प्लेटोलाई व्यथित बनाउँथ्यो । त्यसैले पनि राज्यको संरक्षणमा हुर्किरहेका त्यस्ता विलासी कविहरुप्रति प्लेटोको विमति थियो ।

प्लेटो सुकरातभन्दा झण्डै चारदशकले कान्छा थिए । बिस वर्षको उमेरमा प्लेटोले सुकरातको सान्निध्यता पाए । प्लेटो सुकरातको एक असल शिष्य थिए । सुकरातको मृत्युडण्डपश्चात प्लेटोले आफ्नो गुरु सुकरातको दार्शनिक विचारहरुलाई अझै व्यापक गरे । सुकरातले आफ्नो जीवनकालमा कहिल्यै पनि आफ्नो विचारहरुलाई लिपिबद्ध गरेनन् । उनको मृत्युपछि उनका शिष्यहरु प्लेटो, एरिष्टोफेनिज र जेनोफेनले सुकरातको विचार र दर्शनलाई संसारभरि प्रचार गरे । प्लेटोले ‘सुकरातको आत्मकथा’मा यथास्थितिमा आफूलाई बुद्धिजीवी हुँ भन्ने युनानी कविहरुको ढोङ्गी चरित्रलार्ई अदालतमा सुकरात र मिल्टसबीच भएको संवादबाट निकै सुन्दर ढङ्गले प्रस्तुत गरेको छ ।

सुकरातको जन्म ईसा पूर्व ४६९ मा युनानको राजधानी एथेन्स शहरमा भएको थियो । उनको बुबाको नाम सोफ्रोनिस्कस(sophroniscus र आमाको नाम फिनेरिट(phaenarate) थियो । उनको बुबा मुर्तिकार थिए । आमा धाई थिईन । सुरुमा सुकरातले पनि मुर्ति बनाउने काम थाले । तर पछि उनी सेनामा भर्ना भए र युद्धमा भाग लिए । उनले आफ्नो मुलुकको रक्षाका लागि पोतिदाय(potidaea) अम्पिपोली(amphipolis) र दिलिया(delium)को ठूला लडाइँहरु समेत लडे । उनी युद्धमा सक्रिय रहे र युद्धमा कहिल्यै हतोत्साही भएनन् । उनी ध्यानपूर्वक शत्रुका गतिविधिहरुलाई नियाल्थे र आफ्ना साथीहरुलाई सुरक्षित गर्थे । पोतिदायको एउटा युद्धमा उनले आफ्ना सेनापति आल्सेविदिया(alcibiadies)लाई शत्रुको आक्रमणबाट घाइते हुनुबाट जोगाए । आल्सेविदियाले सुकरातले युद्धमा देखाएको साहस र धैर्यताको निकै खुलेर प्रशंसा गरे । उनले सुकरातको लागि पदक र सम्मानको घोषणा गरे । तर सुकरातले यसलाई लिन अस्वीकार गरे ।

सुकरातले ५० वर्षको उमेरमा जेन्थिपीसँग विवाह गरे । भनिन्छ जेन्थिपी उमेरले सुकरातभन्दा जेठी थिइन् । उनीहरुका तीन छोराहरु ल्याम्प्रोल्स(lamprocles), सोफोनिकस(sophronicus) र मेनोक्जेकस(menexenus) थिए । जेन्थिपीको व्यवहारबाट सुकरात दिक्क थिए । उनकी श्रीमती उनलाई घरव्यवहार छाडेर बरालिहिँड्ने ठान्थिन् । र, सधैं कचकच सुरु गर्थिन् । उनीहरु बीच सधैं झगडा चलिरहन्थ्यो । त्यसैले श्रीमतीबारे कसैले सोधिहाले सुकरात भन्थे– ‘तिमीले मेरो जुत्ता देखिरहेका छौ ? यो कति सुन्दर छ ? तर यसले मलाई कहाँनिर घोचिरहेको छ तिमीलाई के थाहा ।’

सुकरात सधैं ज्ञान र सत्यको खोजीमा रहन्थे । उनीभित्र असाधारण ज्ञानमिमांशा थियो । कुनै पनि कुरामा गम्भीर भएर डुबिरहन्थे । पहिले आफैभित्र सत्यलाई खोज भन्थे । कुनै नयाँ विचार मनमा आउँदा उनी घण्टौं एकै ठाउँमा उभिएर त्यसलाई मन्थन गरिरहन्थे । त्यतिबेला उनी आफूलाई कहाँ छु भन्ने पनि होस रहँदैनथ्यो । र, वरिपरिका सबै वस्तुहरुलाई बिर्सेर उनी एकाग्रतामा हराउँथ्यो ।

एकपल्ट उनी एउटा लडाइँमा गएका थिए । उनको सेनाको फौजले एक ठाउँमा शिविर खडा गरेर बसेका थिए । गर्मीको दिन थियो । एउटा बिहान, उनी कुनै समस्यामा घोत्लिए । उनी दिनभरि नै त्यसै गरी घोत्लिइ रहे । दिउँसोको चर्को घामले एकोहोरो पोलिरहेको हेक्का समेत उनलाई रहेन । उनका साथीहरु उनको त्यो विचित्रको व्यवहारलाई परबाटै नियालिरहेका थिए र उनको त्यो समाधि कतिखेर टुट्छ भनेर प्रतीक्षारत् थिए । तर रातभरि पनि सुकरातको समाधि चलिरह्यो । भोलिपल्ट बिहान सूर्योदयपश्चात् मात्र उनको ध्यान टुट्यो । उनले सूर्यको पूजा गरे र काममा फर्के ।

होंचा कद, ठूलो ओंठ, चिम्सा आँखा र चेप्टा नाक भएको सुकरात झट्ट हेर्दा शारीरिक रुपले जति कुरुप देखिन्थे, उनीभित्र रहेको विचारको सुन्दरताको चर्चा युनानदेखि लिएर पुरै संसारभरि फैलिरहेको थियो । सुकरात एक सन्त दार्शनिक थिए ।

सुकरात भन्ने गर्थे– ‘पहिले आफ्नो आत्माको आवाजलाई सुन र आफ्नो आत्माले ठीक ठह¥याएको काम गर ।’ उनको भनाई थियो– ‘शरीर आत्माको चोला हो, जसलाई आत्माले सधैं बदलिरहन्छ । यो जीवनभन्दा पहिले पनि अर्को जीवन थियो, यस जीवनपछि पनि अर्को जीवन रहन्छ । आत्मा अमर हुन्छ । धर्मदर्शन आदिमा रुचि राख्ने र संसारको मोहजालबाट टाढा रहने आत्माहरुले मोक्ष प्राप्त गर्छन र फेरि जीवन धारण गर्दैनन् । तर जसले मोक्ष प्राप्त गर्दैनन् ती सबै आत्माहरु भने पटकपटक अनेक योनीहरुमा जन्म लिइरहन्छ ।’

सुकरात भन्छन्– ‘वास्तवमा धर्म, दर्शन र चिन्तन मृत्युको अभ्यास हो किनकि मृत्यु केवल आत्मा शरीरबाट छुट्टिएको अवस्था हो । दार्शनिकले चिन्तन गर्ने बेला आफ्नो आत्मालाई शरीरबाट अलग राख्ने गर्छ ।’

तिनताक सुकरात ७० वर्षका थिए ।

सुकरातलाई अदालतले मृत्युदण्डको फैसला सुनायो । यो फैसलाले सुकरात कत्ति पनि विचलित भएनन् । उनी जेलभित्रै पनि आफ्ना विचार र दर्शनको व्याख्या गरिरहन्थे । एकदिन उनका केही शिष्यहरुले उनलाई जेलबाट भाग्ने आग्रह गरे । तर सुकरातले मानेनन् । उनले आफ्ना शिष्यहरुलाई भने– ‘मित्रहरु, म तपाईंहरुको मप्रतिको यो सम्मानलाई आदर गर्छु । पक्कै पनि प्रत्येक व्यक्तिमा जीवनप्रतिको मोह हुन्छ । प्राण फ्याँक्न को चाहन्छ ? तर यसको चिन्ता त ती साधारण मान्छेहरुका लागि हुन् जसले यो नश्वर शरीरलाई नै सबैथोक मान्दछ । आत्मा त अमर छ । अनि किन यो शरीरसँग डराउने ? आत्मा यस्ता शरीरलाई पटकपटक धारण गरिरहन्छ । त्यसैले यो क्षणिक शरीरको रक्षाको लागि भाग्नु उचित होइन । के मैले कुनै अपराध गरेको छु र ? जसले यसलाई अपराध भनिरहेका छन् उनीहरुभित्र अज्ञानको प्रकोप छ । मैले उतिबेलै भनेको हुँ संसारलाई कहिल्यै पनि एउटा सिद्धान्तको परिधिमा बाँध्न सकिँदैन । मानव मस्तिष्कका आफ्ना सीमाहरु छन् । संसारलाई बुझ्नको लागि आफूभित्रको अहमलाई हटाइदिनु पर्दछ । मानिस यो नश्वर काया मात्र होइन, ऊ सजग र चेतन आत्माभित्र बास गर्छ । यसैले हामीलाई आत्मानुसंधानतिर नै प्रवृत्त हुनु जरुरी छ । हामीलाई आफ्नो जीवनमा सत्य, न्याय र इमान्दारीको अवलम्बन गर्नु आवश्यक छ । हामीले यो कुरालाई मानेर अघि बढ्नु पर्छ कि शरीर नश्वर छ । त्यसैले मित्रहरु, तपाईंहरुको सदाशयता र प्रेमको लागि धन्यवाद व्यक्त गर्दै म तपाईहरुको भाग्ने सुझाव अस्वीकार गर्छु ।’

मृत्युडण्डको अघिल्लो राति सुकरातले एउटा सपना देखे । जेलभित्र आफूसँगै रहेका आफ्ना शिष्य क्रीटोलाई सुकरातले भने – ‘क्रीटो, अहिले भर्खरै मैले एउटा निकै रमाइलो सपना देखें ।’

क्रीटोले सोधे– ‘तपाईंले कस्तो सपना देख्नु भयो सुकरात ?’

‘भर्खरै मैले सपनामा सेतो वस्त्र लगाएकी एउटी अति सुन्दरी नारीले मलाई बोलाएर भनिरहेकी थिईन्, ‘आजको तेस्रो दिन तिमी तिम्रो सुन्दर बाटोमा पुग्नेछौ ।’ – सुकरातले क्रीटोलाई भने ।

क्रीटोले भने– ‘सुकरात, यो त अनौठो सपना हो ।’

इसा पूर्व ३९९ को एक साँझ, सुकरातलाई जेलभित्रै हेमलक नामक विष पिलाएर मृत्युदण्ड दिइयो । गिलासबाट विष पिएर उनी एकछिन यताउति डुले । उनले विस्तारै सास फेर्न अप्ठ्यारो हँुदै गइरहेको महसुस गरे । जब उनका गोडाहरु गह्रौ भए र हिँड्न नसक्ने भए, उनले आफ्ना शिष्यहरुलाई भने– ‘म सुतेपछि मेरो जिउ माथि पछ्यौला ओढाइदिनु ।’

सुकरात बिछ्यौनामा गएर पल्टिए । बिस्तारै उनको पाइताला सुन्नियो । उनका हात र गोडाहरु सुन्निए । आँखाअघि शून्यताले घेर्दै लग्यो । एथेन्सका सारा सहर रातको अँध्यारोमा डुबेका थिए । जेलका पर्खालहरु स्तब्ध थिए ।

‘क्रीटो, ममाथि अस्क्लेपियसको एउटा कुखुरा उधारो बाँकी छ, त्यो तिमीले तिरी दिनू ।’ अन्तिमपल्ट सुकरातले आफ्नो शिष्य क्रीटोसँग भने । अनि उनका आँखाहरु स्थिर भए । त्यसपछि सुकरात बोलेनन् ।

उनका शिष्यहरु उनलाई घेरेर रोइरहेका थिए । जेलको पर्खाल बाहिर रातको गहिरो अँध्यारोमा एउटा जुनकिरीको उज्यालो चम्किरहेको थियो ।

हङकङ खबर डट कम
३० भाद्र २०८०

ग्वालियरमा छुटेको मन
२६ अगस्त २०२२, तदनुसार वि. सं. २०७८ भाद्र १०

जिपले जत्ति नै कुदाए पनि आजको साँझ हामी आगरा बास बस्न नपुग्ने भयौं । बरेली बजारलाई छाडेर कचला गङ्गाघाट पुल आइपुग्दा बेलुकीको ६ः ४५ बजिसकेको थियो । घाम धमिलो उज्यालो बोकेर गङ्गाघाट नदीको तटबाट ओझेल हाल्दै थियो । सूर्यको एउटा गोलाकृति गङ्गाघाट नदीको पानीमा तैरिरहेको थियो । पुलवारि सडक छेउछाउ मटका चिया दोकानहरु थिए ।

‘यहाँके मटका चाय बहुत मिठी होती है ।’ ड्राइभरले भन्यो ।

‘त्यसो भए मटका चाय पिएर जाने ।’ पुरुजी पनि रमाए ।

ड्राइभरले जिपलाई छेउ लगायो । त्यहाँ मटका चिया पिउने अरु गाडीका मान्छेहरु थुप्रै थिए । हामीले आ–आफ्नो मोबाइल क्यामराबाट मटका चिया पिएका फोटाहरु लियौं । ड्राइभरले दोकानदारसँग बसेको हामी सबैको एउटा संयुक्त फोटो लिइदिए ।

‘धन्यवाद ! भाईजी । मिठी चाय पिलाया ।’ हिँड्ने बेलामा दोकानेलाई भन्यौं ।

‘अच्छा से जाना । आप लोग का यात्रा अच्छा रहे ।’ मुसुक्क हाँस्यो ऊ ।
०००

‘तपाईंको नाम के हो ? हामीले त अहिलेसम्म तपाईंको नाम पनि सोधेनौं ।’ जिपमा चढिसकेपछि मैले ड्राइभरसँग सोधें ।

‘सोनु खुराना ।’ उसले भन्यो ।

पंजाबी रहेछन् । छयालिस वर्षका । मोटो शरीर, मसिनो स्वर, बिस्तारै बोल्ने । फरासिला । बनबासामा घर रहेछ । घरमा आमा र श्रीमती । सरकारी हाइस्कुल पढ्दै गरेका दुई छोरीहरु । यो उनको आफ्नै स्कोर्पियो जिप । बाइस वर्षदेखि उनी यो ड्राइभिङ पेशामा रहेछन् । यसरी नै यात्रुहरुलाई लिएर रिजर्भमा हिँडिरहने रैछन् । हामीसँग कुराकानी गर्दै उनले आफ्नो घर र परिवारको जानकारी दिए ।

‘रमाइलो लाग्छ । धेरै किसिमका मानिसहरुसँग भेट हुन्छ । उनीहरुसँग सङ्गत हुन्छ । उनीहरुलाई देश देर्शना गराउँछु ।’ उनी भन्छन् ।

अघिसम्म उनलाई सबैले गुरुजी भनेर बोलाउँदै थिए । अब हामी सबैले उनलाई बोलाउने नाम ‘सोनुभाइ’ ।

‘सोनुभाइ, आप क्यूँ इतना मोटा ?’ पुरुजीले जिस्क्याइहाले ।

मुसुक्क हाँस्यो ऊ ।

‘इतना मोटा तो नही हुँ’ – उसले भन्यो, ‘हामी सरदारहरुको जिउडाल नै ठूलो हुन्छ । अरु मान्छेको दाँजोमा अग्ला हुन्छौं । अग्लो मान्छे मोटाएपछि झनै ठूलो देखिन्छौं ।’

यतिबेला भने उसको यो घतिला कुराले हामी हाँस्यौं ।
०००

‘यहाँबाट अर्को शहर पुग्न अब निकै टाढा छ । बिचमा अब कुनै बस्तीहरु र बास बस्ने होटलहरु छैनन् । हामीले यही टुँडलामा होटल खोज्नु पर्छ । एकछिनमा यहाँका होटलहरु पनि बन्द भइसक्ने छन् ।’ टुँडलामा आइसकेपछि सोनु भाइले हामीलाई भन्यो ।

ओहो ! घडीमा रातिको दश बजिसकेछ ।

बाटोको अँध्यारो यात्रामा सबैका आँखा निद्राले झकाइसकेको रैछ । सोनुभाइले जिपलाई सडकको एक छेउ लगाइसकेपछि सबैका जिउ तन्किन थाले । पुरुजी र सोनु भाइ जिपबाट ओर्लिएर अलि पर रहेको एउटा होटलभित्र छिरे । होटलको अघिल्तिर उभिएर रातिको बत्तीको त्यो उज्यालोले निकै आकर्षक देखिएको टुँडला रोडलाई हामीले आफ्ना क्यामराहरुमा कैद ग¥यौं । केहीबेरमा हामी आ–आफ्ना झोलाहरु लिएर नजिकै रहेको होटल न्यु सत्कार ढाबाको करिडोरभित्र प्रवेश ग¥यौं । होटलको गार्डेनिङ निकै सुन्दर थियो । आकाशमा जून थियो र होटलको गार्डेनमा बसेर हामीले जूनको कोमल र शीतल स्पर्शको अनुभव गरिरहेका थियौं ।

खाना खाएर सुत्न हिँड्दा साढे एघार बज्यो ।
०००

२७ अगस्त २०२२, तदनुसार वि. सं. २०७८ भाद्र ११

बिहान छिट्टै हिँड्ने अघिल्लो रातको कुरा हुँदाहुँदै पनि बिहान होटल छोड्दा घडीले आठ त बजाइहाल्यो । आगरामा ताजमहल हेर्ने कुरा बाटोमै हरायो । आगरालाई छाडेर अघि बढेको हाम्रो अबको प्रस्थान यात्रा ग्वालियरतिर थियो । प्रथम अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सवको आज पहिलो दिन । दिउँसो एक बजेदेखि कार्यक्रम शुभारम्भ हुँदैछ । हामीलाई निम्ता दिने साहित्यिक संस्था उद्भव साहित्यिक मञ्चका सचिव दिपक तमोरसँग फोन सम्पर्कमा पुरुजी जोडिइरहनु भएको छ । कार्यक्रम सुरु हुने समयलाई ख्याल गर्दै सोनुभाइ निस्फिक्रीसँग जिपको गतिलाई दौडाइरहेको छ । नेपालमा जस्तो सडक बन्द र जामको समस्याहरुलाई यहाँको सडकमा गाडीहरुले बेहोर्नु परेको देखिन्न । निर्बाध रुपमा सडकमा गाडीहरु कुदिरहेका छन् । नेपालमा सडकहरुको रुग्ण अवस्थाले सधैं दिक्क बनाएका हामीहरुलाई यहाँको सडकहरु एकप्रकारले निर्जन झैं लाग्छ । एकनासले सडकमा कुदिरहेको गाडीको गतिसँगै हामीले यात्रालाई निकै सहज अनुभव गरेका छौं । वरिपरि सडकका छेउहरुमा देखिएका रुखहरुका हरियाली, देहाती घरहरु र यी ठूला र फराकिला सडकहरुको एकान्तले मनलाई आनन्दित बनाउँछ ।

‘हामी अब ग्वालियर सहरभित्र प्रवेश गरिसक्यौं ।’ सोनुभाइले हामीलाई भन्यो ।

हामी सबैका आँखाहरु उत्सुक भएर झ्यालबाहिर थिए । केही दिनदेखि हाम्रो यात्राको गन्तव्य बनेको, हामीले हेर्न खोजेको, हामीले बुझ्न खोजेको, मनको एक तहमा कल्पना बनेर बसेको ग्वालियरलाई यतिबेला आँखाको तहबाट प्रत्यक्ष गर्दै थियौं । उत्सुकता र रोमाञ्चकता आँखाबाट एकैचोटि पोखिएको थियो । सबैका आँखाहरु चनाखा थिए ।

एउटा प्रहरीपोष्टअघि सोनुभाइले जिपलाई रोके । हातमा केही कागजपत्रहरु लिए र ओर्लिएर अध्यागमन विभाग लेखिएको भवनभित्र पसे । एकैछिनमा उनी बाहिर आए र हामीलाई सोधे– ‘हामी कति दिन यहाँ रहन्छौं ?’

‘२७ देखि ३० अगस्तसम्म । चारदिन ।’ पुरुजीले हिसाब दिए ।

सोनुभाइ फेरि उतै फर्किए । सोनुभाइ फर्किएर जिपमा आइसकेपछि थाहा भयो अध्यागमन विभागले यहाँ आउने बाहिरी पर्यटकहरुको सङ्ख्या र बस्ने दिनको तथ्याङ्क लिँदो रहेछ । यहाँबाट अनुमति लिएर मात्र शहरभित्र प्रवेश पाइँदो रहेछ ।

महाराणाप्रतापको सालिक रहेको चोकलाई फन्को लगाउँदै सोनुभाइले जिपलाई कार्यक्रम स्थल रहेको भारतीय पर्यटन एवं यात्रा प्रबंध संस्थानको एक विशाल भवन रहेको कम्पाउण्डभित्र छिराए । आमन्त्रित अतिथिहरुको स्वागतमा टाँगिएका आकर्षक व्यानरहरुले मुल गेट सजाइएको थियो । अतिथि गृहभित्र रहेको एक भव्य स्वागत कक्षमा पाहुनाहरुलाई स्वागत गरिसकेपछि एक सहयोगीले हामीलाई बस्ने कोठाहरु देखाइदिए ।

‘सरहरु यात्राले थाक्नु भएको छ । एकैछिन आराम गर्नुस र खाना खानको लागि तल डाइनिङ हलमा आउनुस ।’ ढोकाबाट ती सहयोगीले हामीलाई भने ।

हामीले खाना खाएर कार्यक्रम स्थलभित्र प्रवेश गर्दा अपरान्हको कार्यक्रमको शुभारम्भको पहिलो उद्घाटन सत्र सकिएको थियो । उद्घाटन सत्रको मुख्य अतिथिको रुपमा रहेको भारत सरकारको नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य माधवराव सिंधिया दिल्लीको एक कार्यक्रममा व्यस्त रहेकोले भोलि मात्र आउने र कार्यक्रमलाई सम्बोधन गर्ने भन्ने कुरा सुनियो । साँझको सांस्कृतिक कार्यक्रम हेरेर हामी कोठामा फर्कियौं ।

२८ अगस्त २०२२, तदनुसार वि. सं. २०७८ भाद्र १२

अघिल्लो साँझ हातमा परेको कार्यक्रमको कार्यतालिका सूचि हेरिसकेपछि हामीले बिहानको खाजा खाएर घुम्न जाने तयारी ग¥यौं । २८ अगस्तको आजको कार्यक्रम दिउँसो एक बजेदेखि शुरु हुँदै थियो । त्यसैले हिजो साँझदेखि नै हाम्रो झाँसी पुगेर ऐतिहासिक झाँसीको किल्ला हेर्ने र फर्कने सल्लाह थियो । कार्यक्रम आयोजक संस्थाका सचिव दिपक तमोरजीलाई पुरुजीले हाम्रो घुम्न जाने कार्यक्रमको जानकारी पनि दिए । दिपक तमोरजीले हाम्रो बिहानको बचत समयलाई ग्वालियर घुमेर सदुपयोग गर्नुस भनेर हार्दिकता देखाए । तर कोठामा पुगेर घुम्न जाने तयारी गरेर बाहिर ननिस्कँदै हामीलाई खबर आइपुग्यो ‘अहिले बिहान मन्त्री ज्योतिरादित्य सिंधिया कार्यक्रममा आएका अतिथिहरुलाई भेट्न आउँदैछन् । त्यसैले तपाईंहरु कार्यक्रम हलमा आइदिनू होला ।’

घुम्न निस्कनका लागि ढोका बाहिर उचालिएका हाम्रा पाइलाहरु ढोकाभित्र अडिए । तयार भएर हाम्रो ढोकाअघि उभिन आइपुगेका उषा के. सी., ओमकुमारीजी र जानकी कुँवर हामीलाई हेरेको हे¥यै भए । उनीहरु कपडा फेरबदलका लागि आफ्ना कोठातिर फर्किए ।

‘दौरा सुरुवाल निकाल्नोस साथीहरु ।’ पुरुजीले भने ।

बाहिर गाडीमा हामीलाई पर्खिएर बसिरहेका ड्राइभर सोनुभाइ पुरुजीलाई फोनमा सोध्दै थिए, ‘क्या हुआ ?
०००

ग्वालियर अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको कार्यक्रम स्थल रहेको भारतीय पर्यटन एवं यात्रा प्रबंध संस्थानको त्यो विशाल र भव्य हल भारत सरकारका उड्डयन मन्त्री ज्योतिरादित्य सिंधिया आउने खबरले खचाखच र भरिभराउ थियो । पहिलो लहरमा साहित्य सम्मेलनमा सहभागी हुन नेपालबाट पुगेका हामी सातजना साथीहरु थियौं । दौरा सुरुवाल र ढाका टोपीले त्यो भीडमा हाम्रो अलग्गै पहिचान दिइरहेको थियो । जानकी कुँवरले हिमाली भेकमा महिलाले लगाउने पोसाक लगाएकी थिइन् ।

हलभित्र मन्त्री ज्योतिरादित्यको प्रवेशले तालीको गडगडाहट उठ्यो । दौरा सुरुवाल र ढाका टोपीमा उभिएको हामीलाई उनले सोधे, ‘नेपालबाट ?’ उनी नेपालीमा बोल्ने प्रयास गर्दै हामीसँग कुराकानी गरिरहेका थिए । नजिकै आइसकेपछि उनले मलाई सोधे, ‘तिमी नेपालको कहाँबाट आएको ?’ मैले भनें, ‘पोखराबाट ।’ यस बाहेक अरु उनले सोधेनन् । मुसुक्क हाँसे र अघि बढे ।

‘नेपालबाट आएका सप्तर्षिहरु, म यो ग्वालियर सहर र यो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा स्वागत गर्छु ।’ अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा मञ्चबाट उनले नेपाली भाषामा गरेको यो सम्बोधनले हामीलाई अचम्भित बनायो । उनको झण्डै एक घण्टा लामो सम्बोधनमा सुरुको पाँच मिनेट जति उनले नेपाली भाषामा बोले । नेपाली भाषाप्रतिको उनको यो सद्भाव र हार्दिकताले हामीलाई खुसी मात्र बनाएन गर्वले हाम्रो छातीलाई चौडा पनि बनायो ।

भारतीय राजनीतिमा सिंधिया परिवारको प्रभाव एकछत्र रहँदै आएको देखिन्छ । सन् १९४७ मा अङ्ग्रेज उपनिवेशबाट भारत स्वतन्त्र हुनुअघि ग्वालियर सिंधिया राज घरानाबाट शासित थियो । जिवाजी राव सिंधिया ग्वालियरका अन्तिम महाराजा थिए । सन् १९६१ जिवाजी राव सिंधियाको निधनपछि उनकी पत्नी राजमाता विजयराजे सिंधियाले भारतीय राजनीतिमा प्रवेश गरिन् र लोकसभामा निर्वाचित भइन् । आमाको राजनीतिलाई पछ्याउँदै उनका छोरा माधवराव सिंधियाले १९७१ को लोकसभाको निर्वाचन जिते र राजीव गान्धीको सरकारको मन्त्री समेत भए । ज्योतिरादित्य सिंधिया उनै माधव राव सिंधियाको छोरा हुन् । उनकी आमा माधवी राजे (किरण राज्यलक्ष्मी देवी) नेपालको राणा परिवारको छोरी हुन् । सन् १९६६ उनको ग्वालियरका माधव राव सिंधियासँग वैवाहिक सम्बन्ध जोडिएको थियो ।

सायद यसैले पनि नेपालबाट गएका हामी अतिथिहरुसँग उनले देखाएको हार्दिकता र नेपाली भाषाप्रतिको यो उनको सम्मानको एउटा आशय थियो कि ? जे भएपछि यतिबेला उनको मावली देशबाट गएका हामी पाहुनाहरु थियौं । र, ग्वालियर हाम्रो देशकी एउटी चेलीको घर थियो ।

२९ अगस्त २०२२, तदनुसार वि. सं. २०७८ भाद्र १३

प्रथम अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सवको तेस्रो दिन । दिउँसोको चौथो सत्रको विषय थियो – ‘रंगमञ्च, चित्रपट र साहित्य बीचको अन्तर्सम्बन्ध’ । समय एकदेखि तीन बजेसम्म थियो । बेलुकी चारदेखि छ बजेसम्म ‘लोक साहित्य, यात्रा साहित्य र समाज’ विषयक पाँचौ सत्र थियो । चारदिनसम्म विभिन्न सत्रमा बाँडिएको कार्यक्रममा निकै गहन विमर्शका विषयहरु थिए । विमर्श कार्यक्रममा विद्वान कार्यपत्र प्रस्तोताहरुबाट कार्यपत्रहरु प्रस्तुत भइरहेकोे थियो । अन्तिम दिनको छैटौं सत्र अन्तर्राष्ट्रिय सत्र थियो । नेपालको तर्फबाट पुरु लम्सालले ‘नेपाली साहित्यमा भारतीय साहित्यको प्रभाव’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो ।

ग्वालियरमा उद्भव साहित्यिक मंचले पहिलो पटक यो साहित्य उत्सवको आयोजना गरिरहेको थियो । उद्भव सांस्कृतिक एवं खेलकुद संस्थानले आफ्नो स्थापनाको २५ औं वर्ष पूरा गरेको अवसरमा ५ फेब्रुअरी २०२२ वसन्त पंचमीका दिन यो साहित्यिक मंच गठन गरेको थियो । साहित्यका माध्यमबाट युवा पिढीमा जागरुकता पैदा गर्ने र लुकेका प्रतिभाहरुको खोजी गरी उनीहरुको लेखन कार्यमा निखार ल्याउने, अग्रज साहित्यकारहरुको सम्मान गर्ने र उनीहरुको योगदानलाई प्रतिष्ठापन गर्ने, ग्वालियरको साहित्यिक परम्परालाई विश्वका मुलुकहरुमा प्रतिस्थापित गर्ने यो साहित्यिक मंचको उद्देश्य रहेको छ ।

‘अहिले बिहान हामी ग्वालियरको सबैभन्दा पुरानो पुस्तकालय हेर्न जाँदैछौं । नास्ता गरेर तयारी रहनु होला ।’ संस्थाका सचिव दिपक तमोरजीले डाइनिङ हलमा खाजा खाँदै गर्दा पुरुजीलाई भनेर गए । केहीबेरमै साहित्य उत्सवमा आएका अतिथिहरुलाई लिएर आयोजक संस्थाको गाडी पुस्तकालयतिर लाग्यो । पुस्तकालयको भवन निकै पुरानो थियो र किताबहरुलाई निकै व्यवस्थित रुपमा संरक्षण गरेर राखिएको थियो । पुस्तकालय रहेको कक्षका चारै भित्ताहरुमा भारतीय साहित्यका प्रसिद्ध साहित्यकारहरुका फोटाहरु टाँगिएका थिए । ठाउँ ठाउँमा कविताका महत्त्वपूर्ण पङ्क्तिहरु टाँसिएका थिए । पुस्तकालय अवलोकनको त्यो छोटो कार्यक्रमपछि पुस्तकालयबाट निकै न्यानो आतिथ्यता र पुस्तकहरुको उपहार लिएर फर्कियौं ।

दिउँसो दुई महत्त्वपूर्ण विषयहरु रहेको कार्यपत्र प्रस्तोताहरुको कार्यपत्रले भारतीय साहित्यलाई बुझ्ने एउटा अवसर मिल्यो ।

‘ग्वालियरकी यह साहित्य सृजन परंपरा सिंधिया राजवंश के संस्थापक महाद्जी सिंधिया से होते हुए सन १९०० के लगभग जनसाधारण के मध्य पहुँच गई और सन् १९०२ मे कुछएक साहित्य और सृजनप्रेमी सज्जनों ने एकत्र होकर ‘नागरी हितेषणी सभा’ की स्थापना की । इस सभा ने सदी के आरंभिक वर्षो में ग्वालियर नगर में साहित्यिक गतिविधियों के विकास हेतु महत्त्वपूर्ण कार्य किए । वर्ष १९०८ में इसका नामाकरण ‘ग्वालियर साहित्य सभा’ किया गया और १०४८ मे यह ‘मध्य भारतीय हिंदी साहित्य सभा’ के रुप में जानी जाने लगी । गौरवका विषय है कि लगभग १२० वर्षो का सृजन सफर तय करने के बाद आज भी यह संस्था अपने संपूर्णा सृजनात्मक वैभव के साथ नगर के साहित्य प्रेमियो को अपने साथ जोडकर ग्वालियर की साहित्यिक परंपरा को निरंतर बनाए रखने में विशिष्ट योगदान दे रही है ।’

डा. दिनेश पाठकले ग्वालियरको साहित्य परम्परालाई निकै सटिक र सुन्दर ढङ्गले आफ्नो कार्यपत्रमा प्रस्तुत गरेको थियो ।

साँझ मुंसी प्रेमचन्दको प्रसिद्ध कथा कफनलाई नाट्य रुपान्तरण गरी रंग सारथी संस्थाका कलाकारहरुबाट मञ्चन गरिएको थियो । कथालाई निकै सशक्त ढङ्गले नाटकमा प्रस्तुत गरिएको थियो । कलाकारहरुको अभिनय जीवन्त र बजोड थियो ।

३० अगस्त २०२२, तदनुसार वि. सं. २०७८ भाद्र १४

श्रीधर पराडकर, यस कार्यक्रमका मुख्य संरक्षक थिए । ग्वालियरमा उनको प्रतिष्ठा र सम्मान निकै देखिन्थ्यो । कार्यक्रममा आउनेहरु उनलाई श्रद्धापूर्वक निहुरेर ढोग्थे । उनीसँग बसेर फोटो खिच्थे । उनी प्रेमपूर्वक सबैसँग हालखबर सोध्थे । निकै वय देखिन्थे ।

पराडकरको जन्म १५ मार्च १९५४ मा ग्वालियरमा भएको थियो । उनी ३० भन्दा बढी कृतिहरुका लेखक हुन् । भारतको पूर्वीय साहित्य लेखनका लागि भारत सरकारले उनलाई सन् २०१५ को लोकप्रिय पुरस्कार ‘विवेकानन्द पुरस्कार’ र ‘विश्व हिन्दी सेवी सम्मान’बाट सम्मानित र पुरस्कृत गरिसकेको छ ।

कार्यक्रम स्थल नजिकै पुस्तक प्रर्दशनी र पुस्तक बिक्री कक्षहरु थिए । किताब बिक्री कक्षमा श्रीधर पराडकरको ‘आखिल भारतीय साहित्य परिषदको इतिहास’ नामक किताब देखें । उनको यो किताबसँगै हिन्दी साहित्य र पूर्वीय साहित्यका केही किताबहरु किनेँ ।

बिहानको खाजापछि आयोजकले हामीलाई ग्वालियरमा रहेको मध्यप्रदेशको सबैभन्दा ठूलो गौशाला अवलोकनको लागि लिएर गए । केही स्थानीय टेलिभिजन र पत्रपत्रिकाका समाचारहरुले हाम्रो त्यो गौशाला भ्रमणलाई निकै महत्व दिएर प्रचार गरे ।
०००

प्रिय ग्वालियर, अब केहीबेरमा त हामीले तिमीसँग छुट्टिएर हिँड्नु पर्नेछ । पाहुनाले धेरै दिन पराइ घर बस्नु हुँदैन । तिम्रो यो न्यानो सत्कार र आतिथ्यताको लागि धेरै धेरै आभारी छु । तिम्रो यो हार्दिकतालाई कहिल्यै बिर्सन्न । मेरा लागि यी दिनहरु अविस्मरणीय रहनेछन् । एउटा वेगवान इच्छाले मलाई तिमीसँग भेट्न यहाँ डो¥याएर ल्यायो । आदिइत्यादि नाट्य समूह र यसका संयोजक पुरु लम्साल यसको निमित्त बन्यो । यसको निम्ति पुरुजीलाई धन्यवाद दिन्छु । यो वीर योद्धाहरुको रगतको ऊर्जाले उठेको भूमि, यो झाँसीकी रानीको सहादत र उनको वीरताको इतिहास लेखिएको भूमि, यो प्राचीन पूर्वीय साहित्य र कलाको उद्भव भूमि । तिम्रो यो सान्निध्य र स्पर्शलाई कहिल्यै बिर्सन्न ।

अब छुट्छु ग्वालियर ।

यो मनलाई यहीँ ग्वालियरको किल्लामा छोडेर जान्छु ।
०००

लहैलहै जिन्दगी
‘नमस्कार ।’

झल्याक्क फेसबुक म्यासेन्जरमा पुरु लम्साल देखिए । म्यासेज बक्समा पुगें । पुरु लम्सालको म्यासेन्जरमा हरियो बत्तीको उपस्थिति देखियो ।

‘सर नमस्कार ।’ प्रतिउत्तरमा लेखेर पठाएँ ।

‘आराम ?’ उताबाट प्रतिक्रिया आयो ।

‘ठिक छु सर । तपाईंको ?’ किबोर्डमा इन्टर हानें । म्यासेन्जरले लेखेको कुरा उता पठायो ।

‘आराम छु ।’ उताको जवाफ आयो ।

फोनको कुराकानी होस् वा फेसबुक म्यासेन्जरमा साथीहरुसँग हुने यस्ता च्याटिङहरुले उहाँहरुको समयलाई बेवास्ता गरेर म लामो समय कुराकानीमा बस्दिनँ । कहिलेकाहीँ काम विशेष भए म्यासेज छोड्छु वा छोटो कुराकानीमा समाचार सम्प्रेषण गर्छु । यो मेरो सायद दुर्बलता र कमजोरी दुवै हुनसक्छ । त्यसैले मलाई नजिकैबाट माया गर्ने धेरै साथीहरुको एउटा आक्षेप हुन्छ, ‘तँ साथीहरुको सम्पर्कबाट सधैं टाढा रहन्छस् ।’

म हाँस्छु फिस्स ।

कम्तिमा पनि मलाई यसैगरी माया गर्ने साथीहरु छन् । यही शुभेच्छाले मलाई उहाँहरुसँग कतै न कतै बाँधिरहेका हुन्छन् । कहिलेकाहीँ कार्यक्रमहरुमा भेट हुँदा आत्मीयताले पोखिन्छु । मनमा एक किसिमको आलोक उठ्छ । आँखाहरु तरङ्गिन्छन् खुसीले । अन्तरङ्ग बनिदिन्छ छोटै भेट पनि ।

‘यस्तै कार्यक्रमहरुमा त हो नि भेट हुने ।’ भेटघाटमा साथीहरु भन्छन् ।

उताबाट च्याटिङमा केही टाइप हुँदै गरेको सङ्केत थियो, पुरुजीको म्यासेन्जरको हरियो बत्ती हरायो । च्याटिङलाई छाडेर म आफ्नो कम्युटरको पूर्ववत कार्यमा फर्किएँ ।

‘आकाशजीको फोन थियो ।’ म्यासेजसहित पुरुजीको म्यासेज बक्समा हरियो बत्ती पिलिक्क बल्यो ।

‘केही कुराकानी ?’ सोधें ।

‘कार्यक्रमको तयारीको बारेमा केही छलफल भयो ।’ लेख्नुभयो ।

मेरो मोबाइलको घण्टी बज्यो । आकाश अधिकारीको फोन थियो । पुरुजीसँगको च्याटिङबाट छुटें र मोबाइलको फोन संवादमा आकाशजीसँग जुटें । आकाशजी ग्वालियर जाने तनहुँका हामी केही साथीहरुलाई दमौलीबाट संयोजन गरिरहनु भएको थियोे । भर्खरै पुरु लम्सालसँग फोनमा भएको कुराकानी सुनाउनु भयो ।

‘तनहुँबाट तपाईं, दिवाकार र म, तीन जना जाने भयौं । काठमाण्डौबाट पुरुसहित आदिइत्यादिका चार जना साथीहरु हुनुहुन्छ । सात जना जाने कुरा भएको छ ।’ आकाशजी सुनाउँदै हुनुहुन्थ्यो ।

‘ठीक छ, सम्पर्क र संवादमा रहँदै गरौं । अब जाने कुरो भएपछि तयारी पनि गर्दै गर्नु प¥यो । बाटोको खर्चपर्च पनि त जुटाउनु प¥यो ।’ भनें ।
०००

केही दिनअघिको कुरा ।

‘तपाईं ग्लालियर जाने ?’ आकाशजीको यो अपर्झटको सोधाइ थियो मोबाइल फोनमा । एकछिन चकमन्न भएँ । बेलाबेलामा उहाँको जिस्किरहने व्यर्थ बानीले उहाँसँग विश्वस्त हुन गाह्रो ।

‘काठमाण्डौबाट पुरुजीको आदिइत्यादि नाट्य टिम ग्वालियर जाँदै छन् । तनहुँबाट जाने साथीहरुको नाम कन्फर्म गराउनु पर्ने भयो । मैले तपाईं र मेरो नाम दिएको छु । दिवाकरसँग कुरा भएको छ । उनको अफिसमा बिदा मिलाउनु पर्ने भएकोले जाने नजाने केही दिनमा निर्णय दिन्छु भनेको छ ।’ उहाँले भन्नुभयो ।

ग्वालियरको नामले मलाई लालायित बनायो । अरु कुनै ठाउँको कार्यक्रम भए जान्न भनिदिने थिएँ । झट्ट झाँसीकी रानी सम्झिएँ । मोदनाथ प्रश्रितको ऐतिहासिक उपन्यास देशभक्त लक्ष्मीबाई धेरै पहिले पढेको हुँ । उपन्यासमा ग्वालियरमा अँग्रेजहरुसँग लक्ष्मीबाईले लडेको वीरतापूर्ण र साहसिक लडाइँको उल्लेख छ ।
‘अँग्रेजहरुले आफ्ना जासुसहरुको माध्यमबाट ग्वालियरको यथार्थस्थिति बुझिसकेका थिए । त्यसैले उनीहरुले रानीले संभालेको मोर्चातिर नै सबभन्दा बढी शक्ति केन्द्रित गरे । उनीहरुलाई पक्का विश्वास थियो .. रानीको मोर्चालाई गिराउनासाथ ग्वालियरको पतन निश्चित छ । त्यसैले रावसाहबका दस्ता खटिएका मोर्चाहरुमा तर्साएर मात्र भगाउन सक्नेगरी स–साना सैनिक टोली र दुई–दुईवटा तोप मात्र पठाए ।
रानीले शहरको पूर्वी मोर्चा सम्हालेकी थिइन् । सबभन्दा पहिले तगडा हानाहान पूर्वी मोर्चाबाटै शुरु भयो । रानीसँग मुन्दर, रघुनाथ सिंह, रामचन्द्र देशमुख, जुही र गुलमुहम्मद पाँच जना कुशल निशानेबाजहरु थिए । थोरैबेर मात्र तोप चलाचल भएपछि अँग्रेजी सेना पछाडि हट्न मजबुर भयो । रानीले पनि आफ्नो सेनालाई छापा मार्ने आदेश दिइन् । रानीको सैनिक दस्ता जसै अगाडि बढेको थियो ब्रिगेडियर स्मिथले पनि बडो चलाखीसाथ एकछिन भागेर रानीको दस्तालाई अगाडि बढ्न दिए । जसै रानीले मोर्चा कसेको ठाउँ खाली भयो होला भन्ने उनले ठाने, दुईतिरबाट आफ्नो दस्तालाई पछाडि फर्काइ तीनतिरबाट रानीलाई घेर्ने प्रयास गरे । रानीको मोर्चामा एउटा दस्ता लिएर जुही र गुलमुहम्मद सतर्कतासाथ डटेका थिए । त्यसैले अँग्रेजी दस्ताले त्यो ठाउँ ओगट्न सकेन । तैपनि रानीमाथि तीनतिरबाट प्रहार शुरु भयो । अब लर्तरो उपायले काम थिएन, युद्धले घमासान रुप लियो । थोरैबेर मात्र तोप र बन्दुक चले तर तोप र बन्दुकले तीनतिर मुकाबिला गर्नु संभव थिएन । रानीले स्मिथको चलाखी बुझिहालिन् र आफ्ना सैनिकहरुलाई तरबारको युद्ध लडेर बाटो तयार पारी पछाडि आफ्नै मोर्चामा फर्कने संकेत दिइन् । रानीले घोडाको लगाम दाँतले टोकिन् र दुवै हातले तरबार फन्काउँदै आफ्नो मोर्चातिर बढिन् । चारैतिर तरबारका झन्झनाहटहरुले वातावरण भयंकर भयो । धारिला तरबारका मारले उछिट्टिएका टाउकाहरु भकुण्डो झैं उफ्रिन थाले । भारतीय कल्छौंदाहरुको र विलायती गोराहरुको उस्तै रंगको रातो रगत एउटै खोलो भएर बग्यो । मान्छेका ताता रगतको मत्याट लाग्दो गन्धले सैनिकहरुको लडाकु उन्माद झन् तीब्र भएर बढ्न थाल्यो ।

मोदनाथ प्रश्रितको देशभक्त लक्ष्मीबाई (झाँसीकी रानी) उपन्यासको युद्ध वर्णित यी दृश्यहरु मेरो आँखाअघि अझै उस्तै थियो । त्यसैले पनि ग्वालियरले मलाई लोभ्यायो । बेलायती साम्राज्यवादले भारतीय गणराज्यहरुलाई युद्धले निलिरहेको बेला सन् १८५७ मा भारतीय मुक्ति संग्रामको नेतृत्व गर्दै जसरी झाँसीकी महारानी लक्ष्मीबाईले अँग्रेजहरुको विरुद्ध युद्धको मोर्चा सम्हालिन् र जसरी उनले ग्लालियरमा साहसपूर्ण लडाइँ लडिन् त्यो भारतीय महाद्धीपमै बेलायती साम्राज्यवाद र अँग्रेजी सेनाहरु विरुद्धको अद्वितीय युद्ध रह्यो । र, यस युद्धले लक्ष्मीबाईलाई एक वीराङगना र अद्धितीय महिलाको रुपमा इतिहासमा अंकित गरायो ।

धेरै अघि भारतीय प्रसिद्ध लेखिका महाश्वेता देवीको हिन्दीमा अनुवाद (अनुः डा. रामशंकर द्विवेदी) रहेको ‘झाँसी की रानी’ उपन्यासले मेरो मनमा छाडेको प्रभाव र यतिबेला आकाशजीको ग्वालियर जाने यो अप्रत्यासित प्रस्तावले मेरो मनलाई तरङ्गित बनाइरह्यो । मनमा झाँसीको त्यो ऐतिहासिक भूमिलाई टेक्ने लालसा उठ्यो । घोडसवारमा रहेर दुवै हातले तलबार उठाउँदै शत्रुसँग लडिरहेको लक्ष्मीबाई(मनिकर्णिका) को त्यो अद्वितीय चित्र मेरो आँखाअघि खेल्यो । दशकौंअघि पढिसकेको यी दुवै किताबलाई आफ्नो पुस्तकालयबाट निकालें र फेरि स्पर्श गरें । आनन्द लाग्यो ।
…. सन् १८५७ । अंग्रेजी शासन के विरुद्ध भारतवासियों के पहले स्वतःस्फूर्त विद्रोहका वर्ष । उस विद्रोह के दिन सबसे आगे की पंक्ति में खडे होकर जिस वीरांगना नारी ने प्राण दिए थे वही है झाँसी की रानी ।’

महाश्वेता देवीले लेखेका यी शब्दका पङ्क्तिहरुलाई फेरि एकपल्ट दोहो¥याएँ ।

‘मलाई कार्यक्रमको डिटेल दिनु न ।’ मैले आकाशजीलाई भनें ।

‘पुरुले तपाईंलाई फोन गर्छ ।’ उहाँले भन्नुभयो ।
०००

भोलिपल्ट पुरुजीले फोन गर्नुभयो फेसबुक म्यासेन्जरबाट । भारतको ग्वालियरमा हुने प्रथम अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सवबारे उहाँले धेरै कुराहरु जानकारी दिनुभयो । उद्भव सांस्कृतिक एवं क्रीडा संस्थान र अखिल भारतीय साहित्य परिषद्को आयोजनामा २०२२ अगस्त २७ देखि ३० सम्म ग्वालियरमा प्रथम अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सवमा आदिइत्यादि नाट्य समूहले नेपालबाट सहभागी हुने लेखकहरुको संयोजन गर्दैछ । नेपालबाट सात जना नेपाली लेखकहरु ग्वालियर साहित्य उत्सवमा सहभागी हुनेछन् । नेपालको तर्फबाट टिम संयोजक पुरु लम्सालले कार्यपत्र प्रस्तुत गर्नेछ ।

‘पुरुजी, म त्यो वीरताको गाथाले भरिएको ग्वालियरको भूमि हेर्न निकै उत्सुक छु । यो सुन्दर अवसरको लागि तपाईं र तपाईंको आदिइत्यादिलाई धेरै धेरै धन्यवाद दिन्छु ।’ हार्दिकतापूर्वक भनें ।

‘यो त मेरो पनि खुसीको कुरा हो सर ।’ भन्नुभयो ।

ग्वालियर यात्राबारे पुरुजीसँगको कुराकानीले मन फेरि फुरुङ्ग बन्यो । आदिइत्यादि नेपाली भाषा, कला, साहित्य, संस्कृति र नाटकको क्षेत्रमा क्रियाशील रहँदै आइरहेको एक नाट्य समूह हो । यसको अध्यक्ष पुरु लम्साल हुनुहुन्छ । सुशीलसिंह ठकुरी, रीता थापा, अस्मिता बयलकोटी, विमला अधिकारी, डा. अशोक थापा, जयराम तिमल्सिना, उदय रजान मगर, अनन्तप्रकाश श्रेष्ठले यस संस्थालाई जीवन्त बनाएर अघि बढाउनु भएको छ । नेपाल, भारत र बंगलादेशका विभिन्न सहरहरुमा आदिइत्यादिले थुप्रै नाटकहरु प्रर्दशनी गरिसकेको छ ।

मनमा एउटा बेग्लै उत्साह खेलिरहेको थियो । हिँड्नु पर्ने दिन थियो २०७९ भाद्र ९ गते । हामी कार्यक्रममा सहभागी हुने साथीहरुको बायोडाटासहितको ब्रोसर, ब्यानर र परिचयपत्र कार्ड पुरुजीले काठमाडौंमा तयार गरिसक्नुभएको थियो । ग्वालियर जाने सहभागीहरुमा काठमाण्डौंबाट पुरु लम्साल, ओमकुमारी बञ्जारा, उषा के. सी., जानकी कुँवर र तनहुँबाट अनिल श्रेष्ठ, आकाश अधिकारी र दिवाकर भट्टराई थियौं । केही दिनपछि आयोजक संस्था उद्भव साहित्यिक मञ्च, ग्वालियरले आमन्त्रण गरेर पठाएको पत्र पुरुजीको म्यासेन्जर बक्सबाट टुप्लुक्क देखा प¥यो ।

Mr. Anil Shrestha

Senior Writer

Tanahun, Nepal

Sub: Invitation for “Antarrasthtriya Gwalior Sahitya utsav-2022”

Dear Sir

Udbhav is a leading organization raising and representing Indian flag and culture at various international stages. Udbhav was established in the year 1997 under the inspiration and guidance of Former Union Minister Late H.H. Madhav Rao Scindia. At present, activities of this organization are being conducted under the patronage of Union Minister Of Civil Aviation and Steel H.H. Jyotiraditya Scindia.

More  than  a  decade  now, we are organizing an international dance festival udbhav utsav in the heart of incredible India, Gwalior (Madhya Pradesh). H.E. Samarguil Adamkulova(Ambassador of the Kyrgyzs republic to the Republic of India)(2017), H.E. Mr Farhod Arziev(Ambassador of the Uzbekistan to India)(2018) and H.E. Mr Sulton Rahimzodha(Ambassador of the Tazikistan to India)(2019) has graced the udbhav utsav in previous years.

We are organizing “Antarrasthtriya Gwalior Sahitya utsav-2022” from 27th to 30th August 2022 in the historical, literary and musical city Gwalior-India. We would like to invite  you to represent Nepal in this festival. You will have to  present a speech of 5-10 minutes on a specific  subject  givan by us and you can present your work in few minutes. Your arrival will be on 27th morning and departure will be  on 31st morning.

We will provide accommodation and 3 meal a day. We would be indebted to you if you give us this special chance to receive some valuable idea and guidance from you. We will be waiting for your positive response.

Thank you very much.

With regards,

DR KESHAV PANDEY

Presedent

SHRIDHAR PARADKAR

Festival chief patron

DEEPAK TOMAR

Secretary

आमन्त्रण पत्र प्राप्तिको खुसी एकातिर छँदै थियो, मनमा उठिरहेका खुल्दुलीहरु उस्तै थिए । मुलुकबाहिर अन्तर्राष्ट्रिय रुपमा हुन गइरहेको यति ठूलो साहित्यिक उत्सवमा सहभागी हुने यो अवसरले पनि म रोमाञ्चित थिएँ । मनमा एउटा उद्वेग थियो । सधैं यात्रामा रमाउने मन, एउटा ऐतिहासिक र सांस्कृतिक महत्व लिएर भारतको प्रसिद्ध शहरको परिचय बोकेको ग्वालियरको यो साहित्यिक यात्राका लागि मन त्यसै त्यसै तम्तयार थियो ।

‘काठमाडौंबाट हामी दुईजना भोलि बेलुकी हिँड्नेछौं । दुईजना साथीहरु पर्सि बिहान प्लेनबाट धनगढी आउनु हुनेछ । उहाँहरुसँग धनगढीमै भेट्नेछौं । तपाईंहरु मुग्लीङमा हामीलाई पर्खनु होला । आकाशजीसँग पनि कुरा भएको छ ।’ हिँड्नु अघिल्लो दिन साँझ पुरुजीले फोन सम्पर्कमा भन्नुभयो ।
०००

‘अनिलजी, दौरा, सुरुवाल र ढाकाको टोपी छ भने राख्न नछुटाउनु होला । विदेशतिरका कार्यक्रमहरुमा यी कपडाहरुले नेपालीको अलग पहिचान दिन्छ ।’ हिँड्ने दिन बिहान यात्राका सामलतुमल कसेर ठिक्क बनाइसकेपछि पुरु लम्सालले फोन गर्नुभयो ।

म कहिल्यै दौरा सुरुवाल लगाएर हिँड्ने मान्छे भए पो ! अब कहाँ यतिबेला दौरा सुरुवाल खोजेर हिँड्नु । कहाँ गएर सिलाउनु ! कुन आफन्तसँग होला र ! सोध्नु । एकछिन अलमलिएँ ।

‘दौरा सुरुवाल चाहिने नै हो ? मसँग त छैन । के गर्ने ?’ फोन गरेरै पुरुजीसँग सोधें ।

‘भयो भने राम्रो । रेडिमेड पनि पाइन्छ किन्न । टेलरिङ पसलहरु छैन ? सोध्नु त । उनीहरुले पनि बेच्न राख्छन् ।’ पुरुजीले सुझाउनु भयो ।

फोन राखेर टेलरिङको एकाध पसलहरु चहारें । एक ठाउँमा रैछ । जेनतेनले मेरो जिउमा मिल्ने एउटाको साइज मिल्यो ।

‘उतिसारो राम्रो कपडा त होइन । दाइलाई अहिलेलाई काम चल्ला ।’ साजन टेलरिङका गान्धी भाइले भने – ‘तपाईलाई सधैं चाहिने नै भएपछि अलि राम्रो कपडाको सिलाएर राखिराख्नु ।’

‘कति प¥यो ? भाउ सोधें ।

‘चौबिस हो । दिनु न बाइस ।’

‘चौबिस रुपैया ?’

‘भइहाल्छ नि, दाइलाई ।’ गान्धी मुसुक्क हाँस्यो । बिहानै पर्सबाट बाइस सय झिकेर उसलाई त्वं शरणम गरें र हिँडेँ । बाटोको एउटा समस्या सुल्झ्यो ।

दिउँसो ३ बजे आकाश अधिकारी र दिवाकर भट्टराई माइक्रोबाट खलासीसँग गलफती गर्दै आँबुखैरेनी चोकमा ओर्लिए । उनीहरुलाई पर्खदैं म चोकको सडकको छेउ उभिइरहेको थिए ।

‘के भो ?’ सोधें

‘माइक्रोवालाहरुको मनलाग्दी नि दाजु ।’ दिवाकार हाँसे ।

गाडीबाट दुईजना ओर्लिएपछि खलासी अलमलियो ।

‘बस्नु न दाजुहरु भाडा मिलाएर दिनु ।’ खलासी भन्दै थिए ।

‘तिम्रा गाडीमा अब यहाँबाट उता गइन्न । अर्को गाडी कुरेर बसिन्छ र गइन्छ बाबु ।’ आकाशजीले खलासीलाई घुक्र्याए । गाडीको यात्राको रमाइलो हो यो पनि । माइक्रो हिँडेपछि हामी तिनै जना सडकबाट किनारा लाग्यौं र नजिकैको शुभकामना होटलभित्र खाजा खान पस्यौं । एकाध घण्टा हामीले आँबुखैरेनीमै बिताउनु थियो ।
०००

मुग्लीङ पुग्दा बेलुकीको ६ बज्दै थियो । काठमाडौंबाट पुरु लम्सालसहितको साथीहरु आउनुभएको रात्री बसलाई पर्खनु थियो । निद्रालाई आँखामा च्यापेर हामी मुग्लीङ बजारको चोकमा टहलिरह्यौं । झण्डै साढे नौ बजे हामी उभिएको सडकको किनारमा आएर रोकिएको खप्तड एयर बसको ढोकानिर उभिएर पुरु लम्सालले हात हल्लाए । हामीले बस चढ्यौं । अघिल्तिरको सिट थियो । सजिलो भयो । रातिको ११ः४५ बजे देवदहको आँधीखोला होटलमा बसले खाना खानको लागि यात्रुहरुलाई ओराल्यो । खानाको प्याकेजसहितको टिकट रैछ । झरररर … अँध्यारोमा एक्कासि भदौको आकाशे पानीले हिर्कायो । गाडीबाट ओर्लिएकाहरुलाई पानीले लखेट्यो । पानीले एकैछिन पनि बाहिर टहल्न दिएन । ओत लाग्न हामी होटलभित्र छि¥यौं । होटलभित्र मान्छेको कोलाहल र गर्मीको तातो वाफ उस्तै थियो ।

बस हिँडेपछि कति प्रयत्न गर्दा पनि निदाउन सकिनँ । रातिको यात्रामा गाडीमा हतपती निद्रा लाग्दैन । रातभरिको यात्रा अनिदोमै बित्यो । पर्दा तानेर झ्याल बाहिर हेरें । अँध्यारो हराउँदै थियो र उज्यालो पोखिँदै थियो ।

घडी हेरें । चार बज्दै थियो ।
०००

अनुभूतिमा वैशाख १२
क्रोधले कामिरहेको धर्ती
एकाएक आकाश अँध्यारियो । गडडडड…, जमिन हल्लियो ।

छिनभरमै हावामा पातहरुझैं घरहरु हल्लिरहेका थिए । सामुन्नेको अग्लो पहाड बेस्सरी कामिरहेको थियो र माथि पहरोबाट चट्टानहरु उप्किएर सडकमाथि खसिरहेका थिए । एउटा बडेमानको ढुङ्गा आँबुखैरेनी चोकको मेरो पसल नजिकैको मनकामना खाजा घरको दैलो अघिल्तिर बड्याम्म बज्रियो । मान्छेहरु अतालिएर यताउति भागदौड गरिरहेका थिए । एउटा अर्को च्याप्टो ठूलो ढुङ्गो खस्यो । सडकमा राखिएको एउटा डिभाइडरले त्यो ढुङ्गोलाई अल्झायो ।

एकछिनअघि बाहिर सडकपेटीमा उभिएर हामी आकाश नियाल्दै थियौँ । घाम थिएन । दिन गुम्म थियो । ओसिलो दिन । ‘पानी पर्छ कि के हो ?’ श्रीमती भन्दै थिइन् । शनिवारको बिदाको दिन परेकाले श्रीमतीको अफिस थिएन । दिउँसो पसलमा मसँगै थिइन् । एक्कासि पसलमा भएका सामानहरु भुइँमा झरे । कुर्सीहरु बेस्सरी हल्लिए । चटटटट …. बाहिर केही चर्किरहेको एउटा अनौठो आवाज सुनियो । ‘बुढो भुइँचालो’ श्रीमती चिच्याइन् । भुइँचालोले हल्लाएपछि अलमलिँदै दुवैजना पसलबाट बाहिर सडकमा निस्क्यौँ । माथि पहराबाट खसेर आएको बडेमानको एउटा ढुङ्गा सडकमा बज्रियो । सडकछेउमा बस कुरेर बस्ने यात्रुहरु अतालिएर यता र उता भागिरहे । मान्छेहरु कराउँदै घरबाट बाहिर निस्किरहेका थिए । धन्न ! ढुङ्गा खस्नुअघि वरिपरि कोही थिएन । जोगिएछ ।

आँबुखैरेनीको सडकको मध्यभागमा हामी चामलझैं निफन्निइरहेका थियौं । केही क्षणअघि शान्त देखिएको आँबुखैरेनी बजार पुरै कोलाहलमय थियो । चोकदेखि डाँडाटोलसम्म सडकमा मान्छेहरु एकै थुप्रो देखिन्थे । चररर वरिपरिका बिजुलीका लठ्ठाहरु बजिरहेका थिए । घरहरु भत्किएर बजार धुलाम्मे देखिन्थ्यो । जमिन पुरै कम्पायमान थियो । हामी उभिइरहेको सडक नजिकैबाट कतै चरक्क चर्किरहेको छ कि भनेझैं हामीलाई लाग्दै थियो । यसअघि भुइँचालोले जमिन यस्तरी हल्लाएको कहिल्यै कसैलाई थाहा थिएन । झण्डै अढाई मिनेटको भुइँचालोले हामीलाई पुरै हल्लाएर गयो । सबैका आँखाहरु आतङ्कित र भयभीत थिए । प्रायः सधैं क्यामरा हुन्थ्यो मेरो साथमा । त्यो दिन क्यामरा छुटेछ । मोबाइलले काम दिएन । भुइँचालोले हल्लाएको बजारका दृश्यहरु खिच्न सकिएन । पछुतो लाग्यो ।

प्रकृतिलाई सधैं आमा मान्दै आइरहेका हामी । हामी आफैले प्रकृतिलाई दोहन गर्न कहिल्यै छाडेनौं । बाल्यकालमा मैले गरेको बिठ्याइँले एकदिन मेरी आमा यस्तरी नै क्रोधले कामेकी थिइन् र मलाई एकचोटि नराम्ररी पिटेकी थिइन् । आज ठ्याक्कै मेरो सम्झनामा आइरहेछ त्यो । पहिलोपल्ट यतिसाह्रो क्रोधित भएर कामिरहेको धर्तीलाई देखिरहेँ । मेरी आमा क्रोधले कामिरहेजस्तै ।

‘फेरि फर्कन्छ, फेरि फर्कन्छ ।’

भुइँचालोले हल्लाउन छाडे पनि मान्छेहरु अझै आतङ्कित मुद्रामा सडकमा कराइरहेका थिए । त्रसित थिए सबै । केही क्षणअघि सडकमा एकै डल्लोजस्ता देखिएका मान्छेहरु सल्बलाउन थालेका थिए । सबैले आफ्ना घरपरिवारका सदस्यहरु को कहाँ छन् खोजिरहेका थिए । सबैका आँखामा आफन्तहरुको सुर्ता देखिन्थ्यो । करिब बीस मिनेटपछि एउटा अर्को धक्का हानेर भुइँचालो गयो । अघिसम्म जिउ जोगाउन घर र पसल खुल्लै छाडेर सडकमा ओइरिएका मान्छेहरु दोस्रो भुइँचालोपछि सबै सटर र ढोकाहरु बन्द गरेर बाहिर निस्किए । सबै मान्छेहरु खुल्ला चौर र खाली ठाउँहरु खोज्दै आफूलाई सुरक्षित गर्न हिंडे । पुरै बजार सुनसान र चकमन्न बन्यो । एकैछिनपछि आँबुखैरेनी इलाका प्रहरी कार्यालयको प्रहरी भ्यान माइकिङ गर्दै बजारमा निस्क्यो ।

२०७२ वैशाख १२ गते शनिबारको मध्यदिनको महाभूकम्पले छाडेर गएको एउटा त्रासद र आतङ्कपूर्ण आँबुखैरेनी बजारको दृश्य थियो त्यो ।

धरहरा ढलेको खबर
कोलाहलकै बीचमा काठमाडौंमा धरहरा ढलेको खबर भीडभित्र व्यापक बन्यो । भुइँचालो सानो र सामान्य थिएन । २०४५ सालमा ५ रेक्टर स्केलको भुइँचालोले पनि भक्तपुर र धरानलाई ठूलो क्षति पु¥याएको थियो । यस्तरी हल्लाउने भुइँचालोको कम्पन त त्यसबेला पनि हामीले महसुस गरेका थिएनौं । यो भुइँचालो कम्तीमा पनि ७ रेक्टर स्केलभन्दा माथि हुनुपर्छ भन्ने अनुमान मैले साथीहरुलाई गरें । विद्युतको लाइन काटिएको थियो । मोबाइल सम्पर्कहरु विच्छेद थिए । अन्धाधुन्ध र अस्तव्यस्त थियो भर्खरका भर्खर मान्छेहरुको जमात र भुइँचालोपछिको वातावरण । सबैका आँखाहरुमा त्रासदी थियो । सबै भयभीत थिए । सबैका हातहरु मोबाइल थिचिरहेका थिए । यस्तरी हल्लाएको यो भुइँचालोले अन्त कहाँ, कति, केके बिगार ग¥यो होला ? सबैका आँखाहरुमा थप चिन्ता, डर, आशङ्का र उत्सुकताहरु थिए । कोही आफन्तहरुसँग फोन सम्पर्कहरु खोजिरहेका थिए । कोही घटनाका सूचनाहरु खोज्दै थिए ।

–‘काठमाडौंमा धरहरा ढल्यो ।’

–‘वसन्तपुरको दरबार भत्क्यो ।’

–‘भूकम्पको केन्द्रबिन्दु लमजुङ् रे ।’

–‘होइन, ‘बारपाक’ रे

–‘पोखराको मनिपाल हस्पिटल पनि भत्क्यो रे ।’

–‘काठमाडौ“मा धरहराबाट २५ जनाको लास निकाल्यो रे ।’

–‘काठमाडौं पुरै ध्वस्त छ रे ।’

छिनभरमै फेसबुक लगायतका सामाजिक सञ्जालहरुले अपडेट गराएका भूकम्पका देशव्यापी समाचारहरु बजारभरि तरङ्गित हुन थाले । सही सूचनामाध्यमहरु नहुँदा र सामाजिक सञ्जालका यस्ता अनगिन्ती होहल्ला र अड्कलबाजीहरुले दिनभरि नै अन्योल र त्रासहरु उब्जाइरहे । श्रीमती अतालिएर काठमाडौं फोन गर्दै थिई । छोरा काठमाडौंमा थियो । म्हैपीमा बहिनी सानु र ज्वाइँ थिए । कलङ्कीमा भतिज थियो । ढुङ्गेधारामा भान्जाभान्जीहरु थिए । कसैको फोन लाग्दैन । उताको चिन्ता र छटपटी बढ्यो ।

–‘के भो ?’ श्रीमतीलाई सोधें

–‘अनिशलाई कन्ट्याक त भो । राम्ररी बोल्न पाइएन । ठीक छ भन्थ्यो ।’

–‘सानु र ज्वाइँ नि ?’

–‘सँगै छन् रे ।’

–‘अमिर र समीक्षालाई फोन गर भनिनौ ?’

–‘भन्या छु ।’

त्यै भा नि भो । अलिकति मन ढुक्क हुने बाटो भो । एउटा तनाव घट्यो ।

निरन्तर भूकम्पका धक्काहरु
रातभरि पनि भुइँचालोका धक्काहरु निरन्तर चलिरह्यो । अँध्यारोमा गडडड जमिन हल्लँदा त्यो खुल्ला चौरमा पनि मान्छेहरु आफू बसेको ठाउँ छाडेर उठ्थे र पर भागिसकेका हुन्थे । फेरि एकत्रित हुन्थे र आफू भाग्दाको क्षणलाई सम्झेर मान्छेहरु फेरि एकैछिन मुर्छा परेर हाँस्थे । पर परसम्म पनि पिलिक्क पिलिक्क टर्चलाइटको उज्यालो प्रशस्त देखिन्थे । ‘आयो, आयो’ मान्छेहरु कराइरहेका थिए । अँध्यारोको यस्तै भागदौड, कोलाहल, होहल्ला, संत्रास र अनिद्रामा रात बित्यो ।

भोलिपल्ट बिहानसम्म भुइँचालोले बजारका नौवटा पुराना घरलाई क्षतिग्रस्त बनाएको खबरहरु आयो । अघिल्लो दिन पहराबाट लडेको ठूलो ढुङ्गा सडक विभागको डोजरले बिहान उठाएर लगेछ । रातिको अनिद्राले बिहानपख मान्छेहरु बारीका गराहरुमा अलिकति ओत पारेर उँघिरहेका थिए । बजार बन्दै रह्यो । कसैका पाइलाहरु खाली चौर छाडेर घरतिर फर्कन मानेनन् । अघिल्लो दिनको भुइँचालोले पु¥याएको क्षति बारे अन्योल र अस्पष्टताहरु बढिरहेको बेला दोस्रो दिनको १ बजेको भुइँचालोले फेरि चर्कै हल्लाएर गयो । यसले मान्छेहरुलाई अरु आतङ्कित बनायो । भुइँचालोको यो अर्को ठूलो धक्काले ठाउँ ठाउँमा झनै बढी क्षति पारेको खबरहरु सुनिए । गोरखा र काठमाडौं पछिको धादिङ, नुवाकोट, रसुवा, काभ्रे र सिन्धुपाल्चोक हुँदै देशको उत्तर–पूर्वी पहाडी भू–भागहरुलाई बाटो बनाएर भुइँचालोले पुरै गाउँहरुलाई ध्वस्त पारेछ । पुरै देश भुइँचालोको कम्पनले कोलाहल थियो । बेलुकी बिजुलीको लाइन आएपछि टिभी च्यानलहरुबाट दिइरहेको समाचारका क्षतविक्षत दृश्यहरुले मनलाई बेचैन बनायो । झनै यो विनाशकारी भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक रहेको भन्ने समाचारहरुले हामीलाई लामो सास फेर्नुपर्ने बनायो । यो महाभूकम्पको विनाशबाट आँबुखैरेनी सुरक्षित रहेको थियो ।

औषधि बोकेर गाउँतिर
महाभूकम्पको पहिलो ठूलो धक्कापछिको ७२ घण्टा अझै असुरक्षित रहेको र सबैले घरभन्दा बाहिर सुरक्षित स्थानको खोजी गरेर बस्नुपर्ने समाचारहरु सञ्चार माध्यमहरुबाट आइरह्यो । भूकम्पबाट घाइते भएकाहरुको तत्काल उद्धार कार्यबाहेक मान्छेहरु आफ्नो घरभित्र बस्न सक्ने सामान्य अवस्था रहेन । कतिबेला अरु ठूला भूकम्पका धक्काहरु आउने हुन्, कतिबेला यी घरहरु लड्ने हुन्, सबैका आँखाहरुमा एउटा भयावह त्रास थियो । दुईदिनसम्म हामीले एउटा संत्रासपूर्ण र अन्योलको वातावरणमा खुल्ला चौर र खाली ठाउँहरुमा रात काट्यौं । तर धेरैदिनसम्म अब यत्तिकै एउटा अकर्मण्यतामा रहनुहुन्न र यसलाई सामान्य बनाउँदै लग्नुपर्छ भन्ने मलाई लागिरह्यो । हामी कम्तीमा पनि क्षतिबाट जोगिएका छौं । ‘हामीले तत्काल राहतको एउटा कार्यक्रम सुरू गर्नुपर्छ’ भनेर मैले केही साथीहरुसँग सल्लाह गरें र आँबुखैरेनी स्रष्टा समाजको एउटा आकस्मिक बैठक डाकें । आँबुखैरेनीका विभिन्न सामाजिक सङ्घसंस्थाहरुको सहभागितामा राहत सङ्कलन कार्यलाई तुरुन्तै सुरू गर्नुपर्छ भन्ने छलफल भयो । आँबुखैरेनी उद्योग वाणिज्य सङ्घ र आँबुखैरेनी रेडव्रmस शाखाले राहत सङ्कलन कार्यलाई संयोजन गर्ने भए ।

डुम्रेमा अनिल प्रजापतिलाई फोन गरें ।

‘यो विपद्को बेला तनहँुका सिएमए सङ्घसँग आबद्ध स्वास्थ्यकर्मीहरुको एउटा टीम बनाएर भूकम्पग्रस्त गाउँहरुमा स्वास्थ्यको कार्यक्रम लिएर जानु प¥यो । तिमीलाई के लाग्छ ?’ मैले उसलाई भनें ।

‘राम्रो हुन्थ्यो । म साथीहरुलाई कुरा गर्छु ।’ ऊ सकारात्मक देखियो ।

उसले त्यसको संयोजन गर्ने काम ग¥यो । दमौलीबाट भवानी पोखरेलले नेपाल सिएमए सङ्घ केन्द्रीय कार्यालयसँग समन्वय गरिन् । केन्द्रीय कार्यालयले दैवीप्रकोप राहत कोषमा रहेको एकलाख रुपैयाँ पठाइदिने भए । त्यसले हाम्रो कार्यक्रमलाई अरु थप बल मिल्यो । भूकम्पले गोरखाका गाउँहरु क्षतिग्रस्त थिए । गोरखा जाने निधो भयो । जिल्ला जनस्वास्थ्य कार्यालय गोरखामा सम्पर्क र त्यसको समन्वय गर्ने काम मैले गरें । भूकम्पको चौथो दिन हामीले तनहुँका स्वास्थ्यकर्मीहरुको दश जनाको एउटा नामावली तयार ग¥यौं । आ–आफ्नो औषधि पसलहरुबाट उपलब्ध हुनसक्ने जे जति औषधिहरु छन्, जम्मा ग¥यौं । जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँबाट हामीलाई केही थप औषधिहरु उपलब्ध भए । हाम्रो तयारीको दोस्रो दिनसम्म हामीसँग करिब चार लाखभन्दा बढीको औषधिहरु जम्मा भइसकेको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाबाट अनुमतिपत्र लिएर हिंड्दासम्म हामीसँग तेह्र जना स्वास्थ्यकर्मीको उपस्थिति रह्यो । हामीलाई चितवनबाट कपिल खनाल र गोरखाबाट मसलिनी पुन साथ दिन आइपुग्नु भयो । दमौलीबाट आएका पत्रकार समुद्र पौडेल पनि केही दिन हामीसँगै साथमा रहने भए । ‘जागौ युवा नेपाल दमौलीका उत्साही साथीहरुले सङ्कलन गरेका त्रिपाल लगायतका लत्ताकपडाका राहत सामग्रीहरु पनि हामीलाई साथ दिएर पठाउनु भएको थियो । उहाँहरुले मिहिनेतपूर्वक सङ्कलन गर्नुभएको यो राहत पीडितसम्म पु¥याउने थप जिम्मेवारी अब हामीसँग थियो ।

१७ गते जिल्ला जनस्वास्थ्य, गोरखाको कार्यालयमा भएको कुराकानीअनुसार हामीले मकैसिं, ताङ्लिचोक र भुङलिचोक जानुपर्ने थियो । तर १८ गते अनुमतिपत्र लिन जनस्वास्थ्यको कार्यालय पुग्दा हामीले कार्यक्षेत्रलाई बदल्नु प¥यो । भूकम्पबाट सबैभन्दा बढी क्षतिग्रस्त र धेरै जनसङ्ख्या रहेको बुङकोट र नामजुङ गाविसमा स्वास्थ्य समस्याहरु बढ्न थालेको र यी गाविसहरु महामारीले छिटो प्रभावित हुनसक्ने भन्दै जनस्वास्थ्यले हामीलाई ती गाविसहरु जान सल्लाह दिए । केही थप जानकारी लिएर हामी त्यहाँबाट हिंड्यौं । साँझ हामी बुङकोट स्वास्थ्य चौकी पुग्दा त्यहाँका इन्चार्ज चन्द्रबहादुर सुनार र हरिमान बस्नेत हाम्रो प्रतीक्षामा थिए । राति नै हामीले भोलिको स्वास्थ्य शिविरको कार्यतालिका बनायौं । भूकम्पले क्षतिग्रस्त बनाएको गाउँहरुसम्म छिटोभन्दा छिटो स्वास्थ्य सेवाहरु पु¥याउनु अत्यावश्यक थियो । त्यसैले यो ठूलो टीमलाई एकै ठाउँमा केन्द्रित गर्नुभन्दा दुई ओटा टीम बनाएर दुई गाविसमा बाँडिनु ठीक हुन्छ भन्ने सल्लाह भयो । दुईटै गाविसलाई वडा र जनसङ्ख्याको हिसाबले पायक पर्ने गरी केन्द्रहरु तय ग¥यौं । केही स्थानीय स्वयंसेवकसहित मलगायतका छ जना स्वास्थ्यकर्मीहरु नामजुङ गाविस जाने भयौं । एउटा अर्को टीम बुङकोट गाविस रहने भयो । भोलिपल्ट बिहानै आवश्यक औषधिको बाँडफाँट मिलायौं । शिविरको कामलाई सजिलो र छिटो छरितो पार्न हामीले आ–आफ्नो कामको जिम्मेवारी लियौ“ । बिरामीको चाप बढ्न सक्ने सम्भावनालाई हेरेर छिटो प्रेस्क्रिप्सन गर्न सक्ने दुईजना साथीहरुले ओपिडीमा रहने, दुईजना डिस्पेन्सरीमा, एकजना रजिष्टरमा र म आँखा जाँच र काउन्सिलिङमा रहने भयौं । भूकम्पले छाडेको मनोवैज्ञानिक त्रास सबैतिर थियो । त्यसको लागि काउन्सिलिङ जरुरी थियो ।

ध्वस्त गाउँहरु
पुरै गाउँका गाउँ ध्वस्त छन् । कतै एउटै सग्ला र सुरक्षित घरहरु बाँकी छैनन् । जताततै राता पालहरु देखिन्छन् । सबै पालहरुमुनि छन् । सबै बारीमा छन् । बारीका पाटाहरुको गुजारा छ । दिउँसो चर्को घाम छ । पाल तात्छ । बस्न सकिँदैन । रुखका सियालसँग पनि उनीहरुलाई डर छ । छिनछिनमा भूकम्पका धक्काहरु चलिरहेछ । रुख ढलेर केटाकेटीहरुलाई किच्ला कि भन्ने उनीहरुलाई डर र त्रास अझै उस्तै छ । बेलुकी हावाहुरी चल्छ । र, पालहरु सोहोरेर उडाउँछ । अँध्यारोमा पानी र हुरीले फेरि उनीहरु उस्तै चुटिन्छन् । कता लखेटिने ? लखेटिएर ओत्ने ठाउँहरु छैनन् । भागेर कतै लुक्ने ठाउँहरु छैनन् । सबैका आँखामा अनिद्रा छ । आँखाहरु उदास छन् । सबैको मन भक्कानिएको छ । तर उनीहरु बाहिर भक्कानिएर रुन सकिरहेका छैनन् । उनीहरुसँग यतिबेला संवादका लागि रित्ता आँखाहरु छन् तर बोल्नका लागि ओंठहरु खुल्दैनन् ।

नामजुङ गाविसको माझीटार पुग्दा हामीलाई त्यहाँका दृश्यहरुले विचलित जस्तै बनायो । भूइँचालोले सबै घरहरु भग्नावशेष थिए । तल बुढीगण्डकी बगिरहेको छ । माथि टारमा भूइँचालोले भत्काएर गएका माझीटारका ध्वस्त घरहरु छन् । मैले भत्किएका घरका केही फोटाहरु लिएँ । एउटा घरछेउमा भेटिइन् फूलमाया माझी । छेउको भत्किएको घर उनको थियो । घर भत्किएर घाइते भएकी थिइन् । उदास थिइन् । आँखामा वेदना थियो । माझीटारका ७२ घरहरुमध्ये १७ घर माझी परिवारका थिए । पुरै ७२ घर परिवार विस्थापित थिए । माझीटारमा एकजना ६३ वर्षका हेमबहादुर थापाको मृत्यु भएको रहेछ । भूइँचालो आउनुअघि उनी बारीमा काम गरिरहेका थिए । बारीको काम सकेर खाना खाइवरी घरभित्र आराम गरेर बस्दा उनी घरले पुरिए । हेमबहादुर थापाको घरभन्दा ५०० मिटर परको दूरीमा एउटा पोखरेल परिवारको घर छ जहाँ एक सय वर्षका केशमाया पोखरेल पुरिंदा पुरिंदै निकालिइन् । नजिकै घरछेउमा मकै गोडिरहेका छोराबुहारीले आमामाथि घरको गारो खसिरहेको देखेछन् र दौडेर गएर तानेछन् । अगाडि कोपरा राखिदिए आफै दिसा गर्न सक्ने केशमाया पोखरेल ढाँडमा परेको चोटको कारण अहिले टुक्रुक्क बस्न सक्दिनन् र कपडामै दिसा गर्छिन् । उनी आँखा देख्दिनन् । उनी घाइते छन् भन्ने सुनेर म र समुद्र पौडेल उनको घरमा पुग्दा भूइँचालोले आधा भत्काएर बाँकी राखेको खरको छानो रहेको गोठको एउटा सियाँलमुनि आमैलाई सुताइएर राखिएको थियो ।

‘डाक्टर आउनु भाछ ।’ हामी आमैको आडैनिर बसेपछि बुहारीले अलि चर्को स्वरमा आमैले सुन्ने गरी बोलाइन् ।

‘हँ ?’ आमैले राम्ररी निधो पाइनन् ।

‘डाक्टर आउनु भाछ ।’ बुहारीले फेरि अलि चर्को स्वरमा भनिन् ।

‘हँ ? डाक्टर आउनु भाछ ? काँ ? यही आउनु भाछ ?’ सोधिन् ।

‘हजुर, तपाईंलाई जाँच्न आउनु भाको ।’

‘ए, … ।’ उनको प्रतिक्रिया थियो ।

शरीरको ढाँडमा परेको चोटको पीडाको कारण आमैले कसैलाई पनि शरीरमा छुन दिन्थिनन् । हामीसँग कुरा गर्दागर्दै उनी आफ्ना हातहरुले बिस्तारै आफैलाई सुम्सुम्याउँथिन् । हामीले चोट हेर्न खोज्दा उनले हामीलाई समेत छुन दिइनन् ।

हामीले एकैछिन आमैसँग कुराकानी ग¥यौं ।

‘९० सालको भूइँचालो जाँदा कहाँ हुनुहुन्थ्यो ?’ हामीले सोध्यौं ।

‘माइताँ थिँ । बिहा भा थेन । हामी भुरो, बारीतिर दगु¥यौं ।’

‘माइत काँ नि ?’

‘पोखरीडाँडा, खनालकी छोरी ।’

‘घराँ को को थे नि ?’

‘एउटा बहिरा भाइ थे अनि म । बाउ, आमा काममा गाथे ।’

‘गाउँमा भूइँचालोले केही भएन ?’

‘कहिले ? अहिले ? कि उहिले ?

‘उहिले । ९० सालाँ क्या ।

‘मरे नि । दुईजना मान्छे मरे । गाईबस्तु पनि मरे, पुरिएर ।’

‘अस्ति भूइँचालो जाँदा के गर्दै हुनुहुन्थ्यो नि ?’

‘बसिरा थे ।’

‘भूइँचालो गाको था पाउनु भो ?’

‘लगलग लगलग काम्यो । हल्लायो नि ।’ हातले पार लगाइन् ।

‘अनि भाग्नु भयो ?’

‘आमुई कहाँ भाग्न सक्नु नि । छोराबुहारी आएर ताने ।’

‘दुईदुई वटा भुइँचालोलाई भोग्नु भयो । कस्तो लाग्या छ त अहिले ?’

‘खै आँखा देख्दिनँ । धेरै बिगा¥यो भन्छन् । यस्तो भो, उस्तो भो हजुरआँ भनेर नातिनातिनाहरुले सुनाउँछन् । राम्ररी कान सुन्दिनँ । भेउ पाउन छाड्यो कानले ।’

आमैसँग भएका कुराकानीहरुलाई मैले आफूसँग भएको कापीका टुक्राहरुमा नोट गरिरहें ।

माझीटारबाट रामभञ्ज्याङको अर्को शिविरको लागि हामी फर्कदै गर्दा केही क्षणअघि गएको भूइँचालोबाट बारपाक उद्धार गर्न पैदल गएका २५ जना पहिरोमा परेर बेपत्ता भएको खबर समुद्रजीको मोबाइल मेसेजमा आयो । त्यो समाचारले हामी हिंडिरहेको पहरोको मोटरका ती साँघुरा कच्ची बाटाहरुले हामीलाई एकपल्ट झस्कायो ।

हामी जहाँ पुग्छौं, यी र यस्ता भग्नावशेषहरुले मनलाई भावुक बनाउँछ । यी ध्वस्त गाउँहरुसँग यतिबेला चिसा सुस्केरा र मेलोमेसो हराएका रित्ता आँखाहरुबाहेक केही छैनन् । फेरि पनि यी केही दिनहरु हामी उनीहरुसँगै छौं । यी औषधिहरुले पुरिने घाउहरु पक्कै होइनन् । तर पनि उनीहरुको माझमा बसेर एकैछिन हामी उनीहरुका दुखिरहेका मनहरुलाई सुम्सुम्याउन सक्छौं । यतिबेला मन थाम्न नसकिने यी चोटहरु उनीहरुको मात्रै होइन, मेरो पनि हो । हामी सबैको हो । देशभरिको हो । कहीं न कहीं हामी सबै यतिबेला दुखिरहेका छौं, रोइरहेका छौं ।

जताततै स्कुलका भवनहरु पूर्णरुपले क्षतिग्रस्त छन् । यो क्षतिग्रस्त भग्नावशेषहरुलाई हेर्दा एकमनले यो भूकम्पले हामीलाई खबरदारी मात्रै दिएर गएको हो कि भनेझैं पनि लाग्ने । स्वास्थ्य शिविरको हाम्रो टीम नामजुङको आहालडाँडा (चिहानडाँडा पनि भनिँदो रै’छ यस गाउँलाई) मा रहेको श्री सरस्वती निमावि पुग्दा शिविरमा एकजना ८४ वर्षका वृद्ध भेटिए, पिताम्बर लामिछाने । भूइँचालोले उनको घर पनि पूरै भत्किएको थियो । उनी भन्दै थिए– ‘यो भूइँचालोले सबैलाई दुःख त पा¥यो । तर हामी सबैलाई जोगाएर गयो पनि ।’ उनले भत्किएको स्कुलतिर देखाएर फेरि भने– ‘शनिबारको बिदा नपरेको भए हाम्रा केटाकेटीहरु एउटै जोगिने रैनछ । सबैको यो ढुङ्गामाटोमुनि एउटै चिहान हुन्थ्यो । यो गाउँ साँच्चै चिहानडाँडा बन्थ्यो । यो गाउँमा रुवावासी चल्थ्यो ।’

यो विपत्तिले मान्छेहरुलाई एउटा चित्त बुझाउने ठाउँचाहि“ दिएर गएछ । साँच्चै ! त्यो शनिबारको दिन नभइदिएको भए ? त्यो भूइँचालो रातको बेला आइदिएको भए ? सायद कल्पना गर्नै नसक्ने क्षतिहरुलाई हामीले अहिले भोगिरहेका हुन्थ्यौ“ होला ।

‘बाबुहरुले खाना खानु भाथ्यो कि भाथेन कुन्नि ?’ आहालडाँडाको यो अग्लो पहाडको टुप्पामा पनि स्कुलको चौतारोले छेक्न नसकेको दिउँसोको गर्मीको हपहपी खेप्दै बिहानैदेखि बिरामी जाँच्दै गरिरहेको हामीलाई हेरिरहेका एकजना वृद्धले हामीसँग भने– ‘बाबुहरुका लागि खाजा बनाउन लगाउँ कि ?’

आफै बिपत्तिमा रहेका बेलामा पनि अतिथि सत्कारलाई नबिर्सिएका यी वृद्धका कुराले हामीलाई कृतज्ञ बनायो । ‘अतिथि देवो भवः’ यही नै त गाउँको जीवन रहेछ । गाउँसँग रहेको आफ्नो निजत्व । गाउँसँग बाँकी रहेको जिउँदोपना ।

बुङकोट गाविसको खाब्दीभञ्ज्याङ, मास्कीछाप, तिवारीगाउँ, ओयाक, भञ्ज्याङ, काउलेभङ्गार, लाँकुरीभञ्ज्याङ र नामजुङ गाविसको माझीटार, रामभञ्ज्याङ, आहालडाँडा, बँदेलीडाँडालाई केन्द्र बनाएर हामीले ती ठाउँहरुमा पाँच दिनको स्वास्थ्य शिविरका कार्यक्रमहरु सञ्चालन ग¥यौं । अधिकांश बिरामीमा रक्तचाप बढेको थियो । सबै मानसिक रुपमा विक्षिप्त थिए । भूइँचालोले मनोवैज्ञानिक असर छोडेर गएको छ । बच्चा केटाकेटीहरुमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र आँखाका समस्याहरु देखिन्थ्यो । छिनछिनमा गइरहेका भूइँचालोका साना ठूला धक्काहरुले उनीहरु अझै त्रसित थिए । आतङ्कित देखिन्थे ।

‘अस्तिको भन्दा नि ठूलो भूइँचालो आउँछ रे नि हो बाबु ?’ कोहीकोही हामीसँग सोधिरहेका हुन्थे ।

यस्तो सङ्कटको बेलामा पनि आफ्ना जनप्रतिनिधिहरु गाउँ नआउँदा भने दुखेसो गरिरहेका थिए स्थानीय गाउँलेहरु । आफ्नै नेताहरुप्रति पनि अब विश्वास र भरोसा रहेन उनीहरुलाई । गाउँ गाउँमा राहतका सामग्रीहरु खोसिन सुरू भएको छ । यसले ओल्लो पल्लो गाउँकै बीचमा एकअर्कासँग अविश्वास र आशङ्काहरु बढाएको छ । यस्ता असहिष्णुपूर्ण कार्यहरुले हामीलाई बलियो बनाउँछ कि कमजोर ? यसले हामीलाई जुट्न सिकाउँछ कि लुट्न ?

बुङकोट गाविसको लाँकुरीभञ्ज्याङ पुग्दा स्थानीय पीडितहरुले हामीसँग भने– ‘यो राहतको एक पाथी चामल थापेर हामीले कहिलेसम्म बारीका पाटाहरुमा त्रिपाल हालेर सुत्ने ? बरू सरकारले हामीलाई केही जस्तापाता उपलब्ध गराइदिए हुने थियो ।’

सायद लाँकुरीभञ्ज्याङका स्थानीय पीडितहरुले माग गरेजस्तै उनीहरुको बासको पुनर्स्थापनाको लागि यो उत्तम उपाय हुने थियो होला । तर अघि लाँकुरीभञ्ज्याङ आउँदै गर्दा बाटोमा देखिएको एउटा दृश्यले भने मेरो मनलाई अलिनु बनाइरहेको थियो । आफ्नो घरको आँगनमा खेल्दै गरिरहेको आठदश वर्ष उमेरका तीनजना केटाहरु हाम्रो जिपलाई देखेपछि सडकमा ओर्लिएर ‘पख, पख’ भन्दै हात उठाएर हामीलाई रोक्दै थिए । यस्ता गाडीहरुले गाउँमा उनीहरुका लागि केही न केही बोकेर बाँड्न ल्याइरहेको छ र उनीहरुले माग्नुपर्छ भन्ने एउटा मनोविज्ञान उनीहरुभित्र यी केही दिनहरुले हुर्काइसकेको थियो । बिहानको एउटा यस्तै दृश्यलाई फेरि यहाँ मैले सम्झेँ । हामी शिविरको लागि औषधि लिएर खाब्दीभञ्ज्याङमा एकछिन रोकिँदै गर्दा एउटा भद्रजस्तो देखिने प्रौढ उमेरको मान्छे हातमा कापी च्यापेर हामीतिर दौड्दै आइपुगे र गाडीको झ्यालबाट चियाएर हामीसँग सोधे– ‘तपाईंहरुले के ल्याउनु भएको छ ?’

हामी उनको त्यो व्यवहारले दङ्ग प¥यौं । उसकै अघिल्तिर रहेको निःशुल्क स्वास्थ्य शिविर लेखिएको त्यो ब्यानरलाई पनि उसले ख्याल गरेको थिएन । र, हामी उनलाई भन्न बाध्य पो थियौँ – ‘हामी स्वास्थ्य शिविरका लागि आएका हौं ।’

‘ए,..।’ भनेर उनी पन्छिए ।

यस्ता बिझाउने दृश्यहरु पनि हामीसँग रहे ।

जनमत, २०७२

सिराइचुलीलाई सिरानी हालेर
अघिल्लो दिन बेलुकी बेपत्तासँग चलेको हावाहुरी र पानीले तेजविलास अधिकारीको मनलाई पनि बेपत्तासँग उडाइरहेको थियो । त्यसैले भोलिपल्ट बिहानैदेखि मेरो मोबाइलमा उनको स्वर सुनिरहेको थियो, ‘सर आज आकाश सफा छ । सायद पानी नपर्ला ।’

उनको त्यो व्यस्तता र व्यग्रताले मलाई पनि व्यस्त बनाइरहेको थियो मोबाइलबाट आउने उनको फोन उठाउन । छिन छिनमा नयाँ अपडेटहरु आइरहन्थ्यो उनको । कहिले गाडीको, कहिले साथीहरुको सङ्ख्याको, कहिले बादल उठिरहेको आकाशको । म निर्धक्कसँग उनलाई सुनिरहन्थें । फेरि फोन विच्छेद हुन्थ्यो । मसँग छुट्टिएर उनी सायद अन्त कतै जोडिएका हुन्थे । निकैबेरपछि मेरो मोबाइलमा फेरि उनको फोनको घण्टी बज्थ्यो ।

‘सर के छ त नि अरु नयाँ ?’ सोध्थे उनी ।

दिउँसोको झण्डै एक बजेसम्म यो क्रम चलिरह्यो ।
०००

‘सर एकचोटि सिराइचुली जानुपर्छ है तपाई हामी ।’ कहिलेदेखि पो हो तेजविलास अधिकारीले यसो भन्दै आइरहेको । तर यात्रामा निस्कनु पनि त समय जुर्नुपर्दो रहेछ । सबै कुरा मिल्नु पर्दो रहेछ । साथी मिल्नु पर्ने, समय मिल्नु पर्ने, गन्तव्य मिल्नु पर्ने, खर्चपर्च मिल्नु पर्ने । घरका सदस्यहरुको स्वीकृति मिल्नु पर्ने । उतिखेरै भनेजसरी सबैलाई निस्केर हिँड्नु कसलाई सजिलो छ र ? सबैलाई सबै कुराको तारतम्य मिलाएर हिँड्नु पर्ने ।

‘कि जाउँ है स्कुटर लिएरै तपाईं र म एकदिन । बाटो चैं के कस्तो छ ?’ म भनिरहन्थे ।

‘स्कुटरमा त गाह्रै हुन्छ कि !’ उनी एकैछिन अलमलिन्थे र भन्थे, ‘म पनि पुगेको ठाउँ चै होइन । एकदिन इच्छाकामना साहित्य प्रवाहको कार्यक्रम नै बनाएर जाउँला सर गाडीमा ।’

यस्तै फोन संवादमा हामी दुई दाजुभाइको बीच सिराइचुलीको प्रसङ्ग दोहोरिरहन्थ्यो । यसअघि पनि धेरैपटक सिराइचुलीको नाम सुन्दै आइरहेको हुँ । मुग्लीङ बजारमा एउटा होटलको नाम छ ‘सिराइचुली’ । रञ्जिता सिलवाल बहिनीको त्यो होटलको नामले मलाई सिराइचुलीसँग परिचित बनाएको हो । के होला यो सिराइचुली भन्थें । एकदिन मुग्लीङ बजारको पूर्वपट्टि रहेको डाँडाको सिरानबाट पछिल्तिर देखिने अग्ला डाँडाहरु देखाउँदै रञ्जिताले भनिन् ‘सिराइचुली चितवनको सबैभन्दा अग्लो डाँडा हो अङ्कल । यहाँ वर्षेनी नयाँ वर्षको दिन रमाइलो मेला लाग्छ ।’

स्थानीय चाडपर्व र नयाँ वर्षहरुमा पछिल्ला समय धार्मिक मान्यतासँग जोडिएका यस्ता स्थानीय अग्ला पहाडहरुमा लाग्ने रमाइलो मेलापर्वहरुले आन्तरिक पर्यटनलाई आकर्षण गरिरहेको छ । हिजो ओझेलमा परेका भूगोलहरु आज मानिसहरुको गन्तव्य बनेका छन् । हिजो विकट भनेका गाउँहरु आज होम स्टे चलाइरहेका छन् ।

२०७८ मंसिर २३ देखि २५ गतेसम्म आँबुखैरेनी गाउँपालिकाले प्रवद्र्धन गरेको छिम्केश्वरी पर्यटकीय अवलोकन भ्रमण कार्यक्रममा देशका धेरै लेखक, साहित्यकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई आँबुखैरेनी स्रष्टा समाजले संयोजन गरेको थियो । आन्तरिक पर्यटन प्रवद्र्धनमा यस कार्यक्रमको निकै प्रचारात्मक भूमिका रह्यो । तनहुँकै सबैभन्दा अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीमा नियात्राकार राजेन्द्रमान डङ्गोलको ‘पैतालामा हिउँ आँखामा हिमाल’ नियात्रा कृतिको परिचर्चा कार्यक्रमले पर्यटन यात्रामा एउटा नौलो आयाम स्थापित गरेको थियो ।

‘पैतालामा हिउँ आँखामा हिमाल’ पढिसकेपछि यस नियात्रा कृतिभित्र समावेश गरिएका सिराइचुलीका दुई निबन्धहरुले मलाई त्यहाँ पुग्न झनै उत्सुक र उत्साहित बनाएको थियो ।
०००

‘सर यसपटक नयाँ वर्षमा कतै जाने कार्यक्रम नबनाउनु होला है ।’ एकदिन तेजविलास अधिकारीले फोनबाट भने, ‘साथीहरुको सिराइचुली जाने कार्यक्रमको निधो भएको छ । अहिलेलाई यत्ति खबर भो । बाँकी छलफल गर्दै गरौंला ।’

अनि कार्यक्रमको मिति तय भयो २०८० चैत्र ३० गते । कार्यक्रमको गन्तव्य स्थल इच्छाकामना गाउँपालिकाको अग्लो डाँडा सिराइचुली । कार्यक्रमको व्यानर हुने भयो दुई दिवसीय सिराइचुली काव्य यात्रा । कार्यक्रमको लक्षित समय थियो २०८१ सालको वैसाख १ गते । सिराइचुलीको सिरानमा नयाँ वर्षको काव्योत्सव । यसरी केही दिनपछि तेजविलास अधिकारीले फोन वार्तामा कार्यक्रमसहितको कार्यक्रममा सहभागी नामहरुको एउटा फेहरिस्त तयार गरे ।

अघिल्लो दिन बेलुकीको आकाशलाई बिथोलेको हावाहुरीले भोलिपल्ट ३० गते पनि बिथोलिदिने हो कि भन्ने चिन्तातुर तेजविलास अधिकारीमा थियो ।

‘सर आकाश खुलेकै छ क्यारे । पानी नपर्ला ।’ उनी आफैसँग विश्वस्त रहन्थे ।

‘भूपिन आउने कुरा भयो । बिहान फोन भएको थियो । भुपिनसँगै कान्तिपुरको रमेशकुमार पौडेल र सेतोपाटीको दिपेन्द्र अधिकारी पनि नारायणगढबाट आउने कुरा भएको छ ।’ उनले भने ।

‘कार्यक्रम रमाइलो हुने भो नि त ।’ भनें ।

‘आज त भूपिनको जन्मदिन पनि रैछ । बिहानै फेसबुकले उनको जन्मदिनको सेलिब्रेट सेयर देखाइ राथ्यो ।’

‘त्यसो भए आजको काव्यसाँझलाई भूपिनमय बनाइदिऊँ । तपाईं र मेरो मात्र कुरो । भूपिनलाई एउटा सरप्राइज मोमेन्ट ।’ भनें तेजविलास सरलाई ।

‘त्यो तपाईंले मिलाउनुस । तपाईंको कुरा भो । जाने साथीहरुलाई मैले केही भनिनँ ।’

‘हस् ।’

‘तपाईं दुई बजे अघि नै कुरिनटार आइसक्नु । दुई बजे त हिँड्ने कुरा छ । स्कुटर कुरिनटारमै कतै राखौंला । दुई ओटा स्कोर्पियो लैजाने कुरा भएको छ । यहाँबाट गाडीमै जाऔं ।’
०००

एक बजे आँबुखैरेनीबाट हिँडे स्कुटर लिएर । कुरिनटार पुग्न बीस मिनेट जति लाग्यो । केही साथीहरु आउने साथीहरुलाई पर्खदै थिए । भूपिनजी लगायतका साथीहरु नारायणगढबाट हिँडिसकेको कुरा आयो । स्कोर्पियोमा अट्ने साथीहरु बसिसकेका थिए । नअटेका स्थानीय केही साथीहरु बाइक र स्कुटरमा जाने भए । बाटो सजिलो छ भन्ने भएपछि तेजविलास सरलाई मैले पनि स्कुटर लिएरै जाने बताएँ । यसो गर्दा गाडीमा बस्नेहरुले पनि सिटमा सहज भएर जान सक्ने भए ।

हुग्दीखोलाबाट दक्षिणतिर फर्किएर उँभो पहाड उक्लिन सुरु गरेपछि दुई वटै स्कोर्पियोले हामीलाई उछिनेर अघि बढे । कुनै बेला चितवनको अत्यन्तै बिकट मानिने यी पहाडहरु यतिबेला यी कच्ची सडकहरुले सुगम बनेका थिए । अघि सँगै रहेका बाइक र स्कुटर पनि कुन मोडबाट हराइसकेका थिए । म उनीहरुलाई पछ्याउनु भन्दापनि यी पहाडहरुको एकान्तसँग एक्लै रमाउँदै हिँडिरहेको थिएँ । कहिलेकाहीँ यात्रामा हिँड्दा साथीहरुको समयलाई ख्याल गरेर हिँड्नु पर्ने । उनीहरुको समयलाई ख्याल गरेर हिँड्दा आफू निस्फिक्री भएर हिँड्न नपाइने । त्यसैले आजकल साथीहरुसँग बिरलै हिँड्ने गर्छु । संवादभन्दा बढी मौनमा रहन्छु । प्रकृतिको सान्निध्यमा रमाउँछु ।

बाटोको हरेक मोडहरुले एउटा उकालो ल्याउँथ्यो । उकालोपछि पहाडको एउटा नयाँ उचाइ थपिन्थ्यो । बाटो अग्लिँदै जाँदा पर परसम्म स–साना पहाडहरुको तरेली देखिन्थ्यो । भिरालो छलेर बनेका गाउँहरु देखिन्थे । कतै बाक्ला र कतै पातला घरहरु । बाटोमा देखिए – लताक, जयपुरी । सडक बनेपछि बनेका सडक छेउका यी गाउँहरुले आफ्नो स्वरुप बदल्दै थिए । जयपुरीबाट उँभो लागेपछि हावाको चिसो स्पर्शले मनलाई एकछिन आनन्दित बनायो । बाटो छेउछाउ एैसेलुका झाडीहरु देखिन्थे । लटरम्म र पहेंलै पाकेका एैसेलु । स्कुटरलाई सडकको एक छेउमा छाडेर एैसेलु टिप्न झाडीमा पुग्थें । एैसेलुले अञ्जुली भर्थें र मुखभरि राख्थें । खोलाखोल्सीहरुबाट आइरहेको कीराहरुको स्वर, भिरालोमा कताकतै देखिने स–साना बुट्यानहरु, उँधो बगिरहेको हुग्दी खोला, सडकको छेउछाउमा एकाध देखिएका घरहरुलाई छिचोल्दै उँभो बढिरहेको स्कुटरको गति । यात्रामा हिँड्न रमाउनेहरुका लागि यो पनि त एउटा काइदा हो क्यारे नि !

हात्तीबाङ पुग्दा तेजविलास मलाई पर्खिरहेका थिए ।

‘बाटोमा कुनै गाह्रोसाँघुरो त भएन नि ?’ सोधिहाले ।

‘बिन्दास भो ।’ भनें

‘तपाईं मान्छे बिन्दास नि !’ हाँस्यौ दुवै ।

घडी हेरें । चार बजेको थियो । पारि भुङ्लीचोकका डाँडाहरुमा घाम लागिरहेको थियो । आकाशमा कताकतै बादल देखिन्थ्यो । बेसीको गर्मीले सधैं अशान्त बनिरहेको हाम्रो मनलाई हात्तीबाङको चिसोले शीतल बनाइरहेको थियो ।

‘अढाइ दुई घण्टामा त मज्जाले आइदो रै छ नि ।’ भने उनले ।

‘कति टाढा अब ?’ सोधें ।

‘आजको यात्रा यहींसम्म । आज हात्तीबाङको होम स्टेको बास । टङ्क सरहरु होम स्टेतिर बसाइ मिलाउँदै हुनुहुन्छ । अहिले स्कुटर र झोलालाई कतै व्यवस्थापन गरौं । कोठा मिलेपछि सिफ्ट गरौंला ।’

‘मनासिब कुरो ।’ मैले भनें

केही पर रहेको थियो सिराइचुली होम स्टे । टङ्क त्रिपाठी, त्रिविक्रम ढकाल, एकराज शर्मा ईश्वरविलास अधिकारी लगायतका साथीहरु होम स्टेको आँगनमा उभिएर बसाइको व्यवस्थापन मिलाउँदै थिए त्यहाँ । भूपिन, रमेशकुमार पौडेल, दिपेन्द्र अधिकारी, कृष्णप्रसाद पोखरेल पर राष्ट्रिय माध्यमिक विद्यालय पछाडि रहेको होटलमा चिया पिउँदै थिए । स्कुटरलाई स्कुलको आडैमा अड्याएर हामी दुवै चिया खोज्न नजिकैको होटलभित्र पस्यौं । चिया थिएन । त्यहाँबाट बाहिर निस्केर अरु दोकानतिर चिया खोज्न हिँड्यौ । कतै पनि चिया नभेटिएपछि हात्तीबाङमा चियाले चिसो मेट्ने तलतललाई त्यत्तिकै छाड्यौं । एकछिनपछि सबै साथीहरुलाई समेटेर हामी छेउमै उभिन आइपुगेका मुग्लीङका स्थानीय पत्रकार रोहिणी त्रिपाठीले हात्तीबाङमा बन्दै गरेको चेपाङ सङ्ग्रहालय हेर्न जाने कुरा बताएपछि हामी दुई पनि त्यही हुलमा समेटियौं । आर्थिक अभावले जीर्ण र रुग्ण रहेको सङ्ग्रहालयको अधुरो निर्माण कार्यले स्थानीय सरकारको सङ्ग्रहालयप्रतिको उदासिनता प्रष्ट देखिन्थ्यो । स्थानीय जाति र उनीहरुको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र विकासमा स्थानीय तहमा रहेका सरकारहरुको चासो र चिन्ता शून्य देखिने कतिपय यस्ता कार्यहरुले जनप्रतिनिधिहरुको विकासे र भ्रष्ट मानसिकता उदाहरण बनेर रहेका छन् । गाउँमा देखिएको भग्नावशेष घरहरुले रित्तिदै गएको गाउँको अवस्थालाई चित्रण गर्दथ्यो ।

‘गाउँमा असी घरहरु छन् । अहिले मान्छे बस्ने भनेको बिस घर छन् । बाँकी घरहरु सबै भत्केर गएका छन् । गाउँमा मान्छे छैनन् ।’ हामीसँगै रहेका एक स्थानीयले बताए ।

‘२०२५ साल भाद्र १ गते शुक्रबार अर्थात आजभन्दा ५५ वर्ष ०७ महिना २९ दिन पहिले चितवनको खैरहनी हाइस्कुलमा कक्षा ६ मा पद्दै गर्दा वर्षे बिदा सकेर घरबाट स्कुल फर्किने क्रममा माइला दाइसँगै यही हात्तीबाङमा एक रात बास बसेको छु ।’ कवि कृष्णप्रसाद पोखरेल आफ्नो विगत सम्झन्छन्, ‘त्यसपछि पनि मुग्लीङ नारायणगढ सडक नखुल्दासम्म शिक्षण कालमा यही हात्तीबाङ हुँदै लटौलीको बाटो धेरै पटक ओहोर दोहोर गरेको छु ।’

हामीमध्ये उमेरले सबैभन्दा पाका उहाँका कुराहरुलाई हामीले निकै रमाइलो मानेर सुनिरह्यौं । तिनताका हात्तीबाङ पहाडबाट नुनतेल बोक्न चितवन हिँड्नेहरुको बासको थलो थियो । हुग्दी खोलाको किनार हुँदै उँभो उकालो चढेर मानिसहरु हात्तीबाङ बास बस्न आइपुग्थे । चितवनबाट पहाड हिँड्नेहरु शक्तिखोर हुँदै यहाँ आइपुग्थे । हात्तीबाङ हुँदै मान्छेहरुको ओहोरदोहोर चल्थ्यो ।

बेलुकी हात्तीबाङलाई चारैतिरबाट हेरेर सिराइचुली होम स्टे फर्किएका साहित्यकारहरुको बीचमा एउटा बहस सुरु भयो । देशमा गणतन्त्र आइसकेपछि प्रशासनिक संरचनाहरु फेरिए । जनताका जीवनस्तर फेरिएन । हिजो कविता शासकहरुका लागि लेखिन्थ्यो । आज सहरमा बस्ने शौखिन बुद्धिजीवीहरुका लागि लेखिन्छन् । गाउँका लागि कविता लेखिन्नन् । जबसम्म कवितालाई आन्दोलनको अभियानको रुपमा लिइन्न, हामीबाट लेखिने भनेको कुण्ठा मात्र हो । सहरमा बसेर कविताका कति किताबहरु बिक्री भए वा कति जनाले कविता पढे भन्ने होइन, मुख्य कुरा कविताले सामाजिक रुपान्तरण र आन्दोलनमा कति सचेत पाठकहरु तयार गरे भन्ने हो । कविता साहित्यको इतिहास लेखिनलाई मात्र होइन, सामाजिक रुपान्तरणको अभियानको लागि लेखिने हो । गाउँको जीवन बदल्नका लागि लेखिने हो । कविताले आन्दोलनको आधार निर्माण गर्नु हो । कविता गतिशील जीवनको लागि हो ।

बहसको सामुहिकतामा सबैका आ–आफ्ना धारणाहरु थिए । आखिर लेखनको उद्देश्य के ? अहिले लेखिरहेका साहित्यमा किन विषयवस्तुको पुनरावृति मात्र पाइन्छ ? किन अहिले लेखकहरु एकरस साहित्य लेखिरहन्छन् ? किन हाम्रा साहित्य विश्व साहित्यको मापडण्डमा छैनन् ?

साँच्चै ! हामी सबै लेखिरहेका त छौं । सबैले लेखेका कुराहरु पढ्दा उस्तै लाग्छन् । हाम्रो आफ्नो निजी शैलीहरु छैनन् । हामी एकांकी छौं । हामी अरुका कृतिहरु पढ्दैनौं । अरु त अरु आफैले एकचोटि लेखिसकेपछि दोहो¥याएर लेख्दैनौं वा परिस्कृत गर्दैनौं । परिमार्जन गर्देनौं । लेखकको आफ्नो निजी शैली नभएपछि लेखकको निजत्व हराउँछ । हामीले लेखेका किताबहरु पाठकले किनी त देलान् । तर यस्ता किताबहरुले पाठकलाई पढ्न रुचि जगाउँदैन । हामीले लेख्ने भनेको पाठक निर्माणका लागि हो जसको दराजमा हाम्रो आफ्नो कृति सधैं सुरक्षित रहोस् । हाम्रा किताबहरु कम्तिमा पनि सडकको शुपथ मूल्यको पसलमा नबेचियून । किताबहरुले कति हजार प्रतिको नाफाघाटाको व्यापारको हिसाब होइन, कति मूल्यवान पाठकहरुले हामीलाई स्मरण गरिरहे ? यसरी पो आजको साहित्य, साहित्य लेखन, लेखक र पाठक बीचको सम्बन्धलाई आत्मसात् गर्ने हो कि !

हात्तीबाङले साहित्यको बहस सिर्जना मात्र गरेन, साँझ निकै रमाइलो काव्यसाँझको आयोजना पनि ग¥यो । राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा कोठामा साँझ ६ बजेबाट सुरु भएको काव्यसाँझको रोचक र रमाइलो पक्ष भनेको मोबाइलको उज्यालोमा झण्डै दुई घण्टासम्म चलेको कविता वाचन थियो ।

हात्तीबाङमा भएको लोडसेडिङ र अँध्यारोले कविहरुलाई छेकेन । सबैका मोबाइलहरु बलेका थिए ।
अँध्यारोमा पहरा दिइरहेको सिपाहीले झैं टङ्क त्रिपाठीको हातमा बलिरहेको मोबाइलले सबै कविहरुलाई कविता वाचन गर्न थप साथ र उत्साह दिइरहेको थियो । बालकवि आयाम अधिकारीबाट सुरु भएको काव्यसाँझमा झण्डै एक दर्जन कविहरुले कविता वाचन गरिसक्दा पनि टङ्क त्रिपाठीको हातमा रहेको मोबाइलले आफ्नो उज्यालोलाई कम हुन दिएन ।

कविताको क्रम सकिएपछि काव्यसाँझको एउटा अर्को पटाक्षेप बाँकी थियो । कार्यक्रमलाई नयाँ क्लाइमेक्स दिने काम बिहानै तेजविलास अधिकारीले मलाई दिइसकेका थिए । काव्यसाँझको प्रमुख अतिथि थिएँ म । कार्यक्रमको बीट मार्नु पर्ने थियो मैले । मलाई हेरेर मुसुमुसु हाँस्दै थिए तेजविलास अधिकारी । भूमिका बाध्दै गएँ, सबैको अनुहारमा एउटा उत्सुकता र अनभिज्ञता थियो । मैले कवि भूपिनको जन्मदिनको उत्सवका केही शब्दहरु पोख्न नपाउँदै एक्कासि सबैको स्वर हलभित्र एकसाथले गुन्जायमान भयो, ‘ह्याप्पी बर्थ डे कवि भूपिन ।’

मैले आफूले ल्याएको एउटा सानो उपहार भूपिनको हातमा थमाएँ । केही साथीहरुले उनको गालामा अबीर दले । कवि कृष्णप्रसाद पोखरेलले उनको गलामा माला हालिदिए ।

एकछिन त कवि भूपिन ट्वाँ । हेरेको हे¥यै भए । यो आकस्मिक कार्यक्रमको माहोलले सबै दङ्ग थिए । सबैको अनुहारमा एउटा उत्सवको खुसी थियो । नारायण पौडेलले गीतबाटै भूपिनलाई शुभकामना दिए । सबैले ताली बजाएर उनलाई निकै रमाइलोसँग साथ दिइरहेका थिए । यो वातावरणमा निकै भावुक देखिए कवि भूपिन । एकछिनपछि उनको वाक्य फुट्यो, ‘क्या अनिलजी ! ह्वाट अ सरप्राइज ।’

योभन्दा बढी उनी बोल्न सकेनन् । ग्लाम्लाङ्ग मलाई अङ्गालो हाले । हामी दुवैले एकअर्काको अङ्गालोमा एउटा न्यानो आत्मीयता महसुस गरिरह्यौं ।

‘यो मेरो जीवनको अविस्मरणीय उपहार हुनेछ ।’ उनले भावुक हुँदै मैले दिएको उपहारलाई चुमे ।

‘भोलि बिहान सबेरै सबै जना तयार हुनुहोला है । हात्तीबाङबाट माथि सिराइचुली जानको लागि बाटो अवरुद्ध भएको जानकारी आएको छ । गाडीलाई यहीँ छाडेर हामीले पैदल हिँड्नु पर्नेछ । दुई घण्टा पैदल हिँड्नु पर्ने भन्ने कुरा छ । त्यसैले सबेरै शीतलमा हिँड्नु राम्रो ।’ इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष एकराज शर्माले काव्यसाँझको समापन गर्दै भने ।
०००

‘नयाँ वर्षको २०८१ को शुभकामना सर ।’ एकाबिहानै निद्रामा तेजविलास अधिकारीको मोबाइलमा कसैको स्वर सुनियो । निद्रा बिथोल्ने गरी बजेको मोबाइलको घण्टीले तेजविलास सरलाई निद्राबाट ब्युँझाएको थियो । मोबाइलको चर्को आवाजले राष्ट्रिय माध्यमिक विद्यालयको अतिथि कक्षमा सुतिरहेका हामी सबैलाई पनि ब्युँझाएकै थियो । तीन पनि नबज्दै हल्लाखल्ला गरेर सिराइचुलीतिर हिँड्नेहरु थिए ।

‘रोहिणी त्रिपाठी दाइको फोन ।’ ओछ्यानमा उठेर बस्दै तेजविलासले भने, ‘साथीहरु अँध्यारैमा हिँडे त । रातभरि सुतेनन् क्या हो साथीहरु ।’

दुई तीनचोटि नै तेजविलास सरको मोबाइलमा घण्टी बज्यो ।

‘अँध्यारैमा त के हिँड्नु र हो । कम्तिमा पनि बाटोका दृश्यहरुलाई आँखाले टिप्दै हिँड्नुको मज्जा त होस् । हामी उज्यालो भएपछि नै हिँडौं । अँध्यारोमा प्रकृतिसँगको आँखाको सामीप्य रहन्न ।’ मैले भनें ।

‘आइमाई, केटाकेटीहरु पनि छन् । उनीहरुलाई छाडेर हिँड्न मिलेन । यो अँध्यारोमा उनीहरुलाई कसरी हिँडाल्नु । बाटोको अप्ठ्याराहरु हुन सक्छन् । ठिक हो तपाईंले भनेको । हामी उज्यालो भएपछि नै हिँडौं । केलाई हतार छ र ! हैन त ?’ तेजविलास सरको निष्कर्ष ।

चार बजे ओछ्यान छाडेर हामी सिराइचुली होम स्टेको आँगनमा पुग्दा केही साथीहरु चिया पिउँदै थिए । ती परिवार र केटाकेटी हुने साथीहरु थिए । परिवारलाई छाडेर हिँड्न नमिलेकोले अडिए । अरु त बिहान अँध्यारैमा निस्किहाले ।

हात्तीबाङदेखि सिराइचुलीसम्मको बाटोको मेरा दुई सहयात्रीहरु थिए आयाम अधिकारी र युवि ढकाल । यी दुवै यो दुई दिवसीय काव्ययात्राका बालकविहरु थिए । उमेरले उस्तै थिए । हिँड्दाहिँड्दै उनीहरुका अभिभावकहरु पछाडि छुटे । आफ्नो अभिभावक छोडेर यी दुवै मसँग अघि निस्के । बाटोमा दुवै गफिएर मभन्दा अघिअघि हिँडिरहेका थिए । एकछिन अडिन्थे, हिँड्थे । मलाई पर्खिन्थे ।

‘अङ्कल, थकाइ लाग्यो भने भन्नु है ।’ मलाई अलि पछाडि परेको देखेपछि आयाम अडिएर भन्थ्यो । मलाई हेरेर ऊ फिसिक्क हाँस्थ्यो । निकै मज्जा लाग्थ्यो मलाई उसको यो व्यवहार । मनमनै हाँस्थें । थकाइ र पसिनामा यी दुईको गालामा पोखिएको सिराइचुलीको घामले पनि निकै रमाइलो मानिरहेको थियो । केटाकेटीहरुको मनोविज्ञानलाई बुझेर उनीहरुसँग रमाउनुको आनन्द पनि अलग्गै हुँदोरहेछ ।

२०८१ सालको पहिलो बिहान अर्थात वैसाख १ गते ।

अर्थात सिराइचुली दुई दिवसीय काव्ययात्राको दोस्रो दिनको प्रभातीय यात्रामा हामी हिँडिरहेका छौं सिराइचुलीको सिरान टेक्न । नयाँ वर्षको दिन सिराइचुलीमा स्थानीय मेला लाग्छ । मेला हेर्न पैदल हिँड्नेहरुको भीड छ बाटोभरि । बाइक, स्कुटरहरुको चाप उस्तै छ । मेलामा आउनेहरुको भीडको रौनक र उनीहरुका बीच आदानप्रदान भइरहेका नयाँ वर्षको शुभकामनाका शब्दहरुले सिराइचुलीको उकालो पनि गुञ्जित छ । सिराइचुलीको उकालो पनि आज हर्षले खेलेको छ । बाटोभरि फुलिरहेका लालीगुराँसका फूलका बुट्यानहरुले सिराइचुली शोभायमान छ ।

आहा ! सिराइचुली ।

सिराइचुलीको सिरानलाई टेकेर चिसो हावाले स्पर्शित भइरहँदा मन बतासिएर उड्यो । मनले कावा खाइरह्यो । वरिपरि थुम्काजस्ता स–साना पहाडहरु देखिन्थे । माथि निलाकाश थियो । आफ्नो शरीरलाई डङ्रङ्ग चौरमा लडाएँ र सिराइचुलीलाई सिरानी हालेर त्यो निलो आकाशलाई नियालिरहें ।
०००

सुमिनासँग संवाद
‘हजारौं वर्ष पुरानो हो, म र मजस्तामाथिको दलन । त्यसैले मभित्र दबिएका र थुनिएका आक्रोशका पीडाका भावनाहरु पनि हजारौं वर्ष पुराना हुन् । तिनै दबाइएका उद्वेलनहरुले तँछाडमछाड गर्दै बाहिर निस्किने बाटो खोज्दा कविताहरु प्रस्फुटित भए । आक्रोश, उत्तेजना, प्रेम, वियोग, संयोग, उत्साह, निराशा, रोदन अनि खुसी; यी समस्त मानवीय भावनाहरुको एकमुष्ट स्वरुप नै हो, ‘बागी स्त्रीको आत्मकथा’ ।

हो, ‘बागी स्त्रीको आत्मकथा’ मा सुमिनाका उल्लेखित यत्ति शब्दहरु पढिसकेपछि कवि सुमिनालाई विना आग्रह/पुर्वाग्रह निर्धक्क कवितामा पढ्न सकिन्छ । यहींनिर उनको विचारसँग एकमत भइसकेपछि एउटा पाठकले उनका कविताहरुसँग संलाप गर्न सक्छ । र, उनका कविताहरु पाठकलाई न्यायप्रिय लाग्न सक्छ । कविता पढ्नु नदीमा पौडिनु जत्तिकै साँच्चिकै गाह्रो काम हो । एउटा कुशल पौडीबाजलाई नदीको पानीको धार र गहिराइमा हेलिनु र डुब्नुको जति रोमाञ्च र आनन्द लाग्छ, एउटा पाठकको लागि एउटा सुन्दर कविताले दिने आस्वाद उत्तिकै आह्लादक लाग्छ । त्यसैले कविता लेख्नु वा पढ्नु एउटा एडभेन्चर पनि हो । कमै लेखक वा पाठकले यो साहसिक कार्यलाई आत्मसात गर्न सक्छ ।

कविता लेख्नु भनेको द्रोही हुनु हो – विसङ्गतिहरुसँग । सत्ता विसङ्गतिहरुको डङ्गुर हो । र, कविता सत्तासँगको द्रोह पनि हो । सधैं राज्यसत्ताको उत्पीडनले दलनमा बाँचिरहेकाहरुको एकमत स्वरहरु हुन् सुमिनाका कविताहरु । त्यसैले सुमिनाका कविताहरु पढ्नु भनेको विसङ्गतिहरुप्रतिको विद्रोह र सत्तासँगको द्रोह पनि हो ।

कवि सुमिनाका कविताहरु सत्तासँग असहमत छन् र सत्ताले सधैं वर्जित गरेको भूगोलमा रहेका सीमान्तकृतहरुमाथिको उत्पीडन सुमिनालाई अस्वीकार्य छ ।

‘म कविता तिनीहरुमा अर्पण गर्न चाहन्छु, जसका स्वरहरुलाई यो समाजले सदियौंदेखि निमोठ्न र दबाउन खोजिरहेको छ । जसका खुट्टाहरुमा बलजफ्ती जन्जिरहरु बाँधिएका छन् । जसका निम्ति स्वतन्त्र उडान वर्जित छ । हो यो त्यही उडानको आह्वान हो । वर्जित भूगोल तोडेर उड्ने आह्वान । जन्जिर चुँडाल्ने आह्वान । ताल्चा तोडेर दबिएका आवाजहरु उराल्ने आह्वान ।’

र, उनको आत्मस्वीकृति छ;

म यतिबेला
अस्तित्वको आकाशमा मडारिएको
आँधीको सामना गर्न
स्वयम् आँधी बनेर
युगको आँगनमा उभिइरहेकी छु ।
(आँधी बन्न अभ्यस्त मान्छे, पृ. २९)

सुमिना ८० को दशकको पूर्वाद्र्धमा देखा परेका नेपाली कविहरूको पछिल्लो पुस्तामध्येको एक प्रखर कवि हुन् । भर्खरै उनको ‘बागी स्त्रीको आत्मकथा’ शीर्षकको कविता सङ्ग्रह बजारमा आएको छ र यस कविता सङ्ग्रहले उनलाई वर्तमान पुस्ताको एकजना सशक्त कविका रूपमा स्थापित गरेको छ । आफ्ना फुटकर कविताहरूले पाठकका माझ परिचय बनाइसकेका कवि सुमिनाका धेरै कविताहरूले चर्चा पनि पाइसकेका छन् । वैचारिकी र विद्रोह उनका कविताहरूको सघन र केन्द्रीय विषय हुन् । पाठकका रूचि र छनौटमा परेका कतिपय प्रकाशित र नयाँ कविताहरूलाई सङ्गृहीत गरेर आफ्नो पहिलो कविता कृति ‘बागी स्त्रीको आत्मकथा’लाई उनले प्रकाशनमा ल्याएकी हुन् ।

२०५० सालको असोजमा ‘बैंसालु वर्तमान’ कवितासङ्ग्रह प्रकाशनमा आएपछि यस कृतिले पारिजातको वैचारिक कविताहरुको एउटा मानक स्थापित ग¥यो । नेपाल साहित्य गुठीले प्रदान गर्ने २०४९ सालको सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार प्राप्त गरेको यो कृतिले पुस्तकाकार रुपमा प्रकाशित हुन नपाउँदै २०५० सालको वैशाख ५ गतेको एकाबिहानै पुरस्कारको घोषणा र पारिजातको मृत्युको समाचार सँगसँगै फैलियो – हावासँगै । २०५० सालको वैशाख ४ गते नेपाल साहित्य गुठीले पारिजातको ‘बैंसालु वर्तमान’ लाई सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार दिने निर्णय ग¥यो । तर वीर अस्पतालको सघन उपचार कक्षको वेडमा रहेकी पारिजातले यो निर्णय सुन्न नपाउँदै वैशाख ५ गते बिहानै उनको निधन भएको समाचार बाहिर आयो । पारिजातलाई विसङ्गतिवादी कविताहरुबाट अलग्याएर ‘बैंसालु वर्तमान’ ले प्रतिबद्ध, वैचारिक र माक्र्सवादी कविका रुपमा चर्चामा ल्यायो ।

मैले सुमिना र सुमिनाका कवितासँगै पारिजातका यी प्रसङ्गहरुलाई यहाँ किन जोडिरहेको छु भने पारिजातपछि वैचारिक कविताहरुको लेखनको शून्यता लामो समयसम्म रहँदै आइरह्यो । अझ महिला लेखकहरुमा यस्तो लेखनको अभाव खट्किरह्यो । लेखिएपनि ती हस्तक्षेपकारी भुमिकामा हुन सकेनन् । पारिजातकै शैलीमा कवि सुमिनाको उपस्थिति र उनको लेखनले यतिबेला मलाई पारिजातको सम्झना गराइरहेको छ । यो मेरो वैयक्तिक बुझाइ हो । मेरा यी बुझाइहरुमाथि कसैले पनि असहमति राख्न सक्छन् ।

व्यक्तिगत रुपमा म सुमिनालाई चिन्दिनँ । र, उनको व्यवहार र स्वभावसँग म उति परिचित छैन जति मैले पारिजातलाई नजिकबाट चिनेको छु । केही समय उहाँसँग नजिक रहेर मैले साहित्यको विद्यार्थीको रुपमा प्रशिक्षित हुने अवसर पाएको छु । म्हैपीस्थित उहाँको निवासमा पुगेर उहाँको अध्ययन र सङ्घर्षशील जीवनशैलीबाट प्रभावित भएको छु । ‘बागी स्त्रीको आत्मकथा’ पढिरहँदा मलाई घरीघरी यस्तो लाग्छ सुमिना नै कतै पारिजातको त्यो ‘बोनी’ हुन कि ! जो यो समयले हुर्काएको आन्दोलनको एउटा जीवन्त पात्र हुन् । मैले सुमिना र सुमिनाका कविताहरुमा पारिजातका प्रतिच्छायाहरु देखेको छु । ‘बैंसालु वर्तमान’ र ‘बागी स्त्रीको आत्मकथा’ लाई साथमा राखेर अहिले म यी दुई अलग समयलाई प्रतिनिधित्व गरिरहेका यी दुई कविहरुको वैचारिकी, विद्रोह र सङ्घर्षशील स्वभावहरुलाई पढिरहेको छु, एउटा समानता खोजिरहेको छु । म सुमिनाका यी कविताहरुले पारिजातलाई पछ्याइरहेका उनका पाइतालाका पदचापहरुलाई चियाइरहेको छु । र, एउटा दृढताले सीमान्तकृत भूगोललाई नियालिरहेका सुमिनाका स्वप्नील आँखाहरुलाई हेरिरहेको छु ।

यतिबेला उनका आँखाहरु आन्दोलित छन्ः

जहाँ सामन्तहरु
बडो दम्भले महँगो जुत्ता बजार्छन्
हामी त्यहीँ खाली पैताला
आफ्ना हत्केला गाड्दै नङ्ग्रा खियाउँछौं
आफ्नो शरीरबाट पसिनाको धारा बगाएर
उब्जनीको मूल फुटाउँछौं ।
(वर्गीय प्रेम, पृ. ४२)

कहिलेकाहीँ कविता पढिरहँदा मलाई कविताले हिप्नोटाइज गरोस् भन्ने लाग्छ । मन एकतास होस् र मन कविताका हरफहरुमा हेलिइरहोस भन्ने लाग्छ । यस्ता कविताले पाठकलाई एक प्रकारको मेडिटेटिभ अवस्थामा पनि पु¥याउँछ । कविता सिर्जना आफैमा एक ऊर्जा हो । कविको सौन्दर्य पनि हो । एउटा सुन्दर कविताले पाठकलाई पनि अध्ययनशील बनाउँछ । एउटा ऊर्जा दिन्छ । र, कविता पढिसकेपछि पाठकले एउटा बिम्ब निर्माण गर्छ समाजको सौन्दर्य र कविको व्यक्तित्वको । त्यसैले कविता सुन्दर समाज निर्माणको एउटा आधार पनि हो ।

सुमिनाका फुटकर कविताहरु पढिरहँदा र ती कविताहरुले छोइरहँदा एकदिन फेसबुकको म्यासेन्जर बक्समा मैले उनलाई आग्रह गरेर लेखेको थिएँ – ‘सुमिनाजी, कविताको एउटा सङ्ग्रह निकाल्नुस न अब ।’

‘सङ्ग्रहको काम भइरहेको छ । मेरो तर्फबाट सेलेक्सन भइसकेको छ । केही काम बाँकी छ । अब छिट्टै बजारमा आउने छ ।’ सुमिनाजीको जवाफ थियो ।

मजस्तै उनका कविताका पाठकहरुको शुभेच्छा हो ‘बागी स्त्रीको आत्मकथा’ । इन्डिगो इन्कले यसलाई प्रकाशनमा ल्याएको छ । र, कविताका पाठकहरुका लागि यो पठनीय र सङ्ग्रहणीय कृति बनेको छ । यो कृति नेपाली कविताको फाँटको एउटा उपलब्धि हो ।

कवि सुमिनाका कविताहरु सीमान्तकृतहरुको प्रतिरोधी चेतनाका स्वरहरु हुन् ।

मेरै श्रमको आँगनमा उभिएर
आफ्ना आदेशका औंला ठड्याएर
तिमी आफूलाई मालिक भन्छौ
आफ्नै पसिनाका धाराबाट
उब्जनीको मूल फुटाएर म कहलिन्छु दास ।
(म एक श्रमिक, पृ. ४८)

सुमिनाका कविताहरु पढिरहँदा मलाई कहिलेकाहीँ लाग्छ ती कविताहरु आन्दोलनमा उठिरहेका छरपस्ट नाराहरुको एउटा सङ्गठित आवाज हो जो एकातिर पुरुष सत्तासँग भद्र अवज्ञा गर्छ र अर्कोतिर राज्यसत्ताले निर्माण गरेको शासकीय स्वरुप र त्यसका संरचनाहरुले पुनर्गठन गरेको महिलाको सामाजिक न्यायमाथिको विभेद, असमानता र उत्पीडनप्रति कडा आलोचना गर्छ ।

र, यसका विरुद्ध उनी सडकमा कविताको फिलिङ्गो बोकेर हिँड्छन्;

ममाथि बडो अट्टहास गर्छन्
निरङ्कुश व्यवस्थाका झुण्ड झुण्ड अनुयायीहरु
म त्यो हाँसोमा उनीहरुकै व्यवस्थाको
बर्बादी कुर्लिरहेको देख्छु
उनीहरु मलाई मूर्ख सम्झन्छन्
र फुकेर निभाउन खोज्छन् ।

म निडर
आँखा जुधाउँछु र हाँस्छु बेस्सरी
फिलिङ्गो फुक्दैमा निभ्दैन
झन् सल्कन्छ– रातो भएर ।
(फिलिङ्गो, पृ. ५१)

एउटा काल÷बेला थियो– बजारको फिलिम हलमा फिलिम फेरिएपछि हलमा पुगेर नयाँ फिलिम हेर्न मन आतुर हुन्थ्यो । अहिले उमेर र रहर फेरिएको छ । बजारमा नयाँ किताब आएपछि मन किताब पसल पुग्न हतारिन्छ । लेखक नयाँ, पुराना भन्दिनँ । किताब टपक्क टिप्छु । घरमा पुगेर पढ्न बस्छु । राम्रा किताबहरुले मन तृप्त बनाउँछ । नराम्रा किताब छन् भने पनि खासै गुनासाहरु गर्दिनँ । एउटा पुस्तकालय छ, जतनले राख्छु । रुचि आख्यान र गैरआख्यान दुवैमा छ । खासगरी कविताका किताबहरुले तानिन्छु । दोबिल्ला पुस्तक पसलबाट भर्खरै बजारमा आएका समकालीन कविताको क्षेत्रमा महत्व राख्ने केही किताबहरु ल्याएको छु । सुमिना मलाई मन पर्ने कवि हुन् । नयाँ पुस्ताहरु बीच उनको लेखनको क्रियाशीलता लोभलाग्दो छ । ‘बागी स्त्रीको आत्मकथा’ मार्फत नेपाली कवितामा उनको एउटा हस्तक्षेपकारी उपस्थिति रहेको छ ।

सत्तामा बसेर आज शासकहरुले गर्ने स्तुत्य कवि सुमिनालाई पटक्कै स्वीकार्य छैन ।

ऊ भनिरहन्छ – क्रान्ति
जपिरहन्छ – क्रान्ति
धर्मग्रन्थको स्तुतिजस्तै ध्यानस्थ भएर

उसलाई कण्ठ छन्
माओत्सेतुङ्का दर्जनौं उद्धरणहरु
कुनै धर्मान्धले
धर्मग्रन्थका श्लोकहरु जपेजस्तै
बेला बेला क्रान्तिको इतिहास पढ्छ र उभिन्छ
चाउ एनलाई, चियाङ चिङ
र याङ होङ्वेनहरुको लस्करसँगै
(क्रान्तिको जप, पृ. ७१)

कवि सुमिनाको आक्रोश छ, आफूलाई क्रान्तिकारी हुँ भनेर क्रान्तिकै विसर्जन गर्नेहरुसँग । सिंहदरबारभित्र पसेका लाल कमरेडहरुको दलाल चरित्रहरुले रुग्ण बनेको देश र उनीहरुको सत्ता लिप्साले थिचिएका झुप्राहरुको आवाज आज माइतिघर मण्डलामा हराएको छ ।

ऊ बेखबर छ
आफ्नै अघिल्तिरको समयको रफ्तारसँग
उसलाई थाहा छैन
कहाँ, कतिबेला र कसरी छुट्यो उसको लक्ष्यबाट
वर्गसङ्घर्ष, मजदुर एकता र समाजवादको यात्रा ?
(क्रान्तिको जप, पृ. ७१)

साहित्य वस्तुवादी हुनुपर्छ, जीवनवादी हुनुपर्छ । विचारलाई नारामात्र देख्नेहरुका लागि सुमिनाका कविताहरुले बिझाउन सक्छन् । शृङ्गारवादीहरु सधैं ‘कला कलाका लागि कि कला जीवनका लागि’ भन्ने भ्रमको बहस सिर्जना गरिरहन्छन् । उनीहरु कहिल्यै श्रमको सौन्दर्यसँग जोडिन सक्दैनन् । श्रमसँग नजोडिएको साहित्य जीवनहीन साहित्य हो । कलावादीहरुको साहित्य उपभोक्तावादी बजारले आफ्नो दोकानअघि विभिन्न वस्त्र र आभुषणले सजाएर राखेका ‘डमी’ जस्ता हुन् जसको कुनै प्राण हुँदैन, जीवन हुँदैन । श्रमसँग नजोडिएको साहित्य रुपविहीन र शृङ्गारविहीन नै हुन्छ । जब सिर्जनाको व्यापार सुरु हुन्छ त्यो वस्तुमा रुपान्तरण हुन्छ र केही समयपछि त्यसको उपयोगिता सकिन्छ । अहिले उपभोक्तावादले साहित्यलाई पनि वस्तुको रुपमा व्यापार गरिरहेको छ । त्यसले लेखकलाई मारिदिन्छ र प्रायोजक बनाउँछ ।

कवि सुमिना श्रम र श्रमजीवीहरुका कवि हुन् । उपेक्षित र उत्पीडितहरुका कवि हुन् । त्यसैले उनका कविताहरुमा श्रमजीवी वर्गको भावना, संवेदना, करुणा, प्रेम, स्नेह र एकत्वको मेल पाइन्छ । उनी आफू उभिएको भूगोल, आफ्नो जाति र आफ्नो वर्गसँग इमान्दार छन् र उनी लेख्छन्, ‘धेरैले भनेको सुनिन्छ– कविता हृदयले ग्रहण गर्ने कुरा हो ! तर मलाई लाग्छ कविता मस्तिष्कले पनि ग्रहण गर्ने कुरा हो । धेरैले भनेको सुनिन्छ– कविताको काम एक अलौकिक आनन्द प्रदान गर्नु हो ! तर मलाई लाग्छ कहिलेकाहीँ त्यो मुर्दा शान्तिलाई बिथोलेर हृदयमा उद्वेलनको ज्वारभाटा उठाउनु र मस्तिष्कलाई एक चरण बिथोल्नु पनि कविताको काम हो ! यस अर्थमा कविता सधैँ विनम्र, शालीन मात्रै हुँदैन । उद्दण्ड, अराजक र विध्वंशक पनि हुन्छ !’

र, त्यसैले सायद सुमिनाका कविताहरुले पाठकको मस्तिष्कलाई बिथोलिरहन्छः

त्यागिदेऊ शृङ्गार
र, उन्मुक्त गर
आफूसँगै आफ्नै शरीरका
एक एक बन्धक अङ्गहरुलाई
(शृङ्गार, पृ. ९७)

एउटा लेखकलाई आफ्नो लेखनप्रति इमान्दार हुन जति गाह्रो छ, त्योभन्दा दुगुना गाह्रो यहाँ एउटा असल र इमान्दार पाठक हुनुमा छ । कहिलेकाहीँ लेखकले आफ्नो कुरा भनिसक्छ र उसले पाठकलाई दुविधामा छोडिदिन्छ । पाठक मझधारमा उभिन्छ । यस्तो अवस्थामा लेखक र पाठक दुवै दुर्घटनामा पर्छन् । लेखक र पाठकको सम्बन्ध टुट्छ । र, यसले पठन संस्कृतिलाई कमजोर बनाउँछ ।

सुमिना भन्छिन्– ‘यो लेखकको आत्मरतिमा रमाउने एउटा मनोवृत्ति हो ।’

लेखकले आफ्नो लेखकीय यात्रामा पाठकलाई पनि सँगसँगै हिँडाउन सक्नुपर्छ । लेखक र पाठकका बीच संवाद हुनुपर्छ । संवादले पठनयात्रालाई सहज बनाउँछ । नत्र पाठक थाक्छ र लेखकलाई छोडिदिन्छ । कहिलेकाहीँ त यसले लेखक र पाठकका बीच द्वन्द्व सिर्जना गरिदिन्छ । कवि सुमिना आफ्ना पाठकहरुप्रति सचेत छन् र इमान्दार छन् । उनका कविताहरु पाठकसँग संवाद गर्न सिपालु छन् । त्यसैले उनका कविताहरु पाठकहरुका लागि कत्ति पनि बोझिला लाग्दैनन् ।

उनका कविताहरुले पाठकलाई आसक्त बनाउँछन् ।

जब नियाल्छन् यी आँखा
आकाशको छातीभरि यात्रारत हजार पक्षीहरुलाई
उच्छवासित हुन्छु
आहा !
कति उदार छ त्यो आकाश
जसले विनाअवरोध सारा पक्षीहरुलाई
आफ्नो छातीमा
उडानको अनुमति दिन्छ निःशर्त ।
(निरङ्कुशता, पृ. १०३)

कहिँ कतै भावुक र प्रेमासक्त बनाउँछन् सुमिनाका कविताहरुले । एकछिन टक्क अडिएर चिसो सुस्केरा लिन बाध्य पार्छन् उनले पाठकलाई । ‘वियोग’, ‘निरङ्कुशता’, ‘छोडिनेहरु’, ‘दोहोरिएको प्रेम’, ‘हराएको सहयात्री’, ‘बगर’, ‘नदी’, ‘संयोग’, ‘निष्कर्ष’, ‘प्रेम’, ‘तिमी र जून’ र ‘सम्बन्ध’ आदि कविताहरु पढिसकेपछि पाठक झट्ट एकछिन शून्यतामा हराउँछन् । यी सुमिनाका प्रेमिल कविताहरु हुन् । र, यी कविताहरुले पाठकलाई नोस्टाल्जिक बनाउँछ र प्रेमको एउटा स्वैरकल्पनामा पु¥याउँछन् ।

कुनै बिछोड यस्तो पनि हुन्छ
मानौं, शरीरबाट कसैले मुटुलाई विच्छेद गरिरहेको छ
कोही यसरी पनि अलगिन्छ
मानौं, बिस्तारै बिस्तारै शरीरबाट प्राण अलग्गिरहेको छ
कोही यसरी पनि हराउँछ
जस्तो कि, बिस्तारै बिस्तारै हराइरहेको होस्
सधैंका लागि आँखाबाट दृष्टि
र, मडारिँदै गरेको होस् चौतर्फी अन्धकार
(छाडिनेहरु, पृ. १०६)

के सुमिनाका असफल प्रेमले उनलाई अति भावुकता र कोमलताका यी कविताहरु लेख्न यसरी उद्वेलित गरिदियो ! मेरो मनले गमेको कुरा । लाग्छ यही कोमलता कवि सुमिनाको सिर्जना शक्ति पनि हो । र, यही शक्तिले उनी आफ्ना पाठकहरुलाई एउटा स्वैरकल्पनाबाट जीवनको सौन्दर्यतिर अघि बढाउँछन् । उनलाई थाहा छ त्यो सौन्दर्य सङ्घर्षबाट मात्र प्राप्त हुन्छ । श्रमले नै सौन्दर्यको निर्माण गर्छ ।

जन्मनु
ज्वलन्त सङ्घर्षको ज्वालामा फालिनु रहेछ

कोही दाउराजस्तै दन्किन्छन्
र, रुपान्तरण हुन्छन् कोइला वा खरानीमा

तर
म त फलाम भएको छु साथी फलाम
अग्निको ज्वालासँगै
खारिएर इस्पात बन्दै छु
र, लड्दै छु निरन्तर
चुनौतीका फलामे काँडाहरुसित ।
(सङ्घर्ष, पृ. १५४)

कवि सुमिनालाई बधाई !

ज्याग्दीखोलाको तरङ्ग
२०८० चैत्र

त्यो फेब्रुवरी
साउदी अरबबाट प्रकाशित हुने एउटा दैनिक अङ्ग्रेजी पत्रिका ‘अरब न्युज’मा नेपालसँग सम्बन्धित समाचार थियो तर छोटो । समाचार थियो– ‘नेपालमा विद्रोही माओवादीसँग सम्बद्ध उसको भातृ विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) ले निजी बोर्डिङ स्कुलहरुलाई बन्द गर्न दिइएको कडा धम्की र चेतावनी । उनीहरुको यो बन्द कारवाहीले नेपालभरिका आठहजार पाँच सय निजी बोर्डिङ स्कुलहरु र ५ लाख विद्यार्थीहरु प्रभावित ।’

१६ अप्रिलको त्यो समाचारलाई मैले आफ्नो डायरीमा नोट गरेँ ।

केही दिनदेखि नेपालमा भइरहेका तीव्र राजनीतिक घटनाक्रमहरुलाई हामीले साउदी अरबको यो निर्जन मरूभूमिबाट उत्सुकतापूर्वक हेरिरहेका र सुनिरहेका थियौँ । हामीले सजिलै पढ्न र बुझ्न सकिने आफ्नो नेपाली भाषाको कुनै न्युज च्यानलहरु हामीसँग थिएनन् । तर पनि नेपालसँग सम्बन्धित थुप्रै न्युज च्यानलहरुले दिइरहेका समाचारहरुका बारेमा कहिले बङ्गाली बन्धुहरु र कहिले श्रीलङ्काली मित्रहरुले हामीलाई बताइरहन्थे । र, उनीहरुका भाषाका न्युज च्यानलहरुबाट दिइरहेका नेपालका समाचारहरु हामीलाई सुनाउँथे । हामी उनीहरुको कोठामा पुगेर उनीहरुको भाषामा प्रसारण भइरहेका नेपालसम्बन्धी समाचारका दृश्यचित्रहरु हेथ्र्यौं ।

गएको अघिल्लो महिना २ फेब्रुवरीको एउटा बिहान । ड्युटी जान बस चढ्दै गर्दा जाकिर हुसैन जो मसँगै जेटिआईमा काम गर्ने बङ्गाली कुक थिए, ले मलाई सोध्यो– ‘‘तिम्ले हिजो साँझको बी.बी.सी. न्युज सुन्यौ ?’

‘किन ? कुनै खास न्युज थियो ?’ मैले सामान्य उत्सुकताले उसलाई सोधेँ ।

‘क्या यार तुम अपनी देशकी न्युज सुनता नही ?’ मेरो अनभिज्ञताप्रति जाकिरको अर्को प्रश्न थियो ।

‘नेपालको राजाले हिजो पुरै पार्लियामेन्ट भङ्ग ग¥यो र सङ्कटकाल लगायो । प्रधानमन्त्री र मन्त्रीहरु सबैलाई बर्खास्त गरेर जेल हाल्यो ।’ उसले थप सुनायो ।

नेपालबारेको त्यो समाचार बसभरि सबैको लागि तातो गफ बन्यो । बसभित्र नवीन र मबाहेक सबै बङ्गाली र श्रीलङ्कालीहरु थिए । नेपालको चर्चा उठेपछि प्रसङ्गवस यो राजनीतिक विषयलाई उनीहरुले अरु गरमागर्मी बनाए । उनीहरुमध्ये केहीले भन्दै थिए– ‘‘तिम्रो नेपालका पोलिटिकल लिडरहरु किन निडर छैनन् हँ ? किन यति कमजोर छन् ? नेपालका पोलिटिकल पार्टी र पब्लिकले राजाको यो कार्यको किन विरोध गर्न सक्दैनन् ?”

‘राजतन्त्र अब कुनै दुनियाँमा छैन । तिम्रो देशमा भने राजा किन यति पावरमा छ हँ ?’ उनीहरुले जोड दिएर हिन्दीमा भनेका थिए– “दुनियामे ये राजतन्त्र कही“ नही । राजाको सब मिलके लात मारके भगाओ ।’

बसभित्र होहल्ला चर्कै थियो ।

जाकिर भन्दै थियो– ‘तुम्हारे मुलुकमे तो वो क्या माओइष्ट है ना, वो क्या कर रहा है ? वो तो राजाके खिलाफमे लड् रहा है न ?’

राजनीतिप्रतिको जाकिर हुसैनको गहिरो चासो थियो । र ऊ नेपालको राजनीतिसँग पनि रामै्र जानकारी राख्दो रहेछ भन्ने कुरा उसका यी कुराकानीहरुले पनि छर्लङ्ग थियो ।

‘अनिल तिमी पनि माओइष्ट हो ?’– एकजना श्रीलङ्कालीले पछाडिबाट मलाई सोध्यो ।

मैले हाँसेरै उसलाई सोधेँ– ‘कसले भन्यो ?’

‘नवीनले ।’ उसले भन्यो ।

‘साला, तुम झुठ बोला, तुम झुठ बोला ।’ पछिल्लो सिटमा नवीन श्रीलङ्कालीसँग प्रतिवाद गर्दै थियो ।

‘तिमीलाई नेपालको माओइष्टको बारेमा थाहा छ ?” मैले श्रीलङ्कालीलाई सोधेँ

‘लिट्टेजस्तै, विद्रोही आम्र्स पार्टी होइन ?’ उसले भन्यो ।

नेपालमा सशस्त्र विद्रोह लडिरहेको माओवादी र श्रीलङ्काका विद्रोही लिट्टे (लिबरेशन टाइगर्स अफ तमिल ईलम) लाई उनीहरुले उस्तै ठानिरहेका थिए । सशस्त्र तर भिन्न उद्देश्यका लागि लडिरहेका यी दुई युद्ध उस्तै होइनन् भन्ने बुझाउन उनीहरुलाई आवश्यक थियो । लिट्टेको विद्रोह श्रीलङ्कामा तमिलहरुको जातीय विद्रोह थियो । नेपालमा माओवादी विद्रोह भने गणतन्त्र प्राप्तिको लागि सामन्तवादको विरूद्धमा लडिएको हतियारबद्ध राजनीतिक आन्दोलन थियो । तर बसभित्र भइरहेका यी अनौपचारिक राजनीतिक प्रसङ्गका कुराकानीहरु र होहल्लामा मैले धेरै कुराहरु गरिरहनु जरूरी देखिनँ ।
०००

हिजो साँझ । खाना खाएर मेस हलबाट फर्किरहँदा केही अस्पष्ट हल्लाहरु हामीले सुनेका थियौँ । हल्लाहरु नेपालको राजनीतिसँग सम्बन्धित थिए । हल्लाका वास्तविकताहरु के हुन् बुझ्न सकिरहेका थिएनौँ । अनेकथरी आशङ्काहरु थिए । नेपालमा फोन सम्पर्कहरु गर्न खोज्यौँ, कतै पनि फोन लाग्न सकिरहेको थिएन । हामी खाना खाएर फर्किरहेका सबैका हातका मोबाइलहरु नेपालका एउटा न एउटा नम्बरहरु थिचिरहेका थिए । तर कसैको मोबाइलले पनि सम्पर्क खोज्न सकिरहेको थिएन । सबैका आँखाहरु अनिश्चयले घेरिएका थिए ।

‘नेपालमा पक्कै पनि केही त भएको हुनुपर्छ ?’ सूर्य भन्दै थियो ।

अब त्यो आशङ्का रहेन । कुरा स्पष्ट थियो– देशमा राजाले आफ्नो प्रत्यक्ष शासन सुरू गरे । देश अब राजाको हस्तक्षेप र निगरानीमा थियो । सबै राजनीतिक पार्टी र त्यसका कार्यक्रमहरु सायद प्रतिबन्ध गरिए । हिजो साँझको हल्ला र हाम्रा आशङ्काहरुले जाहिरसँगको यो कुराकानीले अब अलिकति उज्यालो पायो । मलाई यो कुनै अप्रत्यासित घटना होइन भन्ने लाग्यो । आखिर एकदिन यो हुनु नै थियो र राजाले आफ्नो सत्ताको कुरुप यथार्थलाई कुनै दिन यसरी नै बाहिर प्रकट गर्नु नै थियो, जुन ग¥यो । नेपालका अलोकप्रिय संसदीय पार्टीहरु र अस्थिर राजनीतिक घटनाक्रमहरुले यसलाई एउटा पूर्वानुमानित घटनाको रुपमा देखाइसकेको थियो नै । तर हेर्दा बाहिरी रुपमा यो घटना संसदीय व्यवस्थाको विरूद्धमा राजाले चालेको कदम देखिए पनि भित्री रुपमा माओवादीहरुको बढ्दै गएको विद्रोह र जनयुद्धको लोकप्रियतालाई समाप्त पार्न खोज्नु नै थियो । अब भने यसपछिका घटनाक्रमहरु कसरी अघि बढ्ने हुन् ? तर निश्चित छ– यसले देशमा अब दुईवटा राजनीतिक शक्तिहरुबीचको ध्रुवीकरणलाई तीव्र रुपमा विकास गर्नेछ । र स्पष्ट छ देश झन् चर्काे राजनीतिक द्वन्द्वको घमासानतिर अघि बढ्नेछ ।

साँझको ५ बजे, बी.बी.सी.को हिन्दी न्युज सुन्यौँ । नजरबन्दपछिको गिरिजाप्रसाद कोइरालाको पहिलो वक्तव्य, जुन क्यासेट गरिएको वक्तव्य थियो, दिइएको थियो । ६ बजे टेलिभिजनबाट बी.बी.सी. च्यानलको न्युज हे¥यौँ । समाचार छोटो थियो र कफ्र्यूपछिका काठमाडौँका सुनसान सडकहरुलाई दृश्याङ्कन गरिएको थियो ।

यी फेब्रुवरीका सुरूका केही दिनहरु थिए । हामीले काम गरिरहेकोे कलेज जुवैल टेक्निकल ईन्ष्टिच्युटका कक्षाहरु खुल्न अझै केही दिनहरु बाँकी थिए । ६ फेबु्रवरीदेखि कलेजका कक्षाहरु सुरू हुनेछन् । त्यसैले पनि क्याटरिङका सबै कामहरु बन्द छन् । डाइनिङ हलको सरसफाइ र कुर्सी टेबुलहरुको व्यवस्थित गर्नुपर्ने कामहरु नै भएकोले हामीले एकदुई दिन अझै अरु यही काममा लाग्नुपर्ने छ । सुपरभाइजर श्रीलङ्काली छन्– सिड्नी । क्रिस्चियन हुन्, क्याथोलिक । बङ्गाली कामदारहरु उनलाई उत्ति मन पराउँदैनन् ।

‘सिड्नीले हामीलाई ओभरटाइम दिँदैन । अरु लोकेसनमा चार घण्टाको ओभरटाइम दिन्छ । यसले हामीले पाएको एकघण्टा पनि काटिदिन्छ । यसको मन कालो छ ।’ डाइनिङ् हलमा काम गर्ने बङ्गाली कामदार जाहिरुल इस्लाम भन्छ ।

यसै विषयलाई लिएर घरिघरि ऊ श्रीलङ्काली सुपरभाइजरसँग विवाद गरिरहन्छ । बिहानै काममा जानु, किचनबाट चिया पकाएर पिउनु, सुपरभाइजर र कामदारहरुबीच तलब र ओभरटाइमको विषयलाई लिएर विवाद परिरहनु, यी एकदुई दिन यसै गरी नै बित्छ । दिउँसो दुई बजेपछि कुनै काम हुँदैन । कोठामा गएर सुत्नु र कुनै नयाँ फिल्म खोजेर हेर्नु, समय बित्ने मेलो यही हो ।
०००

झट्ट हेर्दा अलि नयाँ झैं लाग्ने खालको नाम थियो त्यो फिल्म– ‘पेज ३’ । दिउँसो हाइरामले मलाई छाडेर गएको थियो हेर्नको लागि । फिल्म हेरेँ । औसत हिन्दी फिल्मको कथासुत्रभन्दा अलि भिन्न कथावस्तुको पृष्ठभूमि थियो । पत्रकार जगत् र यसले समेटेको सहरी सम्भ्रान्तहरुको एउटा वृत । एउटा प्रमुख अङ्ग्रेजी दैनिक पत्रिकाको पेज ३ र यो विभाग हेर्ने एउटी पत्रकार नायिकाको मुख्य भूमिका रहेको फिल्मले कथावस्तुलाई खासै उल्लेख्य बनाउन नसके पनि कथाले एउटा नयाँ विषयलाई समात्ने प्रयास गरेको थियो । बस्, यत्ति नै हो फिल्मको उपलब्धि ।
०००

रोशन र चन्द्रकान्त दुवैले केही दिनदेखि काम बन्द गरेका छन् । उनीहरु दुवै सँगै, एउटै काममा थिए । बस्नका लागि हामी सँगै एउटै कोठामा छौँ । दुवै जना नयाँ हुन् । नेपालबाट भर्खरै यहाँ आएको तीन महिना हुँदै छ । गार्डनरको काम गर्छन् । यस महिना पनि उनीहरुलाई ओभरटाइम दिइएन । दुई सय तीस रियाल तलब बुझेछन् । बङ्गाली सुपरभाइजर रै’छ, असाध्यै धूर्त । उनीहरुले ओभरटाइमको कुरा ग¥यो भने ‘तँ नेपाल जा, कम्पनीले तँलाई ओभरटाइम दिन्छु भनेको छैन’, भनेर डर देखाउँदो रै’छ । केही समयअघि मसँगै जेटिआईमा हाउस किपिङको काम गर्दै आइरहेको चिरञ्जीवीले काम बन्द ग¥यो । उसलाई कम्पनीले अनेक डर, त्रास, धम्की देखायो । केही दिन मेसहलबाट उसको खानासमेत रोकिदियो । उसलाई उसको तलब दिइएन र एक महिनापछि कम्पनीको हेड अफिस अलखोबार पठायो । अर्काे एकजना साथीले यसै गरी एक हप्तादेखि काम छाडेर बसेको छ । यहाँ काम गर्न आउनेहरुको सबैको यस्तै कथा छ । असी, नब्बे हजार नेपाली रूपैयाँ म्यानपावरका दलालहरुलाई बुझाएर उनीहरु यहाँ काम खोज्न आउँछन् र यहाँ आइपुगेपछि शारीरिक र मानसिक रुपले अनेक डर, धम्की र त्रास खेपेर काममा जानआउन बाध्य छन् ।
०००

नेपालमा फोन सम्पर्कहरु भएका छन् भन्ने कुराहरु बिस्तारै सुनिँदै थियो । नेपालमा भएका राजनीतिक घटनाहरुबारे यहाँ साउदीबाट निस्कने केही हिन्दी भाषाका समाचारपत्रहरुले पनि उल्लेख गरेर लेखेका रहेछन् । एकदिन फागुन ५ गतेको ‘कान्तिपुर’ समाचार दैनिक फेला प¥यो । कताकताबाट हो त्यो पत्रिका मेरो हातमा आइपुगेको थियो । धेरै समयपछि नेपाली पत्रिकाका समाचारहरु पढ्न पाएँ । कहिलेकाहीँ यहाँ यस्तै आक्कल झुक्कल यी पत्रिकाहरु देखिन्छन् र पढ्न पाइन्छ । नेपालमा राजनीतिक फेरबदलपछिको यो पहिलो नेपाली पत्रिका पढ्दै छु । आँखाहरु धेरै उत्सुक थिए । तर समाचारहरु खासै सम्प्रेषणीय देखिएन । धेरै समाचारहरु उत्साहहीन थिए सेन्सरले बाँधिएकाजस्ता । पत्रकार महासङ्घका विष्णु निष्ठुरी, गोपाल बुढाथोकी र मानवअधिकारकर्मी कृष्ण पहाडीको गिरफ्तारीपछि थुनामा राखिएका समाचारहरु थिए त्यहाँ । यसले राजा ज्ञानेन्द्रको राजनीतिक ‘कु’पछिको प्रेस जगत्को स्थितिको बोध गरायो ।
०००

दुई दिनदेखिको अनिद्रा छ । एककिसिमको इन्सोमनिया । गएको अघिल्लो रात बिथोलिएको निद्राले शारीरिक र मानसिक रुपमा पुरै तनाव पैदा गरेको छ । राति निद्रा पर्दैन । दिउँसो ड्युटी हुन्छ । सुत्न सकिँदैन । शरीरका मांशपेशीहरुको सङ्कुचन र मानसिक असन्तुलनहरु सुरू भएका छन् । एकप्रकारको विक्षिप्तता छ । बिहान अफिसबाट मेडिकल जानको लागि मेडिकल पेपर मागेँ र कोठामा फर्केँ । कुनै हालतमा पनि मलाई अब निदाउनु जरूरी थियो । क्याम्पभित्र लुकिछिपी रक्सीको अवैध बिक्री हुने गरेको थाहा थियो । त्यसैले कसरी हुन्छ मलाई अलिकति रक्सी ल्याइदिनको लागि पल्लो कोठामा रहेका बन्धुराज पौडेललाई आग्रह गरेँ । उसले धेरैबेर खोजेर आधा गिलास रक्सी ल्यायो र भन्यो– ‘बेलुकी एक बोतल मगाएको छु । यसले निद्रा प¥यो भने भरै पनि खाएर सुत्नुस् ।’

साँच्चै नै त्यो आधा गिलासले पनि मलाई बिहानको एकाध घण्टा रामै्र निद्रा प¥यो । जिउले एक किसिमको राहत महसुस ग¥यो । मस्तिष्कको भारीपना हटेर गयो । दिउँसो मेसहलमा खाना खान जाँदा नेपालीमा लेखेर टाँसिएको एउटा सूचना देखेँ– भित्तामा । जुबैल दावा सेन्टर नेपाली भाषा विभागले आयोजना गरेको नेपाली मुस्लिमहरुको भेटघाटको कार्यक्रमको सूचना रहेछ त्यो ।
०००

क्याम्प–टुभित्र एकजना नेपाली कामदारको मृत्यु भएको गाइँगुईं हल्ला दिउँसो जेटिआईको ड्यूटीमा सुनेँ । किन र कसरी मृत्यु भयो ? त्यो थाहा थिएन । तर ऊ मरिसकेको अवस्थामा बिहान ओछ्यानमै थियो रे । मर्ने कामदार तामिमी कम्पनीमा काम गर्ने लिम्बु थरको नेपाली रै’छ । पाँचथर जिल्लाका रै’छन् । हिजो रातिसम्म ऊ ठीकै थियो रे । साँझमा साथीहरुसँगै भलिबल खेलेर कोठामा सँगै फर्केको थियोे भन्ने सुनियो । बिहानै साउदी प्रहरीहरु आएर उसको लास र कोठामा सँगै बस्ने उसका साथीहरुलाई सोधपुछको लागि थानामा लिएर गएछन् । उसको त्यो शव अब कति दिनसम्म हस्पिटलमा फ्याँकिएर रहने हो वा भोलि उसको घर परिवारले उसको त्यो मृत शरीर पाउन सक्ने पनि हो वा होइन ? सोच्छु, कति कहालिलाग्दोे छ यो समुद्रपारि कमाउन आउनेहरुको जीवन । मान्छेहरुले कस्तो बेखबर भएर बाँच्नुपर्छ यहाँ र बेखबर भएरै मर्नुपर्छ ।
०००

यो मार्चको २ तारिख थियो । काठमाडौँमा लागेको सङ्कटकालले एक महिना पूरा गरेछ । यो अझै अरु कति दिन लम्बिने हो ? थाहा छैन । दमन र धडपकडका खबरहरु हामीले अझै सुनिरहेका थियौैँ । कफ्र्युले देश चलेको छ ।

आजकै दिन, काठमाडौँलाई छाडेर खाडीको यो मुलुक टेक्न हिँडेको ठीक दुई वर्ष पूरा भएर बित्यो । यी दुई वर्षहरु साउदी अरबको यो मरूभूमिमा टेकेर कसरी बिताएँ होला– अहिले सोच्दै छु । अघिल्लो दिन, काठमाडौँलाई छोड्नु अघि हवाई यात्राको एउटा रमाइलो र रोमाञ्चकारी कल्पनाले मन उडेको थियो । तर भोलिपल्ट जब साउदी अरबको अलखोबारको एउटा निर्जन मरूभूमिलाई टेकेर मैले आफू माथिको त्यो निलो आकाशलाई नियाँल्दै थिएँ, त्यहाँ गहिरिँदै गइरहेको शून्यताले मेरो मनलाई एकतमास बनाउँदै थियो । मन उदास थियो र आँखाअघि घरका सम्झनाहरु बत्तासिएर खेल्दै थिए । अरु एकैछिन त्यहाँ अडिएर मैले त्यो मरूभूमिमाथि बिताउनु पर्ने ती दुई वर्षको लामा दिनहरुको कल्पना गर्नै सकिनँ । मन एक्लिएर रुँदै पो थियो । धेरैदिनसम्म पनि मनमा घरको न्यास्रो खेलिरह्यो ।

‘तपाईं किन यसरी न्यास्रिनु भाको ? घर छाडेर अब आइ त हाल्यौँ । जेजस्तो पर्छ पर्छ, एकदुई वर्ष बिताएरै फर्किने त हो ।’ साथीहरु मलाई डाढस दिइरहन्थे ।

त्यहाँ हामीले भेटेका केही पुराना साथीहरु थिए र उनीहरु एक डेढ वर्षदेखि त्यहाँ काम गर्दै आइरहेका थिए । उनीहरुले हामीलाई यहाँका ठाउँहरु, हावापानी, सहर, मान्छेहरु, साउदी नागरिकको चालचलन र संस्कृतिहरु सबैको राम्रो जानकारीहरु दिए । पछि यी कुराहरुसँग सामञ्जस्यता राख्न हामीलाई धेरै सजिलो पनि भयो ।

‘एकदुई महिना हो, पछिपछि त समय कसरी बित्छन् थाहा हुँदैन ।’ उनीहरु भन्थे ।

अहिले यस्तै सोच्दै छु– यी दुई वर्षहरु कसरी बिते होलान् ?
०००

बेलुकीतिर घुम्नको लागि कोठाबाट बाहिर निस्केका छौँ । साथमा नवीन र सूर्य सँगै छन् । घाम डुब्ने बेला छ । गर्मीको उस्तो ताप छैन । हावा चलेको छ । खुल्ला आकाश र त्यसको निलो रङको गहिराइमा पोतिएका बादलका केही टक्रा दृश्यहरुले हेर्ने आँखाहरुलाई असाध्य रमाइलो लाग्छ । खाडीको मौसमभित्र यस्ता क्षणहरु अत्यन्तै कम हुन्छन् घुम्नका लागि । धेरै त धूलाम्य हावा र हुरीले नै यहाँको वातावरण ढाकिरहेको हुन्छ । ठूलो क्षेत्रभित्र फैलिएको आवासगृहलाई घेरेर बनाइएका पर्खालहरु र पर्खालभित्र फेरो लगाएर बनाइएका सडकहरु हामीलाई बेलुकीपख टहल्दै हिँड्ने ठाउँहरु भएका छन् यहाँ । आवास क्षेत्रभन्दा बाहिर हिँडडुल सकिँदैन । घुम्ने जाने ठाउँहरुको असीमितता, सधैँ गोजीमा अकोमा बोकेर हिँड्नुपर्ने झन्झट, कहिलेकाहीँ बाटोमा साउदी प्रहरीहरुबाट झेल्नुपर्ने अनावश्यक सोधखोजहरुले बाहिर घुम्न निस्कनु त्यति सहज पनि रहँदैन । त्यसैले कोठाभित्र बस्दा लगाइने एकसरो कपडामै पनि हामीलाई क्याम्पभित्र हिँड्नु, डुल्नु सजिलो पर्छ । ठाउँठाउँमा भलिबल कोर्ट, टेनिस हल, क्रिकेट र फुटबल मैदानहरु र खेल्नेहरुको चहलपहल हेर्दैै हिँड्नु रमाइलो हुन्छ । कतै फिलिपिनीहरु छन् । कतै साउदियन छन् । कतै पाकिस्तानी, नेपाली, इण्डियन र श्रीलङ्काली । खेल्नेहरु आ–आफ्नै कोर्ट, मैदानहरुमा खेलिरहेका छन् । घुम्न निस्कनेहरु सडकमाथि हिँड्दै छन् । कोही दौड्दै छन् । कोही मैदानको एकछेउ उभिएर शरीरको कसरत गर्दै छन् । सबैको आफ्नो एउटा धुन छ । सुर छ । लय छ । एकलहरले लगाइएका रूखहरुले क्याम्पको हरियाली र सुन्दरता कायम गरेको छ ।
०००

२०६१ सालको चैत्र महिनाको ‘मूल्याङ्कन’ पत्रिका पढ्न पाएँ । एकजना साथीले दिएर गएको थियो । सबै लेखहरुलाई सरसर्ती एकपल्ट पढेँ । पाब्लो नेरूदाको कविता थियो– “अँध्यारोमा मानिसहरुको लागि सूर्यको किरण ।” लामो समयपछि विदेशी भूमिमा कविता पढेको यो पहिलो हो । पत्रिकाको हाम्रो मूल्याङ्कन पढेपछि सिङ्गो देश नै एउटा बन्दीगृह बनिसकेछ भन्ने लाग्यो । त्यहाँ लेखिएको थियो– ‘ …. र यसरी हेर्दा अब देश सिङ्गै त्यस्तो राजनीतिक झ्यालखानामा परिणत भएको महसुस हुन्छ, जहाँ राजनीतिक रुपमा असहमत र प्रतिपक्षी विचारलाई कैद गरिन्छ । तिनका वाहकहरुलाई बन्द गरिन्छ र त्यसमाथि सहमतिको रजाइँ चलाइन्छ ।’

‘स्वीस ढाँचाको लोकतन्त्र’ पढिसकेपछि हाम्रो अहिलेको देशले स्वीसलाई अझ बढी अध्ययन गर्न जरूरी छ भन्ने लाग्यो । दिउँसो मूल्याङ्कन पत्रिकाको लागि एउटा प्रतिक्रिया तयार गरे– ‘ …. अहिले सशस्त्र युद्ध लडिरहेको माओवादी एक्लैले नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न सक्ने स्थिति पनि नरहेको, राजा र राजतन्त्र अलोकप्रिय हुँदै गइरहेको र क्रान्तिको सम्भावना पनि तीव्र बन्दै गइरहेको अवस्थामा लोकतान्त्रिक गणतन्त्रको नारालाई सबै राजनीतिक पार्टीहरुको आन्दोलनको साझा सहमति बनाउनु पर्छ ।’

यो एउटा पाठक प्रतिक्रिया र भर्खरै लेखेको आफ्नो एउटा कविता हालेर खाम गरे र त्यसको सम्पादक श्याम श्रेष्ठलाई चिठ्ठी रजिष्ट्री गरेँ ।
०००

बिहान उठ्दा ६ बजिसकेको थियो । झ्यालका पर्दाहरु नाघेर घाम कोठाभित्र छिर्ने प्रयत्न गर्दै थियो । उठेर झ्यालको पर्दा हटाइदिएँ । घाम कोठाभित्र छिरेर निस्फिक्री खेल्यो । हिजो रातिको पानीले बाहिर जमिन भिजेको थियो । आकाश सफा थियो र बिहानको घामले उठेको जमिनको बाफको पातलो गन्ध र हावाले हल्लिरहेका रूखका पातहरुले वातावरणभरि एक किसिमको मादकता छरेको थियो । नुहाइधुवाइ सकेर खाजा खान मेसहलतिर हिँडेँ । कोठामा आइसकेपछि एकैछिन ‘शिरीषको फूल’ लाई पढेँ । काठमाडौँबाट हिँड्दा पारिजातको ‘शिरीषको फूल’ र लैनसिंह बाङ्देलको ‘स्पेनको सम्झना’ यात्रा साहित्य र अरु केही किताबहरु यात्रामा काम लाग्छ भनेर झोलामा साथमै राखेर ल्याएको थिएँ ।

लताका केही हिन्दीका पुराना गीतहरु सुनेँ ।

दिनभरि छुट्टी थियो । ड्युटी जानु थिएन । हिजो अस्तिभन्दा दिउँसो अलि गर्मी बढेको छ । दिउँसो आकाशमा बादलहरु देखिए । हावा चलेको थिएन । जमिनको आद्र्रता बढेर तातो बाफ उठिरहेको थियो । एकछिनमै पानी दरर परेर थामियो । फेरि पानी प¥यो । पानी परेपछिको बाहिरको त्यो दृश्य असाध्यै रमाइलो देखिँदै थियो । मलाई अहिलेसम्म यी महिनाहरु यसरी यसअघि पानी परेको थाहा छैन । हामी कोठाभित्र रहेका केही साथीहरु बरण्डामा निस्केर पानी नथामिन्जेल बाहिरको वातावरणको त्यो रमाइलो क्षणको आनन्दलाई अनुभव गरिरह्यौँ ।

साँझ, रेडियो बङ्गला भाषाबाट प्रसारण भइरहेको नेपालको एउटा समाचार थियो । समाचार सुन्दै गरेको एक बङगाली बन्धुले मलाई भन्यो– “नेपालमा राजाले सङ्कटकाल हटायो । भारतको प्रधानमन्त्री मनमोहन सिंहले एउटा मिटिङमा नेपालका राजाले तुरून्तै देशभित्र प्रजातन्त्रको पुनर्बहाली गर्नुपर्छ भनेर भनेको छ ।”

यो समाचारले त्यहाँ रहेका हामी सबै नेपाली साथीहरुमा एकप्रकारको उत्साहको सञ्चार गरिदिएको थियो । केही साथीहरु मोबाइल समातेर नेपालमा रहेका आफन्तका नम्बरहरु डायल गर्न थाले । मलाई भने भोलि एकपल्ट घरमा फोन गर्नुपर्छ कि भन्ने लागिरह्यो ।

चैत्र, २०६१

टाइगर हिलकी पुनम
‘ए ! नीलम, तीन गाडी छ है । तिमी अगाडि नै बस्नु, मचाहिँ यहाँ छु कि पिछाडि ।’

टाइगर हिलको सिरानमा जङ्गलका चराहरु पनि नउठ्दै दार्जिलिङकी यी दुई युवतीहरु हामीलाई बीचमा पारेर त्यो उकालोमा अघिपछि गर्दै यसरी नै कराइरहेका थिए । यी भर्खरै कराउनेचाहिँ मेरो नजिकै, पछिल्तिर थिई ।

‘दाजुहरुचाहिँ तीन गाडीमध्येको हो नि ?’ उसले फेरि झट्ट हामीसँग सोधी

‘हो ।’ मैले भनेँ ।

‘तपाईंहरु माथि पुगेपछि हामीसँगै रहनू ल । आफ्नो साथीहरुलाई पनि भन्नू ।’ उसले भनी ।

हामी को कहाँनिर छौँ भनेर आफ्नै साथीहरुलाई बोलीले छुट्याउनु पर्ने यो अँध्यारोमा यी युवतीको अनुहारलाई पछ्याउनु हामीलाई उति सजिलो थिएन । सलहजस्ता मान्छेका छायाँहरुको लहर पहाडको उँभो सिरानतिर बिस्तारै सर्दै गइरहेको देखिन्थ्यो यो अँध्यारोमा । र, यी दुई युवतीका छायाँहरु भने अघिपछि गर्दै अघिदेखि हाम्रो पङ्क्तिभित्र देखिइरहेको थियो । अँध्यारोमा सँगैका साथीहरुको साथ छुट्ने र हराइने डर हामीसँग उस्तै थियो । अघिल्लो साथीलाई छाडेर अलिकति चल्मलाउने बित्तिकै भीडले पछाडि धकेलिदिन्थ्यो ।

धन्न, यो उकालोमा सँगै छौ, चिरन्जीवी सेढाइँ र म । र, सँगै छन् रमेश सुनाम भाइ ।
०००

२०६७ सालको दसैँलाई सम्मुख पारेर हामी दार्जिलिङमा छौँ– अघिल्लो एकदिनदेखि । आँबुखैरेनी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पूर्वका जिल्लाका केही नमूना खानेपानी आयोजनाहरुको अध्ययन÷अवलोकन भ्रमणको आयोजना गरेको थियो र हामी थियौँ भ्रमणका सहभागी । भ्रमणमा हामीसँगै हुनुहुन्थ्यो, जिल्ला खानेपानी डिभिजन कार्यालय, तनहुँका इन्जिनियर चिरन्जीवी सेढाइँ । सँगै हुनुहुन्थ्यो आँबुखैरेनी खानेपानी उपभोक्ता समितिका अध्यक्ष डोलबहादुर थापा । यसरी नै क्रमशः नस्तु कँडेल, राजेश्वर खनाल, मीरा के. सी., सरस्वती श्रेष्ठ, रघुपति के.सी. … गन्तीमा हामी २५ जनाको टोली थियौँ । धनकुटाको धनकुटा खानेपानी, मोरङको उर्लावारी, झापाको दमक र इलाम अवलोकन भ्रमणका केही गन्तव्यहरु थिए र हामीलाई संयोगले जुरेको थियो दार्जिलिङ ।

यसअघि पनि म इलामको फिक्कलसम्म पुगिसकेकै थिएँ । २०४८ साल ताका थियो त्यो । लायन्स आँखा उपचार केन्द्रको फस्ट आई साइट प्रोग्राम लिएर हामी पूर्वका ती गाउँहरुमा निःशुल्क आँखा उपचार सेवाका कार्यक्रमहरुलाई सञ्चालन गरिरहेका थियौँ । इलामको फिक्कलदेखि पाँचथरको फिदिम, आठराई, ताप्लेजुङ हुँदै फेरि इलाम भएर काठमाडौँ फर्किएका थियौँ हामी ।

अहिले पनि सम्झनामा अझै खेल्छ– फिक्कल ।

फिक्कलले मलाई पहिलोपल्ट जीवनकै पहिलो प्रेमपत्र लेख्न सिकाएको थियो र फिक्कलकै एउटी युवतीको लागि मैले पहिलोचोटि प्रेमपत्र लेखेँ । कसैसँग प्रेमको पहिलो इजहार लेखेर मैले फिक्कललाई छाडेको थिएँ काठमाडौँ फर्कने दिन । एकहप्ताको फिक्कल बास, फिक्कलले साँच्चै नै प्रेमिल हुन सिकाएको थियो मलाई ।

प्रकृतिले पनि मान्छेलाई कोमलता र हार्दिकता सिकाउँदो रै’छ । मान्छेभित्रको नरम स्वभावलाई हुर्काउँदो रै’छ । घृणा, रिस, क्रोध, आवेग, संवेग, आखिर मान्छेभित्र यी सबै विद्यमान कहाँ नहुँदो हो र ? मान्छे सधैँ गुणवेत्ता र दोषरहित पनि किन हुँदो हो र ? तर पनि प्रकृतिले मान्छेभित्रै यी सबै दोषहरुलाई अव्यक्त गरिदिदो रै’छ र सद्भाव, सद्गुण र सद्विचारहरुलाई अङ्कुरण गर्दो रै’छ अनि मान्छे मुस्कुराउँदो रै’छ । मुस्कुराउन सिक्दो रै’छ र प्रेमिल बन्दोरै’छ ।

मैले अनुभूत गरेको फिक्कल र फिक्कलका मान्छेहरु यस्तै थिए ।
प्रेमको पर्यायजस्तै थियो फिक्कल ।
हार्दिक र कोमल ।

तर हामीले एकअर्कालाई राम्ररी महसुस गर्न पनि नपाइएको त्यो प्रेम भने फिक्कलबाट काठमाडौँ पुग्दा फेरि अर्को प्रेमपत्र लेख्न नपाउँदै सुषुप्त भएर हरायो ।

‘अनि नि, त्यो पारि छ नि दाजु, … … त्यो दार्जिलिङ ।’ चियाको मुनाजस्तै कलिलो रङ खेल्यो श्यामु लामाको गालामा र मैले उसको इशाराहरुलाई पछ्याउँदै कन्यामको चियाबगानबाट देखिने त्यो परको घुम ओढेको पहाडहरुलाई हेरिरहेँ । तर फिक्कल रहुन्जेल मेरा पाइलाहरुले बरबोटे काटेर त्यो पर दार्जिलिङसम्म पुग्न सकेनन् ।

२० वर्ष !

ओहो ! झण्डै यो २० वर्षपछि फेरि कन्यामको चियाबगानलाई टेकेर म ती सम्झनाहरुलाई उत्खनन् गरिरहेको छु यतिखेर । यो बीस वर्ष यी चियाका बुट्यानहरु कति बुढा भए होलान् ? यो बीस वर्ष कति चियाका मुनाहरु टिपिए होलान् ? यो बीस वर्ष यो बगानमा चिया बोक्ने कति डोकाहरु फेरिए होलान् ? कति निधारका पसिनाले यो बगानको सौन्दर्यलाई सिँचे होलान् ? तर आज पनि यहाँ खेल्ने चिसो हावा उस्तै छ । उस्तै छ यो बगान र कुहिरोले छोपिँदै गरिरहेको चियाका बोटहरुको सौन्दर्य ।

‘ऊ त्यो छ नि दाजु, … … त्यो दार्जिलिङ ।’ एउटा स्मृतिमा खेल्छ श्यामु लामा र उसको गालाभरि चियाको मुनाजस्तै कलिला रङहरु खेल्छन् । मसँग यतिबेला दार्जिलिङसम्म पुग्ने पाइलाहरु छन् । तर मेरो साथमा श्यामु लामा छैन ।
०००

वासस्थानको चराले पनि निद्रा छाड्न नभ्याएको यो एकाबिहानै हामी दार्जिलिङको सूर्योदयको दृश्यलाई हेर्न टाइगर हिलको त्यो ठाडो उकालोमा हस्याङ र फस्याङ गर्दै थियौँ । अरु दिन भए यो निद्राले किन सजिलै छाड्थ्यो होला ! यो निद्रामा पनि सबैका आँखामा दार्जिलिङ थियो । सबैका आँखामा एउटा उत्सुकता र आतुरता थियो ।

‘बिहान छिट्टै हिँडिहाल्नु पर्छ है दाजुहरु । ढिला भयो भने पिछाडि परिन्छ ।’ हामीलाई गाइड गरिरहेका दार्जिलिङ सिमाना बजारका दर्पन देवानले हिजो राति नै होटल निर्वाणमा हामीलाई जानकारी दिइसकेका थिए । हामी दुई दिनका लागि दार्जिलिङको प्याकेज टुरमा थियौँ । हामीले अघिल्लो दिन नै हामी आएको रिजर्भ गाडीलाई पशुपतिनगरमा छाडेका थियौँ । र, पशुपतिनगरमा भेटिएका जिप चालक दर्पन देवानले एउटा प्याकेज टुरमा हामीलाई दार्जिलिङ घुमाउने भएका थिए । दार्जिलिङमा हाम्रो तीन छाकको गाँस र एक रात बास हुने भएको थियो ।

पशुपतिनगरमा भारतीय नम्बर प्लेटका जिपहरु निर्वाध कुदिरहेका देखिन्थे । यस्ता जिपहरु कहिलेकाहीँ फिक्कलसम्म पनि फुक्काफाल कुद्दा रहेछन् । यिनै जिपहरुले नेपालबाट भारततिर जानेहरुलाई ओसार्दा रहेछन् । नेपालतिरका साना सवारी गाडीहरुलाई भारततिर जानको लागि भने सहज रहेनछ । पशुपतिनगर नेपाल र भारतको, विशेषतः दार्जिलिङ क्षेत्रसँगको आवागमनको सुरक्षा नाका रहेछ । तर पनि चेकपोष्ट भन्दा वरै नेपाल तर्फको झण्डै पाँच सय मिटर सडक क्षेत्रलाई भारतीय सुरक्षा प्रहरीहरुले सडक पिल्लरहरु तेस्र्याएर सुरक्षा जाँचलाई कडा गरिरहेका थिए । भारतीय शासकहहरुको नेपालप्रतिको एउटा रवैया हामीले त्यहीँ देख्यौँ । कहिलेकाहीँ त यस्तै जिप चलाएर जीविकोपार्जन गर्दै आइरहेका भारतीय नेपालीहरुलाई पनि बित्थैका दुःख दिँदा रहेछन् यी भारतीय प्रहरीहरु । एकचोटि त भारतीय प्रहरीहरुको ज्यादतीको विरूद्धमा एकहप्तासम्म दार्जिलिङका जिप चालकहरुले सडकमा जिप रोकेर दार्जिलिङका सडकहरुको आवागमनलाई बन्द गरिदिएको कुरा दर्पन देवानले हामीलाई सुनाए ।

‘हाम्रा एउटै पुर्खाहरु थिए । तर पनि हामी यहाँ पराधीन छौँ । तपाईंहरुसँग फ्रिडम छ ।’ दर्पन देवान भन्दै थिए । उनी फरासिला थिए र हामीसँग सहज रुपमा कुराकानी गरिरहेका थिए ।

कुराकानी गरिरहँदा कहिलेकाहीँ उनी भावुक देखिन्थे ।

‘हामी अझै पनि यहाँ कुल्ली छौँ । दरबान छौँ । जिप चालक छौँ । होटल बेयरा छौँ । हाम्रालागि यहाँ स्कुल छन् । कलेज छन् । तर दार्जिलिङमा हामीलाई कुनै सरकारी नोकरी छैन । यहाँका भारतीयहरु हामीलाई सरकारी क्षेत्रमा कुनै नोकरी दिन चाहन्नन् । दार्जिलिङमा हाम्रो कुनै प्रशासन छैन ।’ उनले सहज रुपमा यसो भनिरहँदा हामीलाई भने यी कुराहरुले निकै भावुक बनायो । हामीसँग यी कुराकानीहरु गरिरहँदा दर्पन देवान जति सहज देखिन्थे उनका लागि उत्तिकै यी पीडाहरु असहज थिए ।

इतिहासमा कुनै बेला पुर्खाहरुले गरेको गल्तीलाई आज स्वाभाविक रुपमा सहने प्रयत्नहरु गरिरहेका थिए दर्पन र दर्पन देवानहरु जस्ता वर्तमान पुस्ताका युवाहरुले ।

‘यै हो मानेभञ्ज्याङ ।’ बाक्लो धूपी र सल्लाघारीको जङ्गललाई छिचोलेर एउटा नाङ्गो पहाडको थुक्कोनिर जिपलाई अड्याएपछि दर्पन देवानका औँलाहरुले त्यो तल देखिएका खोँचिला गाउँहरुलाई देखाउँदै थिए । ‘मानेभञ्ज्याङ’ भारतीय सैनिकहरुबाट चिथोरिएर प्रत्येक राष्ट्रवादी नेपालीहरुको छातीमा दुखिरहेको घाउ थियो त्यो अझै पनि । त्यो भारतीय विस्तारवादको नेपाली भूमिमाथिको बलात् अतिक्रमण थियो । त्यो घाउले त्यहाँ हामीलाई मात्र दुखाइरहेको थिएन । दर्पन देवानहरुलाई पनि दुखाइरहेको थियो र त सायद उनी दार्जिलिङ आउने प्रत्येक नेपालीलाई मानेभञ्ज्याङ देखाउँछन् । र, दर्पन देवान त्यहाँ हामीलाई मानेभञ्ज्याङको घाउसँगको विषाद् होइन, भारतीय शासकहरुप्रतिको घृणा र प्रतिरोधलाई नेपाली जाति हुनुको अभिमानले अझै ज्युँदो बनाइराख्न चाहन्छन् ।

‘दार्जिलिङको लागि जहिल्यै पनि आफ्नैहरु शत्रु भए ।’ बेलुकी होटल निर्वाणमा उनले एउटा दिक्दारी व्यक्त गरे । उनको यो आक्रोश भने सुवास घिसिङ्सँग थियो । सुवास घिसिङ् र उसको नेतृत्वप्रति दार्जिलिङका जनता धेरै आशावादी रहेछन् । पश्चिम बङ्गालको राज्यसभाबाट अलग गरेर दार्जिलिङ र यस वरपरका डिब्रुगढ, आसाम र सिलगुडी लगायतका केही पहाडी जिल्लाहरुलाई समेटिएर छुट्टै गोर्खाल्याण्ड राज्यको गठन हुनुपर्ने माग दार्जिलिङका जनताहरुले गरिरहेका थिए । यो आन्दोलन लामो समयसम्म चल्यो । तर आन्दोलनले उत्कर्ष लिइरहेको बेला सुवास घिसिङ्ले दिल्लीको केन्द्र सरकारसँग सम्झौता गरेर दार्जिलिङको जनताको आन्दोलनलाई तुहाइदिए ।

‘सुवास घिसिङले गद्दार ग¥यो ।’ दार्जिलिङेहरुको आरोप थियो ।

गोर्खाल्याण्डको मागलाई समातेर विमल गुरूङहरु फेरि आन्दोलनमा आए ।

‘विमल गुरूङले केही गर्छ कि !’ दार्जिलिङको आशा थियो । केही वर्षदेखि जिल्लाले राज्य र केन्द्र सरकारलाई बुझाउनु पर्ने पानी, विद्युत्, सडक, शिक्षा, व्यापार आदि सबै करहरुलाई दार्जिलिङले बन्द गरिदिएको रहेछ ।

गोर्खाल्याण्ड आन्दोलनका प्रसङ्गहरु सँगसँगै मेरो मस्तिष्कमा अझै बृहत् आकार र आयतनमा फैलिएर खेल्छ दार्जिलिङ । साहित्यले समृद्धि पाएको यो भूमि । यो साहित्यको मानक भूमि । पारिजात, इन्द्रबहादुर राई, ईश्वरवल्लभ, प्रकाश कोविद, शिवकुमार राई, मनबहादुर मुखिया, अगमसिंह गिरीहरुले खेलेर हुर्किएको यो साहित्यिक भूगोल । यतिखेर हाम्रो यो दार्जिलिङ भ्रमण बिल्कुलै गैरसाहित्यिक थियो र पनि यो साँझ दार्जिलिङका सडकहरुलाई टेकेर नितान्त साहित्यिक अनुभूतिले म निथ्रुक्कै थिएँ । हामी भानुचोक पुगेर फर्किरहेका थियौँ । भानुको ठूलो सालिकमुनि बसेर सबैले आ–आफ्ना फोटाहरु लिए र दार्जिलिङको त्यो साँझलाई अविस्मरणीय बनाए । मेरो आँखा अघिल्तिर भने अझै पनि दिउँसो छाडेर आएको भोटिया बस्ती, सुकेपोखरी, सुकेबजार, घुमपहाड खेलिरहेको थियो । यी स्थानहरु मैले धेरैचोटि धेरै किताबहरुमा पटकपटक पढिसकेको थिएँ । प्रकाश कोविदका उपन्यासहरुमा त यी स्थानहरु सधैँ दोहोरिरहेकै हुन्थ्यो र ती उपन्यासहरु पढिरहँदा मेरो मस्तिष्कमा एउटा आलम्ब बनेर यी ठाउँहरु खेलिरहेकै हुन्थ्यो । र, त्यसैले पनि यी ठाउँहरु मेरोलागि अहिले उत्तिकै आकर्षक बनिरहेको थियो । दार्जिलिङलाई टेकेर जिपले त्यो साँघुरो सडकहरुमाथि दौडिरहँदा मेरो मस्तिष्कमा पारिजातको ‘धूपी, सल्ला र लालीगुराँसको फेदमा’, लैनसिंह बाङदेलको ‘मुलुक बाहिर’, बैरागी काइँलाको ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’, र ईश्वरवल्लभको ‘मेरी आमाले आत्महत्या गरेको देश’ दिउँसोदेखि नै जबर्जस्त खेलिरहेको थियो । मनबहादुर मुखियाको ‘अनि देउराली रून्छ’ ती देखिएका बस्तीहरुमा अझै पनि कतै गुञ्जिरहेकै छ कि झैं लाग्दै थियो ।

‘तिमीहरु मेरो आमाको लास हेर्न आएका भीड हौ ।’

हठात् ! ईश्वरवल्लभका कविताका यी पङ्क्तिहरु थिए मेरोअघि ।

शान्त थियो सहर । कतै हुरी बतास थिएन । तर पनि ईश्वरवल्लभका कविताहरुले हठात् दार्जिलिङको साँझको यो सडकमा मलाई उखरमाउलो बनाइरहेको थियो । बीच सडकमा म मौन उभिइरहेँ । छटपटी थियो मनभरि । सायद आफ्नी आमाले आत्महत्या गरेपछिको एउटा समय एउटा यस्तै छटपटी बोकेर दार्जिलिङका यी सडकहरुमा भौतारिरहेका थिए ईश्वरवल्लभ । र, उनले ‘मेरी आमाले आत्महत्या गरेको देश’ लेखेका थिए । ईश्वरवल्लभकी आमाले आत्महत्या गरेको त्रासद छायाँहरुले मलाई धेरैबेरसम्म भित्रभित्रै हलचल पारिरह्यो ।

धेरै वर्षअघि, एकदिन काठमाडौँमा ईश्वरवल्लभकी आमाले सेरिएर आत्महत्या गरेकी थिइन् । गएको वर्ष मेरी आमाले कीटनाशक औषधि खाएर काठमाडौँमा आत्महत्या गरिन् । मेरो अघिल्तिर झण्डै ३४ वर्षअघि मलाई नाबालक छाडेर हिँडेकी मेरी आमाको धमिलो अनुहार आएर खेल्यो । मलाई विस्मित बनाउने मेरी आमाको आत्महत्याको त्यो क्षणले मलाई रूवाएन । तर आमाको आत्महत्याको खबर पाएको त्यो रातले मलाई गम्भीर भने बनाइरह्यो र धेरैबेरसम्म मैले त्यो अँध्यारोलाई हेरेर टोल्हाइरहेँ । कसले मलाई यो खबर आएर सुनायो, थाहा छैन । जसले मलाई यो खबर सुनाएर गयो, सायद उसले कम्तीमा पनि अन्तिमपल्ट एकचोटि मैले मेरी आमाको मुख हेरोस् भन्ने थियो होला । तर मैले मेरी आमाको त्यो लासअघि उभिएर उनको निर्जीव अनुहारसँग संवाद गर्ने साहस गर्न सकिनँ ।

एउटा फरक काल । तर उही भूगोल र मृत्युको उस्तै प्रकृति । ईश्वरवल्लभलेजस्तै एउटा समान पीडा बोकेर अहिले म आफ्नै आमाले आत्महत्या गरेको परको त्यो आकाशलाई, अझै परको त्यो क्षितिजको रातो रङलाई हेर्दैछु । श्रद्धाञ्जलिपूर्वक ।

म बिहान उठेर एउटा सिङ्गो आकाशलाई जब हेर्छु
त्यसका वरिपरि रातो दाग लागेका हुन्छन्
थुप्रै सूर्यहरु अस्ताउन आँटेका हुन्
मेरा अग्लिएका हात पाखुराहरु तिनलाई भेट्टाउन खोज्छन्
उम्किँदै गइरहेका आभास भएर
उम्किँदै गइरहेका क्यानभासहरु भएर
उम्किँदै गइरहेका आफ्ना सत्यहरु भएर
तिमीले कहिलेकाहीँ देखेका छौ
परको आकाशलाई अझै परको क्षितिजलाई
अझै परको रातो रङलाई भने– त्यो मेरो आमा हो
(‘मेरी आमाले आत्महत्या गरेको देश’ – ईश्वरवल्लभ)
०००

राति को कति बेला निदाए । निद्रा छाड्नेहरुले तीन बजेदेखि नै उठेर होहल्ला सुरू गरिसकेका थिए । टाइगर हिलका साँघुरा सडकहरु हामी पुग्नुअघि नै जिपहरुले भरिसकेका थिए । हामीभन्दा अरु झनै पो अघि । मान्छेको उस्तै भीड । उज्यालो खस्नै पनि भ्याएको होओइन । मान्छे कति व्यग्रतासँग हिँडिरहेका छन् त । हिल टावरका विद्युत् लाइटहरुले बाटो हिँड्नेहरुलाई अलिकति उज्यालो फ्याँकिरहेको थियो । त्यही उज्यालोले हामी बिस्तारै डोरिइरहेका थियौँ ।

‘दाजुहरु हामीसँगै रहनु ल ।’ छिनछिनमा युवती कराइरहेकी थिई ।

‘कसरी थाहा पाइछ यसले हामी तीन गाडी छौँ भनेर !’ यो उकालोमा मसँगै रहनुभएका चिरञ्जीवी सेढाइँको उत्सुकता पोखियो ।

‘गाइड हो कि ?’ रमेश भाइको अड्कल थियो ।

तर उसको हाउभाउ, उसको त्यो आतुर हिँडाइ, उसको व्यग्रता र बोलीमा देखिने अनुरोधपूर्ण लवजले भने मलाई उनीहरु गाइड होलान् जस्तो लागेन । अघिदेखि मैले उनीहरुका हातमा थर्मसजस्तै केही सामान झुण्डिरहेको देखेको थिएँ । यो अँध्यारोमा उनीहरुप्रति हामीले उस्तो ध्यान पनि दिएनौँ ।

‘यी गाइडचाहिँ होइनन् । यसको कुनै पोलिसीचाहिँ पक्कै हुनुपर्छ ।’ मैले आफ्नो संशय व्यक्त गरेँ ।

‘दाजुहरु, कफी खानुप¥यो भने नीलम र मसँग मात्र खानु होला है ।’ नभन्दै एकछिनपछि यो अँध्यारोमा उसको चर्को स्वर हाम्रो कानमा ठोक्किन आइपुगिहाल्यो ।

‘क्या अनिलजी !’ चिरञ्जीवी सेढाइँ मज्जाले हाँस्नुभयो र भन्नुभयो, ‘तपाईंले लख चैँ काट्नु भा हो ।’

‘दाजुहरु कफी खानु प¥यो भने नीलम र मसँग मात्रै खानु ल ।’ उसले अलि वर आइसकेपछि फेरि उसैगरी दोहो¥याई ।

‘कत्रो पोलिसी । देख्नुभो ?’ सेढाइँ सरलाई घत लाग्दै रहेछ ।

‘अब यो बथानै भेटिएपछि यी दुईले हामीलाई छाड्छन् त । आधाआधीले नै कफी खाइदिए नि यिनीहरुको आजको व्यापार पुग्छ ।’ मैले भनेँ ।

‘कहाँबाट थाहा पाइछ ? अघि नै ड्राइभरसँग यिनीहरुको कन्ट्याक्ट भैसकेछ, बुझ्नु भो ? व्यापारको कस्तो पोलिसी, बुभ्mनुभो !’ चिरञ्जीवी सेढाइँ मसँग साउती गर्दै हुनुहुन्थ्यो ।

‘अब यसैसँग गफ गरेर उकालिऊँ ।’ चिरञ्जीवी सेढाइँ रौसिनु भयो ।

‘तपाईंले हो, हामीलाई कफी खुवाउने ?’ हामीले सोध्यौँ ।

‘हजुर ।’

‘सित्तैमा ?’

‘होइन हौ । एक कपको दश रूपैयाँ ।’

‘बढी भएन र ?’

‘अरुलाई त पन्ध्र रूपैयाँ । तपाईंहरुलाई भनेर दश ।’

‘त्यसो भए हामी तपाईंसँग कफी नखाने ।’ ठट्टा ग¥यौँ ।

‘हुन्न नि हौ दाजु । हामीसँगै खानुपर्छ नि ।’ उसले हामीसँग विनम्रता देखाई । सायद ऊ यहाँ आउने सबै आगन्तुकसँग यसैगरी आफ्नो यो व्यापारिक कला बेच्न सिपालु थिई । हातमा चिया र कफीका कित्ली र गिलास बोकेर आग्रहपूर्वक उसका स्वरहरुले टाइगर हिलको यो सिरानलाई प्रत्येक बिहान सायद सधैँ यसै गरी ब्युँझाउँदो हो ।

हामीसँगको गफबाट बेप्रसङ्ग भएर घरिघरि ऊ त्यो भीडमा चिच्याउँथी– ‘नीलम ।’

‘तपाईंको साथीको नाम हो नीलम ?’ सोधेँ ।

‘हजुर ।’

‘तपाईंको नाम नि ?’

‘पुनम ।’

‘नीलम र पुनम ।’ मैले ठटेउली व्यक्त गर्दै ती दुई नामलाई दोहो¥याएँ । र, उसलाई भनेँ– ‘कस्तो उस्तै नाम रैछ हगि ? झुक्किन्छ होला ?’

‘तपाईंहरु मैसँग रहनु नि । मैसँग कफी खानुु ।’ उसले चतुरता देखाई ।

बाटोभरि ऊसँगको कुराकानीमा उसको एउटै अनुनय थियो, ‘दाजुहरु माथि पुगेपछि मसँगै कफी खानु ल ।’ सबैतिरबाट हाम्रो ध्यानलाई आफूतिर खिचेर ऊ हामीलाई कफी खाने उसको वचनबद्धतामा बाँध्दै थिई ।

हामीले टाइगर हिलको सिरानलाई टेक्यौँ । उकालो टुङ्गिएको थियो । मान्छेहरुको भीडभित्र हामी को कता थियौँ, सबैलाई सजिलै खोज्न गाह्रो थियो । मलाई आफ्नो साथीहरुसँग छुट्टिनुको छटपटीभन्दा पनि त्यो पहाडको सिरानमा एकाबिहानै मान्छेको त्यो भीडको कोलाहलको रमाइलोले छोपिरहेको थियो । नहराएको र नछुट्टिएको त त्यहाँ को पो होला ? भीडले धकेलिएर को कहाँ पो पुग्थ्यो र को कहाँ पुगेर अँचेटिन्थ्यो ! थाहा हुन्न । मान्छेहरु आफ्नै मग्नतामा थिए । कसले कसलाई खोज्ने भन्ने सुर्ताबाट सबै मुक्त र निस्फिक्री थिए । र, सबैका आँखाहरु त्यो पहाडको सिरानबाट देखिने सूर्योदय पर्खिरहेका थिए ।

‘दाजु कफी खानुस् न ।’ हातमा कफीको गिलास लिएर एउटी युवती मेरोसामु देखिई ।

‘तपाईं अघि उकालोमा हामीसँग आउनुभएको दाजु होइन ?’ उसले भनी ।

‘ए, तपाईं पुनम हगि ?’ जिस्किएँ ।

‘हो नि ।’ उसले हाँसेर मुन्टो हल्लाई ।

यो भीडमा पनि यस युवतीको घ्राण शक्ति कस्तो जब्बर रैछ । पछ्याउन छाडेकै रहिनछ । मनमनै आफैसँग अलमलिएर मैले उसलाई हेरिरहेँ । हिजो दिउँसो दार्जिलिङ आउँदै गर्दा दर्पन देवानले भनेको सम्झेँ– ‘यहाँका अधिकांश युवाहरु बेरोजगार छन् । उनीहरु जीविका चलाउन कि दरबान बस्छन् कि सडकमा चिया बेच्छन् ।’

पुनम मेरोसामुन्ने थिई । र, साँच्चै नै दर्पन देवानले भनिरहेझैँ ऊ यतिबेला दार्जिलिङका आम युवाहरुको यथार्थ पात्र थिई । मैले उसका रिक्त आँखामा उसले हिँड्ने दार्जिलिङका बाटाहरु नियालिरहेँ ।

‘दाजु कफी खानुस् न ।’ पुनमको थप अनुरोध थियो ।

‘अहिल्यै खाइहाल्नु र ?’

‘हो नि । कफी खाँदै सूर्य निक्लेको हेर्नु कम्ती मज्जा त हुन्न ।’ उसको हाउभाउमा अव्यक्त भएर लुकेका उसका अबोधगम्य दुःखहरु थिए । उसका यी दुःखहरुलाई सहजै अनुभव गर्न सकिन्न ।

मैले एक कप कफी लिए । ऊ हान्निएर पर पुगी । हेरेँ, हाम्रो समूहका केही साथीहरुको बीचमा बसेर ऊ कफीका कपहरु बाँड्दै थिई । उसले कफी दिएर गएको पनि ठीकै लाग्यो । उसलाई पछ्याउँदै गएको मेरो आँखाले छुट्टिएका आफ्ना साथीहरु भेट्यो ।

कञ्चनजङ्घा हिमाल सामुन्ने देखिन्थ्यो । सबैका आँखाहरु व्यग्र थिए सूर्योदय हेर्न । कतै परेलाहरुले अलिकति झिमिक्क गर्दा पनि आँखैबाट फुत्किहाल्ने पो हो कि भने झैँ एकटकले पूर्वतिर बाँधिएका थिए सबैका आँखा । सबैका हातका क्यामराहरु हाइ एलर्ट देखिन्थे ।

‘निस्क्यो, निस्क्यो ।’

आवाजहरुको एउटा तुमुल लहर टाइगर हिलको त्यो सिरानमा लहरायो । सबैका आँखाहरुमा छिनभरमै लहरि“दै लहरि“दै पूर्वबाट उदाइरह्यो एउटा कलिलो सूर्य । र, सँगसँगै बिस्तारै सल्बलाउँदै मान्छेका हातहरु उचालिइरहे ।

‘क्लिक्’, ‘क्लिक्’, ‘क्लिक्’

सबैका क्यामराका गतिहरु एकसाथ चलिरहे । यता सूर्य माथि उक्लदै थियो । उता घाम पोखिएर कञ्चनजङ्घाका दृश्यहरु खुल्दै थिए । यी दुवै दृश्यहरुलाई एकैसाथ क्यामरामा कैद गर्न सकिनँ । अलिकति घाम र अलिकति कञ्चनजङ्घाको चिसो मिसिएको बतासले भने टाइगर हिलको यो सिरानमा हामीलाई काउकुती लगाएर गयो । आँखामा यी दृश्यहरु मनोरम बनेर खेलिरहे । मनलाई रोमाञ्चित बनाइरह्यो

‘दाजु कफी खानुस् न ।’

फर्केर हेरेँ । पुनम होइन रहेछ । पुनमजस्तै कफी बेच्नेहरु त्यहाँ अरु छपक्कै थिए । एउटी बेलायती रङकी गोरी युवती कपमा कफी खन्याउँदै मेरो छेवैमा उभिएकी थिई ।

‘एउटा फोटो लिऊँ ?’ सोधेँ ।

उसले स्वीकृतिसूचक मुन्टो हल्लाई । कफीसँगै मुस्कुराइरहेको उसको एउटा फोटो लिएँ ।

छिनभरमै टाइगर हिलको सिरानमा सूर्यको उत्ताप ओर्लिसकेको थियो र सबैको आँखाबाट सूर्योदयको व्यग्र प्रतीक्षा सकिइसकेको थियो । हातमा कफीको गिलास लिएर मैले ती युवतीको आँखाको नानीमा खेलिरहेको निष्कलङ्क कञ्चनजङ्गालाई नियालिरहेँ ।

‘कति हो कफीको ?’ मैले उसलाई सोधेँ ।

‘दश रूपैयाँ ।’ ऊ हाँस्दै थिई ।

शब्दाङ्कुर– २०७०