प्रोफाइल

Anil Shrestha

यो ब्लगमा तपाईलाई हार्दिक स्वागत छ

अहिले अनिल श्रेष्ठका केही कविताहरुले पाठक एवं काव्यसमीक्षकहरुलाई निकै लामो समयसम्म असर पारिरहन्छ । अनिल श्रेष्ठका कविताहरुलाई मैले पण्डितराज जगन्नाथ (१७औ शताब्दी) को संस्कृत साहित्यिक सिद्धान्तका आधारमा हेर्नु पर्दा “रमणियतार्थ प्रतिपादक शब्द काव्याम्” को काव्य सिद्धान्त पूरा रुपमा लागु हुन्छ । जसको अर्थ हो, त्यस्तो कविता नै सवोत्तम कविता हो जसमा रमणियतार्थ प्रस्तुत गर्ने पदावली हुन्छ । फेरि रमणियतार्थ भनेको के हो त ? भन्ने सम्बन्धमा जुन रचनाले प्रत्येक क्षणमा नवीनता सिर्जना गर्नसक्दछ त्यस्तो रचना नै रमणीय हुन्छ । यस्तै रचनालाई कालजयी रचना पनि भन्न सकिन्छ । कतिपय रचनाहरु कालजयी हुनुको पछाडि यस्तै खालका रमणीयार्थ शब्दको प्रतिपादले गर्दा भएका हुन् । अनिल श्रेष्ठका कविताहरुलाई मैले यसै रुपमा बुझेको छु ।
–गोपीरमण उपाध्याय

स्रष्टा परिचय
१) नामः अनिल श्रेष्ठ
जन्मः २०२८ भाद्र २४
आँबुखैरेनी–३, तनहुँ

२) प्रकाशित पहिलो रचनाः ‘लुरी खोइ तिम्रो अस्मिता ?’
मातृभूमि साप्ताहिक, २०४७

३) प्रकाशित कृतिः
प्रजातन्त्र र पागल (कथासङ्ग्रह–२०५०)
राष्ट्रले शोकधुन बजाएको छ (कवितासङ्ग्रह –२०५१)
मृत्युपर्व होइन मेरो देश (कवितासङ्ग्रह –२०५५)
आरु फुलेको साँझ (कवितासङ्ग्रह –२०६३)
मफलर युद्ध (कवितासङ्ग्रह –२०६९)
प्रतिनिधि कविता ( कवितासङ्ग्रह –२०७३)
टाइगर हिलकी पुनम (निबन्ध सङ्ग्रह–२०७१)
फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरु (संस्मरणात्मक अनुभूति–२०६६)
मध्यरातमा मुर्कट्टा (कवितासङ्ग्रह –२०७८)

४) पुरस्कार/सम्मान
अरोमा एसेन्स साहित्य सम्मान – २०६६
जनमत सहयात्री सम्मान – २०७१
इच्छुक स्मृति पुरस्कार – २०७४
देशभक्त गणतान्त्रिक सम्मान – २०७४
आँबुखैरेनी महिला सञ्जाल सम्मान – २०७४
शक्ति पुरस्कार – २०७८
शुक्ला प्रतिभा पुरस्कार – २०७८
इच्छाकामना न्युज सम्मान – २०७९

५) साहित्यिक संलग्नताः
केन्द्रिय सदस्यः अखिल नेपाल जनसांस्कृतिक महासंघ
केन्द्रिय महासचिवः अखिल नेपाल लेखक संघ
सदस्यः जनमत वाङमय प्रतिष्ठान, नेपाल
अध्यक्षः आँबुखैरेनी स्रष्टा समाज
आजीवन सदस्यः बालवाङ्मय तथा अनुसन्धान केन्द्र
प्राज्ञः इच्छुक साँस्कृतिक प्रतिष्ठान
अध्यक्षः आँबुखैरेनी वाङ्मय परिषद

सामाजिक संघसंस्थाहरुमा संलग्नताः
उपाध्यक्ष, आँबुखैरेनी क्याम्पस
सचिव, आँबुखैरेनी चक्रपथ
सचिव, आँबुखैरेनी नेवा गुठी खल
सचिव, मोफसल गणतान्त्रिक स्रष्टा मञ्च, तदर्थ समिति
सल्लाहकार, मिलनचोक जरेवर खानेपानी तथा सरसफाई उपभोक्ता समिति
सल्लाहकार, आँबुखैरेनी जरेवर छिम्केश्वरी मोटरमार्ग उपभोक्ता समिति
संस्थापक, आँबुखैरेनी सञ्चार समूह प्रा. लि.
अध्यक्ष, आँबुखैरेनी वचत तथा ऋण सहकारी संस्था लि.
सल्लाहकार, जागृति टोल सुधार समिति

शोध र समालोचना
१) प्रगतिवादी नेपाली कविताका अभियन्ता अनिल श्रेष्ठ – लेखकः खगेश्वर सापकोटा
२) साहित्यकार अनिल श्रेष्ठको जीवनी, व्यक्तित्व र कृतित्व – शोधकर्ताः खगेश्वर सापकोटा
३) सिर्जन वैशिष्ट्यमा अनिल श्रेष्ठ – सम्पादकः तेजविलास अधिकारी

हालको ठेगानाः आँबुखैरेनी–३, तनहुँ

सम्पर्कः
फोन/मोबाइल नम्बरः ९८४६०६२५२४
इमेलः astha_anil71@yahoo.com